लुकेर चित्रकार

सानोमा म लजालु स्वभावको थिए । कम बोल्थें । बुबासँग डराउँथे । उहाँको उपस्थितिमै म डराएको अनुभव गर्थे । आमाको नजिक थिएँ । जन्मेदेखि नै मैले माछा, मासु खाइँन । बीचमा केही वर्ष माछा खाएँ । तर अहिले त्यो पनि खान्न ।
राणा शासन अन्त्य हुनु ४ वर्षअघिमात्र जन्मेकाले त्यो आन्दोलन त्यति याद छैन । जमलमा एकजना भण्डारीको पुरानो घर थियो । त्यो घरको कौसीमा आमाको काखमा बसेर राजा त्रिभुवनलाई हेरेको अलि-अलि याद छ ।
मैले सानैमा पढ्न थालें । दिदी शारदाले ठूली भएपछि डिल्लीबजारको पद्मकन्या स्कुल पढ्नुभयो । म ४/५ वर्षको हुँदा दाई ८/९ वर्षको हुनुहुन्थ्यो । उहाँको त्यहि उमेरमा निधन भयो । अनि दिदी र म मात्र रह्यौं । हाम्रो मामा जैसीदेवलका प्रधान हुन् ।
बुबा जुद्ध कला पाठशालाको हेडमास्टर हुनुहुन्थ्यो । हामीलाई ‘पढ्न जाऊ’ भन्नुहुन्थ्यो । मैले जगत प्राइमरी स्कुलमा कक्षा ४ सम्म पढें । विष्णु सर हाम्रा हेडसर पनि हुनुहुन्थ्यो । सानो स्कुल थियो । हामी सुकुलमा बसेर पढ्थ्यौं । कक्षा ५ पछि दरबार हाइस्कुलमा पढें । स्कुल ड्रेस थिएन । यो असन त गाउँजस्तो थियो । दरबार हाइस्कुलमा पढ्दा सडकमा गुड्ने गाडी गन्ती गर्न सकिन्थ्यो ।
०१६ सालमा दरबार हाइस्कुलबाट एसएलसी दिएँ । सेकेन्ड डिभिजनमा पास गरें । मलाई मनपर्ने विषय इतिहास थियो । भूगोल पटक्कै मन पर्दैनथ्यो । त्यसमा ३४ अंक मात्र आयो । मलाई दुर्गाप्रसाद दाहाल सर मनपर्ने सर हुनुहुन्थ्यो । उहाँ साह्रै नम्र स्वभावका हुनुहुन्थ्यो । तुलसीप्रसाद ढुंगेल हाम्रा हेडसर हुनुहुन्थ्यो । मलाई असल विद्यार्थीका रुपमा हेर्नुहुन्थ्यो । एकपटक झगडाको निहुँमा म पनि साथीहरूसँग हेडरसरकहाँ पुगे । मलाई गाली गर्नुको सट्टा सम्झाएर पठाउनुभयो ।
बुबाले अरुलाई घरमा बोलाएर चित्र बनाउन सिकाउनु हुन्थ्यो । अमर चित्रकार, कूलमानसिंह भण्डारी, दिलबहादुर चित्रकार आदि उहाँकै चेला हुनुहुन्छ । म बिहान आँखा मिच्दै उठ्दा उहाँहरूलाई चित्र बनाइरहेको देखिन्थ्यो । त्यसको पनि प्रभाव पर्यो । लुकेर चित्र कोर्थे । राम्रो/नराम्रो भएको दिलबहादुर दाईले भन्नुहुन्थ्यो ।
चित्र कोर्न सक्छुजस्तो लागेपछि स्थलगत चित्र बनाउन थाले । कक्षा ८-१० का परीक्षापछिको बिदा चित्र कोरेर बिताउँथे । बुबाका रंग लान्थे । जान्ने भएपछि मात्र बुबालाई देखाएँ । यहाँ रेखा हाल, यहाँको रंग यता हुन्थ्यो भन्दै बुबाले सिकाएपछि मलाई ढुक्क हुन्थ्यो ।
चित्र कोर्न सक्छुजस्तो लागेपछि स्थलगत चित्र बनाउन थाले । कक्षा ८-१० का परीक्षापछिको बिदा चित्र कोरेर बिताउँथे । बुबाका रंग लान्थे । जान्ने भएपछि मात्र बुबालाई देखाएँ । यहाँ रेखा हाल, यहाँको रंग यता हुन्थ्यो भन्दै बुबाले सिकाएपछि मलाई ढुक्क हुन्थ्यो ।
शशिविक्रमका गुरु

शाहले लेख्नुभएको छ :
दरबार हाइस्कुल पढ्दा मदन चित्रकारभन्दा म दुई/तीन क्लास सिनियर थिए ।
उनले बोर्डमा कोरेका चित्रहरू देखेर म छक्क पर्थें र चित्र त यस्तो पो बनाउनु पर्ने रहेछ भन्ने लाग्थ्यो ।
यस हिसाबले मदन मेरो भावनात्मक गुरु हुन् ।
उनले बोर्डमा कोरेका चित्रहरू देखेर म छक्क पर्थें र चित्र त यस्तो पो बनाउनु पर्ने रहेछ भन्ने लाग्थ्यो ।
यस हिसाबले मदन मेरो भावनात्मक गुरु हुन् ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ भदौ २८ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)
i liked this brief but effective paragraphs you have written about one of our great icon on Nepal, Sri Madan Chitrakar.