अमेरिकी तिहारलाई सिस्नुपानी !

आज काग भेटिएन । यसै भात छुट्याएर आफूले खानु सिवायको विकल्प रहेन । कि त आफैं ‘काग काग’ भनेर कराएर कागको भाग पनि हसुर्नु पर्ने भो ! अमेरिकामा पनि काग पाइने रहेछन्, तर यो हिउँ पर्ने राज्यतिर जाडो सुरु भएर होला, खै देखिएनन् । अमेरिकामा पूर्व, पश्चिम, फ्लोरिडा र दक्षीणमा काग पाइँदा रहेछन् । तीनको नाम रहेछ, पूर्वी काग, पश्चिमी काग, फ्लोरिडा काग र दक्षिणी काग । ती पनि ‘वेस्ट नाइल भाइरस’ का शिकार हुँदा रहेछन् । जे भए पनि ‘कागभन्दा कोइली बाठो, कोइलीभन्दा अमेरिकाका सब मान्छे बाठो’ भन्ने नयाँ उखानका सामु ‘काग’को पूजा किन पो गर्नु ?
Read More »

मादले …….

प्राण_भादगाउँले टोपी

म गाउन जान्दिन । सुन्छु । अलि-अलि राम्रो-नराम्रो छुट्याउन सक्छु जस्तो लाग्छ । मजस्तो पुड्को संगीतप्रेमीका लागि गएका केही दिन निकै खुसीको रह्यो ।
पहिलो आनि छोइङले ए.आर. रहमानको संगीतमा जोर्डनियन गायिका फराह सिरजलसँग एउटा गीत गाएको भिडियो सार्वजनिक भयो । मैले यो गीत कतिपटक सुनिसके मलाई नै थाहा छैन । न आनिको मन्त्रको अर्थ लगाउन सक्छु, न त जोर्डनको भाषा बुझ्छु । आनिलाई आफ्नो मानेर अनि रहमानको संगीतमा सधैं लठ्ठ पर्ने भएर हो, यी हरफहरू लेख्दा पनि त्यही गीत सुन्दैछु ।
उता बेलायतको विश्व विख्यात विम्बले एरेनामा नेपथ्यले कन्सर्ट प्रस्तुत गरेको छ । नेपथ्यका सबैजसो गीत मसँग छन् । म बारम्बार सुनिरहन्छु । लण्डनको विम्बलेका दर्शक बनेका नेपाली संगीतप्रेमीहरूले युट्युबमा पोष्ट गरेका केही भिडियो हेरे । समाचारहरू पढे । मज्जा लाग्यो ।
आनि, रहमानको संगीतमा समेटिइन् । नेपथ्य, लण्डनमा घन्क्यो । हो, संगीतले सीमा छुट्याउँदैन रहेछ । कहिले पो छुट्याएको थियो र ?!
हाम्रा प्रतिभाले सीमा काटेको यो नयाँ भने होइन । नेपाली गायक, संगीतले फरक किसिमले भारतमा काम गरेको इतिहास छ । उसबेला रोजीरोटीका लागि भारत जाने क्रम विस्तारै प्रतिभा देखाउनेतर्फ मोडिएको पाइन्छ । Read More »

तमसोमा ज्योतिर्गमय

 

पन्ध्र वर्षभन्दा अघिको कुरा हो । भक्तपुरको दत्तात्रेयछेउ एउटा होमियोप्याथीको क्लिनिक थियो । अहिले छ वा छैन, थाहा छैन । म एउटा बिरामीका रूपमा त्यहाँ पुगेको थिएँ । पालो पाएपछि डाक्टरको कोठामा म पसे । त्यहाँ अर्को बत्ती थियो वा थिएन, त्यो ख्याल भएन । त्यहाँ मैनबत्ती बालेको थियो । डाक्टरले मलाई मेरो बिमारको बारेमा सोधीरहँदा म त्यो मैनबत्तीमा पनि आँखा पु-याउँथे । मलाई त्यो शान्त बत्तीले बेला-बेला तानिरहन्थ्यो । मलाई बिमारको उपचार नै पो यसै बत्तीले गरिरहेको छ जस्तो लाग्थ्यो ।

