आइफोन / आइपोडमा कसरी नेपाली लेख्न सक्ने बनाउने ? (How to make iPhone / iPod to write Nepali ?)

Settingआइफोन / आइपोडमा नेपाली लेख्न टाइप नेपाली (Type Nepali), टाइप नेपाली बाई नेपालयज (Type Nepali by Nepalayas), नेपाली टाइप (एबीसीटुकखग) (Nepali Type (abc2kakhaga)), नेपाली डायरी (Nepali Diary) आदि नामका एप्सहरू पाइन्छ । यी सजिला छन् । कुनै पैसा तिर्नुपर्ने त कुनै सित्तैमा पाइन्छन् ।
तर यी एप्सहरू नभए पनि यसैमा भएको प्रविधिको सहयोगमा देवनागरीमा लेख्न सक्ने बनाउन सकिन्छ । आइफोन / आइपोड बनाउँदा हिन्दी भाषा समावेश गरिएको छ । नेपाली छैन । त्यसैले हिन्दीकै आधारमा नेपाली लेख्न सकिन्छ । युनिकोड नेपाली टाइप गर्न सक्नेले यसलाई सजिलै सिक्नुहुनेछ ।

विन्डो ७ मा नेपाली रोमनाइज्ड युनिकोड कसरी राख्ने ?

के गर्नुपर्छ ?
यसका लागि यसको सेटिङमा जानुपर्छ र केही प्राविधिक काम गर्नुपर्छ । तर यो एकदम नै सजिलो छ ।
१. सेटिङ्गमा थिच्ने । सेटिङ्ग थिचेपछि जेनेरल देखिन्छ । (चित्र क)
२. जेनेरललाई थिच्ने । जेनेरल थिचेपछि ‘अबाउट’ जस्ताको सूची आउँछ । (चित्र ख) अलि तल स्क्रोल गर्दा ‘किबोर्ड’ देखिन्छ । (चित्र ग)
३. अब किबोर्ड थिच्ने । अनि किबोर्डस् देखिन्छ । (चित्र घ)
४. यसै सूचीमा ‘अटो करेक्सन’ र ‘स्पेलिङ चेक’ देखिन्छन् । यीनलाई ‘अफ’ गर्नुहोस् । यो ‘अन’ रहँदा तपाईंको आइफोन / आइपोडमा भएको हिन्दी शब्दकोषले मिल्दा शब्द देखाउँछ र मसिन आफैंले सच्याउन खोज्छ । यसले गर्दा सच्याउने काम गरिरहनु पर्छ । (चित्र घ)
Steps_1_4
५. यहाँ ‘एड न्यु किबोर्ड’ देखिन्छ । (चित्र ङ) अब चाहिं ‘एड न्यु किबोर्ड’ थिच्ने । ‘एड न्यु किबोर्ड’ थिचेपछि भाषाहरूको लामो सूची देखिन्छ । (चित्र च) त्यसमा स्क्रोल गर्दै जाँदा ‘हिन्दी’ आउँछ । (चित्र छ) यसलाई थिचेपछि हाम्रो मुख्य काम सकिन्छ र ‘चित्र ज’ जस्तो देखिन्छ ।
Steps_5-8
मसिनमा भएका जति भाषा पनि लेख्न सक्ने बनाउन सकिन्छ ।
भाषा बदल्न
पृथ्वीमा थिच्दा भाषा बदलिन्छ । अंग्रेजी लेख्दा बीचमा नेपाली लेख्न मन लागे पृथ्वीमा थिच्दा भाषा बदलिन्छ ।
चारवटा किबोर्ड
देवनागरी भाषा लेख्न चार वटा किबोर्ड हुन्छन् । माथि फर्केको तिरमा थिच्दा थप अक्षरहरू आउँछन् । (चित्र ख) १२३ लेखेको ‘की’ ले अंक देखाउँछ । (चित्र ग) १२३ थिचेर आउने किबोर्डमा एउटा तीनवटा चिन्हहरू (#+=) को ‘कि’मा थिच्दा विभिन्न चिन्हहरूको किबोर्ड आउँछ ।(चित्र घ)
Keys
आधा अक्षर कसरी बन्छ ?
जुन अक्षरको आधा चाहिएको हो, त्यो लेखेर हलन्त थिच्दा आधा अक्षर बन्छ ।
‘क्ष’ कसरी लेख्ने ?
उच्चारणको हिसाबले ‘क’ लाई आधा गरेर ‘ष’मा जोडे ‘क्ष’ बन्छ ।
‘ङ’ र ‘ञ’ हरायो ?
सबै अक्षर बनिसक्दा ‘ङ’ र ‘ञ’ देखिदैन । यसका लागि ‘न’ थिचिरह्यो भने अक्षरहरूको लस्कर आउँछ । त्यो लस्करमा ‘ङ’ र ‘ञ’ पनि देखिन्छन् ।
पर्‍यो लेख्दा चाहीं ?
पर्‍यो  लेख्दा ‘र’मा हलन्त र + चिन्ह गर्दा युनिकोडमा हुनेमा यसमा भने गर्न सकिदैन । त्यसैले ‘प’, ‘-‘ र ‘यो’ गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<