​’ग्रिनकार्ड’ प्राप्तिको ६० वर्ष

अमेरिका आउने पहिलो नेपाली को थियो होला ? मनमा प्रश्न उब्जेसँगै जवाफका विकल्पहरू आफैं आउँछन् । नेपालको आर्थिक अवस्थाका कारण धेरै राष्ट्रले सुरू-सरूमा नेपालीहरूलाई शिक्षा दिन वा कुनै तालिमका लागि आफ्नो राष्ट्र जाने वा भित्रिने सुविधा दिएको पाइन्छ । त्यसैले अमेरिका आउने पहिलो नेपाली कुनै तालिमे नै हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ । किनभने त्यसबेला नेपालको शिक्षाले कुनै विद्यार्थीलाई अमेरिका ल्याउने गरी शायदै तयार पारेको थियो । त्यसो भए पहिलो नेपाली अमेरिका कहिले आयो ? भन्ने चाहीं अलि नाजवाफकै अवस्थामा नै रहन्छ । तालिमे थियो भने नेपाल फर्कियो की यतै बस्यो ? यतै बसेको भए, त्यो कानुनी तरिकाले बस्यो वा बसेन ? बस्यो भने त्यो यहाँको स्थायी वासिन्दा भएको हुनुपर्छ । उ नबसेको भए अमेरिका बस्ने गरी आएको पहिलो नेपाली को थियो ? भनौं न ‘ग्रिनकार्ड’ वा स्थायी वासिन्दाको प्रमाणपत्र पाउने पहिलो नेपाली को थियो ?
यस्ता प्रश्नको जवाफ खोज्नुअघि यहाँ अलिकति के स्पष्ट गर्न जरूरी छ भने त्यसबेला विश्वसामु नेपालको पहिचान कस्तो थियो ? नेपाल कुनै ‘कोलम्बसअघिको अमेरिका’ जस्तो त थिएन । तर पनि सूचनाको संसारमा ‘दुर्गम’ थियो । भारतको ब्रिटिश राजसँग लडेको र ‘गुर्खा’भनेर फौजमा नाम कमाएकाले नेपालको थोरै नाम थियो । Read More »

डिभी आकर्षण

यतिबेला नेपाललगायत विश्वका करिब सवा सय मुलुकमा अमेरिका जाने ‘डाइभर्सिटी भिसा २०१४’ को चिट्ठा भर्ने मौसम छ । ‘डिभी भरौं’ भन्ने नारा लेखिएका ब्यानर अफ्रिका होस् वा एसिया गाउँगाउँसम्म देख्न पाइन्छ । वर्षेनि यो उत्सव जस्तो भएर आउँछ, दक्षिणी गोलार्द्धको केन्यादेखि उत्तरी गोलार्द्धको कजाखस्तानसम्म । चिठ्ठा भर्नेको संख्या वर्षेनि बढ्दो छ । कुनै शुल्कबिना भर्न मिल्ने यो चिठ्ठा भर्नेको संख्या बढ्नुको कारण इन्टरनेटको पहुँच र यसबारेको चेतना मुख्य कारणका रूपमा लिइन्छ ।
‘डिभी’ चिट्ठा अमेरिका आउने र बाकी जीवन यहाँ व्यतित गर्न चाहनेका लागि सबभन्दा सजिलो तथा सम्मानित उपाय हो । डिभी पर्नेबित्तिकै अमेरिका आउन भने पाइने होइन । चिट्ठा परेपछिका प्रक्रिया छन्, ‘फर्स्ट लेटर’, ‘सेकेन्ड लेटर’, अन्तर्वार्ता, स्वास्थ्य-परीक्षण आदि । तर सेकेन्ड लेटरपछि अन्तर्वार्तामा जाँदा गर्नुपर्ने तयारी, अनि अन्तर्वार्तापछि हातमा भिसा नपरून्जेल अमेरिका आउने ग्यारेन्टी पक्कै हुन्न । Read More »

