रमेश विकल जानौं

रामेश्वरमाथि प्रश्न उत्तर

रमेश विकल अब हुनुहुन्न । उहाँले हाम्रा निम्ति धेरै पुस्तकहरू लेख्नुभएको छ । उहाँको बाल्यकालका संस्मरण ‘कोपिला’ मा प्रकाशित भइसकेको छ । उहाँको हालै निधन भयो । त्यसैले हामीले विकलका बारेमा केही प्रश्न-उत्तर तयार पारेका छौं :
० साहित्यकार रमेश ‘विकल’ को खास नाम के हो ?
– रामेश्वरप्रसाद चालिसे ।
० उहाँका हजुरबुबाको नाम के हो ?
– धननाथ उपाध्याय ।
० उहाँका बुबा र आमाको नाम के हो ?
– चन्द्रशेखर र छायादेवी ।
० उहाँको जन्म कहिले (साल, महिना, गते र बार) भएको थियो ?
– वि.सं. १९८५ कात्तिक २९ बुधबार ।
० उहाँ जन्मेको दिन कुन चाड परेको थियो ?
– भाइटीका ।
० रमेश ‘विकल’ को जन्म कुन ठाउँमा भएको थियो ?
– काठमाडौं जिल्लाको आरुबारी, गोकर्ण ।
० उहाँको मावली के थरका हुन् ?
– भण्डारी ।
० उहाँलाई घरमा कुन नामले बोलाइन्थ्यो ?
– रामबाबु ।
० ‘विकल’ शब्दको अर्थ के हो ?
– मनमा शान्ति नभएको, व्याकुल, विह्वल, असन्तृष्ट, क्षुब्ध, टुटे-फुटेको, भाँचिएको, भताभुङ्ग, पूरा नभएको, अपूर्ण, अधुरो, कम भएको, घटेको ।
० साहित्यकार रमेश ‘विकल’ कति वर्षको हुँदा आमाको निधन भयो ?
– डेढ वर्ष ।
० आमाको निधनपछि उहाँको बाल्यकाल कोसँग बित्यो ?
– बुवा, हजुरआमा र ठूली आमा ।
० उहाँका बुबाको निधन कति सालमा भएको हो ?
– २००६ साल ।
० साहित्यकार रमेश ‘विकल’ को विवाह कति वर्षको उमेरमा भएको थियो ?
– १३ वर्ष ।
० उहाँकी पत्नीको नाम के हो ?
– सुशीला (उहाँको चार वर्षअघि नै निधन भइसकेको छ ।)
० उहाँले कति सालमा एसएलसी पास गर्नुभएको थियो ?
– २०११ साल ।
० साहित्यकार रमेश ‘विकल’ लाई साहित्यकार बन्ने प्रेरणा कोबाट मिलेको थियो ?
– हजुरबुबा, बुबा र साहित्यकार श्यामप्रसाद शर्मा ।
० साहित्यकार ‘विकल’ कतिसम्म पढ्नुभएको थियो ?
– बीएड (शिक्षाशास्त्रमा स्नातक) ।
० उहाँको प्रकाशित पहिलो रचना के थियो ?
– ‘गरिब’ शीर्षकको कथा ।
० ‘विकल’ को पहिलो रचना ‘गरिब’ शीर्षकको कथा कुन पत्रिकामा कहिले प्रकाशित भएको थियो ?
– शारदा पत्रिकाको २००६ चैत अंकमा ।
० २००५ सालमा राजनीतिमा प्रवेश गरेका विकल कहिले राजनीति पूरै छाडेर साहित्यमा लाग्नुभएको हो ?
– २०१५ साल ।
० साहित्यबाहेक विकलका अरू सौख के के थिए ?
– गायन र चित्रकला ।
० उहाँको पहिलो प्रकाशित कृति कुन हो ?
– ‘बिरानो देशमा’ (कथासंग्रह, २०१५) ।
० उहाँले कहिले मदन पुरस्कार पाउनुभएको हो ?
– २०१८ साल ।
० मदन पुरस्कार पाउने उहाँको कृति कुन हो ?
– ‘नयाँसडकको गीत’ (कथासंग्रह) ।
० साहित्यकार रमेश ‘विकल’ ले कुन कृतिका लागि साझा बाल पुरस्कार पाउनुभएको थियो ? कहिले ?
– ‘अब तिमी नरोऊ किरण’ (बालनाटक) । २०५९ ।
० २०२८, २०३८ र २०५७ मा उहाँले पाएका तीन पुरस्कार के के हुन् ?
– क्रमशः कृष्णमणि साहित्यिक पुरस्कार, महेन्द्र प्रज्ञा पुरस्कार र नूरगंगा बालसाहित्य पुरस्कार ।
० उहाँका चर्चित बालसाहित्य के के हुन् ?
– ‘विक्रम र नौलो ग्रह’ (उपन्यास), ‘सात थुँगा’ र ‘अब तिमी नरोऊ किरण’ (नाटक), ‘तेह्र रमाइला कथा’ (कथासंग्रह), ‘हिउँदे छुट्टी’ (कथासंग्रह) आदि ।
० ‘हराएका कथाहरू,’ ‘अविरल बग्दछ इन्द्रावती’, ‘सात सूर्य : एक फन्को,’ ‘मान्छे, वैभव र मृत्यु’ कहिले प्रकाशित भएका हुन् ?
– क्रमशः २०५५, २०४२, २०५२ र २०५२ ।
० उहाँ कहिले नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा परिषद्को सदस्य हुनुभयो ?
– २०५१ साल ।
० ‘अविरल बग्दछ इन्द्रावती’ कहाँका कुन जातिका पीडाको कथा हो ?
– काभ्रेपलाञ्चोक जिल्लाको जोगीटार माझीगाउँका माझी ।
० ‘अविरल बग्दछ इन्द्रावती’ को टेलिशृंखला बनेको छ । त्यस टेलिशृंखलाको निर्देशक को हुन् ?
– बद्री अधिकारी ।
० विकलको कृति ‘बूढो भ्वाइलिन आसबारीको धुनमा’ को आवरणमा कसले बनाएको चित्र प्रयोग भएको छ ?
– विकल आफ्नै ।
० विकलले कसबाट चित्रकारिता सिक्नुभएको थियो ?
– जुद्धकला पाठशाला र प्रसिद्ध चित्रकार चन्द्रमान मास्के ।
० उहाँका चुनिएका कथाको अंग्रेजी अनुवाद कृतिको नाम के हो ?
– अ लिफ इन ए ब्वल ।
० उहाँ कहाँ बस्नुहुन्थ्यो ?
– आरुबारी ।
० उहाँको कहिले निधन भयो ?
– २०६५ पुस २ गते ।
० उहाँका कति सन्तान छन् ?
– दुई छोरा र चार छोरी ।
(स्रोत : विभिन्न पुस्तक र पत्रिका, प्रस्तुति : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ पुस ११ कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<