तातो बनारस
कल्याणी रिमालसँग सञ्चारक्षेत्रमा लामो समय काम गरेको अनुभव
छ । उहाँले २०११ देखि २०४९ सालसम्म रेडियो नेपालमा काम गर्नुभयो । उहाँले सुरुमा महिला कार्यक्रम, बालकार्यक्रम, जीवन-संगीतजस्ता
कार्यक्रम चलाउनुभयो । २०२५ पछि समाचार पढ्नुभयो । कल्याणीको जन्म १९९३ साल मंसिरमा काठमाडौंको कोटेश्वरमा भएको हो । उहाँका पिताको नाम कृष्णप्रसाद र माताको नाम चन्द्रकला पौडेल हो । उहाँहरू एक दाजु र चार दिदी-बहिनी जन्मनुभएको हो । कल्याणी कान्छी छोरी हो । उहाँले पद्म कन्या कलेज (बागबजार) मा आइए पढ्नुभयो । फर्पिङमा खोलिएको एक स्कुलमा पढाएपछि उहाँ रेडियो नेपालको जागिरे हुनुभयो । उहाँ वरिष्ठ कलाकार हरिप्रसाद रिमालकी श्रीमती हुनुहुन्छ । कल्याणीले धेरै सम्मान पाउनुभएको छ । उहाँले भारत, मलेसिया, अमेरिका आदि देशको भ्रमण गर्नुभएको छ । यसपटक कल्याणी सानो छँदाका केही सम्झना :

मैले सानोमा पढ्ने मौका पाएँ । बाले संस्कृत पढ्नुभएको थियो । उहाँ कर्मकाण्ड गर्नुहुन्थ्यो । आमाका नातागोताका धेरै मानिस भारतमा फैलिएका थिए ।
आमाले मलाई र दाजुलाई लिएर बनारस जानुभयो । मेरो पनि बाल्यकाल बनारसमा बित्यो । त्यहाँ पढ्नुपर्छ भन्ने हुन्थ्यो । छात्रा स्कुल जान्थे । मैले बनारसको अग्रवाल कन्या पाठशालामा पढें । त्यहाँ शिक्षिकामात्र हुनुहुन्थ्यो । पाठ नआउँदा उभ्याउनुहुन्थ्यो । पिट्ने चलन थिएन । मेरो पढाई राम्रो थियो । मलाई गृह विज्ञान (होम साइन्स) मन पर्ने विषय थियो । मैले त्यहि स्कुलबाट मैले मेट्रिक (एसएलसी) दिएँ । तर थर्ड डिभीजनमा पास भएँ । हाम्रो मेट्रिकको रिजल्ट ढिलो भयो । माहिली दिदी बम्बइमा हुनुहुन्थ्यो । म उतै गएँ । यता आमा र दाजुले नेपाल फर्कने निर्णय गर्नुभएछ र सबै नेपाल आयौं ।
हामीले अंग्रेजी, संस्कृत, गणित, भूगोल, गृह विज्ञान, हिन्दी आदि पढ्नुपर्थ्यो । आमाले पढ्नुभएको थियो । उहाँ अमरकोश, चण्डी पढाउनुहुन्थ्यो । उहाँलाई शिक्षा दिने शौख थियो । उहाँ घरमा पनि पूजापाठ गर्नुहुन्थ्यो । आमा हामीलाई अनुशासनमा पनि राख्नुहुन्थ्यो ।
बनारसमा बस्दा भारतको स्वतन्त्रता आन्दोलनका केही घटना म सम्झन्छु । गान्धीको निधन भएपछि टाउन हलमा कार्यक्रम भएको थियो ।
बनारसमा हामी भाडामा बसेका थियौं । म आमालाई काम सघाउँथे । लुकामारी, भात पकाइ, गट्टा खेल्थें । त्यहाँ असाध्यै गर्मी हुन्थ्यो । बेलुका खाना पकाएर गंगा नदी जान्थ्यौं । केटीहरूले पौडी खेल्ने ठाउँ मान्द्रोले बारिएको हुन्थ्यो । त्यहिं पौडी खेल्थ्यौं ।
मलाई सानोमा बरफ किनेर खान मनपर्थ्यो । आँप र बेलको सर्वत त स्कुलबाहिर पाइन्थ्यो । लौकाको मुरब्बा पनि खान मनपर्थ्यो । खाजा खर्च भनेर एक आना पैसा दिनुहुन्थ्यो । घरमा रोटी र सब्जी पाक्थ्यो । त्यहाँको चामल मीठो हुँदैन थियो । सरकारले खाद्यान्न खरिद गर्न रासन कार्ड दिएको हुन्थ्यो । त्यहि कार्डबाट सस्तोमा खाद्यान्न किन्न पाइन्थ्यो ।
त्यहाँ श्रीपञ्चमी (सरस्वतीपूजा) रमाइलो हुन्थ्यो । पहेंलो लुगा लगाएर आउनु भनेको हुन्थ्यो । म सानोमा दौडमा भाग लिन्थे । रमाइलो लाग्थ्यो । दिपावली र दशैं पनि रमाइलो हुन्थ्यो । ती चाड घरभित्र आफ्नै तरिकाले मनाउँथ्यौं । मन्दिर जान्थ्यौं । कति सफा हुन्थे, आहा ! स्कुल ड्रेस थिएन । फ्रक लगाउँथ्यौं । रिबन बाँधेर स्कुल जान्थ्यौं । कहिलेकाही त खुट्टामा चप्पल हुँदैनथ्यो । आमाले हामीलाई निकै दुःख गरेर हुर्काउनुभएको थियो ।
हामीलाई नेपाल ल्याउँदा र उता लैजाँदा डोकोमा बोकिन्थ्यो । एकपटक नेपाल आउँदा भरियाको टाउकोमा जुम्रा देखेर म आमाको हात समातेर हिंडेकी छु ।
यसरी तातो बनारस र चिसो नेपाल गर्दा बाल्यकाल सकियो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६७ वैशाख १२ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)