समाचारमा कोरिएका सीमारेखा

Samachar-ma-Korieka-Simarekhaअमेरिकाको कन्सासमा गत जुलाई २ को सडक दुर्घटनामा उर्मिला शर्माको निधन भयो । ‘एक कान दुई कान मैदान’ भएर फैलिने खबरलाई सामाजिक सञ्जालले सबै नेपाली–भाषीसामु पुर्‍याए । अमेरिकाका नेपाली र नेपाली–भाषी भुटानीले आफ्नै शैलीमा फेसबुक, टि्वटरमा खबर राखे । घटनाको क्षणभरमा नेपालीले उनलाई नेपाली ठाने र नेपाली–भाषी भुटानीले भुटानी । उर्मिला नेपाली–भाषी भुटानी हुन् । यो नठम्याउन्जेल उनी नेपाली पनि भइन् र नेपाली–भाषी भुटानी भइन् । तथापि उनलाई चिन्ने भुटानीहरुले ‘हाम्रै चेली’ हुन् भन्ने निर्क्योल निकालिसकेका थिए । उनलाई विभिन्न सञ्चारमाध्यमले नेपाली भनेर पनि लेखिदिए । Read More »

अमेरिकामा भूटानी पुनर्स्थापनाका छ वर्ष

America-ma-bhutani-punarsthapana-ko-6-barsha_2014-May-08_Webसन् २००८ मार्चमा अमेरिकालगायत विश्वका ८ मुलुकमा थालिएको नेपाली-भाषी भूटानी शरणार्थीको पुनर्स्थापनाले ६ वर्ष पूरा गरेको छ । यस अवधि (सन् २०१४ मार्च अन्तसम्म) मा अमेरिकामा ७४ हजार ७ सय ६२ जना पुनर्स्थापित हुनुभएको छ । गत मार्च अन्तिमपछि अप्रिल ८ मा नै ७५ हजारौं व्यक्तिका रुपमा तिलकचन्द घिमिरे अमेरिका आउनुभएको छ । अमेरिकामा ७५ हजार पुग्दा विश्वका अरु ७ देशमा समेत ८८ हजार ७ सय ७० पुनर्स्थापित हुनुभएको छ । Read More »

अमेरिकामा नेपाली छात्र-छात्रा

नेपाली विद्यार्थी संख्या १९९५ देखि २०१३ _ चार्टआमनेपालीसँगै छात्र-छात्राको अमेरिका आगमनले ठूलो हिस्सा ओगटेको छ । नेपाली छात्र-छात्राका लागि अमेरिका आकर्षण हो । नेपालबाट अमेरिका आउने छात्र-छात्राको तथ्यांक भने ‘ओपन डुअर्स’ नामक प्रतिवेदनले छर्लङ पार्दै आएको छ । इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन नामक संस्थाले अमेरिकी विदेश मन्त्रालय (सेक्रेटरी अफ स्टेट) को ‘ब्युरो अफ एजुकेसनल एन्ड कल्चरल अफेयर्स’ सहयोगमा वर्षेनि उक्त प्रतिवेदन प्रकाशित गर्दै आएको छ ।
‘ओपन डुअर्स’ मा सन् १९९५/९६ देखि अमेरिका आएका नेपाली छात्र-छात्राको तथ्यांक छ । यो प्रतिवेदनले अमेरिकामा विदेशी र अमेरिकी छात्र-छात्रा विदेशमा रहेकाको तथ्यांक प्रकाशित गर्छ । सन् १९९५/९६ पछि अमेरिका भित्रिएका नेपाली छात्र-छात्राको तथ्यांक (कोष्ठकमा प्रतिशत अन्तर) यस्तो छ : Read More »

