बेखबर फिरन्ते केटी*

रसुवाका गाउँठाउँमा उनका तस्विर अझै भेटिन्छन् । कुनै खुइलिएका त कुनै सद्दे । ठमेलका होटल र खाजाघरहरुमा पनि । जनसम्पर्क हुने राजधानीको अमेरिकी दूतावासका ठाउँठाउँमा उनको तस्बिर राखिएको छ र उनी हराएको बताइएको छ ।
उनी अर्थात् अब्रे स्याक्को हराएको ठ्याक्कै एक वर्ष भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले उनी अझै फेला नपरेको सूचना जारी गरेको छ । दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी महिला अब्रे स्याक्को नेपालमा लाङटाङ र क्यान्जिन गोम्पातर्फको पदयात्रा गर्ने क्रममा हराएको एक वर्ष पूरा भएको छ । उक्त क्षेत्रहरुमा गरिएको विस्तृत खोजीपश्चात् पनि उहाँको सम्बन्धमा कुनै जानकारी वा प्रमाण फेला पर्न सकेको छैन ।’
स्याक्को परिवार र काठमाडौंस्थित अमेरिकी दूतावासले अब्रेको सम्बन्धमा जानकारी प्राप्त गर्न धेरै प्रयास गरे । उनलाई २०६७ वैशाख ९ लामा होटल नाम गरेको एउटा सानो गाउँ छोड्दै गर्दा अन्तिम पटक देखिएको थियो ।
उनी नेपाल पर्यटन बोर्डबाट १०३३९२ नम्बरको टिम्स कार्ड लिएर काठमाडौंबाट स्याब्रुबेसी हुँदै लाङटाङतर्फ लागेकी हुन् । लाङटाङको ७-८ दिनको पदयात्रा सुरु गरिन् । उनले अप्रिल ३० देखि मे १ बीचमा काठमाडौं फर्कनु पर्ने थियो । तर उनी हराइन । स्याब्रुबेंसीभन्दा केही पर लाङटाङ राष्ट्रिय निकुञ्जस्थित घोडा तबेलामा उनी पुगेको बताइन्छ ।

आकाशैमा चील उड्यो…

राजेश कोइराला
अमेरिका, वैशाख १५ – ‘यी दुवै तामाङ सेलो । एउटाको लयमा बजाउन जान्यौं भने अर्कोमा पनि जान्दछौं,’ शरद आफ्ना चेलालाई गितार र किबोर्डमा नेपाली संगीत सिकाउँदै थिए, ‘आकाशैमा चील उड्यो…’, ‘धर्तीमा छाया…’ बजाऊ वा ‘असारै महिनामा…।’
प्रविधिको दुनियाँमा उनी अर्को उपाय सुझाउँछन्, ‘यो गीत युट्युबमा हेर । अनि हेर्दै बजाऊ ।’ कक्षामा सहयोग गरिरहेका रिकी गुरुङ आइपोड झिक्छन् र युट्युब खोल्छन् । अनि बजाउँछन्, ‘आकाशैमा चील उड्यो..।’ शनिबारे संगीत-कक्षामा शरद गितार, किबोर्ड र मादल सिकाइरहेका थिए । Read More »

