56th Scout Day

Nepal Scouts celebrated its 56th Scout Day on Jun 19 at the National Headquarters, Kathmandu. Scouts from Western Region of the Different Districts including Kapilbastu, Kaski, Gorkha, Nawalparasi, Palpa, Baglung, Lamgung, Syanja, Kathmandu, Lalitpur, Bhaktapur numbering to more than 1850Scouts, participated in different competitions like dramatization of the leprosy project, HIV/AIDS being conducted by Nepal Scouts, cultural programs, March pass, Camp craft, Camp decoration and many more. Read More »

स्काउटको झन्डोत्तोलन

काठमाडौ, २०६५ असार ५ गते । प्रधानमन्त्री एवं नेपाल स्काउटका प्रमुख संरक्षक गिरिजाप्रसाद कोइरालाले नेपाल स्काउटको ५६औं स्थापना दिवसको अवसरमा नेपाल स्काउटमा विभिन्न क्षेत्रमा रहेर योगदान गर्नुहुने महानुभावहरूलाई पुरस्कार, पदक तथा कदरपत्र प्रदान गर्नुभयो ।
त्यस अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाल स्काउटको झन्डोत्तलन गर्नुभएको थियो । कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री प्रदीप नेपाल पनि उपस्थित हुनुहुन्थ्यो ।
प्रधानमन्त्री कोइरालाले नेपाल स्काउटलाई विश्वमाझ चिनाउन स्काउटका प्रवर्द्धक लर्ड वेडेन पावेलको नाउँमा नेपालमा ‘वेडन पावेल हिमशृङ्खला’ (वीपी पिक) नामकरणका लागि विशिष्ट योगदान गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव शङ्करप्रसाद पाण्डे र विगत ५० वर्षदेखि स्काउटमा संलग्न राष्ट्रिय प्रशिक्षक, हरिमोहन ज्योतिलाई नेपाल स्काउटको सर्वोच्च पदक ‘असाधारण अलङ्कार सुनौलो गैंडा’ प्रदान गर्नुभयो ।
यसैगरी कान्तिपुर राष्ट्रिय दैनिकको साप्ताहिक बालकोसेली ‘कोपिला’का संयोजक एवं पत्रकार राजेश कोइराला र नेपाल न्युज राष्ट्रिय साप्ताहिकलाई जनही १० हजार रुपियाँ राशिसहितको नेपाल स्काउट पत्रकारिता पुरस्कार-२०६४ बाट पुरस्कृत गर्नुभयो । Read More »

सँगसँगै समाचार र सिर्जना

कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्ले दिनभर समाचारको भिडमा हराउँछन। समाचार कुनै रसीला हुन्छन, कुनै निरश। तर जब उनी साहिय लेखनमा घोत्लीन्छन, बेग्लै संसारमा पुग्छन। समाचारहरुको भिडबाट केही क्षण उम्कीएर उनले ‘पल्पसा क्याफे’ लेखे। जसले मदन पुरस्कार पायो। सक्रिय पत्रकारितामा आउनुअघि पनि वाग्लेसहित अरु दुई स्रष्टाहरुको ‘झ्याल’ नामको संयुक्त कविता संग्रह प्रकाशित भएको थियो। ‘साहित्यलाई निरन्तरता दिने धोको त छ। तर, समाचार पस्कनुपर्ने व्यस्ततताले भ्याइएको छैन’, वाग्ले भन्छन्। Read More »

पर्दा पछाडिका टिभी पत्रकार : तीर्थ कोइराला

आजका मूर्धन्य पत्रकार तीर्थ कोइरालाको बालापन राउटे शैलीमा बितेको रहेछ । पुख्र्यौली घर भोजपुर भए पनि पक्का लिम्बुवान क्षेत्र ताप्लेजुङको साँघुमा जन्मनुभयो । केही समय मोरङमा बिताएर सुनसरीमा हुर्किनुभयो । कक्षा १ देखि ३ सम्म ताप्लेजुङमा पढ्नुभयो भने ४, ५, ६ मोरङमा । कक्षा ७ देखि सुनसरी पढेका उहाँ २०३७ मा उच्च शिक्षाका लागि औपचारिक रुपमा काठमाडौं प्रवेश गर्नुभयो । २०३४ एसएलसी दिएपछि पहिलोपटक उहाँ काठमाडौं आउनुभएको थियो । ‘त्यतिबेला गाउँबाट आउने मानिसलाई काठमाडौं ठूलै थियो,’ उहाँ सम्झनुहुन्छ, ‘तर, खास विशेष थिएन ।’
आमासित उहाँको मुस्किलै चार, पाँच वर्ष बितेका छन् । हजुरबुबा विद्यापति पूर्वाञ्चलकै नामी समाजसेवी हुनुहुन्थ्यो । विद्यापतिका ६ भाइ छोरामध्ये कान्छाको जेठीतिर छोरी जन्मेपछि थप जायजन्म भएन । त्यसको लामो समयपछि विवाह गरेको कान्छीतिरबाट तीर्थ कोइरालाको जन्म भएको हो । तीर्थ जन्मेपछि पारिवारिक उल्लासको सीमा थिएन । तर, जन्मनेबित्तिकै आमा बिरामी भएपछि दूधसमेत खान पाउनुभएन ।

