नेपोलियनको मृत्युः एक रहस्य

नेपोलियन बोनापार्ट प्रथमको मृत्यु ५ मई, १८२१ मा आइसल्याण्डको दक्षिणी हेलेनामा भएको हो । उनको मृत्यु पेटको क्यान्सरले भएको हो भनी उनको मृत्युको प्रमाणित कागजपत्रमा Dr. Antommarchi ले हस्ताक्षर गरेका थिए ।
उनको मृत्युको कारण पेटको क्यान्सरबाट भयो भन्दा केही मानिसहरूले विश्वास गरे तर केही मानिसहरूले त्यो मृत्यु कुनै प्राकृतिक मृत्यु नभएर विषको प्रयोग गरी हत्या गरिएको हो भनी भन्थें तर बिना कुनै कारण ।नेपोलियनको हत्या गर्न कुन त्यस्तो विष प्रयोग गरियो, जुन स्वादरहित थियो । जुन विष प्रयोग गरी उनको हत्या गरियो, त्यो ज्यादै नरम थियो किनकी त्यसको असर एक्कासी नदेखिएर क्रमशः असर गरी उनको अन्त्य भयो । त्यस्तो विस्तारै असर गर्ने विष आखिर के हो ? यसरी विस्तारै असर गर्ने विष हो – आर्सेनिक ।
नेपोलियनको हत्या गर्न आर्सेनिक नै प्रयोग गरिएको थियो । तर कसरी ? यसरी कुनै प्रमाण बिना पनि मानिसहरूले उनको हत्या आर्सेनिकबाट नै भयो भन्थे । तथापि यसको खोजमा जाँगर कसैले देखाएन । तर १ सय ४० वर्षपछाडि स्टकटाउनका दुई भौतिकशास्त्री डा. स्मीथ र डा. फर्सउडले यसप्रति केही जाँगर देखाए । यी दुई भौतिकशास्त्रीहरूको खोजलाई अगाडि बढाउन बोनापार्टको शरीरको कुनै भाग अति आवश्यक भएकाले अर्का स्वीडेनवासी भौतिकशास्त्री बासेनले बोनापार्टको कपाल लिएर खोज शुरू गरे ।
नेपोलियनको त्यो अमूल्य कपाललाई लिएर खोज शुरू भयो किनकि मानिसको शरीरमा चाहिने तत्वहरूमध्ये आर्सेनिक नामक एक तत्व छ, जुन मानिसको कपालमा गएर बसेको हुन्छ ।
नेपोलियनको कपाललाई एलुमिनियम (Aluminium) को सिलिण्डरमा बन्द गरी युरेनियम रियक्टर (Uranium Reactor) मा राखेर परीक्षण गरियो ।
परीक्षणको अन्त्यमा नेपोलियनको हत्या गर्न आर्सेनिक नै प्रयोग गरियो भनी निश्चित रूपले भन्न सकिने भयो । साधारण तवरले जति आर्सेनिक मान्छेको कपालमा पाइन्छ, त्योभन्दा तेह्र गुणा ज्यादा आर्सेनिक नेपोलियनको कपालमा पाइयो र उनलाई विस्तारै-विस्तारै आर्सेनिक ख्वाएको थियो भनेर निश्चित समेत भयो ।
यसरी नेपोलियन बोनापार्ट प्रथमको हत्याको कारण खुल्यो ।
००
(२०४४ माघ २६ को ‘मातृभूमि साप्ताहिक’ मा ‘यत्र-तत्र-सर्वत्र’ स्तम्भमा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<