अब ६३ वर्षमा ६३ माइल

सहयोगका लागि नयाँ सोचमा काम गर्ने मान्छे अनेक हुन्छन् । अमेरिकाको ‘फर्स्ट लभ इन्टरनेसनल मिनिस्ट्रीज’ का निर्देशक डा टम क्लिन्टनको तरिका रमाइलो छ । उनी आफ्नो जन्मदिनमा दौडन्छन्, त्यो पनि जतिऔं जन्मदिन हो, त्यति माइल । दौडेर रकम संकलन गर्छन् । त्यो रकम नेपाल, भारत, केन्या र फिलिपिन्समा अनाथको सहयोगार्थ पठाउँछन् ।
गत अक्टोबर ९ (सन् २०१०) मा उनले ६२ औं जन्मदिन ६२ माइल दौडेर मनाए । ६२ माइल भनेको १०० किलोमिटर हो । उनको योजना १०० हजार डलर संकलन गर्ने थियो र भयो पनि । अघिल्लो दौड उनको १३ औं थियो । अब ६३ वर्षमा ६३ माइलमा ।
फर्स्ट लभ इन्टरनेसनल मिनिस्ट्रीजको मुख्यालय इलिनोय राज्यमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<