अर्जुनप्रसाद मैनाली मच्छड हो कि जुका ?!

‘हजुर नमस्कार ! जन्मदिनको शुभकामना ! अर्को वर्षको जन्मदिन चाहिं रक्तदान गरेर मनाउनु पर्छ है, हजुर !’ यो शुभकामना उनकै फेसबुकका २ हजार १ सयभन्दा बढी साथीले पाउँछन् । दुईटा-दुईटा हजुर जोडेर, तीन वटा विस्मयादिबोधक चिन्ह राखेर हाम्रो रगत प्याकेटमा बन्द गरेर अर्कालाई दिन अनुरोध गर्ने मान्छे के साँच्चै मान्छे हो ? म त भन्छु, ‘होइन, यो वीरगञ्जतिर हुर्किएको मच्छड हुनुपर्छ ।’
यो मान्छे आफूले गर्न लागेको कामको अग्रिम जानकारी र गरेपछिको विवरण सबैलाई आफ्नो इमेलबाट ठेल्छ । लामो इमेल देखेर आफ्ना सयौं इमेल-साथीहरु झर्को पनि मान्दा हुन् । तै पनि इमेल पठाउन छाड्दैन । तपाईलाई लाग्दैन, ‘झुल टाँगेर सुतेपछि पनि जिद्दी गरेर भित्र छिर्न खोज्ने वीरगञ्जतिर हुर्किएको मच्छड हुनुपर्छ, अर्जुनप्रसाद मैनाली ।’
अर्जुनप्रसाद मैनाली अमेरिकाको न्युयोर्कको हिक्सभिल्लमा बस्छ । एउटा छुसी नेपाली रगत दिन्छ । दिन्छ । अरुलाई दिनुपर्छ भनेर भन्छ । त्यो पनि निकै प्यारो पारामा । यो सूचना-प्रविधिको जमानामा रगत दिनुपर्छ भन्ने सन्देश उ अमेरिकामा मात्र हैन, संसारभरका नेपालीलाई पु-याउँछ । जबर्जस्ती पु-याउँछ । के तपाईलाई उसको जिद्दी देखेर लाग्दैन, ‘वीरगञ्जतिर हुर्किएको मच्छड हुनुपर्छ, अर्जुनप्रसाद मैनाली ।’
मलाई पनि त्यस्तै —— । पक्कै यो जन्ममा नभए पनि अघिल्लो जन्ममा मच्छड नै थियो होला । मच्छड नभए अघिल्लो जन्ममा जुको हुनुपर्छ, यो मान्छे । हो, मलाई यस्तै लाग्थ्यो, ‘वीरगञ्जतिर हुर्किएको मच्छड हुनुपर्छ, अर्जुनप्रसाद मैनाली । नभए, आहालमा हुर्किएको जुको ।’
वास्तविकता तपाईले पनि जानेको हुनुपर्छ । मैनाली आफैंले २४ वर्षमा ९९ पटक रक्तदान गरेका छन् । सन् २०११ जुन २० मा जन्मदिन मनाउने तयारीमा रहेका मैनाली १०० औं पटक रक्तदान गर्दैछन् । रगत दिएर परिचय बनाएका मैनालीले न्युयोर्क राज्य एसेम्बलीबाट ‘हाम्रो मानिस’ उपनाममा सम्मान पाएका छन् । उनलाई न्युयोर्कमा रक्तदानमार्फत सेवा पु‍र्‍याएकोमा उक्त सम्मान गरिएको हो। उक्त एसेम्बली, न्युयोर्क राज्यका एक सय ५० विधायकको तल्लो सभा हो । उनका सम्मानका कुरा गरेर साध्य छ र !? छैन, हजुर । छैन । यो व्यङ्ग्य, उनकै पारामा ।
