नामले दिने आफ्नोपन

Nam-le-afnopanपरदेशिएपछि मानिसले आफ्नोपन खोज्दो रहेछ । नेपालबाट उड्नुअघि विमानमा सिट छेउ को पर्ला भन्ने कौतूहल सिटमा नबसुन्जेल रहिरहन्छ । कतारको दोहा होस् वा युएईको अबुधाबी, नेपाली दाजु–भाइ र दिदी–बहिनी भेट्दा औधी रमाइलो लाग्छ । त्यहाँबाट उडेपछि आफ्नोपन पातलिंदै जान्छ । विस्तारै आफू पुग्ने ठाउँको कल्पना आउँछ— आफ्नो बास, सीमित साथीभाइ आदि । अनि नयाँपन बाक्लो हुन्छ ।
करीब ११ वर्षअघि बुवा–आमा अमेरिका आउनुभएको थियो, ज्वाईं र बहिनीको निमन्त्रणामा । यता करीब ६ महीना बिताउनुभयो । बुबाले बारम्बार एउटा प्रश्न सोधिरहेको प्रसङ्ग ज्वाईंले सुनाउनुहुन्छ । बुबा भन्नुहुन्थ्यो रे, “मान्छेको अर्को जन्म हुन्छ भन्थे । मैले चिनेका धेरै मानिसको स्वर्गवास भइसक्यो । तीमध्ये कोही त यहाँ जन्मेको होला भनेर यसो हेर्छु । कोही पनि अनुहार मिल्ने छैन । बोली मिल्ने छैन ।” वास्तवमै ज्वाईं–बहिनीले चिनाएका मानिसबाहेक बुबा–आमाले अरू कोही भेट्ने कुरो आएन । बुबाको प्रश्नको उत्तर कतै छैन । उहाँले आफ्नोपन खोज्नुभएको जस्तो मलाई लागेको हो । Read More »