उता ‘क्यान्डल लाइट डिनर’मा मान्छे त्यसै लोभिएका होइन रहेछन् । बत्तीमा झुमिएका पुतलीहरूझैं । कति ठूलो महत्व ! Read More »

गर्मीको एउटा ‘विकेन्ड’

 

शनिबार बिहान । घरनजिकको हाइवेमा गाडीका आवाज विस्तारै बढ्छन् । त्यही सुन्दै म ब्युँझन्छु । घाम उकालो लाग्दै गर्दा अरू आवाजहरू हाबी हुन्छन् । घरछेउको सडकमा पनि गाडी बढ्छन् । गाडीहरू नजिकै कतै गएका होलान् वा हाइवेमा । धेरै मानिसहरू शनिबार बिहान उत्तरतिर लाग्छन् । बिदा मनाउने सुरमा केही मानिसहरू शुक्रबार निस्कन्छन् । नभ्याउनेहरू शनिबार बिहान एकोहोरो उत्तरतर्फ लाग्छन् । रात बिताउँछन् । कोही दिन मात्र पनि बिताउँछन् । यो गर्मीको मौसम हो । Read More »

मलाई चिनाउने ‘राजेश’ नाम

स्कूल पढ्दाका कुराहरू म त्यति सम्झन्न । तर यो एउटा चाहीं मलाई याद छ । अरू जे भए पनि, हामी स्कूले हुँदा नयाँ पाठ्यपुस्तक वा नयाँ कपि पाउनु अहोभाग्य हुन्थ्यो । मैले अक्षर लेख्न सिक्दा दाजुले लेखेका कपिहरू सदुपयोग गरेको बुबा सुनाउनु हुन्थ्यो । आधा पाना वा पुरै पानामा लेख्दै अक्षर चिने रे ! कपि चाहीं त्यसै-उसै भए पनि पुराना किताबको क्रम कक्षा ४ सम्म रह्यो ।
किताब ‘सेकेण्ड ह्याण्ड’ भए पनि बिक्थे । त्यसैले जतन गर्न सिकियो । कसका किताब राम्रा छन् भन्ने ‘कम्पिटिसन’ नै हुन्थ्यो । जसका किताब राम्रा हुन्थे, पहिले नै ‘बुक’ गर्ने चलन थियो । बेलाबखत दाम नै तोकिन्थ्यो ।

आफ्नो ठान्दाठान्दै कुराको गाँठो पर्‍यो

सन्दर्भ : दक्षिण सुडानको स्वतन्त्रता दिवस (जुलाई ९)

 

देशबाट धेरै टाढा । परदेशमा ‘आफ्नो’ भन्ने अर्थ भिन्न हुन्छ । नाताको जो कोही आफ्नो भइगयो । अनि नेपाली देख्दा आफ्नो लाग्छ । नेपाली बोल्ने भूटानी दाजू-भाई आफ्नो लाग्छ । आफूनजिकको भारतीय आफ्नो लाग्छ । अलि-अलि बोलेको बुझ्ने भएकाले पाकिस्तानी आफ्नो लाग्छ । बोलेको नबुझे पनि चीनका मान्छेलाई छिमेकी ठान्छ मनले । भियतनामी, कम्बोडियाली, बंगाली आदि जो पनि एशियन आफ्नो लाग्छ । अमेरिकीहरू भिन्न भन्ने लागेर यसो भएको होइन । टाढा बस्दा मनले कता-कता रेखा कोर्छ । तर यी रेखाहरू धेरै दिनका लागि होइनन् भन्ने पनि छ । 

बोल्दाबोल्दै बुबा जानुभयो

 