सीता पोखरेल सानो छँदा

भटमासको रुख

सीता पोखरेल समाजसेवी हुनुहुन्छ । उहाँले विराटनगरमा पूर्वाञ्चल अनाथाश्रम चलाउनुभएको छ । उक्त आश्रममा एक सय ५० भन्दा बढी बालबालिका र वृद्धवृद्धाले लाउन, खान र बस्न पाएका छन् । उहाँको काव्यकृति ‘स्मृतिका छाल’ हालै प्रकाशित भएको छ । उहाँ पिता पं. लक्ष्मीनारायण र माता सरस्वतीकी माहिली छोरीका रूपमा २००६ सालमा संखुवासभा, चैनपुरमा जन्मनुभएको हो । यसपल्ट पोखरेलका केही बालसम्झना प्रस्तुत छ : Read More »

Nepali Experience in the US Census

“Your participation in the census is easy, secure, and vital. If you do not want a census worker to visit you, fill out and mail back your census form by April 19, 2010.” This was one of the sentences in the pamphlet made in many languages including Nepali, for the American census.

Exactly one year before the census in Nepal, Nepalis living in America expressed their participation in the American Census.  In the last few censuses, the population of Nepalis in America has grown from 2,616 in 1990 to 9,399 in 2000. According to NRN, in 2001, there were 11,715 Nepalis in the USA.

Extradition treaty beyond India

After five decades of negotiations, Nepal and India have finally agreed to sign an extradition treaty. The two South Asian countries reached an understanding to hand over the accused person(s), upon request, in the 1950s. The agreement was updated in 1989. The current treaty in the offing will be the revision of the 1989 agreement.
The draft of the new law facilitates the deportation of third-country nationals. The provision was absent in the earlier India-Nepal Extradition Treaty, and is something New Delhi has been pitching for in a bid to add more teeth to the law.
It’s not only India that is willing to sign such a treaty with Nepal. Pakistan and the European country France are also seeking to reach an agreement with the Himalayan nation regarding extradition.

कसका सिद्धान्त ठ्याक्कै मेल खालान् र ?

अमेरिका – दुई वर्ष र सात महिना बितेको छ, मुलुक गणतन्त्र बनेको । साता, दिन, घन्टा, मिनेट, सेकेन्डमा हिसाब गर्दा भयंकर देखिएला । के भन्ने ? यो समय मुलुकले बेकारमा बिताएको छ ? केही नगरी पनि बित्छ, समय ।
मुलुकका समस्या ज्यूँकात्युँ छन् । भएन भनौं भने केही भएको पनि छ । भएका कामलाई बेकाम भन्न मिल्दैन र यी कामसँगै उब्जेका अन्य समस्यामा आँखा चिम्लन पनि पटक्कै मिल्दैन । यसो भनेर हामी ढुक्क हुने अवस्था छैन । यस्तो संवेदनशिल समयमा अरु राष्ट्रले के गरे ? त्यो हेरे हुन्छ । इतिहास साक्षी छ । आखिर हामीले मात्र बिताएका छैनौ, समय । हामीले चाहेको संविधान बनेको छैन । मुख्य आशय यहि हो ।

हे बिडम्बना ! आफ्नो शान्ति बेबारिसे

अमेरिका – अंग्रेजीमा एउटा वाक्यांश छ, ‘पिस इन्टु पिसेज’ (शान्तिका टुक्रा-टुक्रा) । अहिले नेपालको शान्ति प्रक्रियामा यहि वाक्यांश लागू हुने देखिन्छ । सन्दर्भ : नेपालबाट अनमिनको बिदाई ।
नेपाल र राष्ट्रसंघको सम्बन्ध सामान्य गतिमा गइरहेको भान हुँदैन । विश्व विभिन्न मुलुकको शान्ति निम्ति सहयोगी बनेको नेपाल आफ्नै शान्ति निम्ति भने काँचो देखिएको छ । पानी बाँढ्ने मुखिया तिर्खाले प्याक प्याक भएका छन् भने हुन्छ ।
Read More »

अमेरिकामा नेपाली ए कता ? रुवाजस्तो

अमेरिका- वर्षमा एकपल्ट गोठधुप गर्ने चलन पूर्वी नेपालमा अझै छ । गोठधुपमा एकै गोत्रका मानिस भेला हुन्छन्, सामान्यतः पुरुष मात्र । गोठमा हुने उत्पादन मूलतः दूधमा आधारित पूजा हो यो । यी पूर्वीया किसानको यो चलन तीनकै घरपालुवा गाई, भैसीको रक्षार्थ हो भन्ने मैले बुझेको छु । यो पूजामा बलि दिंइदैन । कोइरालाकै गोठधूपको कुरा गर्दा हाम्रो (कोइराला) गोत्र ‘मौद् गल्य’ सँग मिल्ने कार्की, तिमल्सिना (तिम्सिना) का प्रतिनिधि पनि आउँछन्, त्यो पनि समय र सञ्चारले भ्याउँदा । खेतीपातीको फुर्सद निकालेर गरिन्छ, यो पूजापाठ हो । खिर, सेलरोटी जस्ता परिकार बनाउने, पूजा गर्ने, चढाउने अनि प्रसाद बाँढ्ने र खाने । पूजामा उपस्थित व्यक्तिले केही प्रसाद आफ्ना परिवारका सदस्य निम्ति बोकेर घर लैजाने गर्छन् । यसरी यो गोठाले संस्कृतिमा पनि यस्तो समाजिकरणले ठूलो योगदान दिएको छ । जानेका बुझेकाले रिठ्ठो नबिराइ गरेका छन् त भन्न मिल्दैन तर धानेका छन् । Read More »