एक अन्तर्वार्ता

चोखो पुरोहितको अभावमा पिताले
नाम राख्न नमानेर नाम नरहेका,
चैते र कात्तिकेले कालो मिचेर अगाडि
बढ्न नपाएका,
छेपारोको कथा सुनेका,
वी.पी. को सपना भोगेका
समस्या बोकेका
पीडाले टोकेका
मन्त्री भेट्न जाँदा स्वकिय सचिवले रोकेका
प्रस्तुत छ, एक अन्तर्वार्ताः
० कसरी बाँच्नु भा’ छ?
– गाँस, बास र कपास पाएर
० के खानु हुन्छ ?
– आश्वासनका गाँसहरू
० कहाँ बस्नुहुन्छ ?
– निरपेक्ष गरीबीको रेखामुनि
० के लाउनुहुन्छ ?
– चुनावपिच्छे पार्टीका घोषणापत्रहरू
० आखिर तपाईं को हो त ?
प्रतिप्रश्न – यति भनेपछि पनि चिन्नु भएन ?
म तिनै बयालिस प्रतिशतमध्येको एक ।
००
(२०५२ जेठ १७ को ‘जनआस्था साप्ताहिक’मा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<