देखेपछि माया मोह

‘नदेखे त को हो को हो ? देखेपछि माया मोह’ भनेझैं हुन्छ, डगलस हललाई । पाँच वर्ष नेपालमा पिसकोर स्वयंसेवक रहेका डग हल अमेरिकाभर नेपालीभाषीको सेवामा लागेका छन् । यहि त रहेछ, माया मोह भनेको । डगलसलाई छोटकरीमा ‘डग’ मात्र भनिन्छ ।
उनले छापेको नेपाली-अंग्रेजी-नेपाली डिक्सनरी अमेरिकामा भएका नेपालीभाषीका लागि निकै सहयोगी बनेको छ । नेपाली भनेपछि हललाई निकै माया लाग्छ, यो मैले बुझेको छु । यो माया यसपटकको वनभोजमा पनि देखियो । उनले नेपालीभाषी भेला पारेर वनभोज गर्ने गरेका छन् । हलको आयोजनामा भएको यस वर्षको तेस्रो रहेछ, यो वनभोज ।
नेपाली चलनमा वनभोज खोलाकिनार जाने, पकाउने, खाने, रमाइलो गर्ने हो । पहिलो यहाँ खुल्ला ठाउँमा गएर मनोरञ्जन गर्दा सुरक्षामा ध्यान दिइन्छ । दोस्रो, सामान्यत घर र वरपरकै क्षेत्रफल प्रशस्त हुने हुनाले बाहिर जानै पर्ने अवस्था पनि हुन्न । त्यसैले हलले आफ्नो घरपछाडिको खाली ठाउँमा वनभोज गर्ने निधो गरेर थालेछन्, वनभोज ।
अमेरिकाका माथिल्लो भेकमा राज्यहरुमा हिउँ पर्छ । हिउँ पर्ने ४-५ महिनाका दिन छोटा हुन्छन् । काम र घर गर्दैमा बाहिर गरिने मनोरञ्जन शुन्य हुन्छन् । वसन्त ऋतु (स्प्रिङ) अनि गर्मी लागेपछि चहलपहल शुरु हुन्छ र नोभेम्बरमा ‘थ्याङ्स गिभिङ’ नआउन्जेल भेटघाट र मासु पोली खाने (बार्बिक्यू) काम चलिरहन्छ । यहि सन्दर्भमा हलले वनभोजको कार्यक्रम राख्छन्, वर्षेनि ।

मीठो धुन बजाउने ‘आइसक्रिम ट्रक’

निकै मीठो धुन बजाउँदै एउटा ‘ट्रक’ टोलतिर पस्यो । ट्रक रहेछ, आइसक्रिम बेच्ने । निकै सिंगारिएको ट्रक देख्दा ठूलैलाई आइसक्रिम किनौं-किनौं लाग्छ । घरका लालाबाला एउटा वा दुईटा क्वार्टर (एक डलरको चौथाइ) चाहन्छन् । पाए, एक डलर नै सहि । किनभने यसबेला नानीहरूको स्कूल बिदा छ । जून महिनामा यहाँका स्कूलहरुको शैक्षिक सत्र सकिन्छ । करिब ३ महिना लामो बिदापछि नयाँ शैक्षिक-सत्र शुरू हुन्छ । अरु घरमा जस्तै मेरा दुईटा साना भान्जा पनि घरमा छन् । टोलमा उनीहरुका उमेरका दर्जनभन्दा बढी भुराभुरी छन् । आइसक्रिम ट्रक किन पो नआओस् यतातिर !?

अर्जुनप्रसाद मैनाली मच्छड हो कि जुका ?!

