उभो नेपालतिर केल्भिन डुलेथे

ए राजेश,
मैले तिम्रो ब्लग हेरें । निकै रमाइलो रहेछ । (उनले हेरेको ब्लग ‘म सानो छँदा’ स्तम्भको हो । त्यो अहिले खाली छ । सबै सामग्री यसै ब्लगमा सारिएको छ ।)
अनि मेरो दिमागमा एउटा प्रश्न उब्जेको छ, के तिमी नेपालको प्रख्यात राजनीतिक परिवार (जस्तै : बीपी) का सदस्य हौ ? (होइन भनेर मैले जवाफ फर्काएको छैन !!)
तिमीले सोधेअनुसार मैले आफ्नाबारेमा लेखेर पठाएको छु ।
साथमा हिमाल आरोहणसहितका तस्बिर अट्याच्ड गरेको छु ।
मेरो जिज्ञासा ‘केल्भिन केन्ट’ (तस्बिर : सगरमाथा चढ्ने तयारीका बेला र सन् २००९ मा केल्भिन) सँग थियो । म यता निकै माथिल्लो स्टेट- न्यु ह्याम्सरमा, उनी थोरै दक्षिण-पश्चिम कोलोराडोमा । गत वर्ष समाचार बनाउने क्रममा केन्टसँग फोनमा कुरा गरेको थिएँ । उनका बारेमा जान्न इन्टरनेट खुब चहारेको थिएँ । उनी नेपालसँग निकट रहेको थाहा पाएपछि थप बुझ्न मन लाग्यो र मैले इमेल पनि लेखे, अनि सोधे, ‘यसो लेख्नुस् न त नेपाल पुग्दाका कुरा ।’
मैले खोजेर केहि थाहा पाएँ । उनले केहि लेखे । उनी सन् १९७० मा दक्षिणी मोहडाबाट गरिएको अन्नपूर्ण हिमाल आरोहणका सहयोगी थिए । उनले गत वर्ष (सन् २०१०) ९ अक्टोबरमा कोलोराडो राज्यको औरेमा उक्त आरोहणसहितका नेपालका तस्बिरको एउटा प्रजेन्टेसन गरेका थिए । औरेमा चाहि एउटा ‘अपेरा हाउस’ लाई सहयोग जुटाउनु थियो । (उनले पछि इमेलमा मलाई भनेका थिए – सहयोगका लागि ५ हजार डलर उठ्यो ।)
दक्षिणी मोहडाबाट अन्नपूर्ण आरोहण गरेको ४० औं वार्षिकोत्सवका अवसरमा यहि प्रजेन्टेसन केन्टले गत वर्ष (सन् २०१०) नोभेम्बर ४ मा बेलायतमा पनि प्रस्तुत गरे । बेलायतको उक्त कार्यक्रम रोयल ज्योग्राफिकल सोसाइटीले गरेको थियो । कार्यक्रमका प्रायोजक ब्रिटिश अल्पाइन क्लब र माउन्ट एभरेष्ट फाउन्डेसन थिए । यी दुई संस्थाले उक्त वार्षिकोत्सव मनाउने सन्दर्भमा कार्यक्रम गरेका थिए । उत्तरी मोहडाबाट सन् १९५० मा पहिलोपटक अन्नपूर्ण आरोहण गर्ने फ्रान्सेली मौरिस हर्जोग कार्यक्रमका अतिथि थिए ।
दक्षिणी मोहडाबाट गरिएको अन्नपूर्ण आरोहणलाई हिमाल आरोहणको इतिहासमा निकै कठिन पनि मानिन्छ ।
मेरो इमेलको प्रत्युतरमा उनले आफ्नाबारेमा थप केहि लेखेका थिए :
म सन् १९३९ को शुरुमै ‘जर्सी व्दीप’ मा जन्मेको हुँ । त्यो ठाउँ फ्रान्सबाट १२ माइल र इंगल्याण्डबाट १ सय माइल दक्षिणमा छ । हाम्रो संस्कृति ‘नर्मन फ्रेन्च’ हो । म त्यहिंको एउटा स्कूलमा पढ्न थालें । १७ वर्षको भएपछि काम गर्न लण्डन पसें ।
तीन वर्षपछि बेलायती सेनामा भर्ती भएँ । त्यसको २ वर्षमा ‘अफिसर’ भएँ । मलाई ‘ब्रिटिश ब्रिगेड अफ गोर्खाज’ मा सेवा गर्ने मौका मिल्यो । म मलाया, सिंगापुर र बोर्नियो पुगें ।
नेपालको सम्झना
