नेपाल सरकारले २०७१ वैशाख १ देखि २०७१ चैत्र मसान्तसम्म वर्ष भरमा सबै सरकारी कार्यालयलाई देहायबमोजिमको सार्वजनिक, पर्व एवं सट्टा विदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको छ ।
१. वर्षभरिका शनिबार विदाः
 वैशाख – ६, १३, २०, २७ (४ दिन)
 जेठ – ३, १०, १७, २४, ३१ (५ दिन)
 असार – ७, १४, २१, २८ (४ दिन)
 साउन – ३, १०, १७, २४, ३१ (५ दिन)
 भदौ – ७, १४, २१, २८ (४ दिन)
 आश्विन – ४, ११, १८, २५ (४ दिन)
 कात्तिक – १, ८, १५, २२, २९ (५ दिन)
 मङ्सिर – ६, १३, २०, २७ (४ दिन)
 पौष – ५, १२, १९, २६ (४ दिन)
 माघ – ३, १०, १७, २४ (४ दिन)
 फाल्गुन – २, ९, १६, २३, ३० (५ दिन)
 चैत्र – ७, १४, २१, २८ (४ दिन)
 जम्माः ५२ दिन
 २. पर्व विदाहरूः
 (क)    नव वर्ष, वैशाख १ गते सोमबार ।
 (ख)    किराँत राई लिम्वू जातिको उभौली पर्व – चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), बैशाख ३१ गते बुधबार ।
 (ग)    जनै पूर्णिमा, रक्षाबन्धन (ऋषि तर्पणी) साउन २५ गते आइतबार ।
 (घ)    गौरा पर्व भदौ १७ गते मंगलबार ।
 (ङ)    इस्लाम धर्मावलम्वीहरूको पर्व ईद (इदुल्ल फित्र) का दिन ।
 (च)    छठ पर्व कात्तिक १२ गते बुधबार ।
 (छ)    इस्लाम धर्मावलम्वीहरूको पर्व बकर ईद (इदुल जोहा) का दिन ।
 (ज)    किराँत जातिको उधौली पर्व, योमरी पुन्हि-ज्यापु दिवस (मङ्सिर पूर्णिमा, धान्य पूर्णिमा) मङ्सिर २० गते शनिबार ।
 (झ)    इसाई धर्मावलम्वीहरूको पर्व क्रिसमस डे, (डिसेम्बर २५ तारिख) पौष १० गते बिहीबार ।
 (ञ)    तमू ल्होसार पौष १५ गते मंगलबार ।
 (ट)    माघी पर्व एवं छन्त्याल जातिको राष्ट्रिय पर्व माघ १ गते बिहीबार ।
 (ठ)    सोनम ल्होसार माघ ७ गते बुधबार ।
 (ड)    महाशिवरात्री, फाल्गुन ५ गते मंगलबार ।
 (ढ)    हिमाली आदिवासी शेर्पाहरूले मनाउने घ्याल्पो लोसार फाल्गुन ७ गते बिहीबार ।
 (ण)    अन्तर्राष्ट्रिय महिला दिवस, (मार्च ८) फाल्गुन २४ गते आइतबार ।
 (त)    फागु पूर्णिमा, फाल्गुन २१ गते बिहीबार र देहायका जिल्लाहरूमा फाल्गुन २२ गते शुक्रबार ।
 जिल्लाहरूको नाम
 १. झापा 
 २. मोरङ्ग
 ३. सुनसरी
 ४. सप्तरी
 ५. सिरहा
 ६. उदयपुर
 ७. धनुषा
 ८. महोत्तरी
 ९. सर्लाही
 १०. रौतहट
 ११. बारा
 १२. पर्सा
 १३. नवलपरासी
 १४. रूपन्देही
 १५. कपिलवस्तु
 १६. दाङ
 १७. वाँके
 १८. बर्दिया
 १९. कैलाली
 २०. कञ्चनपुर
 (थ)    सिरूवा पावनी पर्वका दिन त्यस्तो पर्व मनाउने झापा, मोरङ्ग, सुनसरी, सिराहा र सप्तरी जिल्लामा ।
 (द)    धवथाम्वु छेउचिक पर्वका दिन त्यस्तो पर्व मनाउने जिल्लाहरूमा स्थानीय विदा दिने ।
 ३. महिला कर्मचारीहरूको लागि मात्रः
 (क)    हरितालिका (तीज), भदौ १२ गते बिहीबार ।
 (ख)    ऋषि पञ्चमी, भदौ १४ गते शनिबार ।
 (ग)    जितिया पर्व भदौ ३१ गते मंगलबार -जितिया पर्व मनाउने महिला कर्मचारीहरूको लागि) ।
 ४. शिक्षण संस्थाहरूको लागि मात्रः
 (क)    वसन्त पञ्चमी, माघ ११ गते आइतबार ।
 ५. जात्रा विदा (काठमाडौं उपत्यकालाई मात्र)-
 (क)    गाईजात्रा, साउन २६ गते सोमबार ।
 (ख)    इन्द्रजात्रा, भदौ २३ गते सोमबार ।
 (ग)    मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा (सो जात्रा हुने दिन )
 (घ)    घोडेजात्रा चैत्र ६ गते शुक्रबार ।
 ६. दशैं विदाः