त्यो वैशाख १४ को दिन । २०६९ वैशाख १४ । काठमाडौंको दैनिक जीवन । म घर थिएँ, कपनमा । बिहानका धेरै काम एकोरिइँदै गर्दा ठूली बहिनी किरणले फोन गरी, ‘बुबा-आमा मधेशबाट हिजो आउनु भएको । पुराणको प्रसाद होला । बुबालाई अलि बिसन्चो पनि छ ।’ किरण र साहिली बहिनी ज्योति घरबाट हिंडिसकेका थिए । बाटैबाट किरणले फोन गरेकी हो । मैले भनें, ‘हुन्छ नि ।’ 

हामी बुढा-बुढीबीच कुरा भयो । म भन्थे, ‘म मात्र जान्छु ।’
बन्दना (मेरी श्रीमती) को कुरो, ‘म पनि जान्छु ।’
यसो गर्दागर्दै हामी दुवै जाने भयौं, साथमा सानी छोरी । ठूली छोरी स्कूल गएकी ।

दुई वर्ष बितेछ

 

२०६५ को स्काउट पत्रकारिता पुरस्कार तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका हातबाट पाएको थिएँ । प्रधानमन्त्री नेपाल स्काउटका प्रमुख हुन्छन् । पुरस्कार लिँदाको दिन मेरा लागि रोमाञ्चक थियो र अविस्मरणीय पनि बन्यो । किनभने पुरस्कार दिएको दुई वर्ष नबित्दै गिरिजाबाबुको निधन भयो । उनको निधन भएको पनि दुई वर्ष बिती पो सकेछ । Read More »

रहरबाट जिम्मेवारी

हिउँ पर्छ है, त्यसबेलासम्म बिदा पाउँ भन्नुको एउटा कारण थियो । एउटा जिम्मेवार कारण । सक्नै पर्ने । करिब सकियो पनि । फुर्सद मिलेजस्तो जस्तो भएको छ । तर हिउँ चाहीँ यो वर्ष ढिलो पर्ने भयो । २०१२ जनवरीको १२ मै मात्र पर्ने मौसम-भविष्यवाणी छ । बिहान उठ्दा कम्तीमा पक्कै ६ इन्च । अहिले जनवरी ११ को राती ११ बजे ।
सन् २०१० अगस्तमा सुरु गरेको नेपाली न्युजलेटर ‘अक्षरिका’ ले मलाई एउटा जिम्मेवारी थपिदियो र भन्यो, ‘सक्छस् भने किताब तयार पार ।’ म पनि के कम गर्ने आँट गरे । धेरै थोकले साथ दियो । पिसकोर स्वयंसेवक डगलस हल, ज्वाईं सतन आचार्य र बहिनी तारा । नयाँ ठाउँ, समय र परिस्थिति । सबै ठिक मिल्यो । Read More »

राता, पहेंला रूखहरू

एक बथान परेवाहरू यताबाट उता उड्छन् । मैले देखेको मन्दिरको शहर काठमाडौंका परेवा मान्छेले छरेका अन्न खान्छन् । यहाँ चर्चमा पुग्छन् । त्यतै बस्छन् । मन्दिरमा जस्तो ह्वारह्वार अन्न नछरे पनि मान्छे चरा, लोखर्केलाई ख्वाउन रुचि राख्छन् ।

ह्विल-चियरमा हि‌डेका स्थानिय एक मित्रले आफ्नो बास्केटमा बदाम बोकेका थिए । उनलाई मैले सोधें, ‘किन बोक्यौं ?’ उनले भने, ‘लोखर्केलाई ख्वाउँछु नि ।’
परेवा मात्र एक्ला छैनन्, म्यानचेस्टरको आकाशमा उड्ने । शहरको मध्य हुँदै सिगुल चराहरू यता र उता गर्छन् । यीनको बथान छैन । एक्लाएक्लै लाग्छन् ।
परेवा मेरा लागि नयाँ होइनन् । तर यहाँका परेवाका लागि म नयाँ हुँ । परेवाहरू त्यसरी नै गुर्छन् । भालेले पोथी रिजाउने तरिका उस्तै लाग्छ । मनलाग्दा बिस्ट्याउँछन्, जहाँ पायो त्यहिं । बानी त उस्तै रहेछ । तर मानिस यहाँका सफा रूचाउँछन् । सफा गर्छन् । Read More »