ट्रम्पको तगारो

Himal_Page_18&19अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी स्वीकार गर्ने संख्यामा आधा कटौतीको घोषणा गरेसँगै नेपालीभाषी भूटानी शरणार्थीको तेस्रो मुलुक पुनर्स्थापना कार्यक्रम प्रभावित भएको छ । पुनर्स्थापित शरणार्थीको संख्या गत वर्षको तुलनामा आधाभन्दा कम भएको छ ।
शरणार्थी स्वीकार आधाभन्दा कम गर्ने ट्रम्पको घोषणाको अर्थ वर्षमा करीब ५० हजारभन्दा बढी शरणार्थीलाई प्रवेश नदिने भन्ने हो । यो संख्या जुलाइ, २०१७ मै पुगिसकेको छ । त्यसकारण पनि अब कति भूटानी शरणार्थी अमेरिका पुनर्स्थापित हुने हुन् भन्न कठिन छ ।
२०१७ फेब्रुअरीदेखि ३१ जुलाइसम्मको ट्रम्प कार्यकालको अवधिमा १ हजार ६८ भूटानी अमेरिका भित्रिएको देखिन्छ । जबकि गत वर्ष यही अवधिमा २ हजार ८६६ भूटानी शरणार्थी पुनर्स्थापित भएका थिए । भूटानीसहित यो ६ महीनामा अन्य देशका कुल १८ हजार ३१ जना शरणार्थीका रूपमा अमेरिकामा आए । तर, गत वर्षको यही मितिमा ४० हजार ९३१ शरणार्थी पुनर्स्थापित भएका थिए । Read More »