उपल्लो उन्नतिका देशमा प्रकृतिसँग मान्छे

Mud Bog 03

यही जुलाईको कुरा हो । मावली भाई प्रवीण गौतमसँगको फोनवार्तामा उसले एउटा यात्राको प्रसंग चलायो र भन्यो, ‘आज उत्तर डकोटाको हिलेजात्रा हेर्न जान लागेको ।’ मलाई रमाइलो लाग्यो । थप कुरा सुनेपछि भनें, ‘लौ न यो त ‘अक्षरिका’ न्युजलेटरलाई सामग्री बन्छ ।’
अक्षरिका प्रकाशन यही महिनाबाट चौथो वर्षमा प्रवेश गरेको छ । यो स्वयंसेवी प्रयास हो । यसको प्रकाशक संस्था ‘ज्ञानज्योति केन्द्र’ का सबैलाई स्वयंसेवी रूपमा काम गर्दै आएका छौं । प्रवीण जस्तै सतन आचार्य, तारा आचार्य, सन्तोष पोखरेल, डगलस हल आदि यसमा निरन्तर स्वयंसेवी सहायता गर्दै आउनुभएको छ । म सम्पादनको काम गर्दै आएको छु ।
प्रवीणले पठाएको सामग्री ‘अक्षरिका’ले अगस्त अंकमा आफ्नो ‘चलन’ नामको स्तम्भमा समेट्यो । मलाई निकै रमाइलो लाग्यो । यहाँ पनि प्रकृतिसँग निकट रहने र रहेका चलनहरू रहेछन्, जो हामीले नेपालका गाउँ-ठाउँमा मात्र देख्छौं । कति त मलाई पनि कहाँ थाहा छ र ? ! म पनि फेला पार्दैछु ।
‘अक्षरिका’का तीन वर्षमा यहाँका हरेक चालचलन मेरा लागि जिज्ञासाका विषय बनेका छन् । मैले यसलाई नियालेर हेर्ने कोशिश गरेको छु । यहाँका दुर्गममा पाइने प्रकृतिसँगको निकट चलनले मलाई नेपाली चलनको झल्को दिन्छ ।उत्तर डकोटाको हिले जात्रा एउटा प्रतियोगिता रहेछ । नेपालको हिसाबले यो जात्रा हो । नेपाली हिलेजात्रा जस्तैजस्तै । माटोसँग संसारका हरेक मान्छे सम्बन्ध राख्छन् । नेपालमा असार १५ मा हिलो खेले जस्तो । हिलेजात्रा मनाएजस्तो यहाँ पनि रहेछ, एउटा पर्व । तर आधुनिकता छ, यसमा ।
प्रत्येक वर्ष जेठ शुक्ल पूर्णिमाको आसपास पारेर मनाइने पनौती हिले, ज्या पुन्ही, घुमजात्रा लगायतको नामले चिनिने गरिन्छ । यसमा परापूर्वकालमा गौतम ऋषिकी पत्नी अहित्यासँग अनैतिक सम्बन्ध राख्ने इन्द्रको कथा जोडिएको छ । यस्ता किम्वदन्तीसँग जोडिएर नेपालका धेरै ठाउँमा हिलेजात्रा हुने गरेको छ । मल्ल राजा गुणकाम देवले हिलेजात्रा चलाएको इतिहासकार उल्लेख गर्छन् ।
डकोटाको यो प्रतियोगितालाई मड रन वा मड बग भनिन्छ । यो जात्रामा अल टेराइन भेइकल नामका ठूला चक्का भएका र चार चक्के गाडी पिकअपहरूलाई प्रतिस्पर्धामा उतारिन्छन् । यस खेलबाट केही आर्थिक संकलन गरिन्छ र त्यो राम्रो काममा खर्चिन्छ । यसपटक त्यहाँको फायर डिपार्टमेन्टका लागि सहयोग जुटाइएको थियो । नेपालको हिलेजात्राले अन्न दिने, यहाँले नगद ।
नुवाकोटमा साँढे जुधाएजस्तो । मधेशमा गोरूगाडा कुदाएर प्रतिस्पर्धा गरेजस्तो । केटाकेटीहरू स्कूलको चौरमा भालेजुधाई खेलेजस्तो । भक्तपुरमा भ्यागुताको बिहे गरेजस्तो । अमेरिकाको यस्ता खेल / प्रतिस्पर्धा / चलन छन्, अलि आधुनिक । मान्छेहरू बसै खालका सुरक्षा ख्याल गर्छन् ।
भ्यागुतो उफार्ने प्रतियोगिता

