२०७३ सालका बिदा र चाडपर्व तथा सरकारी कार्यालयको समय

नेपाल सरकारले विक्रम सम्वत् २०७३ साल वैशाख १ गतेदेखि २०७३ साल चैत्र मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालयहरूलाई देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको छः
१. वर्षभरिका शनिबार बिदाः
(क) वैशाख – ४,११,१८,२५
(ख) जेठ – १,८,१५,२२,२९
(ग) असार – ४,११,१८,२५
(घ) साउन – १,८,१५,२२,२९
(ङ) भदौ – ४,११,१८,२५
(च) असोज– १,८,१५,२२,२९
(छ) कात्तिक – ६,१३,२०,२७
(ज) मङ्सिर – ४,११,१८,२५
(झ) पौष – २,९,१६,२३
(ञ) माघ – १,८,१५,२२,२९
(ट) फागुन – ७,१४,२१,२८
(ठ) चैत्र – ५,१२,१९,२६


२. पर्व बिदाहरूः
(क) नव वर्ष, वैशाख १ गते बुधबार ।
(ख) किराँत, राई, लिम्बू जातिको उभौली पर्व – चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), जेठ ८ गते शनिबार ।
(ग) जनै पूर्णिमा, रक्षाबन्धन (ऋषि तर्पणी) भदौ २ गते विहिबार ।
(घ) गौरापर्व, भदौ ९ गते विहिबार ।
(ङ) इस्लाम धर्मावलम्वीहरूको पर्व ईद (इदुल्ल फित्र) का दिन ।
(च) छठ पर्व, कात्तिक २१ गते आइतबार ।
(छ) इस्लाम धर्मावलम्वीहरूको पर्व बकर ईद (इदुल जोहा) का दिन ।
(ज) किराँत जातिको उधौली पर्व, योमरी पुन्हि–ज्यापु दिवस (मङ्सिर पूर्णिमा,धान्य पूर्णिमा) मङ्सिर २८ गते मङ्गलबार ।
(झ) इसाई धर्मावलम्वीहरूको पर्व क्रिसमस डे, (डिसेम्बर २५ तारिख) पौष १० गते आइतबार (इसाई धर्मावलम्वी सरकारी कर्मचारीहरूका लागि) ।
(ञ) तमू ल्होसार पौष १५ गते शुक्रबार ।
(ट) माघी पर्व (थारू/मगर/छन्त्याल जातिको राष्ट्रिय पर्व माघ १ गते शनिबार ।
(ठ) सोनम ल्होसार माघ १५ गते शनिबार ।
(ड) महाशिवरात्री, फागुन १३ गते शुक्रबार ।
(ढ) हिमाली आदिवासी शेर्पाहरूले मनाउने ग्याल्बो ल्होसार, फागुन १६ गते सोमबार ।
(ण) फागुपूर्णिमा, फागुन २९ गते आइतबार र देहायका जिल्लाहरूमा फागुन ३० गते सोमबार ।
जिल्लाहरूको नाम
१. मोरङ्ग
२. धनुषा
३. पर्सा
४. वाँके
५. सुनसरी
६. महोत्तरी
७. नवलपरासी
८. बर्दिया
९. सप्तरी
१०. सर्लाही
११. रूपन्देही
१२. कैलाली
१३. सिरहा
१४. रौतहट
१५. कपिलवस्तु
१६. कञ्चनपुर
१७. उदयपुर
१८. बारा
१९. दाङ
(त) सिरूवा पावनी पर्वका दिन त्यस्तो पर्व मनाउने झापा, मोरङ्ग, सुनसरी, सिराहा र सप्तरी जिल्लामा ।
(थ) धवथाम्वु छेउचिक पर्वका दिन त्यस्तो पर्व मनाउने जिल्लाहरूमा स्थानीय बिदा ।
३. महिला कर्मचारीहरूका लागि मात्रः
(क) हरितालिका (तीज), भदौ १९ गते आइतबार ।
(ख) ऋषि पञ्चमी, भदौ २१ गते मङ्गलबार ।
(ग) जितिया पर्व, असोज ७ गते शुक्रबार (जितिया पर्व मनाउने महिला कर्मचारीहरूका लागि) ।
४. शिक्षण संस्थाहरूका लागि मात्रः
(क) वसन्त पञ्चमी, माघ १९ गते बुधबार ।
५. जात्रा बिदा (काठमाडौं उपत्यकालाई मात्र):
(क) गाईजात्रा, भदौ ३ गते शुक्रबार ।
(ख) इन्द्रजात्रा, भदौ ३० गते विहिबार ।
(ग) मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा (सो जात्रा हुने दिन )
(घ) घोडेजात्रा, चैत्र १४ गते सोमबार ।
६. दशैं बिदा:
(क) घटस्थापना, असोज १५ गते शनिबार ।
(ख) असोज २२ गते शनिबारदेखि असोज २७ गते विहिबारसम्म (फूलपातीदेखि द्वादशीसम्म) ।
(ग) कोजाग्रत पूर्णिमा, असोज २९ गते शनिबार ।
७. तिहार बिदाः
(क) लक्ष्मीपूजा, कात्तिक १४ गते आइतबार ।
(ख) गोवर्धन पूजा, म्हपूजा, नेपाल सम्वत् कात्तिक १५ गते सोमबार ।
