स्वागत १९३ औं राष्ट्रलाई

अमेरिका – नाम जुराएको छैन ।
तर जन्मेको छ, विश्वको कान्छो मुलुक- दक्षिण सुडानमा ।
राष्ट्रसंघमा १९२ देश सदस्य भएकाले दक्षिण सुडानमा बन्ने मुलुकलाई १९३ औं भनौं ।
सन् २०११ फेब्रुअरी ७ मा आएको नतिजाअनुसार दक्षिण सुडान अब छुट्टै राष्ट्र बन्ने छ । ९८ प्रतिशत छुट्टै राष्ट्रको पक्षमा मत परेको छ ।
उत्तर र दक्षिण सुडानबीच लामो समयदेखि गृहयुद्ध चलेको थियो। दुई पार्टीले जनमतसंग्रहबाट गृहयुद्ध अन्त्यको सहमति गर्दै बृहत् शान्तिसम्झौतामा हस्ताक्षर गरेका थिए ।
उनीहरूले जनमतसंग्रहको प्रत्यक्ष पर्यवेक्षणका लागि राष्ट्रसंघलाई अनुरोध गरेपछि महासचिव बान कि मुनले टोली बनाएका हुन्।
जनमतसंग्रहमा दक्षिणी सुडानका बासिन्दाले सुडानबाट अलग हुने वा सुडानसँग आबद्ध रहने भन्नेमा गत जनवरीमा मत दिएका थिए ।
सुडान मध्यभाग अवस्थित अबाईका बासिन्दाले भने उत्तरको विशेष प्रशासनिक राज्य रहने वा दक्षिणको भन्ने दुईमध्ये एकमा मत दिएका हुन् ।
पोखरेल सुडानमा
नेपालका पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल सुडानमा भएको जनमत संग्रहको अनुगमन गर्ने उच्चस्तरीय राष्ट्रसंघीय प्यानलमा हुनुहुन्छ ।
उनले नेपालमा औपचारिक रूपमा मुलुकको द्वन्द्व बिसाउने माध्यम संविधानसभाको निर्वाचन गराउन नेत्तृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
निर्वाचनपछि पदावधि बाँकी हुँदै राजीनामा दिएका थिए ।
पोखरेल प्रमुख आयुक्तमा नियुक्त हुनुपूर्व लामो समय सरकारी सेवामा थिए ।
राजीनामापछि उनी विश्वविख्यात हार्वर्ड विश्वविद्यालयबाट जनप्रशासनमा एकवर्षे स्नातकोत्तर अध्ययनमा लागेका थिए ।
यसअघि सन् १९६१ मा नेपालका तात्कालीन राजदूत ऋषिकेश शाहले तात्कालीन महासचिव ड्याग ह्यामरसोल्डको विमान
दुर्घटनामा निधन भएको सम्बन्धमा छानबिन गर्ने राष्ट्रसंघीय टोलीको नेत्तृत्व गरेका थिए ।
विश्वकै ध्यान केन्द्रित भएको सुडानका उच्चस्तरीय प्यानलको जिम्मेवारी पाउनु महत्वपूर्ण मानिन्छ ।
जिम्मेवारीपछि पोखरेल न्युयोर्क आइपुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<