अमेरिकामा नेपाली छात्र-छात्रा

नेपाली विद्यार्थी संख्या १९९५ देखि २०१३ _ चार्टआमनेपालीसँगै छात्र-छात्राको अमेरिका आगमनले ठूलो हिस्सा ओगटेको छ । नेपाली छात्र-छात्राका लागि अमेरिका आकर्षण हो । नेपालबाट अमेरिका आउने छात्र-छात्राको तथ्यांक भने ‘ओपन डुअर्स’ नामक प्रतिवेदनले छर्लङ पार्दै आएको छ । इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन नामक संस्थाले अमेरिकी विदेश मन्त्रालय (सेक्रेटरी अफ स्टेट) को ‘ब्युरो अफ एजुकेसनल एन्ड कल्चरल अफेयर्स’ सहयोगमा वर्षेनि उक्त प्रतिवेदन प्रकाशित गर्दै आएको छ ।
‘ओपन डुअर्स’ मा सन् १९९५/९६ देखि अमेरिका आएका नेपाली छात्र-छात्राको तथ्यांक छ । यो प्रतिवेदनले अमेरिकामा विदेशी र अमेरिकी छात्र-छात्रा विदेशमा रहेकाको तथ्यांक प्रकाशित गर्छ । सन् १९९५/९६ पछि अमेरिका भित्रिएका नेपाली छात्र-छात्राको तथ्यांक (कोष्ठकमा प्रतिशत अन्तर) यस्तो छ :सन् १९९५/९६ : १ हजार २ सय १९
सन् १९९६/९७ : १ हजार ४ सय (१४ दशमलव ८)
सन् १९९७/९८ : १ हजार ६ सय ९७ (२१ दशमलव २)
सन् १९९८/९९ : २ हजार ३ सय ५८ (३९ प्रतिशत)
सन् १९९९/०० : २ हजार ४ सय ११ (२ दशमलव २)
सन् २०००/०१ : २ हजार ६ सय १८ (८ दशमलव ६)
सन् २००१/०२ : ३ हजार १९ (१५ दशमलव ३)
सन् २००२/०३ : ३ हजार ७ सय २९ (२३ दशमलव ५)
सन् २००३/०४ : ४ हजार ३ सय ८४ (१७ दशमलव ६)
सन् २००४/०५ : ४ हजार ८ सय ६१ (१० दशमलव ९)
सन् २००५/०६ : ६ हजार ६१ (२४ दशमलव ७)
सन् २००६/०७ : ७ हजार ७ सय ५४ (२७ दशमलव ९)
सन् २००७/०८ : ८ हजार ९ सय ३६ (१५ दशमलव २)
सन् २००८/०९ : ११ हजार ५ सय ८१ (२९ दशमलव ६)
सन् २००९/१० : ११ हजार २ सय ३३ (- ३ प्रतिशत)
सन् २०१०/११ : १० हजार ३ सय १ (- ८ दशमलव ३)
सन् २०११/१२ : ९ हजार ६ सय २१ (- ६ दशमलव ६)
सन् २०१२/१३ : ८ हजार ९ सय २० (- ७ दशमलव ३)
अमेरिका आउने नेपाली छात्र-छात्रा सन् २००८/०९ पछि भने घटेका छन् । छात्र-छात्रा घटे पनि सन् २००८/०९ पछि अमेरिकामा नेपाली छात्र-छात्राको संख्या सन् २०११/१२ सम्म हेर्दा नेपाल ११ औं स्थानमा थियो भने सन् २०१२/१३ मा १४ औं स्थानमा पुगेको छ ।
सन् २०१२/१३ मा अमेरिका आएका नेपाली छात्र-छात्रामध्ये ४६ दशमलव ६ प्रतिशतले  अण्डरग्राजुएट लेभलमा पढिरहेका छन् भने ३४ दशमलव ४ प्रतिशत ग्राजुएट लेभलमा अध्ययनरत छन् । १८ दशमलव १ प्रतिशत प्राक्टिकल ट्रेनिङका लागि अमेरिका आएको प्रतिवेदनले जनाएको छ ।
सबभन्दा धेरै छात्र-छात्रा चीन, भारत, दक्षिण कोरिया, साउदी अरेबिया, क्यानडा, ताइवान, जापान, भियतनाम, मेक्सिको, टर्की, ब्राजिल, जर्मनी र बेलायतका छन् । त्यसपछि नेपालका छन् । नेपाललाई पछ्याउँदै इरान, फ्रान्स, हङ्कङ, इन्डोनेशिया, नाइजेरिया, थाइल्याण्ड, मलेशिया, कोलम्बिया, भेनेजुयला, कुबेत र स्पेन छन् । स्पेन २५ औं स्थानमा छ ।
