भूटानी पुनर्स्थापनाको संख्यामा आइओएम कहाँनेर चिप्लियो ?

IOM_100000-resettlement-2015-Nov-20”नेपालबाट पुनर्स्थापनाका लागि तेस्रो मुलुक जाने भूटानीको संख्या ४ मंसीर, २०७२ मा एक लाख पुगेको छ ।” त्यो दिन एक लाखभन्दा बढिको पुनर्स्थापना भइसकेको देखिन्छ । यो अन्तर केलाउने कोशिस गर्दा अरू देशमा पुनर्स्थापितको संख्या के हेर्नु ? अमेरिकाले मात्र ८५ प्रतिशतभन्दा बढीलाई स्वीकारेको छ ।
प्रश्न उठ्छ, भूटानी पुनर्स्थापनाको संख्यामा आइओएम (International Organization for Migration; IOM) कहाँनेर चिप्लिएको हुनसक्छ ?
किनभने अमेरिकी विदेश मन्त्रालय (State Department) को तथ्याङ्कअनुसार ४ मंसीर, २०७२ (सन् २०१५ नोभेम्बर २०) केही दिनअघिकै कुरा गर्ने हो भने सन् २०१५ अक्टोबर अन्तिमसम्म अमेरिकामा ८५ हजार २८ जना पुनर्स्थापित भइसक्नुभएको छ । आइओएमको समाचार भन्छ, ”अमेरिकाले ८४ हजार ८ सय १९ स्वीकारेको छ ।”
अमेरिकी विदेश मन्त्रालय र आइओएमको अंकमा २ सय ९ को मात्र अन्तर छ । ल, भनौं आइओएमले सन् २०१५ अक्टोबर अन्तिमको तथ्याङ्क ल्याउन सकेन सन् २०१५ सेप्टेम्बर अन्तिमको ल्यायो भन्दा पनि अक्टोबरमा ४ सय ८१ जना पुनर्स्थापित हुनुभएको हो । अनि आर्थिक वर्ष २०१४/१५ को अन्त्यमा ८४ हजार ५ सय ४७ पुनर्स्थापित हुनुभएको हो । अमेरिकाको आर्थिक वर्ष अक्टोबर १ मा शुरु भएर अर्को वर्षको सेप्टेम्बर ३१ मा सकिन्छ ।
आइओएमको समाचार अगाडी भन्छ, ”अमेरिकाबाहेक क्यानाडामा ६ हजार ५००, अष्ट्रेलियामा ५ हजार ५ सय ५४, न्यूजिल्याण्डमा १ हजार २, डेनमार्कमा ८ सय ७४, नर्वेमा ५ सय ६६, संयुक्त अधिराज्य (बेलायत) मा ३ सय ५८ र नेदरल्याण्डमा ३ सय २७ पुनर्स्थापित हुनुभएको छ ।”IOM_100000-resettlement-2015-Nov-20a
यस हिसाबले आइओएमले ४ मंसीर, २०७२ (सन् २०१५ नोभेम्बर २०) का दिन भन्नुपर्दा पुनर्स्थापितको संख्या १ लाख २ सय ९ हुनुपर्थ्यो ।
अमेरिकामा आर्थिक वर्ष २०१४/१५ को संख्या  
आर्थिक वर्ष २०१४/१५ मा ५ हजार ७ सय ७५ भूटानी अमेरिका आउनुभयो । यस अवधिमा अगस्त २०१५ मा सबभन्दा बढी ९ सय २१ र कम्तिमा मे २०१५ मा शुन्य रहेको थियो । महिनापिच्छेको संख्याः
अक्टोबर २०१४ – ३७०
नोभेम्बर २०१४ – ५००
डिसेम्बर २०१४ – ४२९
जनवरी २०१५ – ३४२
फेब्रुअरी २०१५ – ४२७
मार्च २०१५ – ४५५
अप्रिल २०१५ – ३२६
मे २०१५ – ०
जून २०१५ – ६८९
जुलाई २०१५ – ७४९
अगस्त २०१५ – ९२१
सेप्टेम्बर २०१५ – ५६७
अमेरिकामा कुन वर्ष कति ?
भूटानीहरू सन् २००८ मार्चदेखि मानवीय सहायताका रूपमा उपलब्ध स्वेच्छिक पुनर्वास कार्यक्रमअन्तर्गत पश्चिमी देश पुनर्वास हुने क्रम शुरू भएको हो । सन् २००८ मा ५ हजार ३ सय २०, सन् २००९ मा १३ हजार ४ सय ३२, सन् २०१० मा १२ हजार ३ सय ६३, सन् २०११ मा १४ हजार ९ सय ९९, सन् २०१२ मा १५ हजार ७०, सन् २०१३ मा ९ हजार १ सय ३४, सन् २०१४ मा ८ हजार ४ सय ३४ र सन् २०१५ मा ५ हजार ७ सय ७५ भूटानी अमेरिकामा पुनर्स्थापित भइसक्नु भएको हो ।
शुरूका वर्षमा बढ्दो संख्या देखिए पनि सन् २०१४ पछि घट्दो देखिन्छ । पुनर्वास सन् २०१६ डिसेम्बरसम्म चल्नेछ ।
आखिर आइओएम कहाँ चुक्यो ?
यो कुनै गम्भीर त्रुटी होइन । कुरा बनाएर लेख्नै पर्ने विषय पनि होइन । झापाको बेलडाँगी– २ शरणार्थी शिविर सेक्टर– इ १ छाप्रो नम्बर– ८६ की देवीमाया थापा तेस्रो मुलुक पुनर्वासमा जाने एक लाखौं भनिएपछिको तथ्याङ्कमा आइओएम आँखा पुगेन । कार्यक्रमको तामझाममा लाग्यो । देवीमायालाई एक लाखौं भनेर सुगा रटाइ गरिरहँदा र उसको औपचारिकता निभाउने क्रममा दुरूस्त हुन नसकेको हुनुपर्छ,  आइओएमको तथ्याङ्क । आइओएम दुरूस्त नभए पनि तथ्याङ्क राख्न अमेरिकी विदेश मन्त्रालय पक्का दुरूस्त छ ।
सन्दर्भ-सामग्रीः
१. स्टेट डिपार्टमेन्ट
२. आइओएमको वेबसाइट
३. पावरप्वाइन्टमा एउटा प्रस्तुति

Comments posted (1)

When you comparing two statics from two different source and one comes out short means either one is wrong. it is possible that state might have wrong data, or they might haven’t record the latest who are in transit or just enter. Or IOM might included the processed.
Now question is How fair is to blame only One source when you comparing two different source with out having your own source?

Write a comment