दक्षिण अफ्रिकामा नेपाली भेडा संकटमा !!

नेपालबाट दक्षिण अफ्रिका ११ हजार ८३३ दशमलव ४ किलोमिटर (७ हजार ३५२ दशमलव ९ माइल) टाढा छ । उड्नुपर्दा ९ हजार २१९ दशमलव ५३ किलोमिटर (५ हजार ७२८ दशमलव ७५ माइल) पुरा गर्नुपर्छ । डिस्टेन्सफ्रमटु डट नेट त्यसै भन्छ । (क्लिक गर्नुस् त !)
देश त्यति टाढा, तर नेपाली भेडा/बाख्रा
दक्षिण अफ्रिकामा अंगोरा जातका ८ लाख ६५ हजार भेडा/बाख्रा ‘रिफ्ट भ्याली’ ज्वरोका कारण लोप हुने अवस्थामा पुगेका छन् । त्यहाँको मोहेयर साउद अफ्रिका (Mohair South Africa) नामक कम्पनीले यी भेडा/बाख्राको ऊन उत्पादन गर्दै आएकोमा अब चाहिं नसक्ने भएको छ । दक्षिण अफ्रिकाको मुद्राको परिवर्त्य मूल्य पनि कमजोर भएर यो कम्पनी चिन्तित छ ।
उक्त कम्पनीले ऊन चीन निर्यात गर्न बन्द गरेको बताएको छ । ‘रिफ्ट भ्याली’ ज्वरो जनावरको रोग हो, तर मानिसमा सरेर अफ्रिकाका धेरै देशमा धेरैको ज्यान गएको छ ।
यति टाढा नेपाली भेडा/बाख्रा भने सन् १८३८ मा पुगेका हुन् । तर अहिले यो घरपालुवा लोप हुन लागेको छ ।
प्रश्न
करिब १७३ वर्षअघि ती घरपालुवा जनावर कुन माध्यमले त्यहाँ पुगे होलान् ?
(विस्तृत पढ्न- क्लिक गर्नुहोस्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<