प्यारी आमा
अस्ति बिदामा आउँदा मैले घरमा ‘तारे जमीन पर’ हेरेको थिएँ नि । हो, त्यस्तै भएको छ । मलाई पनि अँध्यारोमा डर लाग्छ । हजुरलाई थाहै छ ।
मलाई यहाँ बस्न मन छैन । घर फर्कन पनि मन छैन । म के गरौं आमा ? यो होस्टल हो की तर्साउने घर ? राती मलाई डर लाग्छ । उमेश दाई त रातभर सपनामा बोल्छ । दीपक घुर्छ । आमा मलाई खुब डर लाग्छ ।
गर्मी छ । पंखा चल्दैन । ठूला दाईहरुले पंखाको पातो नै बंगाएका छन् । अझ स्वीच थिच्ने ठाउँ फुटाएका छन् । झुक्किएर छोयो भने करेन्ट लाग्ने डर छ ।
गर्मीमा धेरै लामखुट्टे आउँछन् । झ्यालको जाली च्यात्तिएको छ । अस्ति हजुर र बाबा आउँदा ढोका खोलेर मात्र हेर्नु भयो । झ्याल त हेर्नु भएन नि । निद्राको सुरमा झुलमा पनि लात्तिले हिर्काउँदो रहेछु । आमा मलाई लामखुट्टेले टोकेर मार्ने भए । मेरो सबै रगत खाने भए । म घरको त्यो नरम ओछ्यान सम्झन्छु ।
हजुरलाई थाहा छ, हामी बस्ने कोठा सानो छ । १२ जना राख्ने भनेको त्यहि कोठामा हामी १८ जना बस्छौं । तलातला भएका खाट छन् । हजुरले देख्नुभएकै हो । विपुल भन्ने एउटा भाइ छ । उ सानो भएकाले तल्लो तलामा सुत्छ । उभन्दा माथिल्लो तलामा जयश दाई सुत्छन् । जयश दाई ठूला भएपनि ओछ्यानमा पिसाब गर्दा रहेछन् । अस्ति विपुलको जीउभरी पर्यो ।
हाम्रो कोठा नजिकै टवाइलेट छ । होस्टलमा पानी थोरै आउँछ । ट्वाइलेट सधैं गन्हाउँछ । हाम्रो कोठा पनि सधैं गन्हाउँछ । घरमा बाबाले सफा गरेको ट्वाइलेटमा दोडदै म जान्थे । यहाँको ट्वाइलेट त जान पनि मनपर्दैन । सफा गर्ने मान्छे त आउँदैन । सर गाली गर्दै भन्नुहुन्छ, ‘तिमीहरुले ……. गर्ने ट्वाइलेट म आएर सफा गरौं त ?’ बिजुली पैसा धेरै उठ्छ भनेर राति बत्ती निभाएको हुन्छ । ट्वाइलेट जान कस्तो गार्हो हुन्छ ।
हजुरले कहिलेकाही खानु भनेर दिएको खानेकुरा सबै ठूला दाईहरुले खाई दिए । होस्टलको सर सधैं लठ्ठी लिएर यताउता गर्दा मलाई खुब डर लाग्छ । बिहान र बेलुका एकै ठाउँमा पढ्न बस्दा दिदीहरु पनि मलाई, ‘भुन्टे, डल्ले, पुड्के, गान्टे’ के के भन्छन् । आमा मलाई लानुहोस् । तुरुन्त घर लानुहोस् ।
क्यान्टिनको खाना कसरी खाउँ ? हिजो बिहान दिएको चाउमिन त सबै टाँस्सिएको थियो । कस्तो लिटो जस्तो । मैले घीन मान्दै खाएँ । स्टिलका थाल र चम्चाहरु चिल्लै हुन्छन् । अस्ति त दालमा मरेको साङ्लो भेटियो । कसरी खानु यहाँको दाल ? सधैं बन्दाकोबीको तरकारी र रातो दाल । सधैं मोटो चामल । छ्या भन्न मन लाग्छ । खाना पकाउने श्याम दाई कपडा धुन्छन् । त्यो पानी स्कुलको ट्याङ्कीमा गएर खस्छ । यतिबेला धेरै दाइ, दिदी र साथीहरुको पेट दुखेको छ । आज त दश जना कक्षामा नै आएनन ।
आमा क्यान्टिनको कुरा गर्छु । थाल माथितिर फर्केको छ । खाना थोरै मात्र अट्छ । खानै मन लाग्दैन । घण्टी लाग्दा उठ्नु पर्छ । चम्चा बाङ्गीएको छ । दाईहरुले मासु खाँदा बाङ्गो पारेको चम्चा कसैले सिधा पारेको छैन । म यो सोझ्याउन सक्दिन । बाङ्गो चम्चाले झनै खान गार्हो हुन्छ । सधैं आधा पेट नै उठ्ने गरेको छु । हजुर र बाबाले त टन्न खानु भयो होला ।
मलाई बेलाबेला सास फेर्न गार्हो भएजस्तो हुन्छ । ठूलो ढुंगाले थिचेजस्तो हुन्छ । मलाई बोल्न मन लाग्दैन । हाँस्न सक्दिन । रुन मन लागेको छ । आमा, म एकछिन रुन्छु है ।
मेरो साथी अरुण खुबै रुन्छ । उसका त बाबा-आमा हुनुहुन्न रे । उसका मामाले यहा ल्याएर राखिदिएको रे । मेरा त बाबा-आमा हुनुहुन्छ । किन मेरो कोही छैन जस्तो लाग्छ ?