(ग) भाइटीका, कात्तिक १६ गते मङ्गलबार ।
८. दिवस बिदाः
(क) विश्व मजदुर दिवस, (मे १) वैशाख १९ गते आइतबार ।
(ख) गणतन्त्र दिवस, जेठ १५ गते शनिबार ।
(ग) निजामती सेवा दिवस, भदौ २२ गते बुधबार (निजामती कर्मचारी, अदालत तथा संवैधानिक निकायका कर्मचारीहरू र विदेशस्थित नेपाली नियोगमा कार्यरत निजामती कर्मचारी समेतका लागि)
(घ) संविधान दिवस, असोज ३ गते सोमबार
(ङ) अन्तर्राष्ट्रिय अपाङ्ग दिवस, (डिसेम्वर ३) मङ्सिर १८ गते शनिबार (नेपाल भित्रका सम्पूर्ण अपाङ्ग कर्मचारीका लागि) ।
(च) शहीद दिवस, माघ १६ गते आइतबार ।
(छ) राष्ट्रिय प्रजातन्त्र दिवस, फाल्गुन ७ गते शनिबार ।
(ज) अन्तर्राष्ट्रिय महिला दिवस, (मार्च ८) फाल्गुन २५ गते बुधबार ।
९. जन्म जयन्ती बिदाः
(क) रामनवमी (राम जयन्ती), वैशाख ३ गते शुक्रबार ।
(ख) महावीर जयन्ती, वैशाख ७ गते मङ्गलबार (नेपाली जैन धर्मावलम्वी सरकारी कर्मचारीहरूका लागि)
(ग) वुद्ध जयन्ती, जेठ ८ गते शनिबार ।
(घ) श्रीकृष्ण जन्माष्टमी, भदौ ९ गते विहिबार ।
(ङ) फाल्गुनन्द जयन्ती, कात्तिक २५ गते विहिबार (किराँत धर्मावलम्वी सरकारी कर्मचारीका लागि) ।
(च) गुरू नानक जयन्ती, कात्तिक २९ गते सोमबार (नेपाली शिख धर्मावलम्वी सरकारी कर्मचारीका लागि) ।
(छ) रामनवमी (राम जयन्ती), चैत्र २३ गते बुधबार ।
(ज) महावीर जयन्ती, चैत्र २७ गते आइतबार (नेपाली जैन धर्मावलम्वी सरकारी कर्मचारीका लागि)
१०. विदेश स्थित नेपाली नियोगहरूले सम्वन्धित मुलुकका सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैंले व्यवस्थापन र समायोजन गर्न सक्ने ।
११. सट्टा विदाः
अस्पताल, रोपवे, टेलिफोन, प्रहरी, अध्यागमन, थाना, चौकी, फायर व्रिगेड, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक, आकाशवाणी आदि जस्ता रोजाना र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयले सार्वजनिक बिदाका दिनमा समेत काम काज गर्नु पर्ने हुँदा त्यस्ता कार्यालयमा दैनिक काम नरोकिने गरी सार्वजनिक
बिदाका दिन काम गरेवापत प्रचलित कानूनको रीत पुर्‍याई सट्टा बिदा बस्न पाइने ।
१२. कार्यालय हाजिर हुने र छुट्ने समयः
(क) नेपाल राज्यभरका सवै सरकारी कार्यालयहरूमा शुक्रबारबाहेक माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान १०:०० बजे हाजिर भई अपरान्ह ५:०० बजे छुट्ने र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०:०० बजे हाजिर भई अपरान्ह ४:०० बजे छुट्ने ।
(ख) शुक्रबारको दिन बिहान १०:०० बजे हाजिर भई अपरान्ह ३:०० बजे छुट्ने ।
द्रष्टव्य:
(क) “आधा दिन” भन्नाले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म तीन महिनाका लागि दिनको १:०० बजे र माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म दिनको १:३० बजेसम्म सम्झनु पर्छ ।
(ख) सेवाग्राहीलाई प्रदान गरिने सेवा प्रवाहमा असर नपर्ने गरी कार्यालय समयको १ बजेदेखि २ बजेसम्म खाजा खाने समय कायम गरिएको छ ।
                                                                                                                                                                                                          स्रोतः गृह मन्त्रालय, नेपाल सरकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<