त्यसपछि नेपाल जान पाएँ । त्यसपछि धेरै पटक नेपालको यात्रा गरेको छु । मैले डेढ वर्ष धरानमा बिताएको छु । मलाई चिन्नेहरु धेरै छन्, नेपालमा । (धेरैको नाम र फोन उल्लेख गरेका छन्)
नेपालमा म यातायात र सञ्चारमा काम गर्ने अफिसर भएँ, धरानको ब्रिटिश हेडक्वार्टरमा । एक वर्ष र आधा काम गरें, त्यहाँ । धरान बस्दा नेपाली भाषा सिकें र पूर्वी नेपालको पहाडी क्षेत्रको धनकुटा (त्यसबेला बसन्तपुरसम्म बाटो थिएन), चैनपुर, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, तेह्रथुम आदि ठाउँ पुगे । यो क्षेत्र मुख्य रुपमा राई, लिम्बू (पुरानो किराँती संस्कृति) का साथै क्षेत्री, ब्राह्मण, तामांग, पूर्वेली गुरुङ र अरु केहिको हो ।
त्यसपछि म आफ्नै पारामा धरानदेखि नाम्चे बजार र सगरमाथा आधार-शिविर पुगें त्यसबेला औपचारिक ट्रेकिङ एजेन्सीहरु शायदै थिए । त्यसै ताका मेरो चिनजान कर्णेल जिम्मी रोबर्ट्स र जिम एडवार्डससँग भयो, जसले भर्खर महाराजगञ्जमा ‘माउन्टेन ट्राभल’ र ‘टाइगर टप्स’ शुरु गरेका थिए । ‘टाइगर टप्स’ अहिलेको ‘टाइगर माउन्टेन’ हो । बोरिस लिसानेभिचको रोयल होटल थियो ।
मैले युके र जर्मनीका लागि काम गरें । अनि सन् १९६७ मा गुर्खाजमा सेवा गर्ने मौका पाएको हुँ । त्यसबेला म बेलायतबाट ल्याण्डरोभर लिएर बेल्जियम, जर्मनी, अष्ट्रिया, इटाली, ग्रिस, टर्की, इरान, अफगानिस्तान, पाकिस्तान, भारत अनि नेपाल हुँदै कोलकाता जान्थे । कोलकाताबाट म हङकङका लागि उड्थें, जहाँ मैले हङकङ र चीनको सिमामा ३ वर्ष काम गरें ।
दक्षिणी मोहडाबाट अन्नपूर्णको आरोहण
हङकङ हुँदा अन्नपूर्णको दक्षिणी मोहडाबाट आरोहण गर्न म क्रिस बोनिङ्टनको आरोहण टोलीमा सामेल भएँ । मैले नेपालको विदेश मन्त्रालयतर्फको काम र रसदको काम जिम्मा लिएको थिएँ । त्यसबेला सबै सरकारी काम सिंहदरबारबाट हुन्थ्यो । पोखराबाट हिंडेदेखि अन्नपूर्णको आरोहण सफल पार्नेसम्मका करिब ६ सय जना सहयोगी भरिया, शेर्पा र सञ्चारको बन्दोबस्त गर्ने काम मेरो थियो ।
हाम्रो आरोहण टोलीमा चर्चित आरोहीहरु : डन ह्विलान्स, डगल ह्यास्टन, इयान क्लघ (जसको ओर्लंदा निधन भयो), मार्टिन ब्योयसन, मिक बर्क, निक इस्टकोर्ट, माइक थम्सन, टम फ्रस्ट (अमेरिकी) आदि थिए । हाम्रा सरदार नाम्चेका पासाङ कामी थिए ।
निकै उचाईमा पुग्ने क्षमता भएका शेर्पाहरुमा पेम्बा थार्के, आङ पेमा, मिङ्मा छिरिङ, निमा छिरिङ र कान्छा थिए । नेपाली लियाजन अफिसर के बी राना थिए ।
मे २७ मा डगल ह्यास्टन र डन ह्विलान्सले आरोहण गरे ।
(तस्बिर : बायाँबाट केल्भिन, इस्टकोर्ट र ब्योयसन्- सन् १९७० अन्नपूर्ण आरोहणका क्रममा क्याम्प २ मा)
म फर्कें
