PM presents medals to scouts

Prime Minister Girija Prasad Koirala presented prizes certificates and medals to scouts from different districts in recognition of their outstanding services to the scouting movement at a programme organised Thursday.
Koirala decorated Shankar Prasad Pandey, secretary at the Ministry of Education and Sports as well as national instructor Hari Mohan Jyoti with the “Golden Rhino Award,” the highest adornment of the Nepal Scout. Jyoti received the award for his five decade long affiliation to scouting. Read More »

सामुदायिक पत्रिका ‘अक्षरिका’ सुरु

न्यु ह्याम्सर राज्यको म्यानचेस्टरबाट सामुदायिक नेपाली पाक्षिक पत्रिका ‘अक्षरिका’को प्रकाशन सुरु भएको छ। एस एन्ड टी कम्युनिकेसन्सबाट निकालिएको यो इलेक्ट्रोनिक पत्रिका उक्त संस्थाको स्वयंसेवी प्रयास हो।
‘अक्षरिका’ नामकरण ‘अक्षर’ र ‘अमेरिका’को संयोजनबाट भएको हो। उक्त कम्युनिकेसन्सका प्रबन्ध निर्देशक सतन आचार्य भन्छन्, ‘त्यसैले यसको उद्देश्य अमेरिकामा बस्ने नेपाली समुदायलाई शिक्षा, जानकारी, हौसला दिनु र सक्षम बनाउनु हो।’ Read More »

महासंघ कान्तिपुर शाखा गठन

नेपाल पत्रकार महासंघ कान्तिपुर शाखाको अधिवेशनले चन्द्रशेखर कार्कीको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा जितेन्द्र साह, सचिवमा अश्विनी कोइराला, सहसचिवमा दिनेश यादव र कोषाध्यक्षमा केदार ओझा छन् । त्यस्तै सदस्यमा विष्णु बुढाथोकी, माधव ढुंगेल, राजेश कोइराला र संगीता रिजाल छन् । Read More »

अमेरिकामा नेपालीभाषीलाई निःशुल्क डिक्सनरी वितरण

अमेरिकाका विभिन्न राज्यमा बस्ने १ सय ४३ नेपालीभाषी परिवारलाई ‘संक्षिप्त अङ्ग्रेजी-नेपाली–नेपाली-अङ्ग्रेजी शब्दकोश’ (डिक्सनरी) नि:शुल्क वितरण गरिएको छ ।
अमेरिकाको पहिलो नेपाली न्युजलेटर ‘अक्षरिका’ र नेपाली डिक्सनरी प्रोजेक्टको संयुक्त प्रयासमा उक्त डिक्सनरी वितरण गरिएको हो । अमेरिकामा बसोबास गराइएका नेपालीभाषी भूटानीलाई अमेरिकाका विभिन्न विषयको जानकारी दिन गत अगस्तदेखि ‘अक्षरिका’ पाक्षिक प्रकाशित हुँदै आएको छ । न्यु ह्याम्सर राज्यको म्यानचेस्टरस्थित एस एन्ड टी कम्युनिकेसन्सद्वारा स्वयंसेवी प्रयासका रुपमा प्रकाशित उक्त न्युजलेटरका पाहुना सम्पादक राजेश कोइराला हुनुहुन्छ । न्युजलेटर ४ पृष्ठको छ । Read More »

56th Scout Day

Nepal Scouts celebrated its 56th Scout Day on Jun 19 at the National Headquarters, Kathmandu. Scouts from Western Region of the Different Districts including Kapilbastu, Kaski, Gorkha, Nawalparasi, Palpa, Baglung, Lamgung, Syanja, Kathmandu, Lalitpur, Bhaktapur numbering to more than 1850Scouts, participated in different competitions like dramatization of the leprosy project, HIV/AIDS being conducted by Nepal Scouts, cultural programs, March pass, Camp craft, Camp decoration and many more. Read More »

स्काउटको झन्डोत्तोलन

काठमाडौ, २०६५ असार ५ गते । प्रधानमन्त्री एवं नेपाल स्काउटका प्रमुख संरक्षक गिरिजाप्रसाद कोइरालाले नेपाल स्काउटको ५६औं स्थापना दिवसको अवसरमा नेपाल स्काउटमा विभिन्न क्षेत्रमा रहेर योगदान गर्नुहुने महानुभावहरूलाई पुरस्कार, पदक तथा कदरपत्र प्रदान गर्नुभयो ।
त्यस अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाल स्काउटको झन्डोत्तलन गर्नुभएको थियो । कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री प्रदीप नेपाल पनि उपस्थित हुनुहुन्थ्यो ।
प्रधानमन्त्री कोइरालाले नेपाल स्काउटलाई विश्वमाझ चिनाउन स्काउटका प्रवर्द्धक लर्ड वेडेन पावेलको नाउँमा नेपालमा ‘वेडन पावेल हिमशृङ्खला’ (वीपी पिक) नामकरणका लागि विशिष्ट योगदान गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव शङ्करप्रसाद पाण्डे र विगत ५० वर्षदेखि स्काउटमा संलग्न राष्ट्रिय प्रशिक्षक, हरिमोहन ज्योतिलाई नेपाल स्काउटको सर्वोच्च पदक ‘असाधारण अलङ्कार सुनौलो गैंडा’ प्रदान गर्नुभयो ।
यसैगरी कान्तिपुर राष्ट्रिय दैनिकको साप्ताहिक बालकोसेली ‘कोपिला’का संयोजक एवं पत्रकार राजेश कोइराला र नेपाल न्युज राष्ट्रिय साप्ताहिकलाई जनही १० हजार रुपियाँ राशिसहितको नेपाल स्काउट पत्रकारिता पुरस्कार-२०६४ बाट पुरस्कृत गर्नुभयो । Read More »

