तीन अमेरिकी राज्यमा भूटानी ठूलो आप्रवासी समूह

Coverनर्थ डकोटा, भर्मन्ट र न्यु ह्याम्सर राज्यमा बसोबास गर्ने कानुनी आप्रवासीमा भूटानी ठूला समूह बनेको छ । अक्टोबर ३१, २०१४ सम्म नर्थ डकोटामा १ हजार ८ सय २४, भर्मन्टमा १ हजार ५ सय ३९ र न्यु ह्याम्सरमा २ हजार ७६ भूटानीलाई सरकारले बसोबास गराएको हो ।
अमेरिकामा ५० राज्य छन् । सरकारले ४१ राज्यमा नेपाली-भाषी भूटानीलाई बसोसास गराएको हो । नर्थ डकोटा, भर्मन्ट र न्यु ह्याम्सर राज्य उत्तर सीमामा पर्ने राज्य हुन् ।
नर्थ डकोटाको जनसंख्या करिब ७ लाख २३ हजार, भर्मन्टको ६ लाख २६ हजार र न्यु ह्याम्सरको १३ लाख २३ हजार छ । सबै तीन राज्यमा लगभग ८५ देखि ९६ प्रतिशत गोरा छन् ।
नर्थ डकोटा, भर्मन्ट र न्यु ह्याम्सरमा क्रमशः १.२ प्रतिशत, १.४ प्रतिशत र २.४ प्रतिशत एसियाली मुलुकबाट आएका आप्रवासी छन् ।
अमेरिकामा कूल भूटानी ?

अक्टोबर ३१, २०१४ सम्म अमेरिकाभर ७९ हजार ३ सय १४ जना भूटानी पुनर्स्थापित हुनुभएको छ । अझ ताजा तथ्यांक हेर्ने हो भने भूटानका ८० हजारौँ शरणार्थी २०७१ मङ्‌सिर २३ गते (सन् २०१४ डिसेम्बर ९) नेपालबाट संयुक्त राज्य अमेरिकाका लागि प्रस्थान गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
दूतावासको विज्ञप्ति भन्छ, ‘अमेरिकाले नेपाल सरकार, शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसीआर) तथा अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम) सँगको निकट समन्वयमा पूर्वी नेपालमा बसोबास गर्दै आएका भूटानीलाई सन् २००८ देखि पुनर्वास गराउन थालेको हो । ६ वर्षअघि भूटानीहरुको पहिलो समूहले नेपालबाट प्रस्थान गरेयता अस्ट्रेलिया, क्यानाडा, डेनमार्क, नेदरल्यान्ड्स, न्यूजिल्यान्ड, नर्वे, बेलायत र अमेरिकामा गरी ९३ हजारभन्दा बढीलाई पुनर्वास गराइसकिएको छ । अमेरिकामा पुनर्वास गराइएका ८० हजारमध्येका केही भुटानीहरू अङ्गीकृत अमेरिकी नागरिक बनिसकेका छन् ।’
सबभन्दा बढी मेक्सिकोबाट
State_Immigrantsसन् २०१२ मा दिलाइएको ग्रिनकार्डका आधारमा अमेरिका-भर हेर्ने हो भने अरु देशबाट आएका कानुनी आप्रवासीमा यहाँका २६ राज्यमा मेक्सिकोका नम्बर १ मा छन् ।
त्यसपछि ७ राज्यमा भारतका नम्बर १ छन् भने भूटानबाहेक फिलिपिन्सका ३ राज्यमा बढी छन् ।
क्युबा, सोमालिया, डोमिनिकन रिपब्लिकका २-२ राज्य तथा चीन, इराक, म्यान्मा (बर्मा), क्यानडा र इथियोपियाका १-१ राज्यमा बढी छन् ।

मेक्सिकोलाई बिर्सने हो भने
मेक्सिकोबाट आएकालाई बिर्सने हो भने १९ राज्यमा भारतका आप्रवासी बढी देखिन्छन् ।
त्यस्तै भूटानबाहेक सात राज्यमा फिलिपिन्स र ५ मा म्यान्मा (बर्मा) मा तथा इराक, भूटान र चीनका मानिस ३ राज्यमा बढी देखिन्छन् ।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
(‘अक्षरिका’ को नोभेम्बर २०१४ बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<