आरोहणपछि म युरोप फर्के, बेलायत र जर्मनीको सेवाका लागि । म मेजर भएको थिएँ । ब्रिटिश रोयल मिलिटरी एकेडेमी (सैन्डहर्स्ट, बेलायत) मा रहे । त्यसपछि मेरो आफ्नै एकाई बन्यो, टिडवर्थ ह्याम्सर (बेलायत) मा । सन् १९७१ मा मलाई अलास्कादेखि दक्षिण अमेरिकाको पुच्छर (दक्षिण) सम्मको यात्रामा २ वटा रेन्ज रोभर चलाउने टोलीको उपमुखिया बनाइयो । हामी सफल भयौं । यो पहिलो लामो निरन्तर सडक-यात्रा बन्यो, करिब १७ हजार माइलको ।
फेरि सगरमाथातिर
सैन्डहर्स्टमा हुँदा सगरमाथा आरोहणको प्रसंग चलेको थियो । क्रिस बोनिङ्टनले मलाई ‘के तिमी क्याम्प मेनेजर र लजिस्टिक अफिसर हुन्छौ ?’ भनेर सोधे । दक्षिण-पश्चिम मोहडाबाट सगरमाथा चढ्ने योजना बनेको थियो, त्यो पनि ठ्याक्क वर्षा सकिएपछि पारेर । हामीले वर्षामै सारा सामान काठमाडौंबाट आधार-शिविर लानु पर्ने भयो ।
आरोहणमा हामी सफल भएनौं किनभने बेस्सरी हावा चलेको थियो र निकै चिसो थियो । हाम्रो टोलीका एक सदस्यको मृत्यु नै भयो । २७ हजार ५ सय फिटको क्याम्प ६ बाट फर्कनुप-यो ।
सगरमाथाको यो असफल प्रयासको टोलीमा क्रिस बोनिङ्टन, डग स्कट, हामिश म्याकआइन्स, डेभ बाथगेट, निक इस्टकोर्ट थिए- सबै नामी आरोही हुन् । हाम्रा सरदार पेम्बा थार्के र सोना इसी थिए । शेर्पाहरुमा पर्तेम्बा थिए । यो आरोहणमा मलाई भने हिउँले खायो (शरीरको भाग हात वा खुट्टा डढ्नु) ।
मेरो जीवन
सन् १९७० को कुरा हो । काठमाडौंमा मेरो भेट जेनिफर योडरसँग भयो । उनी जावलाखेलको सेन्ट मेरीज कन्भेन्ट स्कूलमा काम गर्थीन् । हामीले बिहे ग-यौं । हाम्रा दुई सन्तान भए ।
सन् १९७७ मा अमेरिका आउने विचार आयो । मैले बेलायती सेना छाडे । अमेरिका आएँ । सानो व्यवसाय थालें । निकै मेहनत गरें । सन् २००१ मा व्यवसाय बेचें । यसैबीच मलाई हृदयाघात भयो र पाँच वटा बाइपास गर्नुप-यो ।
अहिले रिटायर्ड भा’छु । गर्मीमा कोलोराडो र जाडोमा अरिजोना बस्छु ।
नेपाल नगएको २ वर्ष मात्र
म सन् १९९९ मा फेरि नेपाल पुगें । साथमा मेरो छोरो थियो । उ डाक्टर थियो । हामीले काठमाडौंमा त्यहाँका डाक्टरसँग १० साता काम ग-यौं ।
यसोउसो गरेर नेपाल, तिब्बत, भारत (दार्जिलिङ, शिमला, राजस्थान, दिल्ली, कोलकाता आदि) १७ पटक भयो, गएको । अनि त्यता घुमेको ।
अन्तिमपटक म सन् २००९ मा नेपाल गएँ । गोर्खा जिल्लाको उपल्लोछेउ पुगेर एउटा स्कूल बनाउन मद्दत गरें ।
नेपाली : मेरा साथी
मेरा एक नेपाली साथीले क्यालिफोर्नियाको मन्टरोजमा नेपाली रेष्टुँरा चलाएका थिए । उनको नाम निर्मल चित्रकार हो । सम्पर्क नभएको धेरै भयो, नेपाल फर्के होला । मेरो निरन्तर सम्पर्कमा भने मेजर लिलाबहादुर गुरुङ हुनुहुन्छ । मसँग उहाँको नम्बर छैन्, जितमानसँग होला ।
अन्त्यमा
‘अब यति’ भन्दै उनले लाहुरे भाषामा लेखे – त्यो कुराले मद्दत हुन्छ, आशा छ ।
भलो होस्,
केल्भिन केन्ट