सँगसँगै समाचार र सिर्जना

कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्ले दिनभर समाचारको भिडमा हराउँछन। समाचार कुनै रसीला हुन्छन, कुनै निरश। तर जब उनी साहिय लेखनमा घोत्लीन्छन, बेग्लै संसारमा पुग्छन। समाचारहरुको भिडबाट केही क्षण उम्कीएर उनले ‘पल्पसा क्याफे’ लेखे। जसले मदन पुरस्कार पायो। सक्रिय पत्रकारितामा आउनुअघि पनि वाग्लेसहित अरु दुई स्रष्टाहरुको ‘झ्याल’ नामको संयुक्त कविता संग्रह प्रकाशित भएको थियो। ‘साहित्यलाई निरन्तरता दिने धोको त छ। तर, समाचार पस्कनुपर्ने व्यस्ततताले भ्याइएको छैन’, वाग्ले भन्छन्। Read More »

पर्दा पछाडिका टिभी पत्रकार : तीर्थ कोइराला

आजका मूर्धन्य पत्रकार तीर्थ कोइरालाको बालापन राउटे शैलीमा बितेको रहेछ । पुख्र्यौली घर भोजपुर भए पनि पक्का लिम्बुवान क्षेत्र ताप्लेजुङको साँघुमा जन्मनुभयो । केही समय मोरङमा बिताएर सुनसरीमा हुर्किनुभयो । कक्षा १ देखि ३ सम्म ताप्लेजुङमा पढ्नुभयो भने ४, ५, ६ मोरङमा । कक्षा ७ देखि सुनसरी पढेका उहाँ २०३७ मा उच्च शिक्षाका लागि औपचारिक रुपमा काठमाडौं प्रवेश गर्नुभयो । २०३४ एसएलसी दिएपछि पहिलोपटक उहाँ काठमाडौं आउनुभएको थियो । ‘त्यतिबेला गाउँबाट आउने मानिसलाई काठमाडौं ठूलै थियो,’ उहाँ सम्झनुहुन्छ, ‘तर, खास विशेष थिएन ।’
आमासित उहाँको मुस्किलै चार, पाँच वर्ष बितेका छन् । हजुरबुबा विद्यापति पूर्वाञ्चलकै नामी समाजसेवी हुनुहुन्थ्यो । विद्यापतिका ६ भाइ छोरामध्ये कान्छाको जेठीतिर छोरी जन्मेपछि थप जायजन्म भएन । त्यसको लामो समयपछि विवाह गरेको कान्छीतिरबाट तीर्थ कोइरालाको जन्म भएको हो । तीर्थ जन्मेपछि पारिवारिक उल्लासको सीमा थिएन । तर, जन्मनेबित्तिकै आमा बिरामी भएपछि दूधसमेत खान पाउनुभएन ।

पुरस्कारका कुरा

- राजेश कोइराला
म ताप्लेजुङ जिल्लाको साँघुमा जन्मिएँ । मोरङ जिल्लाको रमाइलो गाउँमा हुर्किएँ । पढाईमा राम्रै भएकाले मैले बनाएको ‘नोट कपि’ राम्रो हुन्थ्यो । ‘नोट कपि’ राम्रो बनाउने बानीले मलाई संकलन गर्ने बानी बसाल्यो । मैले विराटनगरमा विज्ञानमा स्नातक सकें । स्नातकोत्तर पढ्न काठमाडौं आउँदा म दाजू (पत्रका तीर्थ कोइराला) सँग बसें । कहाँको विज्ञानको विध्यार्थी पत्रकारितामा भिज्दै गएँ । यसैमा फँसें । Read More »

मैले यसरी सिकें

म मोरङको रमाइलो गाउँमा हुर्के । बयरवन गाउँ विकास समिति ८ रमाइलो गाउँको जनसेवा माध्यमिक विध्यालयको विध्यार्थी भएर स्कुले शिक्षा पूरा गरेको हुँ । सानैदेखि म सामान्यज्ञानमा रुचि राख्ने र यस्ता ज्ञान संकलन गर्न सिपालु हुँ ।
हामी तीन दाजुभाइ र पाँच दिदीबहिनी जन्मेका हौं । ठूलो परिवार र मध्यम वर्गीय आर्थिक अवस्थाले गर्दा अध्ययनको काम सोचेजस्तो कसैले गर्न सकेनौं । बुबाआमाले जति सक्नुभयो, त्यति भयो । Read More »