संगीता राना प्रधान सानो छँदा

वनभात कस्तो ?

संगीता राना प्रधान गायिका तथा शास्त्रिय गायनकी गुरु हुनुहुन्छ । उहाँ सन् १९६० जुलाईमा विराटनगरमा जन्मनुभयो । बुबाको नाम लक्ष्मण र आमाको नाम शान्तिदेवी हो । उहाँहरू दुई दिदीबहिनी र तीन दाजुभाई जन्मनुभएको हो । संगीता कान्छो सन्तान हुनुहुन्छ । उहाँको मावली भारतीय नेपाली-बसोबास क्षेत्र खर्साङ हो । उहाँले प्रारम्भिक शिक्षा मावलीमै पाउनुभयो । प्रारम्भिक शिक्षासँगै ६ वर्षको उमेरदेखि घरमा संगीत गुरु राखेर संगीत सिकाउने व्यवस्था मिलाइयो । उहाँका गुरुको नाम नेपाल बनर्जी हो । उहाँ विश्वभारती शान्ति निकेतनकी विद्यार्थी हुनुहुन्छ । त्यहिंबाट एमम्युज (संगीतमा स्नातकोत्तर) गर्नुभएको छ । उहाँले पचासौं चलचित्रका लागि गीत गाउनुभएको छ । उहाँले गीत गाएको पहिलो चलचित्र ‘भुँमरी’ हो । भजन र आधुनिक गीतका एल्बम चाँडै आउँदैछन् । उहाँको पहिलो एल्बम भारतको एचएमभी कम्पनिले निकालिदिएको थियो । उक्त एल्बमको नाम ‘संगीता प्रधान सिङ्स गीत, गजल एन्ड भजन’ थियो । उहाँले काठमाडौंको भोटाहिटीस्थित ललितकला क्याम्पसमा पढाउँदै आउनुभएको छ । धेरै सम्मान र पुरस्कार पाएकी संगीताले केही देशको भ्रमण पनि गर्नुभएको छ । उहाँले गायन सिकाएका विद्यार्थी पनि धेरै भएका छन् । यसपटक संगीता सानो छँदाका केही सम्झना :

गेहेन्द्रप्रसाद धिमाल सानो छँदा

बाँसबाट कोदोबारी

गेहेन्द्रप्रसाद धिमाल (धिमाल जी.) चलचित्र निर्माणमा व्यवस्थापक रहँदै आउनुभएको छ । उहाँले भारत र नेपालका चलचित्रमा काम गर्नुभएको छ । उहाँका वृत्तचित्र विश्वका धेरै देशमा पुगेका छन् । भारतमा उहाँले ‘जब याद किसीकी आती है’ र ‘दिल्लगी’ हिन्दी चलचित्रमा स्पट ब्वाय (सहयोगी केटो) का रुपमा काम थाल्नुभएको हो । त्यसपछि उहाँ नेपाली चलचित्र ‘माइतीघर’मा सहायक उत्पादन व्यवस्थापक हुनुभयो । त्यसपछि धिमालले नेपालमै नेपाली, नेपालमै हिन्दी चलचित्रको छायांकनका लागि व्यवस्थापनको काम हेर्नुभयो । त्यसरी बनेका धेरै चलचित्र छन् । उहाँ छायांकनका लागि चाहिने उच्चस्तरीय सामानसहित सधैं तयार बस्नुहुन्छ । वर्षभर विदेशीहरूसँग चलचित्र र वृत्तचित्र बनाउनमा व्यस्त रहनुहुन्छ । उहाँको जन्म २००३ असोजमा काठमाडौं, सुन्दरीजलको आलापोट, फुँयाल गाउँमा भएको हो । उहाँका पिताको नाम गंगाप्रसाद र माताको नाम भागिरथी धिमाल हो । उहाँहरू चार दाजुभाइ र दुइ दिदी जन्मनुभएको हो । धिमालले भारत, पाकिस्तान, बंगलादेश, थाइल्यान्ड, हङकङ, मलेसिया, सिंगापुर भ्रमण गर्नुभएको छ । विभिन्न सम्मान र पुरस्कार पाएका गेहेन्द्र सानो छँदाका केही सम्झना :

