‘महामारी अमेरिका पनि आइपुग्ला भन्ने सोचेकै थिएनौं !’

ManchesterCollage_1“यी सबै झोला बेसमेन्टमै राखौं । चिसो छ । एकरात राखेपछि माथि लैजाउँला,” हामीले बिहीबार किनेर ल्याएका खाद्यान्न आदि त्यसै गर्यौं ।
दूध सकिएकाले लानै पर्ने थियो । अरू त्यसै छाडियो । कोभिड १९ का विषाणु मुक्त पार्न दूधको ग्यालन मज्जाले धोइयो । अनि मात्र रेफ्रिजिरेटरमा थन्काइयो । हात धुनु, ढोकाको हाते सफा पार्ने आदि काम अब नौलो रहेन । बेसमेन्टमै छाड्नेमा दिनहुँ आउने चिठीपत्र पनि पर्छन् ।
बेलुका नहुँदै शुक्रबार मध्यरातपछि घरमै बस्ने आदेश (स्टे एट् होम) लागू हुने घोषणा भयो । मेरो काम थपियो, घर आइपुगेका चेक राख्ने ।
शुक्रबार बिहान बेसमेन्टका सामान बल्ल भान्सा पुगे । चेक राख्न ब्यांक जाँदा ढोकाबाटै कर्मचारीले ‘टेलर’ मा अहिले हुन्न, ड्राइभ-थ्रोको टेलरमा जानु भनिन् । व्यक्तिको नजिक हुन नदिन यसो गरिएको रहेछ । शुक्रबार परेकाले ड्राइभ—थ्रोको टेलरमा गाडीको लाइन थियो ।
शनिबार घरमै बित्यो ।
Read More »

आख्यानमा महामारी!

Akhyaan-Ma-Mahamari_कल्पनाशीलताका आाधारमा पुस्तक लेखे र फिल्म बने पनि कोभिड–१९ को यो संक्रमण विज्ञानमा आधारित भविष्यवाणी भने होइन, त्यसैले यी स्वैरकल्पनाका पछाडि नलागी सरकार, चिकित्सक, स्वास्थ्य निकायकै सुझाव मान्नु यतिवेला उपयुक्त हुने देखिन्छ ।
बाथरूम र भान्सामा साबुन/झोल साबुन हुँदा काम चल्थ्यो । तर नोभल कोरोना भाइरस (कोभिड–१९) फैलँदै गर्दा मेरो अमेरिकी बसाइको आवश्यकतामा ‘स्यानिटाइजर’ थपियो । तर, औषधि र यस्तै वस्तुको दुई ‘आयल’ घुम्दा ‘स्यानिटाइजर’ पाइएन । पुछपाछ गर्ने ‘वाइप्स’ पनि सकिने अवस्थामा थियो । साथीहरू सुनाइरहेका छन्– एमाजनले ९९ सेन्ट्स पर्ने ‘स्यानिटाइजर’ १९ डलरमा बेच्यो । यसैबीच कोरोना भाइरस संक्रमणकै कारण १३ मार्चमा अमेरिकाले राष्ट्रिय सङ्कट घोषणा गरेको छ ।
सामाजिक सञ्जालमा साथीहरू अष्ट्रेलिया, जर्मनी आदि देशमा ट्वाइलेट पेपर सकिएको फोटो राखिरहेका छन् । मास्कको खबर नेपालदेखि अमेरिकासम्मका सञ्चारमाध्यममा छन् । ‘हात धुनुपर्छ है’ पनि जताततै भनिएको छ । भाइरस संक्रमणको त्रासका कारण सैगुन मार्केट (मुख्य रूपमा एशियाली खाना पाउने) पसलमा मानिस कमै छिर्ने गरेको साथीहरूले सुनाए ।
‘न्यूज टुनाइट’ मा डेभिड म्युअरको आधा घन्टाको कार्यक्रममा मक्का–मदिना करीब खाली र शेयर बजार गिर्दो देखियो । उनको रिपोर्टका अनुसार विश्वका २२ देशमा ३० करोड बालबालिका स्कूल बन्द भएपछि घर छन् । विद्यार्थीलाई १४ दिन आफ्नै वासस्थानमा सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।
Read More »

एक ‘पुस्तकालय’को अवसान

Shanti-Mishra_

शान्ति मिश्र (वि.सं. १९९५ असार ७ – वि.सं. २०७६ जेठ १)


नेपालकी
 पहिलो महिला लाइब्रेरियन शान्ति मिश्र (वि.सं. १९९५ असार ७ / सन् १९३८ जून २२ – वि.सं. २०७६ जेठ १ / सन् २०१९ मे १५) को गत १ जेठमा अमेरिकाको इन्डियानापलिस राज्यमा निधन भएको छ ।
उपचारका क्रममा अमेरिकामा रहेकी मिश्रलाई पित्तथैलीमा क्यान्सर भएको थियो । तर, अन्तिम क्षणमा हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
शान्ति मिश्र त्रिभुवन विश्वविद्यालयमा पूरा समय पढाउने पहिलो महिला प्राध्यापिका, त्रिवि केन्द्रीय पुस्तकालयको संस्थापक लाइब्रेरियन, अमेरिकाबाट पुस्तकालय विज्ञान (लाइब्रेरी साइन्स) मा एमए गर्ने पहिलो नेपाली महिला, र विशिष्ट श्रेणीमा रहेर सरकारी सेवा पुर्‍याउने पहिलो महिला हुन् ।
वि.सं. १९९५ असार ७ मा काठमाडौंको झोँछेमा जन्मिएकी शान्तिका पिता जानकीलाल श्रेष्ठ र माता कृष्णदेवी श्रेष्ठ हुन् । तीन दिदीबहिनी र एक भाइमध्ये शान्ति जेठी छोरी हुन् ।
तत्कालीन सरकार र अमेरिकी सहयोग नियोग यूएसएआईडीका (त्यसबेला यूएसओएम भनिन्थ्यो) का केही शुभेच्छुकले त्रिभुवन विश्वविद्यालय देखे, पुस्तकालय देखेनन् । सहयोगका लागि मन खोले । करीब १ हजार २ सय किताब राखेर सन् १९५९ मा पुस्तकालय खुल्यो । Read More »