राता, पहेंला रूखहरू

एक बथान परेवाहरू यताबाट उता उड्छन् । मैले देखेको मन्दिरको शहर काठमाडौंका परेवा मान्छेले छरेका अन्न खान्छन् । यहाँ चर्चमा पुग्छन् । त्यतै बस्छन् । मन्दिरमा जस्तो ह्वारह्वार अन्न नछरे पनि मान्छे चरा, लोखर्केलाई ख्वाउन रुचि राख्छन् ।

ह्विल-चियरमा हि‌डेका स्थानिय एक मित्रले आफ्नो बास्केटमा बदाम बोकेका थिए । उनलाई मैले सोधें, ‘किन बोक्यौं ?’ उनले भने, ‘लोखर्केलाई ख्वाउँछु नि ।’
परेवा मात्र एक्ला छैनन्, म्यानचेस्टरको आकाशमा उड्ने । शहरको मध्य हुँदै सिगुल चराहरू यता र उता गर्छन् । यीनको बथान छैन । एक्लाएक्लै लाग्छन् ।
परेवा मेरा लागि नयाँ होइनन् । तर यहाँका परेवाका लागि म नयाँ हुँ । परेवाहरू त्यसरी नै गुर्छन् । भालेले पोथी रिजाउने तरिका उस्तै लाग्छ । मनलाग्दा बिस्ट्याउँछन्, जहाँ पायो त्यहिं । बानी त उस्तै रहेछ । तर मानिस यहाँका सफा रूचाउँछन् । सफा गर्छन् । Read More »