हजुर र बाबालाई पार्टीमा जाँदा मलाई लान गार्हो भएर होला, मलाई यहाँ ल्याएको । म हजुरहरुसँग जान्न । कुन्दन दाईसँगै घर बस्छु । बरु टिभी हेर्छु । म चकचक पनि गर्दिन । हजुरहरुलाई डिस्टर्ब गर्दिन । गड प्रमिश म केही बदमाशी गर्दिन । म पढ्छु । धेरै पढ्छु । मलाई घरै फर्काउनुहोस् । प्लिज मलाई घर लानुहोस् । आमा, प्लिज ।
(२०६५ भदौ ७, कान्तिपुर दैनिकमा प्रकाशित)
hi dai ,tapai ko yo lekh le pani malai ruwayo ,maan nai thamna sakina ,ke garne ,maan nai bhabhuk hudo rahechha ,aaja sabai school ka ta nabhanau ,praya jaso boarding school ko hawigat yestai nai chha ,ke garne sarkar le aanu gaman sakdai na ,yaha ,bole ra pani kasle sunne yo deaf neta le chalaka ta chhan ,kasai lai rajhai chha ta kasai ko pida sagarmath bhanda ucho chha ..yestai chha chala
yo lekh paddha hamro school ko hostel ko yad aayo.ma hostel na base pani ulekhkhit sampurna kaheli kahi hostel aau jaau garda dekkhe ko chu.thula daiharu ko bulling bare sathiharule pani vanchan. yo lekh utkrista cha.paddha katha jastai lagyo.yeslai katha banauda kasto hola?
rajesh sir , ruwoune kam bhayo sadai sir ko kurama hasthiye. heart tauch. bcoz before my sons were also stay at hostel. hostel life sakepachhi kehi kura mero chorale pani bhanyo yastai mildo duldo. aama ko feeling kaha batalyaunu bhayo sirle
Very insightful Letter which really reflects the reality in the communities in most of the places in different countries which are way back on the road of Development.
yo padherai lekhna bhanda dherai kura mann kaa questions haru answer garna man lagyo. feri malai yesle tehi purano hostel basda ko yaad tira lageko chha. Ekdamai ramro chha rajesh dai. Once again ur writing touched me as always.. Keep writing. Good luck.
कस्तो राम्रो लेख्नुभा’को राजेश दाई। मनै कस्तो कस्तो भएर आयो।
१२ बर्षको उमेरमा जेठो छोरालाई होस्टेल पठाउदा निक्कै पिडा अनुभव गरेका थियौं ! अहिले तपाइको यो मार्मिक लेख पढदा मन झन भारि भयो ! के गर्ने फर्काएर घर ल्याउन पनि नसकिने ! श्रीमती ले यो लेख पढिन भने कस्तो महसुस गर्लिन, अनुमान गर्न सक्दिन !
ज्ञान र विवेक अनि शिक्षा र दिक्क्षा यसको अन्तर भेद छुट्याउनु नै चेतना होला , दाजुले अचेत बाबु आमा लाई अवोध बालकको ध्वनी ले सचेत गराउन खोज्नु भएको छ , निकै राम्रो
really touchy!!! hajur le ullekh garnu bhayeko harek sabda…harek kura haru le malai ne mero aatit ko hostel ko dinn haru ko yad dilayo….
Its realistic n touchy thats why! Yeah, hostel life is really hostile! I suggest parents not to hostelize their children until impossible!