‘हजुर नमस्कार ! जन्मदिनको शुभकामना ! अर्को वर्षको जन्मदिन चाहिं रक्तदान गरेर मनाउनु पर्छ है, हजुर !’ यो शुभकामना उनकै फेसबुकका २ हजार १ सयभन्दा बढी साथीले पाउँछन् । दुईटा-दुईटा हजुर जोडेर, तीन वटा विस्मयादिबोधक चिन्ह राखेर हाम्रो रगत प्याकेटमा बन्द गरेर अर्कालाई दिन अनुरोध गर्ने मान्छे के साँच्चै मान्छे हो ? म त भन्छु, ‘होइन, यो वीरगञ्जतिर हुर्किएको मच्छड हुनुपर्छ ।’
यो मान्छे आफूले गर्न लागेको कामको अग्रिम जानकारी र गरेपछिको विवरण सबैलाई आफ्नो इमेलबाट ठेल्छ । लामो इमेल देखेर आफ्ना सयौं इमेल-साथीहरु झर्को पनि मान्दा हुन् । तै पनि इमेल पठाउन छाड्दैन । तपाईलाई लाग्दैन, ‘झुल टाँगेर सुतेपछि पनि जिद्दी गरेर भित्र छिर्न खोज्ने वीरगञ्जतिर हुर्किएको मच्छड हुनुपर्छ, अर्जुनप्रसाद मैनाली ।’
अर्जुनप्रसाद मैनाली अमेरिकाको न्युयोर्कको हिक्सभिल्लमा बस्छ । एउटा छुसी नेपाली रगत दिन्छ । दिन्छ । अरुलाई दिनुपर्छ भनेर भन्छ । त्यो पनि निकै प्यारो पारामा । यो सूचना-प्रविधिको जमानामा रगत दिनुपर्छ भन्ने सन्देश उ अमेरिकामा मात्र हैन, संसारभरका नेपालीलाई पु-याउँछ । जबर्जस्ती पु-याउँछ । के तपाईलाई उसको जिद्दी देखेर लाग्दैन, ‘वीरगञ्जतिर हुर्किएको मच्छड हुनुपर्छ, अर्जुनप्रसाद मैनाली ।’

अभिभावकले के सम्म गरिदिने ?

‘दशैंबिदा भयो । त्यसैको तयारीमा बित्यो । दशैं आयो र गयो । छोराछोरीको दशैं होमवर्क त त्यसै रहेछ । त्यहि पो गराइरहेछु,’ एक मित्रलाई खबर सोद्धा पाएको उत्तर यहि हो ।
‘होइन आफैं गर्न सक्दैनन् र ?,’ मैले भने ।
‘अरु त यसै गर्छन् । नेपाली चाहिं ठ्याप्पै छ । आफैं लेखेर सार्न लाउँछु,’ उनले भने ।
यो कुराकानी लम्बियो । मैले जानेका र बुझेका कुरा भनें । उनलाई भनेका कुराहरु केवल उनका लागि होइन्, सबैका लागि उपयोगी हुन सक्छन् ।
एउटा चीनियाँ उखान बारम्बार हामी प्रयोग गर्छौं – ‘बल्छि दिने कि माछा मारेर दिने ?’ बालबालिकालाई आफैं गर्न सक्ने बनाउनुपर्छ । बल्छि दिनुपर्छ । सिप सिकाउनुपर्छ, माछा आफैं मार्छन् । ठिक्क पारिदिने वा वातावरण तयार पार्ने हो, बाँकी उनलाई गर्न दिने हो । छलफल गर्ने हो, निकास निकाल्ने पनि हो ।

‘लतिना’को दूरबीनबाट नियाल्दा

‘तिमीलाई मनपर्ला । ल पढ’, आतियेहले यसै भने र दिए, ‘लतिना’ । ‘मलाई के काम ?,’ उनको आशय करिब यस्तै थियो ।
‘लतिना’ अर्थात् ‘लतिना‘ म्यागाजिन । ल्याटिन अमेरिकी मूलका मानिसहरु (ल्याटिनो-अमेरिकन) को अंग्रेजी म्यागाजिन (पत्रिका) । उनले दिएको यो अंक चाहि २०११ जुन-जुलाईको हो । उनको उपहार ‘लतिना’ मनोरञ्जन पत्रिका रहेछ । यसमा विभिन्न विषय हुँदा छन् ।
सामान्य चिनजान, हाय-हेल्लो अमेरिकामा अनौठो होइन । कसैको विस्तृत जानकारी मागिदैन । सोधिदैन- निकै जरुरी नपरुन्जेल । उनी भेट्दा भन्छन्, ‘हलो हलो हलो । हाउ आर यु ?’
आतियेहको बोलीले भने म उनलाई ल्याटिन अमेरिकी नै हुन् की भन्ठान्थे । आतियेह रहेछन्, प्यालेस्टिनी। उनको नाम अलि लामो रहेछ- सलाह आतिफ मौसा आतियेह । उनी मेरो काका भन्दा हुने खालका छन् ।
यहाँ त काकाभन्दा पनि उनको उपहार पो निकै रोचक ठह-यो । अरु विषय काकालाई जस्तो मलाई पनि ‘एज युजल’ लागे । मात्र एउटा लेख मेरो चासोको केन्द्र बन्यो ।

