२०७४ को जगदम्बा भित्तेपात्रो (2074 Jagadamba Calendar) पाउन यहाँ क्लिक गर्नुहोस्-

२०७४ को जगदम्बा भित्तेपात्रो (2074 Jagadamba Calendar) पाउन यहाँ क्लिक गर्नुहोस्-
भित्तेपात्रो (Calendar)

Calendar2074_Jagadamba

 

 

भूटानी पुनर्स्थापनाको संख्यामा आइओएम कहाँनेर चिप्लियो ?

IOM_100000-resettlement-2015-Nov-20”नेपालबाट पुनर्स्थापनाका लागि तेस्रो मुलुक जाने भूटानीको संख्या ४ मंसीर, २०७२ मा एक लाख पुगेको छ ।” त्यो दिन एक लाखभन्दा बढिको पुनर्स्थापना भइसकेको देखिन्छ । यो अन्तर केलाउने कोशिस गर्दा अरू देशमा पुनर्स्थापितको संख्या के हेर्नु ? अमेरिकाले मात्र ८५ प्रतिशतभन्दा बढीलाई स्वीकारेको छ ।
प्रश्न उठ्छ, भूटानी पुनर्स्थापनाको संख्यामा आइओएम (International Organization for Migration; IOM) कहाँनेर चिप्लिएको हुनसक्छ ? Read More »

अजंग भारत र चीन

21st-Centuryउता नेपाल-भारत तनाव थियो, यता भने सोच्न बाध्य परिस्थिति सिर्जना भएको थियो । कुरा के पर्‍यो भने एउटा कामको सिलसिलामा मैले यु ट्युबको एउटा भिडियो (अझ भनौं न प्रजेन्टेसन जस्तो) हेरें । सन्दर्भ नेपाल-भारतको कुराको थिएन । खासगरी फैलँदो भारतको थियो, अनि चीनको । भारतसँग जोरी खेलिरहेको नेपाललाई सम्झेर त्यसको विषय-सन्दर्भले मलाई निकै घच्घच्याइरह्यो । मैले भिडियोका प्रत्येक वाक्यलाई दोहोर्‍याएर पढें । मनमा ती वाक्यहरू आइरहे । आइरहेका छन्-
Read More »

राष्ट्रपति ओबामा नेपाल जालान् !

Obama-Nepal-Jalan_2015-Jan-11_2071-Poush-27यतिबेला अमेरिकामा बस्ने नेपाली राष्ट्रपति बाराक ओबामालाई नेपाल भ्रमण गराउने प्रयासमा जुटेका छन् । राष्ट्रपति ओबामा भारतको गणतन्त्र दिवस (यही जनवरी २६, २०१५) मा मुख्य अतिथिका रूपमा भारत जाँदैछन् । उनी भारतको गणतन्त्र दिवसका प्रमुख अतिथि बन्ने पहिलो अमेरिकी राष्ट्रपति हुनेछन् । भारतका लागि ओबामा भ्रमण कीर्तिमानी हो, किनभने उनको यो दोस्रो भ्रमण हो । कुनै पनि अमेरिकी राष्ट्रपति पदमै रहँदा दुई पटक भारत गएको घटना यो पहिलो हो ।
यसैबेला नेपालको भ्रमण गराउन सकिन्छ भन्ने नेपालीको मनसाय हो । यसका सम्भाव्यता केलाउन एकपटक विगत हेरौँ । कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले नेपाल भ्रमण गरेको इतिहास छैन । सन् १९९५ मा प्रथम महिला हिलारी क्लिन्टनले नेपाल भ्रमण गर्दा सुरक्षाका लागि नेपालले धेरै मेहनत गर्नुपरेको थियो । यो अमेरिकी प्रथम महिलाको पहिलो नेपाल भ्रमण थियो । राष्ट्रपति ओबामाको नेपाल भ्रमण हुने भयो भने यो धेरै राम्रो हुनेछ । तर, के भ्रमण सम्भव छ ?
पहिलो त सुरक्षाका कारण यो भ्रमण हुने सम्भावना देखिँदैन । केही साताअघि अस्ट्रेलियाको सिड्नी र पाकिस्तानको पेशावरमा भएका आतंककारी आक्रमणपछि अमेरिका आफैंले दिल्ली वा आसपासका क्षेत्रमा रहेका आफ्ना नागरिकलाई उच्च सतर्कताको सूचना जारी गरेको छ । यो सूचना राष्ट्रपति ओबामाको जनवरी २५–२६ को भारत भ्रमणको पूर्वसन्ध्यामा जारी गरिएको छ । राष्ट्रपतिको भ्रमण हुने भनिएपछि तस्कर–ए–तोइबाले धम्की दिएको छ । राष्ट्रपति भ्रमणका लागि अमेरिकी सुरक्षा संयन्त्रले आफ्नो टोली दोस्रो पटक भारत पठाउन लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । Read More »

