जाडोमा जोगीहरु न्युयोर्क आए !

अमेरिका- हिउँको डंगुर छ, जताततै ।
बाहिर निस्कन सक्ने अवस्था छैन ।
शिवरात्रीमा पशुपतिनाथतिर जालान् भनेको त, यी जोगीहरु न्युयोर्क पो आए ।
के पो हुन लाग्यो ?
जोगी त आए, तर तस्विरमा । फोटोमा छन्, ती जोगी ।
कुरा अर्कै हो ।
नेपाली र भारतीय साधुका तस्बिरहरुको प्रदर्शनी जनवरी १८, २०११ न्युयोर्कमा सुरु भएको छ ।
अमेरिकामा जन्मेका थोमस केलीका फोटाहरुको उक्त एकल प्रदर्शनी स्थानिय १५० वेस्ट १७ औं स्ट्रिटस्थित रुबिन म्युजियम अफ आर्टमा ‘बडि ल्याङ्वेज : द योगिज अफ इन्डिया एन्ड नेपाल’ भइरहेको छ । तीन दशकका उनका तस्बिर राखिएको उक्त प्रदर्शनी मे ३० मा सकिनेछ । थोमस लामो समयदेखि काठमाडौंलाई आफ्नो कर्मथलो बनाउँदै आएका छन् । केली नेपाली र हिन्दी पनि बोल्छन् ।
प्रदर्शनीमा थोमसले सन् २००३ मा चिलीमा प्रकाशित आफ्नो पुस्तक ‘साधुज’ पनि बिक्रिमा राखेका छन् । पुस्तक स्पेनिश भाषाको हो ।
रुबिन म्युजियम अफ आर्टलाई हिमाली तथा पूर्वीय संस्कृति झल्काउने थलो मानिन्छ। यहाँ २ हजार यस्ता सामग्री छन् । वर्षमा एक लाख पर्यवेक्षक रुबिन म्युजियम आउँछन् ।
केलीको अनुमानमा शिव र विष्णु आदि हिन्दु देवताका चेला यी साधु विश्वमा ८० लाखदेखि १ करोड ५० लाख छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<