अमेरिकामा चीन र भारतका छात्र-छात्रा २ लाख ३५ हजार ५ सय ९७ र ९६ हजार ७ सय ५४ छन् । उता २५ औं स्थानको स्पेनका ५ हजार ३३ जना छन् । अघिल्लो आर्थिक वर्षभन्दा चीनका छात्र-छात्रा २१ दशमलव ४ प्रतिशतले बढे ।
अचम्मैले बढेका साउदी अरेबिया र ब्राजिलका हुन् । सरकारी छात्रवृतिका कारण ४४ हजार ५ सय ६६ छात्र-छात्रा अमेरिका पुगे, जुन गत आर्थिक वर्षभन्दा ३० दशमलव ५ प्रतिशत बढी हो । उता ब्राजिलका २० दशमलव ४ प्रतिशतले बढे ।
नेपाली छात्र-छात्रा घटे पनि अध्ययनका लागि अमेरिकामा आउने विद्यार्थीको संख्या यस वर्ष अहिलेसम्मकै बढी पुगेको छ । यो वर्ष गत वर्षभन्दा ७ दशमलव २ प्रतिशत बढी विदेशी छात्र-छात्रा अध्ययनका लागि यहाँ आए । विश्वभरबाट ८ लाख १९ हजार ६ सय ४४ जना छात्र-छात्रा पढ्नकै लागि यहाँ आए । यसबाट अमेरिकी अर्थतन्त्रमा २४ अर्ब डलर सहायता पुग्छ ।
अमेरिकामा विश्वभरबाट ८ लाख १९ हजार ६ सय ४४ जना विद्यार्थीमध्ये आधा सख्या एसियाका अगुवा अर्थतन्त्र चीन, भारत र दक्षिण कोरियाबाट मात्र छन् ।
अमेरिका भित्रिएकामध्ये ७० प्रतिशत अमेरिकाका ४ हजार कलेज र युनिभर्सिटीमध्ये २ सयमा पढिरहेका छन् । युनिभर्सिटी अफ साउथ क्यालिफोर्निया, युनिभर्सिटी अफ इलिनोय-अर्बाना-स्याम्पेन, पार्ड्यु युनिभर्सिटी र न्युयोर्क युनिभर्सिटीले मात्र जनही ९ हजार अन्तर्राष्ट्रिय छात्र-छात्रा तानेका छन् ।
अमेरिकी छात्र-छात्रा नेपाल तथा अन्य मुलुकमा
२०११/०१२ मा अमेरिकाबाट २ लाख ८३ हजार ३ सय ३२ छात्र-छात्रा विदेशिए । सन् २०१०/०११ को तुलनामा यो ३ दशमलव ४ प्रतिशत बढी हो । उनीहरू बेलायत, इटली, स्पेन, फ्रान्स, चीन, अष्ट्रेलियाजस्ता देशमा बढी जाने गरेका छन् । धेरै विद्यार्थीहरू भने गैर-युरोपेली मुलुकमा पढ्न रुचाउन थालेका छन् । २०११/०१२ मा बेलायत जानेमा ३४ हजार ६ सय ६० अमेरिकी रहे ।
अमेरिकाबाट बाहिर पढ्न जाने बढे पनि थोरै संख्यामा मात्र र सानो संख्यामा छ । अरू देश जाने अमेरिकी छात्र-छात्रामध्ये ६० प्रतिशत छोटो समयको पढाइका लागि जान्छन् । उनीहरू गर्मी-याम (समर) वा आठ हप्ता वा कम समय मात्र पढ्छन् ।
अमेरिकाबाट विद्यार्थीहरू नेपाल पढ्न जाने गरेका छन् । अमेरिकी छात्र-छात्रा जाने २५ मुख्य मुलुकमा नेपाल पर्दैन । नेपालमा पढ्न आएको तथ्यांक यस्तो छ :
सन् १९९५/९६ : १ सय ६३
सन् १९९६/९७ : १ सय ५१
सन् १९९७/९८ : २ सय ३७
सन् १९९८/९९ : २ सय ९६
सन् १९९९/०० : ३ सय ८९
सन् २०००/०१ : ३ सय ९५
सन् २००१/०२ : २ सय १४
सन् २००२/०३ : १ सय ४२
सन् २००३/०४ : ९८
सन् २००४/०५ : ७७
सन् २००५/०६ : ४१
सन् २००६/०७ : ८७
सन् २००७/०८ : १ सय ८७
सन् २००८/०९ : १ सय २३
सन् २००९/१० : १ सय ४५
सन् २०१०/११ : २ सय १०
सन् २०११/१२ : २ सय ५७
सन् २०१२/१३ : तथ्यांक छैन ।
(थप जानकारीका लागि ओपन डुअर्स हेरौं ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<