मलाई चिनाउने ‘राजेश’ नाम

स्कूल पढ्दाका कुराहरू म त्यति सम्झन्न । तर यो एउटा चाहीं मलाई याद छ । अरू जे भए पनि, हामी स्कूले हुँदा नयाँ पाठ्यपुस्तक वा नयाँ कपि पाउनु अहोभाग्य हुन्थ्यो । मैले अक्षर लेख्न सिक्दा दाजुले लेखेका कपिहरू सदुपयोग गरेको बुबा सुनाउनु हुन्थ्यो । आधा पाना वा पुरै पानामा लेख्दै अक्षर चिने रे ! कपि चाहीं त्यसै-उसै भए पनि पुराना किताबको क्रम कक्षा ४ सम्म रह्यो ।
किताब ‘सेकेण्ड ह्याण्ड’ भए पनि बिक्थे । त्यसैले जतन गर्न सिकियो । कसका किताब राम्रा छन् भन्ने ‘कम्पिटिसन’ नै हुन्थ्यो । जसका किताब राम्रा हुन्थे, पहिले नै ‘बुक’ गर्ने चलन थियो । बेलाबखत दाम नै तोकिन्थ्यो ।

नेपाली-भाषीलाई सजिलो

अमेरिकामा बसोबास
लेखक/सम्पादक : राजेश कोइराला/डग हल
प्रकाशक ज्ञान ज्योति केन्द्र, अमेरिका
मूल्य : १४ डलर, पृष्ठ : २२४+४
अमेरिकाले अप्रिल २०१२ सम्ममा ५३ हजार ३३२ जना नेपाली मूलका भुटानी शरणार्थीलाई आफ्नो भूमिमा पुनर्वास गराएको छ । अन्य प्रयोजन र प्रक्रियाबाट अमेरिका पुग्ने नेपालीको संख्या पनि निरन्तर बढिरहेको छ । तीमध्ये शिक्षितहरूलाई अमेरिकामा घुलमिल हुन, त्यहाँको संस्कृति र तौरतरिका बुझ्न गाह्रो नभए पनि अल्पशिक्षित र निरक्षरहरूलाई निकै समस्या पर्छ । यही कुरालाई ध्यानमा राखेर म्यानचेस्टरको न्यु ह्याम्पसायरस्थित पत्रकार राजेश कोइराला र समाजसेवी डग हलले अमेरिकामा बसोबास नामको सहयोगी पुस्तक निकालेका छन् । Read More »

यसरी पनि आउँछ, डिस्टिङ्सन

घटना १
एसएलसीमा उनको डिस्टिङ्सन आयो । उनका अभिभावक दंग भए । कक्षा ११ मा प्रवेश गर्दा वाणिज्य (कमर्स) मा भर्ना गरिदिए । १२ सक्दा उनी फेल नै भइन । के गरौं कसो गरौं भएका अभिभावकले छोरी कसरी फेल भइ त भनेर खोजे । निकै अनौठो निष्कर्ष निस्कियो । यो मेरो नाताभित्र नै भएको घटना । एसएलसीमा ९० प्रतिशत ल्याएर १० जोड २ मा फेल हुने विद्यार्थी धेरै हुन थालेका छन् ।
घटना २
पछिल्लो एसएलसी परीक्षाको घटना हो । आफ्ना छोरालाई बिहान साढे छ बजे नै स्कूल पुग्नुपर्ने भनेपछि अर्का एक अभिभावकको टाउको रनक्क तात्यो । उनले स्कूल-प्रशासनलाई भने, ‘मेरो घर परीक्षा-केन्द्र परेको स्कूलकै साँधमा छ । त्यति बिहान किन पठाउनु स्कूल ? म पौने आठतिर परीक्षा-केन्द्रमा पुर्‍याउँछु ।’ स्कूल-प्रशासनले उत्तर दियो, ‘यो अनिवार्य हो । ल्याउनै पर्छ ।’ अभिभावकका मनमा खुल्दुली भयो, ‘किन पो यति बिहानै स्कूल बोलाइयो ?’ उनले यहि प्रश्नका उत्तर खोज्न थाले । यसमा पनि अर्को अनौठा निष्कर्ष निस्कियो । Read More »

आफ्नो ठान्दाठान्दै कुराको गाँठो पर्‍यो

सन्दर्भ : दक्षिण सुडानको स्वतन्त्रता दिवस (जुलाई ९)

 

देशबाट धेरै टाढा । परदेशमा ‘आफ्नो’ भन्ने अर्थ भिन्न हुन्छ । नाताको जो कोही आफ्नो भइगयो । अनि नेपाली देख्दा आफ्नो लाग्छ । नेपाली बोल्ने भूटानी दाजू-भाई आफ्नो लाग्छ । आफूनजिकको भारतीय आफ्नो लाग्छ । अलि-अलि बोलेको बुझ्ने भएकाले पाकिस्तानी आफ्नो लाग्छ । बोलेको नबुझे पनि चीनका मान्छेलाई छिमेकी ठान्छ मनले । भियतनामी, कम्बोडियाली, बंगाली आदि जो पनि एशियन आफ्नो लाग्छ । अमेरिकीहरू भिन्न भन्ने लागेर यसो भएको होइन । टाढा बस्दा मनले कता-कता रेखा कोर्छ । तर यी रेखाहरू धेरै दिनका लागि होइनन् भन्ने पनि छ ।