सम्झना त्यो ४२ वर्षको*

पिसकोर यहीँ घूसखोर यहीँ
नव-जोर यहीँ दिलचोर यहीँ
जति छन सब धनवानसरी
अलकापुरी कान्तिपुरी नगरी
यो हाँस्यव्यङ्गकार भैरव अर्यालले ‘अलकापुरी कान्तिपुरी नगरी’ निबन्धमा लेखेको तत्कालिन नेपाली परिवेशको गाथा हो ।
0 तेह्रथुमको आठराई, छातेढुङ्गास्थित पोखरी उच्च माध्यमिक विद्यालयले आफ्ना पूर्वशिक्षकको सूचीमा जेम्स जि. मुर्थाको नाम राखेको छ । उनी अमेरिकी हुन् र पिसकोर स्वयंसेवकका रुपमा काम गरेको इतिहास विद्यालयसँग छ ।
0 चित्रकारितामा चिनिएका ‘पाल्पाली भाइ’ पिसकोर स्वयंसेवकका आडम स्वार्टसँग कलाकारिता सिकेको बताउँछन् ।
0 संयुक्त राष्ट्रसंघीय बालकोषका कार्यकारी निर्देशक कुलचन्द्र गौतमले आफूले जीवनमा हासिल गरेको उपलब्धीमा पिसकोर स्वयंसेवकहरु केन मार्टिन र बिल क्लेटनको ठूलो भूमिका रहेको बताउनुभएको छ ।
0 गीतकार/गजलकार प्रकट पगेनीको टाइटल प्रकट पिसकोर स्वयंसेविकाले राखिदिनु भएको हो ।
0 डायना अपेडलद्वारा संकलित तथा लिखित ‘कुकिङ इन नेपाल’ नामक पुस्तक पिसकोरले प्रकाशन गरेको थियो । यो सन् १९६७ तिरको कुरा हो । यो पुस्तक नेपाली परिकारबारे हो ।
0 धुलिखेल नगरपालिकाका पूर्वप्रमुख (मेयर) बेलप्रसाद श्रेष्ठले आफ्नो संस्मरणमा भनेका छन्, ‘अमेरिकी स्वयंसेवी संस्था पिसकोरका स्वयंसेवकहरूलाई पढाउन डेभिस युनिभर्सिटी अफ क्यालिफोर्निया, अमेरिका पुगेको थिएँ । सिभिल वर्क र अन्तरसंस्कृतिबारे पढाउन १ वर्ष अमेरिकामा रहँदा त्यहाँको विकासबाट प्रभावित भएँ ।’
0 आतंकवादी समूहको अपहरणमा परी ०६१ भदौ १५ गते इराकमा १२ नेपाली मारिए । उनीहरुका पक्षमा मुद्दा लडिदिने अमेरिकी वकिल म्याट हेडलीले सन् १९९७ देखि २ वर्षसम्म सुदूरपश्चिमको कञ्चनपुरमा पिसकोर स्वयंसेवक भएर काम गरेका थिए ।
0 सन् २००८ फेब्रुअरीमा अमेरिकाको ग्रेटर वासिंगटनमा आयोजित ल्होसारमा अमेरिकी नागरिक डन ग्याम्बलले ‘नारायण हरि-हरि’ बोलको भजन गाए । दर्शक चकित परे । कुनै बेला ग्याबल पिसकोरका लागि पूर्वी नेपालमा दुई वर्ष काम गरेका थिए ।
0 एउटा अखिलित इतिहास भन्छ- पश्चिमेली नागरिकमा जनकपुरमा सन् १९६४ तिर आउने अमेरिकी पिसकोर स्वयंसेवक अर्नल्ड दम्पती पहिला हुन् । त्यसभन्दा पहिला पश्चिमी मुलुकका कोहि पुगेको थिएन ।

एउटा अनौठो जन्मदिन

उनी १४ वर्षकी । तर उनको जन्मदिनमा १३ वटा मात्र मैनबत्ती बालिए । बेलुन थियो । गुलाफि रंगको केक र सबैका आँखामा आँसु ।
गत आइतबार उनका सबै नातेदार उनको समाधीस्थलमा भेला भएका थिए । हो, उनी आफैं भने थिइनन् । उनी अर्थात् टेक्सास राज्यको ह्युस्टनकी एभिअन्का कोर्टेज ।
उनी भएकी भए त हामी उनको जन्मदिन घरमा मनाउँथ्यौं – दिदी ब्रिटानी हचिन्सनले भनिन् । एभिअन्काकी आमाले भनिन् – हामीलाई दिनहुँ हुने पिडाको के कुरा रु यस्तो दुर्घटना भइ गो र त्यसको घाउ आलै छ । Read More »

न्यूयोर्ककी नर्वदा र नेपालीलाई अधिकार

एउटी महिला आएर ढोकैमा रून थालिन्। निकै अप्ठ्यारो परेको रहेछ। उनको दुःख सुन्दा जोकोही रूने खालको थियो। मैले हामीले के गर्न सक्छौं, त्यो बताएँ। उनको जाने ठाउँ थिएन। आफैंले आफ्नो अपार्टमेन्टमा लगें। काम खोजेर लगाइदिएँ।
क्यान्सर पीडित एक महिलालाई उपचारमा सहयोग पुर्‍यायौं। अस्पतालमा राख्न मद्दत गर्‍यौं। एक महिनाको घरभाडा पनि दियौं।
दार्जीलिङ, सुकुनाकी शान्ति गुरूङलाई यातना दिएविरूद्ध न्यूयोर्कर्स्थित भारतीय नियोगमा कार्यरत तत्कालीन प्रेस, संस्कृति, सूचना एवं सामुदायिक मामिलासम्बन्धी कन्सुलर निना मल्होत्रा तथा उनका श्रीमान् इन्जिनियर जोगेश मलहोत्राविरूद्ध मुद्दा हाल्न अघि सर्‍यौं।
घरेलु कामदारको हक-अधिकारसम्बन्धी कानुन लागू गर्न न्यूयोर्कको अभियानमा सक्रिय संघसस्थाहरूमध्ये ‘अधिकार’ एक प्रमुख हो। धेरैको सल्लाह र दबाबमा केही समयअघि न्यूयोर्क राज्य घरेलु कामदार हक-अधिकारसम्बन्धी कानुन पास भएको थियो जसबाट नेपालीहरू पनि लाभान्वित भएका छन्।
विश्वको आर्थिक संकटका कारण डेट्रोयटमा कम आय भएका नेपालीले यसपटक निकै दुःख झेले। यो समस्याले न्यूयोर्कमा नेपालीका लागि लडिरहेको संस्था ‘अधिकार’ लाई निकै पिरोल्यो। अधिकार सक्रिय भयो। सहकर्मीहरूको सहयोगमा त्यहाँ पुगिन्-अधिकारकी नर्वदा क्षेत्री। Read More »