गत जुलाई २३ मा ‘बोस्टन ग्लोब’ दैनिकले आफ्नो सम्पादकीय र विज्ञापन शाखाका केही कर्मचारीलाई बिदा दियो । बिदा दिन सकिनेको संख्या पनि उल्लेख गर्दै उसले भन्यो, ‘न्यु इंगल्याण्डबाट निस्कने दैनिक पत्रिकामा अझै हाम्रो न्युज रूम सबभन्दा ठूलो छ । हाम्रो हौसला उस्तै छ ।’ प्रकाशक क्रिस्टोफर मायरले बिदा दिएका कर्मचारीलाई मीठो भाषामा पत्र लेख्दै आफ्नो कार्यटोलीमा कटौती गरेको बताएका छन् ।

अमेरिका – अंग्रेजीमा एउटा वाक्यांश छ, ‘पिस इन्टु पिसेज’ (शान्तिका टुक्रा-टुक्रा) । अहिले नेपालको शान्ति प्रक्रियामा यहि वाक्यांश लागू हुने देखिन्छ । सन्दर्भ : नेपालबाट अनमिनको बिदाई ।
नेपाल र राष्ट्रसंघको सम्बन्ध सामान्य गतिमा गइरहेको भान हुँदैन । विश्व विभिन्न मुलुकको शान्ति निम्ति सहयोगी बनेको नेपाल आफ्नै शान्ति निम्ति भने काँचो देखिएको छ । पानी बाँढ्ने मुखिया तिर्खाले प्याक प्याक भएका छन् भने हुन्छ ।
Read More »
अमेरिका- वर्षमा एकपल्ट गोठधुप गर्ने चलन पूर्वी नेपालमा अझै छ । गोठधुपमा एकै गोत्रका मानिस भेला हुन्छन्, सामान्यतः पुरुष मात्र । गोठमा हुने उत्पादन मूलतः दूधमा आधारित पूजा हो यो । यी पूर्वीया किसानको यो चलन तीनकै घरपालुवा गाई, भैसीको रक्षार्थ हो भन्ने मैले बुझेको छु । यो पूजामा बलि दिंइदैन । कोइरालाकै गोठधूपको कुरा गर्दा हाम्रो (कोइराला) गोत्र ‘मौद् गल्य’ सँग मिल्ने कार्की, तिमल्सिना (तिम्सिना) का प्रतिनिधि पनि आउँछन्, त्यो पनि समय र सञ्चारले भ्याउँदा । खेतीपातीको फुर्सद निकालेर गरिन्छ, यो पूजापाठ हो । खिर, सेलरोटी जस्ता परिकार बनाउने, पूजा गर्ने, चढाउने अनि प्रसाद बाँढ्ने र खाने । पूजामा उपस्थित व्यक्तिले केही प्रसाद आफ्ना परिवारका सदस्य निम्ति बोकेर घर लैजाने गर्छन् । यसरी यो गोठाले संस्कृतिमा पनि यस्तो समाजिकरणले ठूलो योगदान दिएको छ । जानेका बुझेकाले रिठ्ठो नबिराइ गरेका छन् त भन्न मिल्दैन तर धानेका छन् । Read More »