खल्तीमा सन्देश
राजेश्वर नेपाली धेरै वर्षदेखि जनकपुरमा रहेर पत्रकारिता गर्दै आउनुभएको छ । पत्रकार महासंघको पछिल्लो महाधिवेशनमा उहाँलाई ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’ प्रदान गरियो । उहाँको जन्म २००२ साल भदौ १९ गते धनुषाको बिन्धी गाविस, बेलाग्राममा भएको हो । साहका पिताको नाम रामदुलार साह र माताको नाम इन्द्रमणिदेवी साह हो । उहाँहरू तीन दाजुभाइ र तीन दिदीबहिनी जन्मनुभएको हो । राजेश्वर माहिलो छोरा हो । साहले त्रिभुवन विश्वविद्यालयबाट ‘एमए’ सम्म अध्ययन गर्नुभएको छ । पटकपटक जेल परेका साहले राजनीति गरेका कारण पटकपटक भारतमा निर्वासित जीवन बिताउनुपरेको थियो । साह राजनीति र पत्रकारिताका क्षेत्रमा निकै सम्मानित हुनुहुन्छ । उहाँ समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उहाँले लेखेका विभिन्न विषयमा छ पुस्तक प्रकाशित छन् । उहाँले आधा दर्जनभन्दा बढी पुरस्कार र सम्मान पाउनुभएको छ । यसपटक साह सानो छँदाका केही सम्झना :
‘ज्ञान देऊ’ भन्दै पूजा गर्दै
डा. रामबहादुर थापासँग लामो समय विभिन्न क्याम्पसमा पढाएको अनुभव छ । उहाँले ‘हिन्दु ग्रन्थ महाभारतमा स्वास्थ्य शिक्षा-शिक्षण’ विषयमा विद्यावारिधि (पीएचडी) गर्नुभएको छ । कलेजस्तरमा पढाइ हुने स्वास्थ्य शिक्षामा पीएचडी गर्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ । उहाँको जन्म १९९९ साल कात्तिक मसान्तमा भक्तपुरको कटुञ्जेमा भएको हो । पिता जगतबहादुर र माता क्षेत्रकुमारीका पाँच छोरा र दुई छोरी जन्मिएका थिए । उहाँ काइँलो छोरा हो । घरको कमजोर अवस्थाका कारण नियमित पढ्न नपाएका थापाले आफू २५ वर्षको हुँदा मात्र एसएलसी दिन पाउनुभएको थियो । त्यसभन्दा माथि कलेज र विश्वविद्यालयको पढाइ पनि जागिर खाँदै पूरा गर्नुभएको हो । २०२४ सालमा प्राथमिक तहमा पढाउन थालेका उहाँ २०६३ मा सेवानिवृत्त हुनुभएको हो । कटुञ्जेकै अरनिको उच्चमाध्यमिक विद्यालय, ताथली निमावि, दुवाकोट मावि, सानो ठिमी क्याम्पस, महेन्द्ररत्न क्याम्पस (ताहाचल), ठाकुरराम बहुमुखी क्याम्पस (वीरगन्ज), डोटी शिक्षाशास्त्र क्याम्पसमा उहाँले पढाउनुभयो । यसपटक थापा सानो छँदाका केही सम्झना :
कविता भन्दै-सुन्दै २० किलोमिटर
होमबहादुर क्षेत्री पेट्रोलियम इन्जिनियर हुनुहुन्छ । उहाँ खाडी राष्ट्र- कुवेतमा दस वर्षदेखि पेट्रोलियम इन्जिनियरका रूपमा काम गर्दै आउनुभएको छ । उहाँको जन्म सन् १९५७ अगस्त ६ मा भारतको आसाम राज्यको डिगबोईमा भएको हो । उहाँ जमानसिंह र अभि क्षेत्रीका साहिला छोरा हुनुहुन्छ । उहाँहरू पाँच भाई र पाँच दिदीबहिनी जन्मनु भएको हो । उहाँले पेट्रोलियम इन्जिनियरिङमा बीटेक र एमटेक गर्नुभएको छ । ती दुई तहपछि उहाँले नर्वेबाट ‘पेट्रोलियम अन्वेषण’ मा प्री-डक्टरल डिप्लोमा र शोध गर्नुभएको छ । नर्वे अध्ययनमा उहाँले डेढ वर्ष बिताउनुभएको हो । भारतको तेलसम्बन्धी संस्था ओएनजीसी र आइओसीको उच्च पदमा १५ वर्ष बिताउनुभएको छ । भारतमा धेरै पुरस्कार पाउनुभएको छ । उत्तरी कुवेतका तेल भण्डारको विस्तार र दीर्घकालीन राष्ट्रिय योजना बनाउने दलका प्रमुख हुनुहुन्छ । उहाँसँग ट्युनिसिया र मोरक्कोमा तेल खानी खोज्न