न्युयोर्कमा क्रियाशील ‘ब्लड डोनर्स एसोसिएन’का अध्यक्ष मैनाली आधा दशकदेखि न्युयोर्क र अन्य राज्यमा बसोबास गर्दै आएका नेपालीको सेवामा सक्रिय छन् । रगतसँगको यो नाता देख्दा पक्कै लाग्छ, ‘केहि त पक्कै गडबड छ ।’
मैनालीले पहिलोपटक सन् १९८७ अगस्त २० मा रक्तदान गरे । त्यसपछि वर्षको ३ देखि ६ पटकसम्म रगत दिन्छन्, मैनाली । रक्तदानबारे एउटा ४८ पृष्ठको किताब लेखेर बाँढेका छन् । साइकलयात्रा, सभा-गोष्ठिमा रक्तदानबारे प्रवचन दिएका छन् । यो मान्छे रक्तदान मात्रै गर्दैन । नेपालका विभिन्न स्कुल, संघसंस्था, सरकार आदिलाई व्यक्तिगत रुपमा वर्षेनि नगद प्रदान सहयोग गर्छ । त्यहि भएर त लाग्छ, ‘कति हौसेका हुन्, यी मैनाली ?’
यी हौसिएका मैनाली मेरा लागि पनि आकर्षणको विषय बने । अमेरिकामा नेपालीभाषीका लागि एउटा न्यूजलेटर ‘अक्षरिका’ निकाल्न थाल्दा मैले पनि मैनालीबारे बुझ्ने कोशिश गरे । एउटा सानो स्तम्भ तयार पारें । उनका बारेमा जान्न फोन गरेको थिएँ । इमेल लेखेको थिएँ । उनको व्यक्तिगत वेबसाइट चहारेको थिएँ । ‘अक्षरिका’ एक वर्षको हुन लाग्दा मैनाली १०० औं पटक रक्तदान गर्दैछन् ।
उनका कुरा सहि लाग्दै गए । रगत चाहिन्छ भन्ने त तपाईंले पनि बुझ्नु भएको छ । किनभने संसारका सबै देशमा रगतको आवश्यकता परिरहन्छ । अमेरिकामा पनि खाँचो हुन्छ, रगतको । प्रत्येक २ सेकेण्डमा एक अमेरिकीलाई रगत खाँचो भइरहेको हुन्छ । अस्पताल छिर्ने सातमध्ये एक बिरामीलाई रगत चाहिन्छ । अमेरिकामा प्रत्येक दिन ४० हजार युनिट रगत आवश्यक हुन्छ । अमेरिकामा ३८ प्रतिशत मानिस रगत दिन योग्य छन् । तर १० प्रतिशतभन्दा कम जनसंख्याले मात्र रक्तदान गर्छन् । यहाँ पनि धेरैलाई झक्झकाउनु छ, ‘ए, रक्तदान गर्नुपर्छ भनेर ।’
हो, उनका कुरा १०० प्रतिशत सहि रहेछन् । यो जरुरी रहेछ । नितान्त आवश्यक । उनको यो एकोहोरो रटान १०० औं पटकको रक्तदान भनेजस्तो १०० प्रतिशत शुध्द छ । मनमा कुनै कपट छैन । उनलाई यीनै सत्प्रयासले यो उचाईमा पु-याएको छ ।
हो, मलाई यतिबेला लाग्छ, मैनाली मच्छड होइनन् । उनी कुनै जुका होइनन् । सानो कामबाट उज्यालो छर्ने नेपाली-अमेरिकी हुन् । म तपाईंको हौसला देखेर नतमस्तक छु । त्यसैले मात्र दुई वाक्य भन्न मन छ :
‘हजुर हामीले जन्मदिन चाहिं रक्तदान गरेर मनाउनु पर्छ ।’
‘मैनाली जी, जन्मदिनको हार्दिक मंगलमय शुभकामना !!’