अमेरिकामा नेपाली विद्यार्थी

Nepali-student-in-the-US_2013_14यस वर्षको तथ्यांक हेर्ने हो भने अमेरिकामा नेपाली विद्यार्थी घट्दै गएको पाइयो । तर पनि नेपाली अर्थतन्त्र विश्वका महँगो र कुशल शिक्षाका लागि हजारौं विद्यार्थी दिन सक्छ भन्ने थाहा पाउँदा धेरैलाई अनौठो लाग्छ । लाग्छ, नेपाल विकासशिल (गरिब) राष्ट्र होइन । किनभने नेपालभन्दा राम्रा अर्थतन्त्र, जस्तैः हङकङ, नाइजेरिया, इन्डोनेसिया, थाइल्यान्ड, कुबेत, कोलम्बिया, भेनेजुयला, मलेसिया र स्पेनले नेपालभन्दा कम विद्यार्थी पठाएका छन् । विद्यार्थी अमेरिका पठाउने मुलुकमा नेपाल १५ राष्ट्रपछि छ, १६ औं स्थानमा । Read More »

तीन अमेरिकी राज्यमा भूटानी ठूलो आप्रवासी समूह

Coverनर्थ डकोटा, भर्मन्ट र न्यु ह्याम्सर राज्यमा बसोबास गर्ने कानुनी आप्रवासीमा भूटानी ठूला समूह बनेको छ । अक्टोबर ३१, २०१४ सम्म नर्थ डकोटामा १ हजार ८ सय २४, भर्मन्टमा १ हजार ५ सय ३९ र न्यु ह्याम्सरमा २ हजार ७६ भूटानीलाई सरकारले बसोबास गराएको हो ।
अमेरिकामा ५० राज्य छन् । सरकारले ४१ राज्यमा नेपाली-भाषी भूटानीलाई बसोसास गराएको हो । नर्थ डकोटा, भर्मन्ट र न्यु ह्याम्सर राज्य उत्तर सीमामा पर्ने राज्य हुन् ।
नर्थ डकोटाको जनसंख्या करिब ७ लाख २३ हजार, भर्मन्टको ६ लाख २६ हजार र न्यु ह्याम्सरको १३ लाख २३ हजार छ । सबै तीन राज्यमा लगभग ८५ देखि ९६ प्रतिशत गोरा छन् ।
नर्थ डकोटा, भर्मन्ट र न्यु ह्याम्सरमा क्रमशः १.२ प्रतिशत, १.४ प्रतिशत र २.४ प्रतिशत एसियाली मुलुकबाट आएका आप्रवासी छन् । Read More »

