४० वर्षमा विश्वव्यापी

Davidडेविड वर्नरले स्वास्थ्योपचारको कुनै उपाय नभएका दुर्गमका मानिसहरूका लागि डाक्टर नभएमा पुस्तक लेखेका थिए । सन् १९७३ मा पहिलो संस्करण प्रकाशित हुँदा यो पुस्तक स्प्यानिश भाषामा थियो, दोन्दे नो हाइ दक्तर शीर्षकमा । सन् १९७७ मा त्यसको पहिलो अंग्रेजी अनुवाद आयो, ह्वेयर दियर इज नो डक्टर । अहिले नेपालीसहित ९० भाषामा अनूदित भइसकेको यो पुस्तकको प्रभाव कति छ भने संसारमा अरूले यस्तै नामका अनेकौं किताब निकालेका छन् ।
वर्नरको पुस्तकलाई शुरूमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ), युनिसेफ, क्रिश्चियन मेडिकल कमिसन, युएसएआईडीलगायतका संस्थाहरूले अस्वीकृत गरेका थिए, ‘अल्पज्ञान खतरनाक हुन्छ’ भन्दै । तर मान्छेहरूले यसलाई चलाउन थाले । “किताब फैलियो”, गर्मी छल्न अमेरिकाको क्यालिफोर्नियाबाट न्यू ह्याम्सर राज्यको सिल्भर लेकस्थित पुख्र्यौली घर आएका वर्नरले भने, “अनि डब्ल्यूएचओ र युनिसेफले पनि यसको अंग्रेजी अनुवाद गराउन दिए ।”

Read More »

जगदम्बाको पात्रो २०७५

२०७५ सालको जगदम्बाको भित्तेपात्रोका लागि यहाँ क्लिक गर्नुहोस् । © Jagadamba Press
भित्तेपात्रो (Calendar)
2075-Calendar_Jagadamba

नानीहरूलाई नेपाली पढाउने सामग्रीहरू

Devanagari_a.svgनानीहरूलाई नेपाली-भाषा पढाउनुहुन्छ भने यहाँ केही सामग्रीहरू छन्, क्लिक गर्नुहोस् ।
यहाँ नेपालमा पढाइने पाठ्यपुस्तकहरू, बालसाहित्यका केही पुस्तक, केही बालगीत, आदि राखिएका छन् ।
यी सामग्री जस-जसका हुन्, उनीहरूका सम्पत्ति हुन् ।
मैले परदेशमा नेपाली-भाषा जोगाइराख्न मात्र संकलन गरेको हुँ ।

 

सकियो तेस्रो मुलुक पुनर्स्थापना

सन् २०१७ सकिएसँगै भूटानी शरणार्थीको तेस्रो मुलुक पुनर्स्थापना पनि औपचारिक रूपमा सकिएको छ । काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (यूएनएचसीआर) का अनुसार, गएको डिसेम्बर ३१ सम्ममा अमेरिकालगायत विश्वका आठ देशमा १ लाख १२ हजारभन्दा बढी भूटानी शरणार्थी पुनर्स्थापित भइसकेका छन् । कार्यालयले यूएनएचसीआरले डिसेम्बर ३१ अघि दर्ता गरेका एकदमै कम शरणार्थीलाई पुनर्स्थापनामा पठाउन चिकित्सा जाँच तथा अन्य आवश्यक मूल्याङ्कन भइरहेको जनाएको छ ।
पाँच वर्षमा सक्ने लक्ष्य लिइएको पुनर्स्थापना कार्यक्रमका लागि दश वर्ष लागेको छ । शुरूमा ६० हजारलाई पुनर्स्थापना गराउने घोषणा गरेको अमेरिकाले सबैभन्दा बढी ९५ हजार ४४९ जनालाई भित्र्यायो । क्यानडा र अष्ट्रेलियामा क्रमशः ६ हजार ८२६ र ६ हजार ७२८ जना पुनर्स्थापित भए । न्युजिल्याण्ड, डेनमार्क, नर्वे, बेलायत र नेदरल्याण्डस्ले क्रमशः १ हजार ९४, ८७५, ५७०, ३५८ र ३१९ जनालाई बसोबास गराए । Read More »