काम गरेको अनुभव छ । कुवेतमा पनि धेरै पटक पुरस्कृत हुनुभएको छ । इन्जिनियर भए पनि उहाँ साहित्यमा रूचि राख्नुहुन्छ । उहाँका दुई हस्तलिखित कृति : ‘आकाररहित’ (कवितासंग्रह) र ‘मेरा कविताहरू’ (कवितासंग्रह) थिए । अन्य पुस्तक : ‘पर्खौं हामी’ (कवितासंग्रह), ‘मृगतृष्णाको नदी’ (कवितासंग्रह), ‘क्षितिज हराएको छैन’ (कथासंग्रह) र ‘युद्धान्त’ (कथासंग्रह) हुन् । उहाँले मञ्जरी, जूनकीरी, अंकुर, चयनिका, सहिद स्मारिका, स्पेक्ट्रम आदि हिन्दी, नेपाली र अंग्रेजी पत्रिकाको सम्पादन गर्नुभएको छ । यसपटक क्षेत्री सानो छँदाका केही सम्झना :
गाई चराउँदै, श्लोक भट्याउँदै
कृष्णप्रसाद बस्याल पुनरावेदन अदालत पाटनका न्यायाधीश हुनुहुन्छ । उहाँ विगत ३८ वर्षदेखि न्याय सेवासँग सम्बद्ध हुनुहुन्छ । उहाँको जन्म २००३ साल माघमा भएको हो । उहाँका पिताको नाम होमकान्त र माता द्रौपदीदेवी हो । उहाँ एक्लो छोरो हो । उहाँले थुप्रै छन्दोबद्ध कविता, गद्यकविता, बालकविता संस्मरण र निबन्ध लेख्नुभएको छ । कानुनसम्बन्धी एक र साहित्यसम्बन्धी चार गरी उहाँका पाँच पुस्तक प्रकाशित भइसकेका छन् । ती पुस्तक : ‘सुस्केरा’ (कवितासंग्रह), ‘परिणति’ (छन्दोबद्ध खण्डकाव्य), ‘दण्ड-सजाय र फैसला कार्यान्वयन’, बालकवितासमेत समेटिएको ‘अभिशक्त सडकको मौन आवाज’ (कवितासंग्रह) र ‘आफ्नै यात्रा, आफनै अनुभूति’ (यात्रा संस्मरण) हुन् । उहाँ दुई पुस्तक प्रकाशित हुन लागेका छन् । उहाँले २०५७ सालमा राष्ट्रिय प्रतिभा पुरस्कार पाउनुभएको छ । यस्तो पुरस्कार पाउने उहाँ नेपालको एक मात्र न्यायाधीश हुनुहुन्छ । यसपटक बस्याल सानो छँदाका केही सम्झना :
तगारोपछि काठमाडौं
कलाधर काफ्लेले ३० वर्ष सरकारी सेवा गर्नुभएको छ । उपसचिव पदमा पुगेपछि सेवाबाट छुटेका काफ्लेले चार पुस्तक पनि लेख्नुभएको छ । ती पुस्तक ‘नेपालको दुर्गम क्षेत्रमा खाद्यान्नको आपूर्ति’ (२०४५), ‘नेपालमा ग्रामीण विकासका अवधारणा’ (२०५१, सहलेखन), ‘बेलायततिरका तीस पाइला’ (२०६३, यात्रा संस्मरण) र ‘इन्द्रेनी’ (२०६४, साहित्यिक सँगालो) हुन् । उहाँ २००० साल वैशाख १४ गते कास्की जिल्लाको लामाचौरमा भएको हो । उहाँका पिताको नाम गुरुदत्त र माताको नाम मुरलीदेवी हो । उहाँको घरमा उहाँसमेत चार दाजुभाई र एक बहिनी जन्मनुभएको हो । उहाँ माहिलो छोरा हो । एमकम, बीएलसम्म पढेका काफ्ले विभिन्न संस्थामा रही समाजसेवा गर्दै आउनुभएको छ । उहाँले विभिन्न सम्मान/पुरस्कार पाउनुभएको छ । एसिया, युरोप, अष्ट्रेलियाका विभिन्न देश घुमेका काफ्लेका बाल्यकालका केही सम्झना :
खाली खुट्टा सुन्निए
हरिगोपाल श्रेष्ठसँग नेपालमा कम्प्युटर भित्र्याएदेखि स्कुल, कलेजमा यस विषयको पाठ्यक्रम बनाएको लामो अनुभव छ । उहाँले कम्प्युटरसम्बन्धी १७ वटा पुस्तक लेख्नुभएको छ । राजधानीका विभिन्न शिक्षण संस्थाका साथ रहेर काम गर्नुभएको छ । विभिन्न २५ देशको भ्रमण गर्नुभएको छ । आधा दर्जनभन्दा बढी पुरस्कार पाउनुभएको छ । शिक्षक तथा प्रशिक्षक भएर ३० वर्षभन्दा बढी बिताउनुभएको छ । उहाँ २००२ साल जेठमा काठमाडौंको मखन टोलमा जन्मनुभएको हो । उहाँका पिताको नाम हरिबहादुर र माताको नाम लक्ष्मीकुमारी हो । कम्प्युटरसम्बन्धी उहाँको पहिलो लेख २०३२ सालमा गोरखापत्रमा छापिएको थियो । त्यसपछि उहाँले कम्प्युटरकै विषयमा धेरैपटक विभिन्न पत्रपत्रिकामा लेखहरू लेख्नुभएको छ । समाजसेवामा रुचि राख्ने श्रेष्ठको बाल्यकालका केही सम्झना यसपटक ‘सानो छँदा’ स्तम्भमा :