Comments posted (8)

राजेश दाई म (तारा) पनि कोइरालाको छोरी हो नी/ मैले अर्जुन मैनाली लाई २०४६ साल देखि देख्दा संधै रक्तदान कार्यक्रममा दौडी रहेको देख्थे/ त्यति खेर म स्कुल पढ्थे/ उहाले रक्तदानको बारेमा प्रचार गरेको देखेर म पनि मख्ख परेर त्यति खेर रक्तदान गरेको थिय/ उहाका यस्तै सामाजिक कार्यले गर्दा मैले उहालाई सदाको लागि २०५४ साल देखि जीवन साथि बनाए/

I was confused reading Rajesh Koirala’s opinion at begining but, when I read complete comments then I found his comments was positive. May be this way he pulls more attention but I am not together the way opinion begins. May be that opinion is Koirala’s personal thoughts when he did not knew what is blood donation yet this is not such good way to comments because no one have such long time to read whole opinion if opinion is long.
I salute to Mr. Mainali. I also know Premsagar in Nepal and very closed with him he did his 124th blood donation few two months ago and he also completely devoted on this field. We must respect such people as without them we cannot live long, one day we need blood too. Thank you so much Mainaliji, you are a hero of this world.

अर्जुनदाई अनि तारा भाउजु साथमा राजेसदाई नमस्ते !

अर्जुनदाई जो एउटा बिसुद्द मानबीय सेवा “रक्तदान” जसलाई वहाँ आफ्नो धर्म बनाएर दौडिरहनु भएको छ पक्कै बित्नाबाधाहरु मुक्त रहनु भएन होला र पनि वहाँ निरन्तर लागि पर्नु भएको छ आफ्नो कर्म (जो समाजको स्वार्थ) मा निहित्त | राजेसदाईले ठिकै भन्नु भएको हो निरन्तर ठेलीका ठेली ईमेल ठेलिनेमा पर्छु म पनि | तर पनि मलाई खुशी लाग्छ लामखुट्टे बिरगंजमा हुर्केको होस् वा जुका गोधवारिमा तन्केको मचाई त्यो जुकाको थुतुनोमा न खरानी हाल्ने सोच्छु न गुडनाइटको आडभान्स पावर स्प्रे छर्केर मलेरियावालालाई उडाइदिने | राजेसदाई संगै म वहाँलाई अर्को पर्यायबाची शब्दले संबोधन गर्छु निरन्तर फुलको रस चुसेर मह बनाउन तल्लिन भुन्भुनेसंग | “उद्देस्से जे लिनु निरन्तर लेलिनु ”
जन्मदिनको शुभकामना हजुर रक्तदान गरेर मनाउदै हुनुहुन्छ हैन ! दुइवटै बुढीऔला सगरमाथा झैँ ठडडीएका छन् !

maile j jati arjun sir sir ko barema subeko chhu ma 1 damai khusi chhu ki uha jasto sathi ma sanga hunuhunchha malai ta lagchha ki uha juko pani hoina ra machhar pani hoina kina ki uha dinu hunchha linu hudaina

malai yo lekha ati man paryo. ma abhagi rahechu kinvane ma afule 26 barsako umerbat balla raktadan gare,tyo bela bhanda agadi malai raktadanko barema jankari vayen.aajsamma maile 34 patak raktadan gare,malai ahilepani tyo mero 32 patak dinsakne jun maile din payen …..tar kehi chhaina ma pani 100 patak raktadan nagardasamma thaknechhaina.thanks arjundai tapai nepalko lagi blood donorsko rolemodel hunuhunchha.

राम्रो काम को वरिपरी राम्रो मान्छे घुम्छन, congratulation for upcoming 100 th blood donation day and happy b’day. :) Great great job.

– follower, 11 times.

Many thanks Rajesh jee for posting the article on Arjun Prasad Mainali’s ongoing commitment to the service of humanity. Mainali jee is a true inspiration to others but I struggled understanding the aim of this circulation. If we think a deed is praiseworthy and meritorious, we better act on it as Tara did. Well, my point is that Rajesh jee, you would have celebrated your b/d with a donation. I am sure it’s your humility but you may be behind Mr Mainali.

Finally a very happy birthday to Mainali jee.

मैनाली जी को यो काम ले नेपालीहरु को पहिचान मा अझै सून मा सुगन्ध पुगेको छ । मलाई पनि मैनालिजी को कदम मा कदम मिलाएर हिड्न इछा छ । १०० न पुगे पनि ३० + हुँदै अगाडी पनि जाने छु ।

Write a comment