उसबेला यसरी जर्मन गाडी नेपाल ल्याउँथ्यौं

German Vehicle to Nepal _ Both Pagesयो सन् १९६०-७० को कुरा हो । एक युग बितेजस्तो भएको छ । नेपाल आइपुग्ने जर्मन गाडीहरू गुडाएरै यहाँ ल्याइन्थ्यो भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । त्यस्तै हुन्थ्यो । सम्भव थियो । हामीले पार गर्नुपर्ने सबै देशमा निकै शान्ति थियो । अहिले छैन । त्यसैले यो लामो यात्रा सम्भव थियो ।
हाम्रो यात्रा जर्मनीको ह्यामवर्गबाट सुरु हुन्थ्यो । त्यसपछि अस्ट्रिया, युगोस्लाभिया, ग्रिस, टर्की, इरान, अफगानिस्तान, पाकिस्तान र भारत हुँदै नेपाल आइपुग्थ्यो ।
लगातार ड्राइभ गर्ने हो भने त एक महिनामा त्यहाँबाट यहाँ आइपुग्ने हो । तर बीचमा विभिन्न ठाउँमा बस्दै, आफूले ल्याएका सामान बेच्दै यहाँ आइपुगिन्थ्यो ।
त्यो दौरान ३ देखि ४ हजार गाडी ल्याएर बेचियो होला । हामीले गाडी मात्र ल्याएनौं । उता काम नलाग्ने भनिएका र यता काम लाग्ने सामान पनि ल्याउँथ्यौं । बाटोमा बेच्दै आउँदा समय लागेको हो । Read More »

उपल्लो उन्नतिका देशमा प्रकृतिसँग मान्छे

Mud Bog 03

यही जुलाईको कुरा हो । मावली भाई प्रवीण गौतमसँगको फोनवार्तामा उसले एउटा यात्राको प्रसंग चलायो र भन्यो, ‘आज उत्तर डकोटाको हिलेजात्रा हेर्न जान लागेको ।’ मलाई रमाइलो लाग्यो । थप कुरा सुनेपछि भनें, ‘लौ न यो त ‘अक्षरिका’ न्युजलेटरलाई सामग्री बन्छ ।’
अक्षरिका प्रकाशन यही महिनाबाट चौथो वर्षमा प्रवेश गरेको छ । यो स्वयंसेवी प्रयास हो । यसको प्रकाशक संस्था ‘ज्ञानज्योति केन्द्र’ का सबैलाई स्वयंसेवी रूपमा काम गर्दै आएका छौं । प्रवीण जस्तै सतन आचार्य, तारा आचार्य, सन्तोष पोखरेल, डगलस हल आदि यसमा निरन्तर स्वयंसेवी सहायता गर्दै आउनुभएको छ । म सम्पादनको काम गर्दै आएको छु ।
प्रवीणले पठाएको सामग्री ‘अक्षरिका’ले अगस्त अंकमा आफ्नो ‘चलन’ नामको स्तम्भमा समेट्यो । मलाई निकै रमाइलो लाग्यो । यहाँ पनि प्रकृतिसँग निकट रहने र रहेका चलनहरू रहेछन्, जो हामीले नेपालका गाउँ-ठाउँमा मात्र देख्छौं । कति त मलाई पनि कहाँ थाहा छ र ? ! म पनि फेला पार्दैछु ।
‘अक्षरिका’का तीन वर्षमा यहाँका हरेक चालचलन मेरा लागि जिज्ञासाका विषय बनेका छन् । मैले यसलाई नियालेर हेर्ने कोशिश गरेको छु । यहाँका दुर्गममा पाइने प्रकृतिसँगको निकट चलनले मलाई नेपाली चलनको झल्को दिन्छ । Read More »

परदेशमा बालबालिकाका लागि नेपाली-कक्षा

पश्चिम लण्डनको वाटलिङ कम्युनिटी सेन्टरमा गएको केही सातादेखि नेपाली बालबालिकाहरूले नेपाली भाषा सिकीरहेका छन् । स्थानीय बर्न्टओक नेपाली समाजको सकृयतामा शुरु गरिएको उक्त कक्षा गर्मी बिदाभर हरेक मंगलबार दिउँसो दुई घन्टा सन्चालन भइरहेको छ ।
तीनजना नेपाली युवाले झण्डै पच्चीस जना बालबालिकालाई स्वयमसेवी रूपमा पढाइरहेका थिए । आफ्ना छोराछोरीले नेपाली सिक्ने अवसर पाएकोमा एकजना अभिभावक इन्दिरा खनियाँले खुसी व्यक्त गरिन् । नेपालीहरुको बाक्लो बसोबास रहेका बेलायतका विभिन्न इलाकाहरूमा पनि नेपाली बालबालिकाहरूका लागि कक्षा सन्चालन भइरहेका छन् ।
Read More »