From webpage of NYT

From webpage of NYT

डकोटाको यो जात्राजस्तै अरू खेल वा प्रतियोगिता अरू ठाउँमा पनि हुने गरेका छन् । अमेरिकाका केहि राज्यका केही ग्रामिण क्षेत्रमा यो भ्यागुतो उफार्ने प्रतियोगिता हुन्छ । यो वर्षाको बेला हुन्छ । यो वार्षिक खेल हो । यसलाई लोक सांस्कृतिक खेलका रूपमा चिनिन्छ । पोखरी वा खुला चौरमा यसको तयारीका लागि महिला, पुरूष र बालबालिका अघिल्लै दिनदेखि भेला हुन्छन् । भ्यागुतालाई अभ्यास गराउँछन् । अन्तमा प्रतियोगितामा सहभागी गराउँछन् । जसको भ्यागुतो धेरै उफ्रन्छ, उसले पुरस्कार पाउँछ । साहित्यकार मार्क ट्वीनले यसबारे छोटो कथा ‘द सेलेब्रेटेड जम्पिङ फ्रग अफ कालाभेरास् काउन्टी’ नै लेखेका छन् । कालाभेरास् काउन्टी क्यालिफोर्निया राज्यमा छ । यसबारे पत्रपत्रिकाले पनि यो खेलका समाचार प्रकाशित गर्छन् । यो खेलमा ल्याइने भ्यागुताका खुट्टा शरीरभन्दा दोब्बर लामा र खुट्टाका मांशपेशी बलियो भए उफार्न सजिलो हुन्छ र जित्ने संभावना बढी हुन्छ ।
ग्राउन्डहग डे र मौसमको भविष्यवाणी

From webpage of USA Today

From webpage of USA Today

अर्को एउटा जीवसँग जोडिएको प्रसंग छ । एउटा मुसो जस्तो जीव ‘ग्राउन्ड हग’माथिको अनौठो विश्वास पनि रोचक छ । ग्राउन्डहग नामक जीव अमेरिकामा पाइन्छ । थोरै लोखर्के जस्तो र थोरै मुसाजस्तो दाँतले कट्याककुटुक खाने यो जीवका लागि फेब्रुअरी २ मा ग्राउन्डहग डे (दिवस) मनाइन्छ ।