भाषाका संवाहक ‘खित्खिते’हरू

Bhasa-Sambhahak-Khitkhite-Haru_2014-Dec-1अमेरिकाका विभिन्न सहरमा २८ वटा सो गरेर महजात्रा (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायतको कार्यक्रम) क्यानडा छिरेको छ । अमेरिकामा नेपाली र नेपालीभाषी भूटानीले उनीहरूको प्रस्तुतिको निकै सराहना गरे । त्यही अपेक्षा क्यानडामा पनि गरिएको छ।
उता २ महिना जतिअघि मनोज गजुरेल बीबीसीको हिन्दी सेवामा क्यारिकेचर गर्दै थिए, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको । सन्दर्भ, नेपाली हाँस्यकलाकारको परदेश–प्रभाव ।
सञ्चारका विभिन्न माध्यमले परदेशिएका सबैलाई देशनजिक महसुस गराउँछन् । समाचार, समाचारसम्बन्धी विषय, टेलिशृंखला, चलचित्र आदिले हामीलाई मुलुकका विषय र सन्दर्भबाट टाढिन दिँदैनन् । यसोभन्दा नेपालबाट बाहिरिएका नेपालीको मात्र सन्दर्भ आउँछ ।
तर, अरू देशमा रहेका नेपाली भाषीहरूलाई भने समाचार, समाचारसम्बन्धी विषय त्यति चासोका विषय नहुन सक्छन् । विदेशमा रहेका नागरिकलाई नेपाल र नेपालीसँग टेलिशृंखला, चलचित्र आदिले जोड्न सक्छन् । साहित्य र नेपालमा रहेका नातेदारका कारण पनि जोडिएको पाइन्छ ।
यसरी जोडिने काममा सबैभन्दा सजिलो माध्यमचाहिँ हास्यव्यंग्य हुन्छ । लोकदोहोरी पनि चर्चित रहन्छन्, परदेशमा एक्लो बस्नेहरूका लागि । पशुपति शर्मा चलिरहेका होलान्, कतारी मरूभूमिमा । क्यानडाको एउटा घरमा दीपकराज र दीपाको हाँस्यव्यंग्य रूचाइँदो हो । Read More »

बूढा मरे, भाषा कता परे ?

Buda-Mare_Bhasa-Kata-pare_2014-Oct-20_2071-Kartik-03अमेरिकी भूमीमा नेपाली-भाषी हजुरबुबा-हजुरआमा र बुबा-आमाको संख्या भूटानीको पुनर्स्थापनासँगै ह्वात्तै बढ्यो । नेपाली परिवारहरूमा अधिकांश बुबा-आमा हुनुहुन्छ भने नेपाली-भाषी भूटानी परिवारमा हजुरबुबा-हजुरआमा र बुबा-आमा हुनुहुन्छ । किन पनि भने शरणार्थी पुनर्स्थापना गर्दा परिवार एक ढिक्का आउँछ अर्थात दुई/तीन पुस्ता पुनर्स्थापित हुन्छ । नेपालबाट आउँदा सामान्यतयाः एक पुस्ता र/वा उनका सन्तान आउँछन् । अनि हजुरआमा-हजुरआमा पछि थपिनुहुन्छ, त्यो पनि कमै मात्रामा ।
नेपाली र भूटानीको पहिलो र दोस्रो पुस्तामा शैक्षिक-स्तर तुलना गर्दा फरक तथ्यांक सामुन्ने आउँछन् । नेपाली बुबा-आमाका समयमा शिक्षाको अवस्था नेपालमा केही अघिबढेको भए पनि भूटानी हजुरबुबा-हजुरआमाका पालामा शिक्षा करिब उपलब्ध थिएन भने बुबा-आमाका पालामा बढेको भए पनि निकै कम थियो । भारत पसेर शिक्षा लिने खासगरी बुबाहरू साक्षर हुनुहुन्छ, धेरै संस्कृत, नेपाली र कम अंग्रेजीमा । Read More »

वृद्धाश्रमबाट छोरालाई नपठाएको चिट्ठी

Envelope_01
(सन्दर्भः अन्तर्राष्ट्रीय वृद्ध दिवस/ १ अक्टोबर)


प्यारो छोरो गन्तव्य
तलाईं आर्शिवाद
बाबु खाना खाइस् ? अस्ति मलाई छोड्या बेलासम्म, ‘खान भ्याएको छैन’ भन्थिस् । धत्, म बूढी पनि के भा’की ? साता-दश दिन भइसक्यो । यतिका दिन पनि नखाई कोही बाँच्छ र ? बुहारीलाई ख्वाई हाली होला नि । नाति भुन्टे के गर्छ कुन्नि ?
फेरि तिमीहरु कहाँ हो जाने भन्थ्यो, नातिले । पुग्यौं त ? बाटामा खायौं होला की ? बसमा गयौं की हिंडेर गयौं ? बस भन्दा एउटा कुरा सम्झे, सानो छादा तलाईं बस चढ्नु हुन्थेन । उल्टी गर्थीस् । उस बेला प्लास्टिकका झोला पाइँदैन थे । अरु केही बोक्न पनि सुद्धि-बुद्धिले कहाँ काम गर्थ्यो र ? तलाईं बान्ता भएपछि मलाई पनि हुन्थ्यो । बान्ताले आमा-छोरा आलस-तालस हुन्थ्यौं । ङ्यास्याक्क परेको अनुहार लिएर मामाघर पुग्थ्यौं । हजुरीले तात्तातो काँडा-पानी ख्वाएपछि यसो सास आउँथ्यो । काँडा-पानी भन्दा आज मलाई निकै भोक लागेको छ । आज बिहानैदेखि कसैले खान दिएका छैनन् । चामल सकियो, दाल पनि छैन भनेर हल्ला-खल्ला गरेको सुन्दै थिएँ, होला पनि । यत्रा मान्छेलाई के ले पो पुग्थ्यो र ? यी यस्तै हुन् । ठट्टै पो हो की पनि भन्ठान्छु । कहिले ठट्टा पनि गर्छन् । Read More »

