नेपाल-अमेरिका सम्बन्ध २०१२

वर्ष सकिन लाग्दा नेपाल-अमेरिका सम्बन्ध कस्तो रह्यो भन्ने प्रश्नको उत्तर खोज्न मन लाग्दो रहेछ । २०१२ सधैंजस्तो अलि भएन । केही उपलब्धीहरू भए, यस वर्ष । केही थप काम, परिवर्तन र केही कीर्तिमानहरू ।
वर्षको सुरुमा निकै उपलब्धीपूर्ण खबर आयो । त्यो खबर, लामो समयको कूटनीतिक प्रयासपछि पिसकोर स्वयंसेवक नेपाल फिर्ने निर्णयको थियो । यसमा पनि वासिंगटनस्थित नेपाली दूतावासको मुख्य भूमिका रह्यो । एकोहोरो लागेको-लाग्यै नेपाली राजदूत शंकरप्रसाद शर्मा (पीएचडी) लाई पिसकोर नेपाल फर्काउनका लागि सफल भएको मान्नुपर्छ । Read More »

उपल्लो उन्नतिका देशमा प्रकृतिसँग मान्छे

Mud Bog 03

यही जुलाईको कुरा हो । मावली भाई प्रवीण गौतमसँगको फोनवार्तामा उसले एउटा यात्राको प्रसंग चलायो र भन्यो, ‘आज उत्तर डकोटाको हिलेजात्रा हेर्न जान लागेको ।’ मलाई रमाइलो लाग्यो । थप कुरा सुनेपछि भनें, ‘लौ न यो त ‘अक्षरिका’ न्युजलेटरलाई सामग्री बन्छ ।’
अक्षरिका प्रकाशन यही महिनाबाट चौथो वर्षमा प्रवेश गरेको छ । यो स्वयंसेवी प्रयास हो । यसको प्रकाशक संस्था ‘ज्ञानज्योति केन्द्र’ का सबैलाई स्वयंसेवी रूपमा काम गर्दै आएका छौं । प्रवीण जस्तै सतन आचार्य, तारा आचार्य, सन्तोष पोखरेल, डगलस हल आदि यसमा निरन्तर स्वयंसेवी सहायता गर्दै आउनुभएको छ । म सम्पादनको काम गर्दै आएको छु ।
प्रवीणले पठाएको सामग्री ‘अक्षरिका’ले अगस्त अंकमा आफ्नो ‘चलन’ नामको स्तम्भमा समेट्यो । मलाई निकै रमाइलो लाग्यो । यहाँ पनि प्रकृतिसँग निकट रहने र रहेका चलनहरू रहेछन्, जो हामीले नेपालका गाउँ-ठाउँमा मात्र देख्छौं । कति त मलाई पनि कहाँ थाहा छ र ? ! म पनि फेला पार्दैछु ।
‘अक्षरिका’का तीन वर्षमा यहाँका हरेक चालचलन मेरा लागि जिज्ञासाका विषय बनेका छन् । मैले यसलाई नियालेर हेर्ने कोशिश गरेको छु । यहाँका दुर्गममा पाइने प्रकृतिसँगको निकट चलनले मलाई नेपाली चलनको झल्को दिन्छ । Read More »

परदेशमा बालबालिकाका लागि नेपाली-कक्षा

पश्चिम लण्डनको वाटलिङ कम्युनिटी सेन्टरमा गएको केही सातादेखि नेपाली बालबालिकाहरूले नेपाली भाषा सिकीरहेका छन् । स्थानीय बर्न्टओक नेपाली समाजको सकृयतामा शुरु गरिएको उक्त कक्षा गर्मी बिदाभर हरेक मंगलबार दिउँसो दुई घन्टा सन्चालन भइरहेको छ ।
तीनजना नेपाली युवाले झण्डै पच्चीस जना बालबालिकालाई स्वयमसेवी रूपमा पढाइरहेका थिए । आफ्ना छोराछोरीले नेपाली सिक्ने अवसर पाएकोमा एकजना अभिभावक इन्दिरा खनियाँले खुसी व्यक्त गरिन् । नेपालीहरुको बाक्लो बसोबास रहेका बेलायतका विभिन्न इलाकाहरूमा पनि नेपाली बालबालिकाहरूका लागि कक्षा सन्चालन भइरहेका छन् ।
Read More »

डिभी २०१४ को चिठ्ठा पर्नेमा सबभन्दा धेरै नेपाली

DV website

अमेरिकाको डाइभर्सिटी भिसा २०१४ (डिभी- २०१४) पर्नेमा सबभन्दा धेरै नेपाली भएका छन् । स्टेट डिपार्टमेन्टको सन् २०१३ सेप्टेम्बरको भिसा बुलेटिन अनुसार सन् २०१४ को डिभीबाट ६ हजार ८२ नेपालीलाई भिसा छुट्याइएको छ ।
पहिलोबाट दशौं देश
पहिलो स्थानबाट दशौं स्थानमा यी मुलुक छन्-
पहिलो ……. नेपाल …………………… ६ हजार ८२
दोस्रो ……… नाइजेरिया …………….. ६ हजार ४३
तेस्रो ………. इरान …………………… ६ हजार २७
चौथो ……… प्रजातान्त्रिक कंगो …… ६ हजार २५
पाँचौं ……… युक्रेन …………………… ६ हजार ९
छैटौं ………. इजिप्ट …………………. ५ हजार ७ सय ५७
सातौं ……… इथियोपिया …………… ५ हजार ७ सय १८
आठौं ……… उज्वेकिस्तान ………… ५ हजार १४
नवौं ………. रूस (रसिया) ………….. ४ हजार ५ सय ४४
दशौं ………. क्यामरून ……………… ४ हजार २ सय ६८
कूल १ लाख ४० हजार ६ सय ६० लाई छानिएको छ, यीमध्ये बढीमा ५५ हजारलाई भिसा उपलब्ध हुन्छ । डिभी- २०१४ का लागि दर्ता अवधि सन् २०१२ अक्टोबर २ देखि सन् २०१२ नोभेम्बर ३ सम्म खोलिएको थियो । Read More »

मादले …….