अमेरिकी लोककथनअनुसार यो दिवस मनाउने दिन दुलोबाट ग्राउन्डहग निस्कँदा बादल लागेको दिन प-यो भने त्यस वर्षको जाडो चाँडै सकिन्छ र शरद ऋतु चाँडो शुरू हुन्छ । घाम लागेको छ भने त्यसले आफ्नो छाया देख्छ, फर्केर दुलोमै पस्छ । त्यसो गर्नुको अर्थ त्यस वर्षको जाडो छ हप्ता लम्बिन्छ । यस दिन ग्राउन्डहग कसरी दुलोबाट निस्कन्छ हेर्नेको भीड लाग्छ । यो पर्व जस्तै हुन्छ । सन् २००३ मा ग्राउन्डहग डे नामको चलचित्र बनेपछि यो दिवस अझ चर्चित भएको देखिन्छ । तर यसको अनुमानमा वैज्ञानिकहरू भने तर्क पनि गरिरहन्छन् ।
दशैं सम्झाउने थ्याङ्कसगिभिङ डे
पूरै देशभरको एउटा ठूलो चाड छ, थ्याङ्कसगिभिङ डे । नोभेम्बरको चौथो बिहिवार थ्याङ्कसगिभिङ मनाइन्छ । सन् १८६३ देखि औपचारिक पर्व बनेको थ्याङ्कसगिभिङ सार्वजनिक बिदाको दिन हो । थ्याङ्कसगिभिङ दुई ठूला पर्वहरू- क्रिसमस र नयाँ वर्षकै हाराहारीको पर्व हो । यो पर्व परिवार, इष्टमित्र र साथीभाईको भेटघाट गर्ने पर्व पनि हो । यसले दशैं-तिहारको झल्को दिन्छ ।
यसको पृष्ठभूमी रमाइलो ऐतिहासिक तथ्यमा आधारित छ । युरोपेलीहरू धार्मिक स्वतन्त्रताको खोजीमा त्यहाँबाट हिँडेका थिए । पहिले उनीहरू निदरल्यान्ड्स गए । अनि आफ्नो उपनिवेश बनाउन उनीहरू सन् १६२० मा उत्तर अमेरिका आए । उनीहरू आएको त्यो ठाउँ मासाचुसेट्स राज्यको प्लिमिथ हो । सामुद्रिक-यात्रा कठिन थियो । यहाँ आइ-पुगेको पहिलो महिना पनि उत्तिकै कठिन रह्यो । करिब एक सय युरोपेली शरद ऋतु सकिएर जाडो शुरू हुने बेलामा आइपुगेका थिए । जाडो शुरू भयो, आधा मानिसको ज्यान चिसोले लग्यो ।
Farsiजब वसन्त ऋतु आयो, उनीहरूले बालीनाली लगाए । स्क्वान्टो नामका एक रैथाने अमेरिकीले उनीहरूलाई मद्दत गरे । गर्मी सकियो, मकै र जौं राम्ररी उब्जियो । जाडोलाई पुग्ने खाना भयो । उनीहरू खुसी भएर थ्याङ्कसगिभिङ मनाउने निर्णय गरे । उनीहरूका अगुवा विलियम ब्राडफोर्डले पर्वको मिति तय गरे । नजिकै बस्ने रैथाने अमेरिकीहरूलाई पनि बोलाए । युरोपबाट मान्छे आउँदै गर्दा बस्ती बाक्लिदै गयो र थ्याङ्कसगिभिङ व्यापकता भयो । पहिलो थ्याङ्कसगिभिङ सन् १६२१ मा मनाइएको इतिहास छ । युरोपबाट आएका आगन्तुकले, ‘आफूलाई नयाँ सुरक्षित संसारमा ल्याइपुर्या एकोमा ईश्वरप्रति धन्यवाद-ज्ञापन गर्न’ पहिलो थ्याङ्कसगिभिङ ३ दिन मनाइयो । पहिलो थ्याङ्कसगिभिङमा ५३ आगन्तुक र ९० रैथाने अमेरिकी थिए । उनीहरूले आफूलाई पुग्ने खाना जुटाएका थिए । खानामा विभिन्न जातका माछा, सिपी भएको जल-जन्तु (घुँगी, झिंगेमाछा आदि), जंगली चरा (हाँस, टर्की आदि), मृगको मासु, फलफूल, तरकारी (केराउ, फर्सी, सखरखण्ड, प्याज), गहुँ, जौं, मकै आदि थियो ।
त्यतिअघि देखि मनाएको भए पनि यो पर्व औपचारिक पर्व थिएन । सन् १८२० मा सराह जोसेफा हेल नामकी लेखिकाले यो पर्वलाई औपचारिक पर्व बनाउन आवाज उठाइन् । सन् १८६३ मा अमेरिकामा उत्तर र दक्षिणका राज्यहरूबीच गृहयुध्द चलिरहेको थियो । राष्ट्रपति अब्राहम लिङ्कनले यसलाई औपचारिक पर्वका रूपमा राष्ट्रिय दिवस (त्यसबेला नोभेम्बर २६) घोषणा गरे । त्यसपछि धेरै राष्ट्रपतिका पालासम्म यस पर्वलाई नोभेम्बरको अन्तिम बिहिवार मनाइयो । सन् १९३९ मा राष्ट्रपति फ्र्याङ्कलिन डी. रूजबेल्टले यो पर्व पाँचौं बिहिवारको सट्टा चौथोमा मनाउने घोषणा गरे । त्यसपछि यो चौथो बिहिवार नै कायम छ ।
यहाँ आधुनिकता चरम छ, मानिस प्रकृतिसँग रमेका छन्, दुर्गम नेपाली चलनहरू जस्तै ।
आजलाई यति :)
(यो लेख तयार पार्दा केही मात्रामा मेरो सम्पादनमा निस्कने ‘अक्षरिका‘ नेपाली न्युजलेटरलाई स्रोत बनाएको छु ।

Write a comment