निधारको त्यो घाउ
अच्युतरमण अधिकारीसँग साहित्यिक पत्रकारिता गरेको लामो अनुभव छ । उहाँ २०३० साल साउन २४ गतेदेखि निरन्तर रुपमा शिक्षण पेसामा हुनुहुन्छ । अहिले राजधानीको बागबजारस्थित पद्मकन्या क्याम्पसमा पढाउनुहुन्छ । उहाँ ‘उन्नयन’ नामक साहित्यिक त्रैमासिक पत्रिकाका प्रधानसम्पादक हुनुहुन्छ । ‘उन्नयन’ का ६५ अंक प्रकाशित भइसकेका छन् । उहाँको जन्म २००८ साल वैशाख ५ गते खोटाङ जिल्लाको डुम्रे गाउँ विकास समितिमा भएको हो । उहाँका पिताको नाम मित्रनाथ उपाध्याय र माताको दुर्गादेवी अधिकारी हो । उहाँका मातापिताका ७ छोरा र ५ छोरी जन्मेका हुन् । उहाँ माहिलो छोरा हो । साहित्यिक पत्रकारिताबारे ‘नेपाली त्रैमासिक रचनात्मक मूल्यांकन’ र विवेचनै-विवेचना (समालोचनासंग्रह) उहाँका प्रकाशित कृति हुन् । धरणीधर पुरस्कार, साहित्यिक पत्रकारिता पुरस्कार, सुश्री लक्ष्मी कार्की पुरस्कार आदि पाएका अधिकारी अहिले राजधानीको अनामनगर बस्नुहुन्छ । उहाँ साहित्यिक पत्रकार संघका संस्थापक निर्वाचन आयुक्त हुनुहुन्छ । त्यसपछि संघको सदस्य, कोषाध्यक्ष र महासचिव हुनुभयो । २०३८ सालमा सभापति भई २०४४ सम्म रहनुभयो । २०३८ माघ १७ मा विश्वेश्वरप्रसाद कोइरालाको अभिनन्दन गर्न उहाँ सक्रिय हुनुभयो । त्यसै वर्ष चैत १३ देखि १९ गते नेपालमा पहिलोपटक कथासप्ताह गरियो । चैत १९ मा ‘मैनाली कथा पुरस्कार’ स्थापना गरियो । यो पुरस्कार सार्वजनिक संस्थाले स्थापना गरेको यो पहिलो हो । चैत १९ मै कथा दिवस मनाउन थालियो । यी सबै काममा उहा अगाडि बढेर लाग्नुभयो । यसपटक अधिकारी सानो छँदाका केही सम्झना :
सञ्जीव नभएको भए
कृष्ण धरावासी साहित्यकार हुनुहुन्छ । उहाँले २०६२ मा ‘राधा’ उपन्यासका लागि मदन पुरस्कार पाउनुभएको हो । धरावासीको जन्म २०१७ साउन २ मा पाँचथर जिल्लाको अमरपुर गाउँमा भएको हो । उहाँको खासनाम कृष्णप्रसाद भट्टराई हो । धरावासीका पिताको नाम टीकाराम र माताको नाम अम्बिका हो । उहाँका घरमा चार दिदी-बहिनी र दुई दाजुभाई जन्मे । उहाँ जेठो छोरा हो । अहिले उहाँ बैंक-कर्मचारी हुनुहुन्छ । कृषि विकास बैंक- केन्द्रीय कार्यालय (रामशाहपथ, काठमाडौं) मा कार्यरत हुनुहुन्छ । उहाँको पहिलो रचना २०३३ सालमा ‘सूर्योदय’ साप्ताहिकमा कविता प्रकाशित भएको थियो । उहाँका १५ पुस्तक प्रकाशित छन् । ती ‘बालक हराएको सूचना’ (निबन्धसंग्रह, २०४८), ‘विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरू’ (समालोचना, २०४८), ‘उन्मुक्तिका आवाजहरू’ (कवितासंग्रह, २०५०), ‘लीलालेखन’ (समालोचना, २०५३), ‘नारीभित्र त्यस्ता के छ हजुर’ (निबन्धसंग्रह, २०५३), ‘उत्तमजंग सिजापतिको आलु’ (निबन्धसंग्रह, २०५५), ‘शरणार्थी’ (उपन्यास, २०५६), ‘आधा बाटो’ (उपन्यास, २०५९), ‘झोला’ (कथासंग्रह, २०६०), ‘पाठकको अदालतमा’ (मुद्दा, २०६२), ‘कान्धी राधा’ (काव्य, २०६२), ‘राधा’ (उपन्यास, २०६२), ‘तेस्रो आयाम र बैरागी काइँला’ (समालोचना, २०६३), ‘तपाईँ’ (उपन्यास, २०६४) र ‘मेरो साहित्यिक यात्रा र मदन पुरस्कार’ (संस्मरण, २०६४) हुन् । उहाँका झापाका विभिन्न संघ-संस्थासँग आबद्ध धरावासीले धेरै सम्मान एवं पुरस्कार पाइसक्नुभएको छ । यसपटक धरावासीका बाल्यकालका केही सम्झना :
