एक सय १२ पटक रक्तदान

Arjun Mainali_2070 Bhadra 22_2013 Sep 07तिम्रो रक्तदान गर्ने उमेर अझै भएको छैन होला । रक्तदान गर्न सामान्यतः १८ वर्ष पुगेको हुनुपर्छ । त्यसो नभए, करिब ५० किलोग्राम (१ सय १० पाउन्ड) तौल साथै केटा भए ५ फिट र केटी भए ५ फिट ६ इन्च अग्लो हुनुपर्छ । रक्तदान गर्न जाँदा यस्ता आधारका साथै ब्लड-प्रेसर, रोग आदि लागे/नलागेको पनि हेरिन्छ ।
अब भन त मैले यस्ता जाँच कतिपटक गरें होला ? किनभने मैले अहिलेसम्म १ सय १२ पटक रक्तदान गरिसकेँ । मैले सन् १९८७ मा पहिलोपटक नेपालमा रक्तदान गरेको थिएँ । अस्ति मात्र १ सय १२ औं पटक अमेरिकामा गरें । म नेपालको काभ्रेपलाञ्चोकको सिपालीमा जन्मेको हुँ । अहिले अमेरिकाको न्युयोर्कमा बस्छु । Read More »

अमेरिकी तिहारलाई सिस्नुपानी !

आज काग भेटिएन । यसै भात छुट्याएर आफूले खानु सिवायको विकल्प रहेन । कि त आफैं ‘काग काग’ भनेर कराएर कागको भाग पनि हसुर्नु पर्ने भो ! अमेरिकामा पनि काग पाइने रहेछन्, तर यो हिउँ पर्ने राज्यतिर जाडो सुरु भएर होला, खै देखिएनन् । अमेरिकामा पूर्व, पश्चिम, फ्लोरिडा र दक्षीणमा काग पाइँदा रहेछन् । तीनको नाम रहेछ, पूर्वी काग, पश्चिमी काग, फ्लोरिडा काग र दक्षिणी काग । ती पनि ‘वेस्ट नाइल भाइरस’ का शिकार हुँदा रहेछन् । जे भए पनि ‘कागभन्दा कोइली बाठो, कोइलीभन्दा अमेरिकाका सब मान्छे बाठो’ भन्ने नयाँ उखानका सामु ‘काग’को पूजा किन पो गर्नु ?
Read More »