13 thoughts on “उभो नेपालतिर केल्भिन डुलेथे

  1. Mr. Kelvin, please compare and describe the difference socio-cultural status in between your first and last visit in Nepal.

    1. Nawaraj,
      Ram Ram! I have been to Nepal 17 times from 1962 to 2010. I love Nepal and its people. In the 60s it was governed in the rural area by the old panchyat system which seemed to me to work very well. There were mukyas, pradhan panchs and anchaldeshs. The people in the hills were very poor but seemed happy. For them “Nepal” was Kathmandu and along way away. The monarchy was also very distant and far removed and perceived as God like. Education was very little. Kathmandu was crowded but only half the present population. The Ranas were on their way out but still powerful. Your own caste and that of the Chettris dominated the power structure. Later as some modernization took place tourism prospered and foreign aid helped to build roads, bridges, medical facities etc. But no attention was paid to infrastructure apart from the ring road and airports. Then, as Nepal’s population exploded things seemed to get out of control. For tourists the traffic congestion, bad emmissions, corruption, almost non-existant sewer system and garbage collection and dumpsites put Nepal “back” in terms of clean air and unspoilt geography. Compounding this is the seemingly inability of the government to get together and act cohesively for the betterment of the country rather than for their own personal agendas and money-making.
      I still like Nepal but they should realize that much aid money is being withheld because of the instability of the country politically. I know that the Maoist uprising was a major problem but then again they had their rightful causes and many people were in favor of change from the status quo. As you know, for the vast majority of Nepalese it appeared that there were two separate countries : Kathmandu and the rest of the country. It is this “rest” of the country (including the rural areas, Terrai and other ethnic minorities) that desparately seeks a voice in future policy. Another noticable thing to me is that since the monarchy has ended many hill people like the Gurungs, Magars, Limbus etc seem to be reverting back to Buddhist roots.
      Of course corruption always has been a major problem and remains so. The school system has improved considerably, especially in the hills, but the problem here is that a lot of really bright and intelligent students (from all castes) don’t want to stay in their rural villages and work the fields. They all want to come to the large cities where there is little or no work for them.
      Nepal still has huge potential but is percieved as dirty, disorganized and lacking in facilties that modern nations try to build. Tourism could still be a major source of income but why, in 2011, for instance, do marvellous historical and religious sites like Pashupati Nath, Swyambunath and Bodhnath or BuddhaNilkanta (?spelling) don’t they have well-prepared brochures in differnt languages that explain the history and meanings of these world-class places. If you go to Tibet (China) they have them. There are very few guides who know! Hygene, clean water supply and fewer “bands” (strikes) would help improve the current reputation of Nepal a lot. Personally, for me, I UNDERSTAND the system and so it is OK. But for modern tourists (not the old hippies with no paisa but affluent tourists with lots of paisa) these things are important and influence their decisions to come or not. Most of all Nepal must stop fighting within the government so that foreign aid can flow again.
      Nepal is unique but now is the time for it to Re-brand itself — like Bhutan has done.
      If you think I have been too harsh it is because I love Nepal like I do my wife and children. Yo mero aphnu bichar chha. Malai maph dinu hos.
      Dhanybad,
      Kelvin Kent

      1. Thanks Mr. Kelvin, to share your broad experience.I agreed with you in major topics. Still Nepal is unstable in politics with degradation in unity. We love Nepal so we must hopeful. Thank you so much..

  2. राजेशजी अति राम्रो लाग्यो मलाई तपाइको ब्लग/ शेएर गर्नु भएकोमा धेरै धेरै धन्यबाद/

  3. I was recommended this website by my cousin. I’m not sure whether this post is written by him as nobody else know such detailed about my trouble. You are incredible! Thanks! your article about Rajesh Koirala
    – Best Regards Shane

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<