संस्कृत हुँदै विज्ञान
प्रा. डा. होमनाथ भट्टराई नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का उपकुलपति हुनुहुन्छ । गणितका प्राध्यापक भट्टराईले अमेरिकाको युनिभर्सिटी अफ ओरेगनबाट विद्यावारिधि (पीएचडी) गरेको २१ वर्ष बितिसकेको छ । उहाँको जन्म २००१ साल असारमा अर्घाखाँचीको वाङ्ला गाउँमा भएको हो । उक्त गाउँ अहिले सन्धिखर्क गाउँ विकास समितिमा छ । उहाँका पिताको नाम पण्डित टीकाराम र माताको नाम भीमा हो । दुई दिदी जन्मेपछि पहिलो आमाको निधन भयो । बुबाले दोस्रो विवाह गर्नुभयो । होमनाथ जेठो छोराका रूपमा जन्मनुभयो । उहाँका चार भाइ जन्मे । उहाँले विद्यालय र स्नातक तहका गणितका पाठ्यपुस्तक लेख्नुभएको छ । स्वदेश तथा विदेशका विभिन्न जर्नलमा रिपोर्ट प्रकाशित छन् । उहाँ गोरखादक्षिणबाहु तेस्रो, शिक्षा पुरस्कार, महेन्द्र विद्याभूषण आदिबाट सम्मानित हुनुभएको छ । २०६३ साल जेठदेखि नास्टका उपकुलपति नियुक्त भट्टराईले १५ भन्दा बढी देशको भ्रमण गर्नुभएको छ । उहाँले विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सभा-सम्मेलनमा धेरै कार्यपत्र पेस गर्नुभएको छ । उहाँ सानो कक्षादेखि उच्च शिक्षा पूरा गर्दा सधैं प्रथम श्रेणीमा उत्तीर्ण हुनुभयो । यसपटक प्रा. डा. भट्टराईका बाल्यकालका केही सम्झना :
Bhutanese Community of New Hampshire (BCNH)-Concord has inaugurated Nepali Learning Project amidst a special function in Concord, New Hampshire on Tuesday.
According to BCNH-Concord, a two-hour long program was organized in Immaculate Heart of Mary Church in Concord, NH. A sizeable number of American guests including from the resettlement agency, teachers from Concord High School, officials from different non-profit organizations, volunteers and resettled Bhutanese folks in the state attended the function.
BCNH-Concord further stated that Barbara Seebart, New Hampshire State Coordinator, inaugurated the program. During the program, Barbara highlighted the importance of preserving and promoting the first language and expressed gratitude to the community volunteers for initiating the needful project.
Speaking about the project, Bhagirath Khatiwada, Deputy Executive Director of BCNH informed that the project was launched to preserve Nepali language and literature, Bhutanese culture, arts and heritage while integrating into new society. Khatiwada also said that in the initial phase, priority would be given to the children between the ages of 6-11 to enroll in the class. “It is entirely a selfless volunteer effort initiated by the dynamic community volunteers,” he added.