रामवदन जोशी सानो छँदा

वार्दाबाट पक्का

श्रीमती रामवदन जोशी सामाजिक क्षेत्रमा कार्यरत अग्रज महिला हुनुहुन्छ । उहाँलाई नेपाल स्काउटको माथिल्लो स्तरमा पुग्ने एकमात्र महिलाका रुपमा चिनिन्छ । शिशुको सुरुवाती विकास (इसिडि) मा पनि उहाँ तालिम लिन विदेश जाने पहिलो महिला हुनुहुन्छ । उहाँ विभिन्न सामाजिक संस्थामा रहेर काम गर्दै आउनुभएको छ । रामवदनको जन्म १९९५ साल वैशाखमा नःगलमा भएको हो । उहाँका पिता चन्द्रनाथ र माता गौरीमैयाँ (गुरुमा) हुनुहुन्थ्यो । एक दाजु, एक भाई र उहाँ जन्मनुभएको हो । उहाँ संस्कृतिविद् सत्यमोहन जोशीकी भाइ-बुहारी हुनुहुन्छ । विभिन्न क्षेत्रका सक्रिय भई लागेकाले उहाँले धेरै पुरस्कार र सम्मान पाउनुभएको छ । उहाँले केन्या, कोरिया, जापान, इरान, पाकिस्तान, न्यूजिल्यान्ड, इजरायल, अमेरिका, सिंगापुर, फिलिपिन्स, बंगलादेश, अष्ट्रेलिया, मलेसिया, हङकङ, बेलायतको भ्रमण गर्नुभएको छ । यसपटक जोशी सानो छँदाका केही सम्झना :

रामचन्द्र अधिकारी सानो छँदा

भँगेरा भुतुक्क

रामचन्द्र अधिकारी चलचित्र कलाकार हुनुहुन्छ । उहाँले करिब २ सयभन्दा बढी चलचित्र, एक सय ५० टेलिश्रृंखला, १५ नाटकमा अभिनय गर्नुभएको छ । उहाँले अभिनय गरेको पहिलो नाटक ‘सच्चा प्रेम’ हो । हाँस्यव्यंग्यकार भैरव अर्यालले लेखेको उक्त नाटक राजधानीको जोरपाटीमा देखाइएको थियो । त्यसपछि उहाँ ‘श्री समूह’ नाट्यसंस्थामा पुग्नुभयो । ‘अँध्यारो उज्यालो’ नाटकमा अभिनय गर्नुभयो । उक्त नाटक देशभर घुमेर देखाइयो । ०३६/३७ मा मात्र उहाँ नाटकमा देखिनुभयो । श्री समूहकै धेरै कलाकारले चलचित्र ‘वासुदेव’मा अभिनय गरे । अधिकारीको त्यो पहिलो चलचित्र थियो । नेपाल टेलिभिजन खुलेपछि मुलुकको पहिलो टेलिश्रृंखला ‘पृथ्वीनारायण शाह’मा अभिनय गर्नुभयो । उहाँको त्यो पहिलो टेलिश्रृंखला थियो । उहाँले धेरै सम्मान, पुरस्कार पाउनु भएको छ । पछिल्लोपटक भारतीय जीटिभीको टेलिश्रृंखला ‘अगले जनम मे मोहे बेटिया कीजो’मा पनि उहाँले अभिनय गर्नुभएको छ । उहाँले अभिनय गरेको ‘मुनामदन’ चलचित्र ओस्कार पुरस्कारको मनोनयनमा परेको थियो । कलाकारितामा रमाउँदै आएका अधिकारीको जन्म २०१२ मंसिर २३ गते काठमाडौंको गोठाटार, इचोटमा भएको हो । पिता बद्रीप्रसाद र माता मैंयाँका ३ छोरा र एक छोरी जन्मे । उहाँ जेठो हो । अधिकारी नेपाल टेलिकमका कर्मचारी पनि हुनुहुन्छ । यसपटक अधिकारी सानो छँदाका केही सम्झना :

प्रतिभा सुवेदी सानो छँदा

नारायणीमा पौडी

प्रतिभा सुवेदी सामाजिक क्षेत्रमा कार्यरत महिला हुनुहुन्छ । उहाँ ‘नारी चेतना केन्द्र, नेपाल’ नामक संस्था चलाउँदै आउनुभएको छ । प्रतिभा उक्त संस्थाकै संस्थापक-अध्यक्ष हुनुहुन्छ । उहाँको जन्म २०१० साल काठमाडौंको मालीगाउँमा भएको । पिता गोपीनाथ र माता भवानी खतिवडाका ५ छोरा र दुई छोरी जन्मिएका हुन् । प्रतिभा कान्छी छोरी हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए र शिक्षाशास्त्रमा बीएड गर्नुभएको छ । सेन्ट फ्रान्सिस जेभियर युनिभर्सिटी, क्यानडाको एक्स्टेन्सन डिपार्टमेन्ट कोडी इन्टरनेसनलबाट समाजशास्त्रमा डिप्लोमा गर्नुभएको छ । चितवनको टाँडी क्याम्पसमा केही समय पढाउनुभएको छ । महिला विकास शाखामा पाँच वर्ष काम गर्नुभएको छ । अशोका फेलोशिप पाएकी प्रतिभाले क्यानडा, अमेरिका, भारत, पाकिस्तान, जापान, फ्रान्स, चीन आदि देशको यात्रा गर्नुभएको छ । उहाँका ‘विविध पक्षमा नेपाली नारी’, ‘नेपाली वुमन राइजिङ’, ‘महिला-पुरुष समविकासको आधार’ जस्ता पुस्तक प्रकाशित छन् । उहाँका धेरै लेखरचना पत्रपत्रिकामा प्रकाशित भइरहेका हुन्छन् । यसपटक प्रतिभा सानो छँदाका केही सम्झना :

कुबेर गर्तौला सानो छँदा

भूत र ख्याकसँग के को डर ?