टीपीएसको छटपटी

TPS-ko-Chhatpatiन्यूयोर्कमा रहेको गैरसरकारी संस्था ‘अधिकार’ को कार्यालयमा फोन गर्ने नेपालीमध्ये धेरैजसोको चासो यतिखेर एउटै हुन्छ– ‘टीपीएस’ । ‘टेम्पोररी प्रोटेक्टेड स्ट्याटस्; टीपीएस’ अर्थात् अमेरिकी सरकारले विदेशी नागरिकलाई दिएको अल्पकालीन सुविधा । अमेरिकामा बस्न र काम गर्न पाउने अस्थायी अध्यागमन अनुमतिका रूपमा चिनिने यही सुविधा पाएका करीब १५ हजार नेपालीमा यस्तो सुविधा कटौती होला कि भन्ने ठूलो औडाहा देखिन्छ । कारण, अमेरिकी सरकारले अरू देशका नागरिकले पाएको ‘टीपीएस’ कटौती गर्न थालेको छ ।
नेपालमा १२ वैशाख २०७२ (सन् २०१५ अप्रिल) मा गएको भूकम्पपछि त्यसै वर्षको जून २४ मा आफ्नो मुलुकमा बस्दै आएका नेपालीलाई अमेरिकी सरकारले टीपीएसको स्वीकृति दिएको थियो । नेपालीका निम्ति स्वीकृति दिइएको टीपीएसको म्याद २०१६ डिसेम्बर २४ सम्म मात्र भए पनि डिसेम्बर २५ मा त्यसलाई नवीकरण गरी २०१८ जून २४ सम्म पुर्यािइएको छ । अब नवीकरण हुने/नहुने निर्णय २०१८ अप्रिल २४ सम्म भइसक्नुपर्छ । Read More »

जन्मदिन, जनवरी १

डिसेम्बर १२, २०१७ मा अमेरिकाको पेन्सलभेनिया राज्य आइपुगेका भूटानी शरणार्थी ठाकुरप्रसाद खनालको परिवारका पाँचमध्ये चार जनाले जनवरी १ मा जन्मदिन मनाए । उनको परिवारजस्तै अमेरिकामा बसाइएका थुप्रै देशका शरणार्थीले जनवरी १ मै जन्मदिन मनाउँछन् । अमेरिकाले सन् १९७५ देखि गत सेप्टेम्बर २०१७ को अन्त्यसम्ममा औपचारिक रूपमै ३३ लाख ९१ हजार २३२ जना शरणार्थी पुनर्स्थापना गराइसकेको छ । गत नोभेम्बरसम्म ९४ हजार ७१९ नेपालीभाषी भूटानी आइसकेका छन् ।
आफ्नो जन्मदिन नै थाहा नहुने शरणार्थीका लागि शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग वा अमेरिकी विदेश मन्त्रालयले तोकेको जन्मदिन हो– जनवरी १ । धेरै शरणार्थीलाई आफू कति वर्षको भएँ थाहा हुन्छ तर मूल राष्ट्रमा चलेको साल, वर्ष, तिथिमितिलाई ईस्वी संवत्सँग मिलाउने झ्मेला गर्नुभन्दा सजिलोका लागि जनवरी १ लेख्ने गरिएको हो । यो औपचारिक मिति होइन, तर शरणार्थीका लागि यो सामान्य बनिसकेको छ । Read More »

नेपाली विद्यार्थी हालसम्मकै सर्वाधिक

Nepali-Student_2017अमेरिकाको इन्ष्टिच्यूट अफ इन्टरनेशनल एजुकेसन (आईआईई) द्वारा प्रकाशित ‘ओपन डुअर्स’ प्रतिवेदनले शैक्षिक सत्र २०१६/०१७ मा ११ हजार ६०७ नेपाली विद्यार्थी अमेरिकी कलेज तथा विश्वविद्यालयमा भर्ना भएको जनाएको छ । यो संख्या अघिल्लो शैक्षिक वर्षको भन्दा २०.१ प्रतिशतले बढी मात्र होइन, अहिलेसम्मकै सर्वाधिक हो । यसअघि सन् २००८/००९ मा ११ हजार ५८१ नेपाली अमेरिका आएका थिए ।
१३ नोभेम्बर, २०१७ मा सार्वजनिक प्रतिवेदनका अनुसार, अमेरिका भित्रिने विद्यार्थीको स्रोत राष्ट्रमा नेपाल विश्वको १३औं स्थानमा उक्लिएको छ । आईआईईले अमेरिकी शिक्षा मन्त्रालय (सेक्रेटरी अफ एजुकेशन) को सहयोगमा वर्षेनि यो प्रतिवेदन प्रकाशित गर्दै आएको छ । त्यसो त शैक्षिक सत्र सन् २०१६/०१७ अमेरिकामै सबैभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना भएको वर्ष हुन पुगेको छ । यस वर्ष यहाँ १० लाख ७८ हजार ८२२ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी पढिरहेका छन् । अघिल्लो शैक्षिक सत्र सन् २०१५/०१६ मा कुल १० लाख ४३ हजार ८३९ जना विद्यार्थी भर्ना भएका थिए ।
अमेरिकामा विदेशी विद्यार्थीको आगमन सन् १९९० को दशकदेखि नाटकीय रूपमा बढ्न थालेको हो । शैक्षिक सत्र २००८/००९ मा ११ हजार ५८१ पुगेको विद्यार्थी संख्या २०१३/०१४ मा घटेको थियो । तर, त्यसपछि फेरि बढ्यो ।

Read More »