अमेरिकामा नेपाली-भाषी

काठमाडौंस्थित अमेरिकी दूतावासले भदौ १९ मा एउटा विज्ञप्ति जारी गर्दै भन्यो, ‘नेपालबाट अमेरिका प्रस्थान गर्ने भूटानी शरणार्थीको संख्या ६० हजार पुगेको छ ।’
अमेरिकालगायत अस्ट्रेलिया, क्यानडा, निदरल्यान्डस्, डेनमार्क, नर्वे, न्युजील्यान्ड, र संयुक्त अधिराज्यमा गरी करिब ७१ हजार नेपाली-भाषी भूटानी शरणार्थी पुनर्स्थापना भइसकेको छ ।
यो संख्यामा करिब ८३ प्रतिशत भूटानी शरणार्थीलाई अमेरिकाले एक्लै पुनर्स्थापना गराएको छ ।
शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगको कार्यालय (युएनएचसिआर) र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) सँगको सहकार्यमा पुनर्स्थापना थालिएको करिब साढे चार वर्ष भइसकेको छ । पछिल्लो तथ्यांकअनुसार अस्ट्रेलियामा ३ हजार ६ सय, क्यानडामा ४ हजार ८ सय, निदरल्यान्डस्मा ३ सय, डेनमार्कमा ६ सय, नर्वेमा ५ सय, न्युजील्यान्डमा साढे ६ सय, र संयुक्त अधिराज्यमा २ सयको हाराहारीमा पुनर्स्थापना भएको छ । Read More »

देखेपछि माया मोह

‘नदेखे त को हो को हो ? देखेपछि माया मोह’ भनेझैं हुन्छ, डगलस हललाई । पाँच वर्ष नेपालमा पिसकोर स्वयंसेवक रहेका डग हल अमेरिकाभर नेपालीभाषीको सेवामा लागेका छन् । यहि त रहेछ, माया मोह भनेको । डगलसलाई छोटकरीमा ‘डग’ मात्र भनिन्छ ।
उनले छापेको नेपाली-अंग्रेजी-नेपाली डिक्सनरी अमेरिकामा भएका नेपालीभाषीका लागि निकै सहयोगी बनेको छ । नेपाली भनेपछि हललाई निकै माया लाग्छ, यो मैले बुझेको छु । यो माया यसपटकको वनभोजमा पनि देखियो । उनले नेपालीभाषी भेला पारेर वनभोज गर्ने गरेका छन् । हलको आयोजनामा भएको यस वर्षको तेस्रो रहेछ, यो वनभोज ।
नेपाली चलनमा वनभोज खोलाकिनार जाने, पकाउने, खाने, रमाइलो गर्ने हो । पहिलो यहाँ खुल्ला ठाउँमा गएर मनोरञ्जन गर्दा सुरक्षामा ध्यान दिइन्छ । दोस्रो, सामान्यत घर र वरपरकै क्षेत्रफल प्रशस्त हुने हुनाले बाहिर जानै पर्ने अवस्था पनि हुन्न । त्यसैले हलले आफ्नो घरपछाडिको खाली ठाउँमा वनभोज गर्ने निधो गरेर थालेछन्, वनभोज ।
अमेरिकाका माथिल्लो भेकमा राज्यहरुमा हिउँ पर्छ । हिउँ पर्ने ४-५ महिनाका दिन छोटा हुन्छन् । काम र घर गर्दैमा बाहिर गरिने मनोरञ्जन शुन्य हुन्छन् । वसन्त ऋतु (स्प्रिङ) अनि गर्मी लागेपछि चहलपहल शुरु हुन्छ र नोभेम्बरमा ‘थ्याङ्स गिभिङ’ नआउन्जेल भेटघाट र मासु पोली खाने (बार्बिक्यू) काम चलिरहन्छ । यहि सन्दर्भमा हलले वनभोजको कार्यक्रम राख्छन्, वर्षेनि ।

