अन्तर्क्रिया

काठमाडौं, ११ वैशाख (रासस, २०६२)- बालसाहित्यका पुस्तक प्रकाशित गर्नुअघि लक्षित बालपाठकहरूलाई पढ्न दिएर उनीहरूको सुझाव लिई त्यसअनुरूप परिष्कार गरेर मात्र छाप्नुपर्नेमा साहित्यकारहरूले जोड दिएका छन् ।
वरिष्ठ कथाकार रमेश विकलको नयाँ बालकथा सङ्ग्रह “एउटा कथा भन्नु न हजुरआमा” बारे आज यहाँ आयोजित अन्तक्रिर्यामा वक्ताहरूले सो कुरा बताउनुभएको हो ।
सो अवसरमा लेखक रमेश विकलले विश्वका उत्कृष्ट कृतिहरूलाई बालोपयोगी भाषामा संक्षेपीकरण गरी प्रकाशित गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।
नेपाल बालसाहित्य समाजका अध्यक्ष विश्वम्भर चञ्चलले नेपाली बालसाहित्यको विकासका लागि मौलिक सिर्जनामा जोड दिनुपर्छ भन्नुभयो ।
कार्यक्रममा साहित्यकारहरू रोचक घिमिरे, विजय चालिसे, प्रमोद प्रधान, तेजप्रकाश श्रेष्ठ, शारदा अधिकारी, राजेश कोइराला, चङ्की श्रेष्ठ, सिर्जना शर्मा, कृष्ण शाह ‘यात्री’, भरतमणि रिसाल र रमेश शुभेच्छुकका साथै प्रकाशक विजयराज आचार्यले पुस्तकका विविध पक्षमा प्रकाश पार्नुभएको थियो ।
विवेक सिर्जनशील प्रकाशन प्रा.लि. द्वारा प्रकाशित सो पुस्तकमा १५ बालकथा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<