परदेशमा नेपाली शिक्षण

Pardesh-ma-Nepali-Sikshan_2014-Sep-18_2071-Asoj-02सेप्टेम्बर लाग्दा अमेरिकाका सबैजसो स्कूल–कलेज नयाँ शैक्षिकसत्रका लागि खुल्छन् । नानीहरु अंग्रेजी पढ्छन् । आफ्नो मातृभाषाको चिन्ता सबै आप्रवासीलाई हुन्छ ।
क्यालिफोर्निया राज्यको किन्डरगार्टनदेखि कक्षा १२ सम्म पढ्ने विद्यार्थीमध्ये ४५ प्रतिशतले अंग्रेजीबाहेक अर्को भाषा पनि बोल्छन् । क्यालिफोर्नियामा मात्र के कुरा, घरमा बोल्ने बानीले मातृभाषा बचाउन सजिलो पनि हुन्छ ।
अमेरिकाको तथ्याङ्क विभागले सन् २०१३ अगस्टमा अमेरिकी घरमा बोलिने भाषासम्बन्धी एउटा सर्वेक्षण सार्वजनिक गर्योट । तथ्याङ्क भन्छ, ‘दशमध्ये एक घरमा अंग्रेजी मुख्य भाषा होइन । त्यो अवस्था यहाँका एक चौथाई काउन्टिमा भेटिएको छ । अंग्रेजीबाहेक घरमा बोलिने मुख्य भाषा स्पेनिस हो ।’
घरमा बोलिने भाषाको सूचीमा नेपाली भाषा ‘अन्य’को सूचीमा परेको हुनसक्छ । १६ पृष्ठको ‘ल्याङ्वेज युज इन दि युनाइटेड स्टेट्स २०११’ रिपोर्टको मुख्य पुस्तिकामा नेपाली–भाषा भेटिदैन । आधिकारिकरूपमा ७७ हजार (सन् २०१४ अगस्त अन्त्यसम्ममा) नेपाली–भाषी भुटानी र अनौपचारिकरूपमा करिब २ लाख नेपाली (जनगणना २०१० ले ५९ हजार ४ सय ९० नेपाली मात्र देखाएको छ) यहाँका अल्पसंख्यक हुन् ।
यो अल्पसंख्यक नेपाली–भाषीमाझ एउटा चिन्ता र चासोको विषय छ, नानीलाई कसरी नेपाली भाषा सिकाउने । यहाँ दुई थरी नेपाली–भाषी भए, नेपाली र नेपाली–भाषी भुटानी । चिन्ता र चासो दुवैको भए पनि सजिला र अप्ठ्यारा करिब उस्तै र भिन्न छन् । पुराना वासिन्दा नयाँ आप्रवासीलाई आफ्नो भाषा नबिर्स है भनेर सचेत गराइरहन्छन् र भन्छन्, ‘घरमा आफ्नो भाषा बोल्ने गर ।’
अमेरिकामा नेपाली–कक्षाको आकार ठूलो र पुरानो छ । नेपाली नै पढ्ने-पढाउने प्रयास सन् १९६० को दशकमा ठूला मान्छेका लागि भएको तथ्य अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आफ्नो वेबसाइटमा लेखेको छ। अनेसासले लेखेको तथ्यलाई सत्य (अर्को इतिहास फेला नपरून्जेल) मान्न सकिन्छ । Read More »