सामुदायिक पत्रिका ‘अक्षरिका’ सुरु

न्यु ह्याम्सर राज्यको म्यानचेस्टरबाट सामुदायिक नेपाली पाक्षिक पत्रिका ‘अक्षरिका’को प्रकाशन सुरु भएको छ। एस एन्ड टी कम्युनिकेसन्सबाट निकालिएको यो इलेक्ट्रोनिक पत्रिका उक्त संस्थाको स्वयंसेवी प्रयास हो।
‘अक्षरिका’ नामकरण ‘अक्षर’ र ‘अमेरिका’को संयोजनबाट भएको हो। उक्त कम्युनिकेसन्सका प्रबन्ध निर्देशक सतन आचार्य भन्छन्, ‘त्यसैले यसको उद्देश्य अमेरिकामा बस्ने नेपाली समुदायलाई शिक्षा, जानकारी, हौसला दिनु र सक्षम बनाउनु हो।’
यसका प्रत्येक अंकमा समसामयिक विषयमा एउटा आवरण स्तम्भ, अमेरिका आएर बसेका तर अंग्रेजी नजान्नेका लागि यहाँका जान्नै पर्ने सेवा, सुविधाबारे जानकारी, नेपाली समुदायका समाचार, अंग्रेजी नजान्नेका लागि नेपाली नाम र त्यसैको अंग्रेजी नाम र, अन्त्यमा रोचक स्तम्भ रहन्छ।
यसको वेबसाइट तयार नभएकाले aksharica.communication@gmail.com मा इमेल लेखेर यसको इलेक्ट्रोनिक कपि पाउन सकिन्छ। नेपाली भाषीको सेवा गर्ने केहि संस्थाले प्रिन्ट कपि पनि बाढ्न थालेका छन्।
यसका पाहुना सम्पादक राजेश कोइराला हुन्। उनी कान्तिपुर राष्ट्रिय दैनिकका वरिष्ठ उपसम्पादक पनि हुन्।
(सन् २०१० सेप्टेम्बर १८, अनलाइनमा हेर्न यहाँ क्लिक गर्नुहोस्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<