टेबुल महिमा

Cover२०५२ सालमा दाजु सहयोग पोखरेल (सानिमाको छोरा) ले, ”मेरा एकजना साथी छन् । उनी सामान्यज्ञानको पत्रिका निकाल्न चाहन्छन्,” भन्नुभयो । म नेपाल वातावरण पत्रकार समूहबाट तालिम लिएको काँचै अवस्थाको पत्रकार थिएँ । त्यहाँ मैले आधा दर्जन तालिम लिएको थिएँ । ‘वातावरण’ रेडियो कार्यक्रम र ‘आँखी-झ्याल’ भिडियो-पत्रिकामा थोरै काम गरेको थिएँ । हामीलाई ‘रेडियो सगरमाथा’ खोल्ने भनेर तयार पारिएको थियो । ‘रेडियो सगरमाथा’ खुल्न ढिलो भएपछि यताउता लागेका धेरैजसोमध्ये म पनि हुँ ।
सहयोग दाजुको आग्रहमा मेरो भेट कवि अर्जुनप्रसाद पराजुलीसँग भयो । अर्जुनजी, म र एकजना सरकारी जागिरे मित्र द्वारिकाप्रसाद ढकाल (धादिङ, पछि काठमाडौं, उहाँको निधन भइसक्यो) मिलेर एउटा पत्रिका ‘विश्वज्ञान मञ्च’ निकाल्यौं । म उक्त पत्रिकाको सम्पादक थिएँ । एउटा कार्यालयको खाँचो थियो, अनि एउटा टेबुलको । बागबजारको कन्या क्याम्पसको सामुन्ने ‘पायोनियर ल फर्म’ को एउटा कोठा ‘विश्वज्ञान मञ्च’ को भयो । ‘विश्वज्ञान मञ्च’ का तीन दर्जन अंक निस्किए । त्यसमा एउटा सुन्दर टेबुल थियो मेरो । मलाई टेबुल जति मनपर्छ । कुर्सीले मेरो मन खिच्दैन ।
२०५६ मा मैले कान्तिपुर पब्लिकेसन्स प्रवेश गरें । म पाँच महिना २४ दिन विदेश पृष्ठको काममा लागे । त्यसपछिको करिब साढे चार वर्ष रात्री डेस्क । २०६० चैत १ देखि औपचारिक रुपमा बालकोसेली ‘कोपिला’ का लागि खटिएँ । मलाई छुट्टै कोठा र टेबुल दिइएको थियो । यसका लागि कान्तिपुर पब्लिकेसन्सलाई धन्यवाद दिनुपर्छ, म टेबुलको शौखिन हुँ । Read More »

संसारभर नेपाली खोज्दै

Pratidhwani--2bf कति देशमा नेपाली वा नेपाली-भाषी होलान् ? यो प्रश्न सबका मनमा जाग्ने प्रश्न हो । जवाफ सजिलो छैन । समाचारहरू हेरेर मात्र यसको अनुमान गर्न सकिन्छ । नेपाली नपुगेका विश्वमा अब देशहरू छैनन् । गैर आवासिय नेपाली संघ (एनआरएनए) का गतिविधि र सम्पर्कले नेपालबाट परदेशिएका वा काममा जाने गरेका नेपाली सबैजसो देशमा पुगेको प्रष्ट्याउँछ । एनआरएनएको ६ दर्जन देशमा राष्ट्रिय समन्वय परिषद् (नेसनल कोअर्डिनेसन काउन्सिल) बनेका छन् । यति हुँदाहुँदै पनि नेपालबाहिर रहेका नेपाली वा नेपाली-भाषीको ठ्याक्कै संख्या पाउन कठिन छ ।
भाषाको कुरा गर्दा विश्वमा बोलिने भाषाहरुको सूचीमा नेपाली भाषा बोल्नेहरु करिब ६० औंमा पर्छौं । खासगरी चीनमा बोलिने मन्डारिन बोल्ने मानिस सबभन्दा बढी छन् । त्यसपछि विश्वका मुख्य भाषाका सूचीमा स्पेनिश, अंग्रेजी, बंगाली, हिन्दी आदि छन् ।
कहाँ कहाँ नेपाली ?
सधैंका लागि गएका र कामका लागि गएका नेपालीहरूको सन्दर्भ यहाँ आउन सक्छ । नेपाली-भाषा बोल्नेहरू नेपालबाहेक मुख्य रूपमा भारत, भूटान, बर्मा (म्यान्मा), हङकङ, बेलायत आदि देशमा छन् ।
अमेरिकामा नेपाली-भाषा बोल्नेहरू करिब ३ लाख भएका छन् । अमेरिकामा ८२ हजार नेपाली-भाषी भूटानी स्थायी रूपका लागि बस्न थाल्नु भएको छ । अमेरिकालगायत विश्वका अरू ८ मुलुकमा अस्ट्रेलिया, क्या नाडा, डेनमार्क, नेदरल्यान्ड्स, न्यूजिल्यान्ड, नर्वे, र बेलायत गरी ९३ हजारभन्दा बढी नेपाली-भाषी भूटानीलाई स्थायी रूपमा पुनर्वास गराइएको छ । सन् २०१० को अमेरिकी जनगणनाले ५९ हजार ४ सय ९० मात्र नेपाली देखाए पनि दुई लाख नेपाली भएको अनुमान गरिन्छ ।
नेपाली-भाषीहरू क्यानडा, अष्ट्रेलिया, फिनल्यान्ड, नर्वे, स्वीडेन, न्युजील्यान्ड, बेल्जियम, जापान, चीन आदि देशमा पनि छन् । पछिल्ला वर्षहरूमा बेलायतमा पूर्व गोर्खा सैनिक र उनका परिवारले स्थायी बसोबास गर्न पाए । बेलायतबाहेक क्यानडा र अष्ट्रेलियाले धेरै नेपालीलाई तानेको छ । Read More »