ए हजुर ! यता पनि फुल्दोरहेछ, गुराँस

हिउँद सकिएर वसन्त लागेपछि फूलहरु फुले । यीनै फूलहरुमा गुराँस पनि देखियो, अमेरिकामा । मेरा लागि निकै रमाइलो कुरा भयो, ‘अहो ! गुराँस पनि त फुल्दोरहेछ ।’ जताततै गुराँसै-गुराँस ।
नेपालको राष्ट्रिय फूल ‘लालीगुराँस’ पढेको अनि जानेको थियो । नारायण गोपालको गीत सुनेको र गुनगुनाएकै हो :
“म त लालीगुराँस भएछु, म त लालीगुराँस भएछु,
वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु,
वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु,
म त लालीगुराँस भएछु …………………
फाँटहरुले कसलाई पुग्छ, भिरमा पनि फुलिदिन्छु,
फाँटहरुले कसलाई पुग्छ, भिरमा पनि फुलिदिन्छु,
खुसी मात्र कहाँ हुन्छ, खुसी मात्र कहाँ हुन्छ,
पीरमा पनि फुलिदिन्छु
म त लालीगुराँस भएछु, म त लालीगुराँस भएछु”

Mohan Mainali writes

I trained in Nepal Forum of environmental Journalist (NEFEJ), a non-governmental organization of Nepal. I got two fellowship to produce radio programs.

Meanwhile prepared few reports for television program ‘Akhijhyaal’ for which Mr. Mohan Mainali mentions my name here :

——— आँखीझ्याल भिडियो पत्रिकाको निर्माणमा विभिन्न समयमा धेरै पत्रकार साथीहरूले योगदान गर्नुभएको छ। यसका कार्यकारी निर्माताहरू मोहन मैनाली, ध्रुव बस्नेत, विनोद भट्टराई, मोहन विष्ट, निर्माताहरू ध्रुव बस्नेत, हस्त गुरुङ, लक्ष्मण उप्रेती, रिपोर्टरहरू प्रतीक भण्डारी, रम्यता लिम्बू, मुरारी शिवाकोटी, गोपाल गुरागाईं, रघु मैनाली, दीपक गजुरेल, केदार शर्मा, रघु पन्त, बद्री पौडेल, ओम खड्का, शोभा गौतम, कनक दीक्षित, सुमन बस्नेत, राजेश घिमिरे, सुशील मैनाली, श्रीलाल शाह, आनन्दकुमार श्रेष्ठ, वासुदेव बास्कोटा (छायाङ्कनसमेत), भुपेन्द्र बस्नेत, अनुप सुवेदी, राजेश कोइराला, राजेश केसी, गिरीश गिरी, उपेन्द्र अर्याल, मंगलमान शाक्य, अमृत गुरुङ, लक्ष्मीप्रसाद लुइँटेल, मधु आचार्य, इन्द्रजित मुखिया, घनश्याम पौडेल, सजग अधिकारी, पूजा पौडेल, श्रुति श्रेष्ठ, मोहन मानन्धर, सिवानी पौडेल, प्रकृति पाण्डे, कृष्णप्रसाद भट्टराई, जनक अर्याल, छायाङ्कनतर्फ अनिल रिजाल, रत्नकिरण वज्राचार्य, रमेश धमला, विकुराम तजले, नारायण प्रसाईँ, महेन्द्र मास्के, ध्वनितर्फ अनिल महर्जन, वीरेन्द्र रञ्जित, सम्पादनतर्फ सरुण तुलाधर, रविभक्त श्रेष्ठ, किरणप्रभा तुलाधर, प्रस्तोतातर्फ केदार शर्मा, राजेश घिमिरे, पुष्प अधिकारी त्यस्तै उद्घोषणतर्फ पुनम पौडेल, अञ्जना पाण्डे, तीर्थ कोइराला, प्रभा अधिकारी, नारायण श्रेष्ठ, दीपकराज पाण्डे, शोभा मानन्धर, दुर्गा कार्की, जया लुइँटेल, सीता मैनाली, सरोज भट्टराई, सरोज अर्याल, सुगम पोखरेल, नीरा रानाभाट, शारदा रिजाल र रोशना सुब्बाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। ——-

For full, click here.

