पत्रिकालाई ऐंठन

गत जुलाई २३ मा ‘बोस्टन ग्लोब’ दैनिकले आफ्नो सम्पादकीय र विज्ञापन शाखाका केही कर्मचारीलाई बिदा दियो । बिदा दिन सकिनेको संख्या पनि उल्लेख गर्दै उसले भन्यो, ‘न्यु इंगल्याण्डबाट निस्कने दैनिक पत्रिकामा अझै हाम्रो न्युज रूम सबभन्दा ठूलो छ । हाम्रो हौसला उस्तै छ ।’ प्रकाशक क्रिस्टोफर मायरले बिदा दिएका कर्मचारीलाई मीठो भाषामा पत्र लेख्दै आफ्नो कार्यटोलीमा कटौती गरेको बताएका छन् ।
अमेरिकाको उत्तरपूर्वमा पर्ने छ राज्यहरू : ‘मेन’, ‘न्यु ह्याम्सर’, ‘भर्मन्ट’, ‘म्यासाचुसेट्स’, ‘रोड आइल्यान्ड’ र ‘कनेटीकट’ लाई सामूहिक रूपमा ‘न्यु इंगल्याण्ड’ भनिन्छ । ‘बोस्टन ग्लोब’का कुल कर्मचारी संख्या अझै १ हजार आठ सय ८१ छन् । ‘बोस्टन ग्लोब’ न्युयोर्क टाइम्सको सम्पत्ति हो । टाइम्सले यो पत्रिकालाई सन् १९९३ मा किनेको थियो ।
आफू बसेनजिक भएकाले यसको गतिविधि मैले नियालेको छु । विकसित देशहरूमा पत्रपत्रिकाको बिक्री घट्ने समस्याले यसलाई पनि पिरोलेको छ । यही समस्याले गर्दा ‘बोस्टन ग्लोब’ले गत सेप्टेम्बरदेखि आफ्ना अनलाइन पाठकलाई शुल्क लगायो । ‘बोस्टन ग्लोब’ अमेरिकाभर बिक्री हुने पत्रिकाको सूचीमा २५ औं छ । यसको दैनिक बिक्री करिब २ लाख २० हजार छ भने आइतबार करिब ३ लाख ५७ हजार छ । Read More »

कसका सिद्धान्त ठ्याक्कै मेल खालान् र ?

अमेरिका – दुई वर्ष र सात महिना बितेको छ, मुलुक गणतन्त्र बनेको । साता, दिन, घन्टा, मिनेट, सेकेन्डमा हिसाब गर्दा भयंकर देखिएला । के भन्ने ? यो समय मुलुकले बेकारमा बिताएको छ ? केही नगरी पनि बित्छ, समय ।
मुलुकका समस्या ज्यूँकात्युँ छन् । भएन भनौं भने केही भएको पनि छ । भएका कामलाई बेकाम भन्न मिल्दैन र यी कामसँगै उब्जेका अन्य समस्यामा आँखा चिम्लन पनि पटक्कै मिल्दैन । यसो भनेर हामी ढुक्क हुने अवस्था छैन । यस्तो संवेदनशिल समयमा अरु राष्ट्रले के गरे ? त्यो हेरे हुन्छ । इतिहास साक्षी छ । आखिर हामीले मात्र बिताएका छैनौ, समय । हामीले चाहेको संविधान बनेको छैन । मुख्य आशय यहि हो ।

हे बिडम्बना ! आफ्नो शान्ति बेबारिसे

अमेरिका – अंग्रेजीमा एउटा वाक्यांश छ, ‘पिस इन्टु पिसेज’ (शान्तिका टुक्रा-टुक्रा) । अहिले नेपालको शान्ति प्रक्रियामा यहि वाक्यांश लागू हुने देखिन्छ । सन्दर्भ : नेपालबाट अनमिनको बिदाई ।
नेपाल र राष्ट्रसंघको सम्बन्ध सामान्य गतिमा गइरहेको भान हुँदैन । विश्व विभिन्न मुलुकको शान्ति निम्ति सहयोगी बनेको नेपाल आफ्नै शान्ति निम्ति भने काँचो देखिएको छ । पानी बाँढ्ने मुखिया तिर्खाले प्याक प्याक भएका छन् भने हुन्छ ।
Read More »

अमेरिकामा नेपाली ए कता ? रुवाजस्तो

अमेरिका- वर्षमा एकपल्ट गोठधुप गर्ने चलन पूर्वी नेपालमा अझै छ । गोठधुपमा एकै गोत्रका मानिस भेला हुन्छन्, सामान्यतः पुरुष मात्र । गोठमा हुने उत्पादन मूलतः दूधमा आधारित पूजा हो यो । यी पूर्वीया किसानको यो चलन तीनकै घरपालुवा गाई, भैसीको रक्षार्थ हो भन्ने मैले बुझेको छु । यो पूजामा बलि दिंइदैन । कोइरालाकै गोठधूपको कुरा गर्दा हाम्रो (कोइराला) गोत्र ‘मौद् गल्य’ सँग मिल्ने कार्की, तिमल्सिना (तिम्सिना) का प्रतिनिधि पनि आउँछन्, त्यो पनि समय र सञ्चारले भ्याउँदा । खेतीपातीको फुर्सद निकालेर गरिन्छ, यो पूजापाठ हो । खिर, सेलरोटी जस्ता परिकार बनाउने, पूजा गर्ने, चढाउने अनि प्रसाद बाँढ्ने र खाने । पूजामा उपस्थित व्यक्तिले केही प्रसाद आफ्ना परिवारका सदस्य निम्ति बोकेर घर लैजाने गर्छन् । यसरी यो गोठाले संस्कृतिमा पनि यस्तो समाजिकरणले ठूलो योगदान दिएको छ । जानेका बुझेकाले रिठ्ठो नबिराइ गरेका छन् त भन्न मिल्दैन तर धानेका छन् । Read More »