आइफोनमा नेपाली लेख्ने कसरी बनाउने ? (How to make iPhone to write Nepali ?)

आइफोन नेपाली-भाषा नै राखिएको छ । यसका लागि कम्तीमा आइओएस १३.१.१ अपडेट भएको हुनुपर्छ ।
यसका लागि आफ्नो आइफोन वा आइप्याड आदिमा नेपाली-भाषा राख्न यसको सेटिङ्गमा थिच्ने ।

यसपछि देखिने सूचीमा जनरलसहितको सूची देखिन्छ ।
General_iPhone

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

जनरल थिचेपछि अलि तल किबोर्ड देखिन्छ ।

 

02.-Keyboard_iPhone

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

किबोर्डमा थिचेपछि किबोर्ड्स आउँछ ।

03.-Keyboards_iPhone

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

किबोर्ड्स पनि थिचेपछि यसमा तपाईंले पहिलेदेखि राखेका वा फोन बनाउँदा राखिएका भाषा माथि हुन्छन् भने एड न्यु किबोर्ड आउँछ ।

 

 

 

 

 

 

 

त्यसमा थिचेपछि आउने भाषाको सूचीमा अक्षर-क्रममा नेपाली अलि तल देखापर्छ ।

तपाईंले नेपाली थिच्नुभयो भने नीलो टिक-मार्क आउनसक्छ वा आएन भने नेपाली-भाषा, पहिलेदेखि राखेका वा फोन बनाउँदा राखिएका भाषाको सूचीमा थपिन्छ ।

05.-Nepali-on-list

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

अनि तपाईंको भाषाको सूचीमा नेपाली आएको देखिन्छ ।

06.-Nepali-in-list

 

 

 

 

 

 

 

 

भाषा बदल्न
यसपछि तपाईंले के ख्याल गर्नुपर्छ भने भाषा कसरी बदल्ने ? पृथ्वी (ग्लोबको फोटो) थिच्दा भाषा बदलिन्छ । अंग्रेजी लेख्दा बीचमा नेपाली लेख्न मन लागे पृथ्वीमा थिच्दा भाषा बदलिन्छ ।

किबोर्ड: चार प्रकार
नेपाली भाषा लेख्न चार वटा किबोर्ड हुन्छन् । माथि फर्केको तिरमा थिच्दा थप अक्षरहरू आउँछन् । १२३ लेखेको ‘की’ ले अंक देखाउँछ । १२३ थिचेर आउने किबोर्डमा एउटा तीनवटा चिन्हहरू (#+=) को ‘कि’मा थिच्दा विभिन्न चिन्हहरूको किबोर्ड आउँछ ।
आधा अक्षर भने जुन अक्षरको आधा चाहिएको हो, त्यो लेखेर हलन्त थिच्दा आधा अक्षर बन्छ । उच्चारणको हिसाबले ‘क’ लाई आधा गरेर ‘ष’मा जोडे ‘क्ष’ बन्छ । सबै अक्षर बनिसक्दा ‘ङ’ र ‘ञ’ देखिदैन । यसका लागि ‘न’ थिचिरह्यो भने अक्षरहरूको लस्कर आउँछ । त्यो लस्करमा ‘ङ’ र ‘ञ’ पनि देखिन्छन् ।
‘पर्‍यो’, ‘झर्‍यो’, ‘गर्‍यो’ लेख्दा हामीलाई यसअघि अलि गाह्रो हुन्थ्यो । यसपटक माथि फर्केको तिरमा थिच्दा यो आउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<