कुबेर गर्तौला वरिष्ठ सञ्चारकर्मी हुनुहुन्छ । उहाँले धेरै संख्यामा शिक्षा, स्वास्थ्य, कृषि आदि विषयमा जनचेतना जगाउने श्रव्यदृश्य सामग्रीको निर्माणमा ठूलो भूमिका निभाउनुभएको छ । त्यस्ता सामग्री तयार पार्नुअघि लेखिने ‘स्क्रीप्ट’ का लागि उहाँ चर्चित हुनुहुन्छ । उहाँले लेखेको रेडियो नाटक, रेडियो कार्यक्रम, टेलिश्रृंखला असंख्य छन् । चेतनामुलक टेलिश्रृंखला ‘उजेली’ र चलचित्र ‘चमेली’ निर्माणमा पनि उहाँको नाम जोडिएर आउँछ । चमेलीको कथा लेखेवापत ‘सर्वोत्कृष्ट कथा लेखन’को पुरस्कार पाउनुभएको थियो । उहाँ थुप्रै शैक्षिक र राष्ट्रिय गीत लेख्नुभएको छ । उहाँका ती गीत नेपालका ख्यातिप्राप्त कलाकारहरूले गाउनु भएको छ । उहाँले तीन दशकभन्दा बढी समय रेडियो नेपालमा रहेर काम गर्नुभएको छ । उहाँको जन्म १९९३ सालमा काठमाडौंको विशालनगरमा भएको हो । उहाँका पिताको नाम डोरबहादुर र माताको नाम इश्वरीदेवी हो । उहाँहरू दुई दाजुभाइ जन्मनुभएको हो । उहाँका भाइ ओमकार गायक हुनुहुन्छ । उहाँले अष्ट्रेलिया, मलेसिया, भारत, बेलायत, अमेरिका, क्यानडाजस्ता धेरै देशयात्रा गर्नुभएको छ । गर्तौलाले नेसनल कलेजबाट बिए पढ्नुभएको छ । चेतनामुलक श्रव्यदृश्य सामग्रीका विषयमा परदेशमा तालिम लिनुभएको छ । यस्ता सामग्री तयारीसम्बन्धी विदेशी पुस्तक तथा जर्नलमा उहाँको नाम प्रशस्त भेटिन्छ । उहाँले सिकाएर अगाडी बढेका धेरै रेडियो तथा टेलिभिजनकर्मी छन् । यसपटक गर्तौला सानो छँदाका केही सम्झना :

सगुन शाह सानो छँदा

धर्मभक्तलाई अँगालो

सगुन शाह समाजसेवी हुनुहुन्छ । उहाँले वृद्धाश्रम, विद्यालय जस्ता संस्था खोलेर सेवा गर्दै आउनुभएको छ । उहाँको जन्म १९९० साल कात्तिक ११ गते काठमाडौंको सानो गौचरण, मालीगाउँमा भएको । शाहका पिताको नाम भगतबहादुर र माताको नाम इन्द्रकुमारी शाह हो । उहाँहरू दश छोरी र दुई छोरा जन्मनुभएको हो । सगुन काहिली छोरी हुनुहुन्छ । उहाँको विवाह वरिष्ठ सञ्चारकर्मी भोग्यप्रसाद शाहसँग भएको थियो । भोग्यप्रसादको निधन भएको केही वर्ष बितीसकेको छ । उहाँले खोलेका सिद्धेश्वर प्राथमिक विद्यालय, निसहाय सेवा सदन राजधानीको शान्तिनगर, मीनभवनमा छन् । यसबाहेक उहाँ धेरै संस्थामा रहेर काम गर्दै पनि आउनुभएको छ । सधैं अरुको सेवामा लागिरहने शाह सानो छँदाका केही सम्झना :