‘लतिना’को दूरबीनबाट नियाल्दा

‘तिमीलाई मनपर्ला । ल पढ’, आतियेहले यसै भने र दिए, ‘लतिना’ । ‘मलाई के काम ?,’ उनको आशय करिब यस्तै थियो ।
‘लतिना’ अर्थात् ‘लतिना‘ म्यागाजिन । ल्याटिन अमेरिकी मूलका मानिसहरु (ल्याटिनो-अमेरिकन) को अंग्रेजी म्यागाजिन (पत्रिका) । उनले दिएको यो अंक चाहि २०११ जुन-जुलाईको हो । उनको उपहार ‘लतिना’ मनोरञ्जन पत्रिका रहेछ । यसमा विभिन्न विषय हुँदा छन् ।
सामान्य चिनजान, हाय-हेल्लो अमेरिकामा अनौठो होइन । कसैको विस्तृत जानकारी मागिदैन । सोधिदैन- निकै जरुरी नपरुन्जेल । उनी भेट्दा भन्छन्, ‘हलो हलो हलो । हाउ आर यु ?’
आतियेहको बोलीले भने म उनलाई ल्याटिन अमेरिकी नै हुन् की भन्ठान्थे । आतियेह रहेछन्, प्यालेस्टिनी। उनको नाम अलि लामो रहेछ- सलाह आतिफ मौसा आतियेह । उनी मेरो काका भन्दा हुने खालका छन् ।
यहाँ त काकाभन्दा पनि उनको उपहार पो निकै रोचक ठह-यो । अरु विषय काकालाई जस्तो मलाई पनि ‘एज युजल’ लागे । मात्र एउटा लेख मेरो चासोको केन्द्र बन्यो ।

प्रेमाहरुका सपना*

अंग्रेजीभाषी स्रष्टा मञ्जुश्री थापाले आफ्नो उपन्यास ‘सिजन्स अफ फ्लाइट’ मा स्थायी बासिन्दा बन्ने डाइभर्जिटी भिसा (डीभी) चिठ्ठा परेर अमेरिका आएकी युवती प्रेमालाई उभ्याएकी छन् । प्रेमा अमेरिका आउँछे । लस एन्जलसमा उत्रन्छे । अपरिचित माहोलमा अभ्यस्त हुन संघर्षरत गर्छे । प्रेमाजस्तै लाखौं नेपालीको सपना हुन्छ, अमेरिका आउने । धेरैले यो पुस्तक पढेको छैन । तर लाखौंले नेपालीले डीभी २०१२ चिठ्ठामा सहभागिता जनाएका छन् । सबै सन् २०११ को मे महिनामा आउने नतिजाको पर्खाइमा छन् ।

No Peace Corps: A blank page on people’s history of Nepal

- Rajesh Koirala

Before Nepal’s emergence as a nation in the latter half of the 18th century, the designation ‘Nepal’ was largely applied only to the Kathmandu Valley, the capital valley of country. Thus up until the unification of the country 1769, Nepal’s history is largely the history of the Kathmandu Valley.
After the unification of the country, Nepal’s history turned to a family history, systematic narrative and research of past events relating to a specific family or specific families i.e. of Shah, Rana etc.
If someone tries to find people’s history or social history, only history of last 20 years can be found. But people’s history of almost 42 years is hiding in the minds of more than 4 thousand Americans who served as Peace Corps volunteers (PCVs) in the South Asian country. Those PCVs served in Nepal and returned home to tell others of their experiences.
Despite the huge differences in wealth, culture and language between Nepal and the United States, they made great strides in the areas of small business development, education, environment, youth development and working on health and HIV/AIDS education and awareness. Read More »

Nepali Experience in the US Census

“Your participation in the census is easy, secure, and vital. If you do not want a census worker to visit you, fill out and mail back your census form by April 19, 2010.” This was one of the sentences in the pamphlet made in many languages including Nepali, for the American census.

Exactly one year before the census in Nepal, Nepalis living in America expressed their participation in the American Census.  In the last few censuses, the population of Nepalis in America has grown from 2,616 in 1990 to 9,399 in 2000. According to NRN, in 2001, there were 11,715 Nepalis in the USA.

Extradition treaty beyond India

After five decades of negotiations, Nepal and India have finally agreed to sign an extradition treaty. The two South Asian countries reached an understanding to hand over the accused person(s), upon request, in the 1950s. The agreement was updated in 1989. The current treaty in the offing will be the revision of the 1989 agreement.
The draft of the new law facilitates the deportation of third-country nationals. The provision was absent in the earlier India-Nepal Extradition Treaty, and is something New Delhi has been pitching for in a bid to add more teeth to the law.
It’s not only India that is willing to sign such a treaty with Nepal. Pakistan and the European country France are also seeking to reach an agreement with the Himalayan nation regarding extradition.