बूढा मरे, भाषा कता परे ?

Buda-Mare_Bhasa-Kata-pare_2014-Oct-20_2071-Kartik-03अमेरिकी भूमीमा नेपाली-भाषी हजुरबुबा-हजुरआमा र बुबा-आमाको संख्या भूटानीको पुनर्स्थापनासँगै ह्वात्तै बढ्यो । नेपाली परिवारहरूमा अधिकांश बुबा-आमा हुनुहुन्छ भने नेपाली-भाषी भूटानी परिवारमा हजुरबुबा-हजुरआमा र बुबा-आमा हुनुहुन्छ । किन पनि भने शरणार्थी पुनर्स्थापना गर्दा परिवार एक ढिक्का आउँछ अर्थात दुई/तीन पुस्ता पुनर्स्थापित हुन्छ । नेपालबाट आउँदा सामान्यतयाः एक पुस्ता र/वा उनका सन्तान आउँछन् । अनि हजुरआमा-हजुरआमा पछि थपिनुहुन्छ, त्यो पनि कमै मात्रामा ।
नेपाली र भूटानीको पहिलो र दोस्रो पुस्तामा शैक्षिक-स्तर तुलना गर्दा फरक तथ्यांक सामुन्ने आउँछन् । नेपाली बुबा-आमाका समयमा शिक्षाको अवस्था नेपालमा केही अघिबढेको भए पनि भूटानी हजुरबुबा-हजुरआमाका पालामा शिक्षा करिब उपलब्ध थिएन भने बुबा-आमाका पालामा बढेको भए पनि निकै कम थियो । भारत पसेर शिक्षा लिने खासगरी बुबाहरू साक्षर हुनुहुन्छ, धेरै संस्कृत, नेपाली र कम अंग्रेजीमा । Read More »

वृद्धाश्रमबाट छोरालाई नपठाएको चिट्ठी

Envelope_01
(सन्दर्भः अन्तर्राष्ट्रीय वृद्ध दिवस/ १ अक्टोबर)


प्यारो छोरो गन्तव्य
तलाईं आर्शिवाद
बाबु खाना खाइस् ? अस्ति मलाई छोड्या बेलासम्म, ‘खान भ्याएको छैन’ भन्थिस् । धत्, म बूढी पनि के भा’की ? साता-दश दिन भइसक्यो । यतिका दिन पनि नखाई कोही बाँच्छ र ? बुहारीलाई ख्वाई हाली होला नि । नाति भुन्टे के गर्छ कुन्नि ?
फेरि तिमीहरु कहाँ हो जाने भन्थ्यो, नातिले । पुग्यौं त ? बाटामा खायौं होला की ? बसमा गयौं की हिंडेर गयौं ? बस भन्दा एउटा कुरा सम्झे, सानो छादा तलाईं बस चढ्नु हुन्थेन । उल्टी गर्थीस् । उस बेला प्लास्टिकका झोला पाइँदैन थे । अरु केही बोक्न पनि सुद्धि-बुद्धिले कहाँ काम गर्थ्यो र ? तलाईं बान्ता भएपछि मलाई पनि हुन्थ्यो । बान्ताले आमा-छोरा आलस-तालस हुन्थ्यौं । ङ्यास्याक्क परेको अनुहार लिएर मामाघर पुग्थ्यौं । हजुरीले तात्तातो काँडा-पानी ख्वाएपछि यसो सास आउँथ्यो । काँडा-पानी भन्दा आज मलाई निकै भोक लागेको छ । आज बिहानैदेखि कसैले खान दिएका छैनन् । चामल सकियो, दाल पनि छैन भनेर हल्ला-खल्ला गरेको सुन्दै थिएँ, होला पनि । यत्रा मान्छेलाई के ले पो पुग्थ्यो र ? यी यस्तै हुन् । ठट्टै पो हो की पनि भन्ठान्छु । कहिले ठट्टा पनि गर्छन् । Read More »