ओल्गा मुर्रे सानो छँदा

सबैकी छुल्याहा

ओल्गा मुर्रे नेपाली बालबालिकालाई माया गर्ने अमेरिकी हुनुहुन्छ । उहाँलाई ‘ओल्गा दिदी’, ‘ओल्गा ममी’ भनेर चिनिन्छ । उहाँले ‘नेपाल युथ अपर्च्युनिटी फाउन्डेसन’को स्थापना गर्नुभएको छ । उहाँ संस्थाको अध्यक्ष हुनुहुन्छ । फाउन्डेसनले बालबालिका र युवाका लागि काम गर्दै आएको छ । ओल्गा सन् १९२५ जुन १ मा रोमानियाको ट्रान्सिलभानियामा जन्मनुभएको हो । ओल्गाका पिताको नाम जोसेफ र माता माटिल्डा हो । उहाँले कोलम्बिया विश्वविद्यालय (सन् १९४९) मा राजनीतिकशास्त्र पढ्नु भयो । जर्ज वासिंगटन विश्वविद्यालयको ल स्कुल (सन् १९५४) बाट कानुनमा स्नातक (बिएल) गर्नुभयो । उक्त स्कुल पढ्ने थोरै छात्रा थिए । त्यसबेला महिलालाई वकिल हुन गाह्रो थियो । उहाँ क्यालिफोर्निया राज्यको सर्वोच्च अदालत पुग्नुभयो । उहाँलाई प्रधानन्यायाधीश फिल गिब्सनले अनुसन्धान गर्ने वकिलको काम दिनुभयो । उहाँले मानवअधिकार, महिलाअधिकार र वातावरण संरक्षणबारे महत्वपूर्ण फैसलामा सहयोग गर्नुभयो । उहाँ सन् १९८४ मा पहिलोपटक नेपाल जानुभयो । पोखराबाट घुम्दै सिकलेसको पुग्नुभयो । सन् १९८५ र १९८७ मा फेरि नेपाल जानुभयो । बालबालिकाको अवस्था नराम्रो देख्नुभयो । सन् १९९० मा उहाँले फाउन्डेसनको स्थापना गर्नुभयो । अहिले उक्त फाउन्डेसनलाई ‘नेपाल युथ फाउन्डेसन’ मात्र भनिन्छ । ३७ वर्ष अदालतको सेवा गर्नुभयो । उमेर पुगेर सन् १९९२ मा काम छाड्नुभयो । उहाँले पश्चिम नेपालका कमलरी मुक्तिका लागि काम गर्नुभएको छ । ओल्गाले सन् २००१ पछि धेरै सम्मान पाउनुभएको छ । धेरै देश घुम्नुभएको छ । ओल्गा ६/६ महिना नेपाल र अमेरिका बस्नुहुन्छ । यसपटक ओल्गाका बाल्यसम्झना :

कुलचन्द्र गौतम सानो छँदा

हँसिला बालकवि

कुलचन्द्र गौतम विश्वभरका बालबालिकाको हितमा काम गर्ने नेपाली हुनुहुन्छ । उहाँले लामो समय संयुक्त राष्ट्रसंघमा काम गर्नुभएको छ । राष्ट्रसंघमा सबैभन्दा माथिल्लो ओहदामा पुग्ने उहाँ एक नेपाली पनि हुनुहुन्छ । उहाँको जन्म गुल्मी जिल्लाको अमरपुर गाउँमा २००६ साल मंसिर ६ गते (सन् १९४९) भएको हो । उहाँका पिताको नाम ओमप्रसाद र माताको नाम हिमा गौतम हो । उहाँ पहिलो सन्तान हो । उहाँहरू ३ भाइ र ४ बहिनी जन्मनु भएको हो । स्कुलको पढाई सकेपछि सिधा सम्पर्कबाट अमेरिका पढ्न जान खोज्दा उहाँले पासपोर्ट पाउनु भएन । एक वर्ष काठमाडौं बस्नुपर्‍यो । त्यो बेला उहाँले काठमाडौंको त्रिचन्द्र कलेजमा पनि पढ्नुभयो । पढाई खर्च जुटाउन अमेरिकी सहयोग नियोग (युएसएआइडी) का विभिन्न सामग्री अनुवाद गर्नुभयो । एक वर्षपछि सहसचिव दीर्घराज कोइरालाको मद्दतले उहाँ अमेरिका आउन पाउनु भयो । सन् १९६८ सेप्टेम्बरमा अमेरिकाको न्यू ह्याम्सर राज्यको डार्मोथ कलेजमा आएर पढ्नुभयो । त्यहाँ पढ्न आइपुग्ने उहाँ पहिलो नेपाली विद्यार्थी हुनुहुन्थ्यो । प्रिन्स्टन र हार्भर्ड युनिभर्सिटीमा पढ्नुभयो । भियतनाम युद्धप्रतिको चासो र त्यसपछि युद्धविरामका लागि भएको पेरिस सम्झौताले उहाँलाई राष्ट्रसंघप्रति आकषिर्त गर्‍यो । उहाँले सन् १९७३ मा राष्ट्रसंघमा प्रवेश गर्नुभयो । संघमा उहाँलाई राष्ट्रसंघीय बालकोष (युनिसेफ) मा खटाइयो । भियतनाम जानुभयो । त्यसपछि संघका लागि निरन्तर काम गर्नुभयो । गौतमले कम्बोडिया, हैटी, ल्याटीन अमेरिकी तथा क्यारिबियन देशहरू, लाओस, भारत आदिमा पुगेर काम गर्नुभयो । बालकोषका कार्यकारी निर्देशक हुनुभयो । सन् २००७ डिसेम्बरमा संघबाट सेवानिवृत्त हुनुभयो । उहाँ अहिले धेरै सामाजिक संस्थामा रहेर काम गर्नुहुन्छ । विश्वका धेरै देश पुगेका गौतमले विश्व चर्चित सम्मान पाउनुभएको छ । उहाँ २०६७ साउनदेखि प्रधानमन्त्रीका सल्लाहकार हुनुहुन्छ । राष्ट्रसंघ महासभा अध्यक्षमा उहाँलाई नेपालले उम्मेद्वार बनाएको छ । यसपटक गौतम सानो छँदाका केही सम्झना :