रानाग रिन्चेन रिम्पोचे सानो छँदा

आमा सम्झदै गुम्बामा

‘डोल्पो बुद्ध’ का रूपमा चिनिने रानाग रिन्चेन रिम्पोचे ताइवान बस्नुहुन्छ । उपल्लो डोल्पाको साल्डाङ गाविस २ लोरीमा जन्मेका रिम्पोचे पाँचौं अवतारी लामा हुनुहुन्छ । उहाँका पिताको नाम नोर्पु र माताको नाम बम्छोक गुरुङ हो । उहाँहरू दुई बहिनी र पाँच दाजुभाई जन्मनुभएको हो । उहाँ काहिंलो छोरा हो । उहाँले त्यहींको येत्सेर गुम्बामा प्रारम्भिक लामा शिक्षा लिनुभयो । पछि काठमाडौं र भारतमा गरी उहाँले बौद्ध धर्ममा स्नातकोत्तर गर्नुभएको छ भने काठमाडौंको विशालनगरमा ‘स्नोल्यान्ड रानाग स्कुल’ खोल्नुभएको छ । त्यसमा १ सय ५८ जना अनाथ र विपन्नले बस्ने-खानेलगायत सम्पूर्ण खर्चसहित निःशुल्क पढ्दैछन् । अति दुर्गममा जन्मेर आफूले स्तरीय शिक्षा लिन नपाए पनि हरेक गरिबले पढ्न पाओस् भन्ने उहाँको लक्ष्य छ । उहाँले डोल्पाबाट चोरिएर चिन पुगेका नेपाली मूर्ति फर्काएर त्यस भेगका बौद्धमार्गीलाई ठूलो गुन लगाउनुभएको छ । उहाँसँग व्यायाम आदि माध्यमबाट उपचार गराउनेको ठूलो भीड नै लाग्ने गरेको छ । यसपटक रिन्चेन रिम्पोचे सानो छँदाका केही सम्झना :

माया पौडेल ‘आशावादी’ सानो छँदा

एक मुठा बिंडी ….

माया पौडेल ‘आशावादी’ भानु कलाकेन्द्र र भानु-मोरङ सांस्कृतिक समितिको अध्यक्ष हुनुहुन्छ । उहाँ विशेष त नृत्य, अभिनय र गायनका क्षेत्रमा सक्रिय हुनुहुन्छ । मायाको जन्म २०१० चैत १२ भारतको आसाम राज्यमा भएको हो । मायाका पिताको नाम दाताराम र माताको भागिरथी निरौला हो । उहाँका एक दाजु नन्दप्रसाद हुनुहुन्छ । भानु-मोरङ सांस्कृतिक समितिको स्थापना २०१९ साल र भानु कलाकेन्द्रको स्थापना २०३७ मा भएको हो । विराटनगरलाई केन्द्र बनाएर कलाकारिता गर्ने यी संस्थाका संस्थापक चतुर्भुज आशावादी मायाका श्रीमान हुनुहुन्छ । चतुर्भुजको २०५९ साउनमा निधन भयो । नारायणी कलामन्दिर (चितवन) बाट कलाकारिता थालेकी मायाले श्रीमानको निधनपछि कलाकेन्द्र र सांस्कृतिक समितिको प्रमुख हुनुभएको हो । मायाले केही टेलिश्रृंखला, चलचित्र र धेरै नाटकमा अभिनय गर्नुभएको छ । कला देखाउन सबै जिल्ला पुग्नुभएको छ । विशेष गरी मैथिली नाटकमा सहभागिता जनाउँदा भारतमा भएका प्रतियोगितामा बेग्लाबेग्लै समयमा पुरस्कृत हुनुभएको छ । धेरै सम्मान पाएकी माया सानो छँदाका केही सम्झना :

अरविन्द ठाकुर सानो छँदा

रामायण र महाभारतका कथा

अरविन्द ठाकुर प्रजातन्त्रका सेनानी हुनुहुन्छ । उहाँ जनकपुरमा बस्नुहुन्छ । उहाँले साथी दुर्गानन्द झासँग मिलेर २०१८ माघ ९ मा जनकपुरमा राजा महेन्द्रको गाडीमा बम आक्रमण गर्ने योजना बनाइएको थियो । ठाकुर विमानस्थलमा पक्राउ पर्नुभएको थियो । झालाई मृत्युदण्ड दिइयो । आजन्म कारावासको सजाय भोगिरहेका ठाकुर १६ वर्षपछि अन्तर्राष्ट्रिय दबावबाट २०३४ असोजमा रिहा हुनुभयो । उहाँलाई ललितपुर जिल्लाको नखु कारागारबाट मुक्त गरिएको थियो । पछि उहाँले नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा ६ वर्ष काम गरिसक्नु भएको छ । उहाँको पिताको नाम श्यामसुन्दर ठाकुर र माताको नाम सितादेवी हो । उहाँको जन्म २००६ साल फागुनमा धनुषा जिल्लाको लोहना गाउँमा भएको थियो । बाल्यकालमा उहाँलाई पिताले रामायण र महाभारतको धार्मिक कथा सुनाएर एउटा चरित्रवान र निर्भिक्क व्यक्ति बन्न सिकाउनुभएको थियो । यसपटक ठाकुर सानो छँदाका केही सम्झना :