 (क)    घटस्थापना, आश्विन ९ गते बिहीबार ।
 (ख)    आश्विन १५ गते बुधबारदेखि आश्विन १९ गते आइतबारसम्म (फूलपातीदेखि द्वादशीसम्म) ।
 (ग)    कोजाग्रत पूर्णिमा, आश्विन २१ गते मंगलबार ।
 ७. तिहार विदाः
 (क)    लक्ष्मीपूजा, कात्तिक ६ गते बिहीबार ।
 (ख)    गोवर्धन पूजा, म्ह पूजा, नेपाल सम्वत् कात्तिक ७ गते शुक्रबार ।
 (ग)    भाइटीका, कात्तिक ८ गते शनिबार ।
 ८. दिवस विदाः
 (क)    लोकतन्त्र दिवस, बैशाख ११ गते बिहीबार ।
 (ख)    विश्व मजदुर दिवस, (मे १) बैशाख १८ गते बिहीबार ।
 (ग)    गणतन्त्र दिवस, जेठ १५ गते बिहीबार ।
 (घ)    निजामती सेवा दिवस, भदौ २२ गते आइतबार (विदेशस्थित नेपाली नियोगहरूमा कार्यरत समेत निजामती कर्मचारी, अदालत तथा संवैधानिक निकायका कर्मचारीहरूलाई मात्र)
 (ङ)    अन्तर्राष्ट्रिय अपाङ्ग दिवस, (डिसेम्वर ३) मङ्सिर १७ गते बुधबार (नेपाल भित्रका सम्पूर्ण अपाङ्ग कर्मचारीहरूका लागि) ।
 (च)    शहीद दिवस, माघ १६ गते शुक्रबार ।
 (छ)    राष्ट्रिय प्रजातन्त्र दिवस, फाल्गुन ७ गते बिहीबार ।
 ९. जन्म जयन्ती विदाः
 (क)    बुद्ध जयन्ती, बैशाख ३१ गते बुधबार ।
 (ख)    श्रीकृष्ण जन्माष्टमी, भदौ १ गते आइतबार ।
 (ग)    गुरू नानक जयन्ती कात्तिक २० गते बिहीबार (नेपाली सिख धर्मावलम्बी सरकारी कर्मचारीहरूका लागि) ।
 (घ)    रामनवमी (राम जयन्ती), चैत्र १४ गते शनिबार ।
 (ङ)    महावीर जयन्ती, चैत्र १९ गते बिहीबार (नेपाली जैन धर्मावलम्बी सरकारी कर्मचारीहरूका लागि) ।
 १०. विदेशस्थित नेपाली नियोगका विदाः 
 विदेशस्थित नेपाली नियोगहरूले सम्बन्धित मुलुकका सार्वजनिक विदाहरूलाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक विदा आफैंले व्यवस्थापन र समायोजन गर्न सक्ने ।
 ११. सट्टा विदाः
 अस्पताल, रोपवे, टेलिफोन, प्रहरी, अध्यागमन, थाना, चौकी, फायर व्रिगेड, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, नेपाल सरकार मुद्रण विभाग, हुलाक, आकाशवाणी आदि जस्ता रोजना र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयहरूले सार्वजनिक विदाका दिनमा समेत काम काज गर्नु पर्ने हुादा त्यस्ता कार्यालयहरूमा दैनिक काम नरोकिने गरी सार्वजनिक विदाका दिन काम गरेवापत प्रचलित कानूनको रीत पुर्यारई सट्टा विदा वस्न पाइने ।
 १२. कार्यालय हाजिर हुने र छुट्ने समयः
 (क)    नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरूमा शुक्रबार बाहेक माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म विहान १० बजे हाजिर भई अपरान्ह ५ बजे छुट्ने र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजे हाजिर भई अपरान्ह ४ बजे छुट्ने ।
 (ख)    शुक्रबारको दिन विहान १० बजे हाजिर भई अपरान्ह ३ बजे छुट्ने ।
 द्रष्टव्यः
 (क)    “आधा दिन” भन्नाले कात्तिक १६ देखि माघ १५ गतेसम्म तीन महिना दिनको १ वजे र माघ १६ देखि कात्तिक १५ गतेसम्म दिनको १.३० बजेसम्म सम्झनु पर्छ ।
 (ख)    सेवाग्राहीलाई प्रदान गरिने सेवा प्रवाहमा असर नपर्ने गरी कार्यालय समयको १ बजेदेखि २ बजेसम्म खाजा खाने समय कायम गरिएको छ ।
 स्रोतः गृह मन्त्रालय, नेपाल सरकार
I think it’s a very good information for all about the leaves of the year 2071 B S. I like this very much. Thanks so much.