एन्ड्रोइड फोनमा कसरी नेपाली लेख्ने बनाउने ? (How to make an Android phone write Nepali?)

तपाईंको फोन गुगलको एन्ड्रोइडबाट चलेको छ भने गुगल प्लेमा जाने । यहाँ यसको लोगो छः
01. Google_play

 

 

 

 

 

 

यहाँ दुइटा एप्पहरू डाउनलोड गर्नुपर्छ । पहिलो मल्टिलिङ्ग किबोर्ड (बाई होन्सो लेखिएको हुनेछ) हो । यो तस्बिरले डाउनलोड गर्न अझ सजिलो पार्लाः

02. Download Multiling Keyboard

 

 

 

 

 

 

 

 

 

मल्टिलिङ्ग किबोर्डको लोगो यस्तो हुन्छः

03. Multiling Keyboard

 

 

 

 


त्यसपछि डाउनलोड गर्ने अर्को एप्प होः प्लगइन नेपाली, जसको लोगो यस्तो हुन्छः

Nepali Plugin

 

 

 

 


अब गुगल प्ले छाड्नुहोस् र यी डाउनलोड भएका एप्पहरू भएका स्क्रिनमा जानुहोस् र मल्टिलिङ्ग किबोर्डको लोगोमा क्लिक गर्नुहोस् । तपाईंले यस्तो स्क्रिन पाउनुहुनेछ

04. multiling-keyboard

 

 

 

 

 

 

 

 

 

 

अब यसले चरणबद्ध रूपमा के गर्ने भनेर सिकाएको छ । धेरैलाई त यी चरणहरू हेरेर नेपाली लेख्ने बनाउन आउन सक्छ । कुनै पनि चरण नबिराउनुहोस् । एउटामा क्लिक गरेपछि यही सूचीमा फिर्नुहोस् ।
पहिलोः मल्टिलिङ्गलाई चल्ने बनाउन यसमा क्लिक गर्ने । अरूमा क्लिक छ भने हटाउने ।

Multiling Enable

 


फेरि माथिकै सूचीमा फिर्ने । हामीले प्लग इन डाउनलोड गरेकाले त्यो गर्नुपरेन । अनि 4 थिचेर भाषा छान्न सकिन्छ । सामान्यतः यसमा हामीले आफूले जान्ने भाषामा क्लिक गर्ने, अंग्रेजी, नेपाली आदि । यसो गरेर मुख्य स्क्रिनमा फिर्नुहोस् । आफूले चाहेको भाषा छान्न सकिन्छः

Bhasa

 

 

 

 

 

 

 

 

 

लेख्न सकिने कुनै एप्प (इमेल, फेसबुक, गुगल सर्च आदि) खोल्नुहोस् । किबोर्ड, जसमा भाषा बदल्न सकिन्छ । नेपाली भने यस्यो आउँछः

multiling-keyboard-honso

 

 

 

 

 

 

 

 

Space दिने ठाउँमा यहाँ ‘नेपाली’ छ । हो, यसमा थिचिरहे, तपाईंले अघि लेख्न मिल्ने बनाएका भाषा यसमा देखापर्छन् । जुन भाषामा लेख्ने हो, आफ्नो औंला पुर्‍याएर छाडिदिनुहोस्, त्यही भाषाको किबोर्ड आउँछ । यसमा नेपाली थिचेर छाडे नेपालीमा लेख्न सकिने त हो ।

 

One thought on “एन्ड्रोइड फोनमा कसरी नेपाली लेख्ने बनाउने ? (How to make an Android phone write Nepali?)

  1. एन्ड्रोइडमा नेपालीमा लेख्ने सबैभन्दा सजिलो तरिका hamro keyboard एप्प हो एसबाट निकै सहज तरिकाबाट नेपाली लेख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<