डगलस हल सानो छँदा

लाजले भुतुक्क

डगलस हल (डग हल) नेपाल र नेपालीलाई माया गर्ने अमेरिकी हुनुहुन्छ । उहाँले सन् १९६८-१९६९ मा नेपालमा विज्ञान र अंग्रेजी पढाउनुभएको थियो । उहाँ दरबार हाइस्कुल र आनन्दकुटीमा शिक्षक हुनुहुन्थ्यो। अमेरिकी स्वयंसेवी संस्था ‘पिस कोर्प’ (पिसकोर) अन्तर्गत उहाँ नेपाल पुग्नुभएको थियो। अनि उहाँलाई अमेरिकी सहयोग नियोग ‘युएसएआइडी’ मा सल्लाहकार बनाइयो । उहाँले विज्ञान कसरी पढाउनुपर्छ भन्ने सिकाउनुभयो । युनिसेफ (संयुक्त राष्ट्रसंघीय बालकोष) का धेरै थरि काम गर्नुभयो । नेपालमा ‘न्यू एरा’ नामक संस्था छ । उक्त संस्था स्थापना गर्ने धेरै जनामध्ये उहाँ एक हुनुहुन्छ । हल सन् १९८६ देखि सन् १९९४ सम्म न्यू ह्याम्सर राज्यको प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । त्यसपछि राज्यको आर्थिक समितिमा ६ वर्ष रहनुभयो । सन् १९९६ मा नेपालको बजेट बनाउने सहयोगी-विज्ञका रूपमा तीन साताका लागि उहाँ नेपाल जानुभयो । पाँच वर्ष नेपाल बसेर अमेरिका फर्केपछि न्यू ह्याम्सर राज्यमा ३० वर्ष काम गर्नुभयो । ‘न्यू ह्याम्सर सेन्टर फर पब्लिक स्टडिज’ संस्थामा कार्यकारी निर्देशक भएर काम गर्नुभयो । ४ वर्षअघि हल सेवानिवृत्त हुनुभयो । फुर्सदमा अहिले उहाँ अमेरिका आएका नेपाली मुलका भुटानीलाई सहायता गर्दै हुनुहुन्छ । अंग्रेजी बोल्न नजान्नेका लागि ‘नेपाली-अंग्रेजी-नेपाली डिक्सनरी प्रोजेक्ट’ चलाउनु भएको छ । नेपाली मुलका भुटानीका लागि हल अभिभावक जस्तो हुनुभएको छ । उहाँ अलिअलि नेपाली बोल्नुहुन्छ र धेरै बुझ्नुहुन्छ । उहाँलाई नेपाली गीतसंगीत मनपर्छ । खाना र चलन पनि मनपर्छ । हलको जन्म सन् १९४३ मे ११ मा भएको हो । उहाँले लोअर मेरिअन हाइस्कुल पढ्नु भयो । स्टानफोर्ड विश्वविद्यालयबाट इलेक्ट्रीकल इन्जिनियरिङ सकेपछि उहाँ नेपाल जानुभएको हो । यसपाली हलका बाल्यसम्झना :