अमेरिकासँग हात मिलाउने मान्छे

Child Memories of Dr Shankar Prasad Sharma, Nepalese Ambassador to the USA

Child Memories of Dr Shankar Prasad Sharma, Nepalese Ambassador to the USA

हामी एक अर्काको साथी भएजस्तै एउटा देश र अर्को देश साथी हुन्छन् । त्यसलाई मित्र राष्ट्र भन्ने गरिन्छ । एक देशले अर्को देशलाई सहयोग गर्छन् । तर साथी बनेका देश कसरी हात मिलाउँदा होलान् ? कसरी गफ गर्दा होलान् ? फोनमा कसरी कुराकानी गर्दा होलान् ?
देशहरू आपसमा कुरा गर्न सक्दैनन् । कुरा गर्न, फोन गर्न, हात मिलाउन मान्छे पठाउँछन् । यसरी एउटा देशले उसको मित्र राष्ट्रमा पठाएको मान्छेलाई ‘राजदूत’ भनिन्छ । कोही अर्को राष्ट्रमा बस्ने गरी राजदूत भएर जान्छन् त कोही प्रतिनिधि मात्र हुन्छन् । प्रतिनिधि कहिलेकाहीं त्यहाँ जान्छन् । Read More »