प्राण_भादगाउँले टोपी

म गाउन जान्दिन । सुन्छु । अलि-अलि राम्रो-नराम्रो छुट्याउन सक्छु जस्तो लाग्छ । मजस्तो पुड्को संगीतप्रेमीका लागि गएका केही दिन निकै खुसीको रह्यो ।
पहिलो आनि छोइङले ए.आर. रहमानको संगीतमा जोर्डनियन गायिका फराह सिरजलसँग एउटा गीत गाएको भिडियो सार्वजनिक भयो । मैले यो गीत कतिपटक सुनिसके मलाई नै थाहा छैन । न आनिको मन्त्रको अर्थ लगाउन सक्छु, न त जोर्डनको भाषा बुझ्छु । आनिलाई आफ्नो मानेर अनि रहमानको संगीतमा सधैं लठ्ठ पर्ने भएर हो, यी हरफहरू लेख्दा पनि त्यही गीत सुन्दैछु ।
उता बेलायतको विश्व विख्यात विम्बले एरेनामा नेपथ्यले कन्सर्ट प्रस्तुत गरेको छ । नेपथ्यका सबैजसो गीत मसँग छन् । म बारम्बार सुनिरहन्छु । लण्डनको विम्बलेका दर्शक बनेका नेपाली संगीतप्रेमीहरूले युट्युबमा पोष्ट गरेका केही भिडियो हेरे । समाचारहरू पढे । मज्जा लाग्यो ।
आनि, रहमानको संगीतमा समेटिइन् । नेपथ्य, लण्डनमा घन्क्यो । हो, संगीतले सीमा छुट्याउँदैन रहेछ । कहिले पो छुट्याएको थियो र ?!
हाम्रा प्रतिभाले सीमा काटेको यो नयाँ भने होइन । नेपाली गायक, संगीतले फरक किसिमले भारतमा काम गरेको इतिहास छ । उसबेला रोजीरोटीका लागि भारत जाने क्रम विस्तारै प्रतिभा देखाउनेतर्फ मोडिएको पाइन्छ । Read More »

शरणार्थीको सूचीमा नेपालीभाषी

Nepali Bhasi Saranarthi_2070 Sawan 20‘अमेरिका जान/आउन पाए, कति भाग्यभानी रहेछन्, यी भूटानी शरणार्थीहरू !?’ धेरैले राख्ने गरेको जिज्ञासा वा आश्चर्य हो। तर जान/आउन पाउनेमध्ये कसैले आफूलाई भाग्यमानी ठान्नुहुन्छ र कसैले ठान्नुहुन्न । यो उहाँहरूकै आ-आफ्नो सोच हो। ‘अमेरिकाले कति धेरै माया गरेको भूटानीहरूलाई?’ अर्को जिज्ञासा ।
पहिलो प्रश्नको उत्तर त्यति सजिलो छैन। आफ्ना बाहुबलले भूटानमा स्थिति बसाएको पुस्ताले अमेरिकी जीवनलाई सहज ठानेको छैन । त्यो पुस्ताका धेरैले अमेरिका बसोबासलाई भाग्य ठानेको पाइँदैन । भाषा र शिक्षाका हिसाबले जो घरबाहिर जान सकेको छ र केही गर्न सकेको छ, माहिलो पुस्ता भनौं न उहाँहरूका लागि सहज छ । अनि सबभन्दा कान्छो पुस्तालाई भने भाग्यमानी ठान्न सकिन्छ, जसका लागि यहाँ धेरै अवसर छन् ।
दोस्रो प्रश्नको उत्तर चाहीँ अलि स्पष्ट छ । अमेरिकाले भूटानी शरणार्थी मात्र बसोबास गराएको छैन । यसले विभिन्न मुलुकबाट बर्सेनि बढीमा ८० हजार शरणार्थीलाई बसोबास गराउँछ । यो सीमा सुरुमा थिएन, कुनै वर्ष २ लाख र कुनै वर्ष १९ हजारमात्र पुनर्स्थापित गरेको पाइन्छ । सन् १९७५ अमेरिकाले औपचारिकरूपमा शरणार्थी पुनर्स्थापना थालेको हो। सन् २०१२ फेब्रुअरीसम्म अमेरिकाले ३० लाख शरणार्थी बसोबास गराइसक्यो । अमेरिकाको जनसंख्या ३१ करोडको हाराहारीमा छ। अमेरिकाले शरणार्थीलाई नयाँ जीवन, नयाँ आवास र नयाँ समुदाय प्रदान गर्दै आएको छ। सन् १९८० को दशकमा भियतानाम, लाओस तथा सोभियत संघ (अहिलेको रूस तथा अन्य विभाजित मुलुक) बाट शरणार्थी अमेरिका ल्याइन्थे । सन् १९९० को दशकमा पूर्व–युगोस्लाभियामा युद्ध भएपछि धेरै बोस्नियाली शरणार्थी अमेरिका आए । २१ शताब्दी सुरू भएपछि बर्मा, भुटान, इरान, इराक र सोमालियाबाट शरणार्थी ल्याएर अमेरिकामा पुनर्स्थापित गरिएको पाइन्छ । Read More »