गाउँतिरको यो पत्रकारिता, कहाँसम्म पुग्ला हजुर ?

Yeti-Points-of-viewbfअमेरिका बस्ने र यहाँ पत्रकारिता गर्ने रहर यता भित्रिने जोकोही पत्रकारलाई जाग्दो होला । मलाई पनि त्यस्तै भयो । अंग्रेजीमा त्यति दक्ष नहुँदा अमेरिकामा पत्रकारिता संभव होला र ? भन्ने शुरूको अनुमान पछि मत्थर हुँदै गयो । किनभने केही संभव भयो । केही गर्न सकियो । सबैको आशिर्वाद, माया, हौसला मिले अझ थप नयाँ केही गर्न सकिएला भन्ने आशा छ ।
नेपालीपन बचाउन सकिएला ?
चेतनाको स्तरको कुरा हो । नेपालमा हामी जातभातका कुरा गर्छौं । यसका विपरित विकसित देशहरू आफ्नो मुलुकलाई बहुसांस्कृतिक, बहुभाषिक आदि बनाउने विचारमा लागिरहन्छन् । बहुभाषा, बहुसंस्कृतिको कुरा अब यस्तै विकसित देशमा संभव हुने त भए जस्तो लाग्छ ।
त्यसैले हामी नेपालीमूलका मानिस यहाँ अटाउन सकेका हौंला । हाम्रो पनि कला, संस्कृति, परम्परा, भाषा आदि संरक्षण गर्न अमेरिकामा संभव हुन सक्छ जस्तो लाग्या छ । जर्मनकी चान्सलर एन्जेला मार्कलले जर्मनी बहुसांस्कृतिक मुलुक हुन नसकेका बताएकी छन् । बहुसांस्कृतिक मुलुक बन्न अमेरिका सफल हुन सक्छ, उनको अनुमान छ । यस्ता धेरै अवयव जीवित रहने सक्ने अमेरिकामा नेपाली–भाषाको पत्रकारिता संभव छ, यो मेरो व्यक्तिगत बुझाइ मात्र पनि हुनसक्छ । Read More »

परदेशमा नानीलाई भाषा सिकाउने धोको

Kids-Creation-Bal-Sirjana2BFअमेरिकाको तथ्याङ्क विभागले अगस्त, सन् २०१३ मा अमेरिकी घरमा बोलिने भाषासम्बन्धी एउटा सर्वेक्षण सार्वजनिक गर्‍यो । तथ्याङ्क भन्छ, ‘दशमध्ये एक घरमा अंग्रेजी मुख्य भाषा होइन । त्यो अवस्था यहाँका एक चौथाई काउन्टिमा भेटिएको छ । अंग्रेजीबाहेक घरमा बोलिने मुख्य भाषा स्पेनिश हो । यहाँका ७ सय ८ काउन्टीमा स्पेनिश, २९ काउन्टीमा रैथाने अमेरिकी भाषाहरू, २१ काउन्टीमा जर्मन, १५ मा फ्रेन्च, प्रशान्त द्विपका भाषाहरू १२ काउन्टीमा र अन्य भाषाहरू ११ काउन्टीमा बोलेको पाइयो । अंग्रेजी मुख्य भाषाका रूपमा बाँकी २ हजार ३ सय ४७ काउन्टीका ९० प्रतिशत घरहरूमा बोलिन्छ ।’
अमेरिकामा ५० राज्य र यी राज्यमा करिब ३ हजार १ सय ४१ काउन्टी वा काउन्टीसरहका साना भागहरू छन् । घरमा बोलिने भाषाको सूचीमा नेपाली अन्य भाषामा परेको हुनसक्छ । १६ पृष्ठको ‘ल्याङ्वेज युज इन दि युनाइटेड स्टेट्स २०११’ नामक रिपोर्टको मुख्य पुस्तिकामा नेपाली–भाषा भेटिदैन । अहिलेसम्म आधिकारिक रूपमा ८० हजार (सन् २०१४ डिसेम्बर अन्त्यसम्ममा) नेपाली–भाषी भूटानी र अनौपचारिक रूपमा करिब २ लाख नेपाली (अमेरिकी जनगणना २०१० ले अमेरिकामा ५९ हजार ४ सय ९० नेपाली देखाएको छ) यहाँका अल्पसंख्यक नै हुन् ।
यो अल्पसंख्यक नेपाली–भाषीमाझ एउटा चिन्ता र चासोको विषय छ, नानीहरूलाई कसरी नेपाली भाषा सिकाउने । अब यहाँ दुई थरी नेपाली–भाषी भए, नेपाली र नेपाली–भाषी भूटानी । चिन्ता र चासो दुवैको भए पनि सजिला र अप्ठ्यारा करिब उस्तै र भिन्न छन् ।
अगस्त, २०१३ मा यसै विषयमा बीबीसी नेपाली सेवाका लागि भगिरथ योगीले एउटा रिपोर्ट तयार पार्नुभयो । अमेरिकामा मैले जे देखेको थिएँ, सुनाएँ । सुनाए जति प्रसारण हुने कुरा भएन । मेरो खोजको बाँकी अंश रोचक छ । एकपटक त्यो चहारौं । Read More »

सुनैको रहर

Gold-story“चिने जस्तो गर्‍यो, हेल्लो भन्यो र अँगालो हाल्यो । घाँटीको सिक्री उडाएछ, थाहै पाइएन ।” न्यू ह्याम्प्सरको म्यानचेस्टरमा बस्ने रवि पाठक आमा तुलसी र हजुरआमा जंगाका गहना अमेरिकामै लुटिएको घटना सुनाउँदै थिए ।
आँगनमा घाम तापिरहेका उनीहरूलाई एक जना मानिसले परिचित जस्तै व्यवहार देखाएर लुटेछ । बुहारीले सासूको घाँटीमा केहीबेर अघिसम्म रहेको सिक्री नदेखेपछि कता गयो भनेर सोधिछन्, यता उनको समेत लुटिइसकेको थियो ।
अमेरिकामा बस्ने नेपाली, नेपाली भाषी भूटानी र बर्मेलीहरू मौलिक नेपाली डिजाइनका सुनका गहना मन पराउँछन् । केही वर्षअघिसम्म अमेरिकामै यस्तो गहना खरीदको सुविधा थिएन । सन् २००८ मा नेपालमा रहेका भूटानी शरणार्थीको अमेरिका पुनर्वासपछि भने नेपाली गहना पसल प्रशस्तै खुलेका छन् । व्यवसाय र गहना पारखी बढेसँगै लूटका घटना पनि हुन थाले । Read More »

Live together, work together

Live-together-work-together_NepaliTimesAfter two decades of living in bamboo sheds in camps in eastern Nepal, refugees from Bhutan resettled in the United States have found that adjustment to life in a new country is easier if they can live and work among their own people.
After being evicted from Bhutan in the early 1990s, being stateless in refugee camps in Jhapa and Morang for so long, more than 100,000 Bhutanese have been resettled in seven countries around the world, with the United States taking most of them.
After adjusting to culture shock, and overcoming the language barrier, most of them here have found jobs in large American companies so that they can live, commute and work together.
Narayan Gautam is among 200 Bhutanese who work at the large clothing chain Nordstrom in Harrisburg of Pennsylvania. Gautam and other Bhutanese who worked for Apple, DB Schenker, and Aerotech have all switched en masse to Nordstrom, which has policy to make it easier for immigrants to fit in.

Read More »

एकै थलोमा धेरै अवसर

Ekai-Thalo-Dherai-Awasar”यहाँ हामी २०० जनाभन्दा धेरै छौं होला”, पेन्सलभेनिया राज्यको ह्यारिसवर्गस्थित नोर्डस्ट्रम मा कार्यरत नारायण गौतमले भने । नोर्डस्ट्रम अमेरिकाको तयारी कपडा कम्पनी हो, जसका १४ वटा राज्यमा वितरण भण्डार (फुलफिलमेन्ट सेन्टर) छन् । ह्यारिसवर्गमा चाहिं यसको ‘इस्ट कोस्ट फुलफिलमेन्ट’ सेन्टर छ । एप्पल, डीबी स्केन्कर, एरोटेक लगायतमा काम गरिरहेका गौतम सहितका नेपाली–भाषी भूटानी नोर्डस्ट्रममा सरेका हुन् ।
म्यासाच्युसेट्सको हाभरहिलस्थित साउथविक नामक कोट कारखानामा २४ जना भूटानी काम गर्छन् । चार वर्षदेखि यहाँ कार्यरत पञ्चबहादुर गुरुङका अनुसार पहिले यहाँ करीब ६० जना भूटानी थिए । बसाइँसराइ र अन्य अवसरले गर्दा साउथविक मा काम गर्नेको संख्या भने पातलियो । टेक्सस राज्यमा फेडेक्स को वितरण भण्डार, न्यूयोर्क रोचेस्टरको डेरी फार्म र भर्मन्टको चकलेट फ्याक्ट्री लगायतमा हजारौं भूटानीले काम गरिरहेका छन् । Read More »