चुडामणि गौतम सानो छँदा

पैसाको रुख, चिउँडोमा प्वाल र ऐनाबाट फ्रेम

चुडामणि गौतमले अंग्रेजी व्याकरण (ग्रामर) का धेरै पुस्तक लेख्नुभएको छ । साहित्यकार हुनुहुन्छ । ग्रामरजस्तै र अरु सहयोगी गरी उहाँका ५० पुस्तक प्रकाशित छन् । बजारमा बढी प्रचलित भने यस्ता २० पुस्तक छन् । २००० साल असोज १ मा तेर्‍हथुमको कोयाखोलामा जन्मेका गौतमका एक भाई र चार दीदि-बहिनी जन्मनुभएको थियो । उहाँका भाई रामचन्द्र गौतम गोरखापत्र दैनिकसँग आवद्ध हुनुहुन्थ्यो । रामचन्द्रको केही वर्षअघि निधन भइसक्यो । उहाँका पिता यमनाथ र माता भीमरुपा हुनुहुन्थ्यो । आफ्नो वाल्यकाल अभाव र दुःखमा बितेकाले उहाँले सस्तोमा ग्रामर पुस्तक बजारमा ल्याउनुभएको छ । विद्यालय नियमित गए पनि कलेज सबै प्राइभेट पढ्नुभयो । उहाँले बी.ए. र बी.एल. गर्नुभएको छ । कलेज पढ्न विराटनगरको महेन्द्र मोरङ कलेज भर्ना भए पनि नियमित हुन सक्नुभएन । हाल काठमाडौंको डिल्लीबजारमा बस्ने गौतमका वाल्यकालका केही सम्झना :

मोहन दुवाल सानो छँदा

कालो लुगामा पुलिस, अरबी घोडा र खराब शिक्षक

मोहन दुवाल साहित्यकार हुनुहुन्छ । उहाँ राजधानीनजिकै बनेपामा बसेर साहित्यको सेवा गर्दै आउनुभएको छ । उहाँको जन्म २००६ जेठ २१ मा भोलाखा गाउँ पञ्चायत ७ मा भएको हो । त्यो ठाउँ अहिले बनेपा नगरपालिका ७ मा छ । उहाँका पिता गणेशबहादुर र माता खिलकुमारी हुनुहुन्थ्यो । २०२० देखि निरन्तर लेख्दै आएका दुवालले कक्षा ९ मा पढ्दा नेपाल भाषामा ‘चुलिजाः गु स्वाँ’ कवितासंग्रह लेख्नुभएको थियो । उक्त पुस्तकपछि उहाँका १४ पुस्तक प्रकाशित भएका छन् । उहाँले विभिन्न पुस्तकको सम्पादन गर्नुभएको छ । विभिन्न पुरस्कार र सम्मान प्राप्त दुवालले सम्पादन गरेको ‘जनमत’ साहित्यिक पत्रिकाका १ सय २२ अंक प्रकाशित भइसकेका छन् । बी.ए., बी.एड. गरेका उहाँले २७ वर्ष पढाउनुभयो । साथै ३३ वर्ष पत्रकारिता गर्नुभयो । उहाँले केही दशक राजनीति पनि गर्नुभयो । अहिले पनि विभिन्न संघसंस्था र विद्यालयका समितिमा रहेर काम गर्दै आउनुभएको छ । शरद, प्रतिमा श्रेष्ठ, लाल किरण, बहादुर, शरद श्रेष्ठ, शरद बनेपा, किरण र सुदिमजस्ता उपनामले विभिन्न रचना प्रकाशितसमेत गरेका मोहन दुवालका बाल्यकालका केही सम्झना :

बच्ची मिश्र सानो छँदा

उता जस्तो, यता त्यस्तै

बच्ची मिश्रले लामो समयसम्म शिक्षिका भएर काम गर्नुभएको छ । उहाँले चालिस वर्ष रत्नराज्य लक्ष्मी बालिका विद्यालयमा पढाउनुभयो भने । दुई वर्ष महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा पढाउनुभयो । सप्तरी जिल्लाकै पहिलो शिक्षिका मिश्रले स्थानीय पत्रिकामा मैथली भाषामा धेरै लेखहरू लेख्नुभयो । उहाँले लामो समयसम्म राजविराजबाट प्रकाशित हुने ‘मीथिला साप्ताहिक’ मा ‘सखा बहिनपा’ स्तम्भ लेख्नुभयो । सन् १९४५ डिसेम्बर ३० (वि.सं. २००२ साल) मा भारतमा बिहार राज्य, दरभंगाको जयनगर जन्मेकी मिश्रको १३ वर्षको उमेरमा नेपालको राजविराजमा विवाह भयो । बी. ए. र बी.एड. गरेकी मिश्रले आफ्नो क्षेत्रमा समाजसेवा गरेर नाम कमाउनुभएको छ । दलित समुदायमा चेतना फैलाउन गठित ‘मैथिल महिला परिषद्’ मा उहाँले काम गर्नुभएको छ । विभिन्न संस्था एवं निकायबाट दुई दर्जनभन्दा बढी सम्मान एवं पदक पाएकी मिश्रका बाल्यकालका केही सम्झना :

दिलबहादुर चित्रकार सानो छँदा

एकान्तमा चित्र कोर्दाकोर्दै

डी.बी. चित्रकार पुराना चित्रकार हुनुहुन्छ । उहाँलाई दिलबहादुर चित्रकार भनेर पनि चिनिन्छ । दिलबहादुरले संस्कृति र जनजीवनका धेरै चित्र कोर्नुभएको छ । उहाँलाई मुहारचित्र बनाउन जान्ने चित्रकारका रूपमा चिनिन्छ । उहाँ वि. सं. १९८४ (नेपाल संवत् १०४८) मा पाटनको हौगलमा जन्मनुभएको हो । उहाँ जगतबहादुर र हेरामायाका माहिला छोरा हुनुहुन्छ । उहाँले १४ वर्षको उमेरदेखि चित्र कोर्न थाल्नुभएको हो । चित्रकारले पाँचवटा एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ । उहाँको पछिल्लो प्रदर्शनी एक महिनाअघि मात्र भएको थियो । राम शाहका पालादेखि नै चित्रकारहरूले चित्र कोर्न काम गर्दै आएका हुन् । उहाँले बनाएका चित्रहरू हजारौं छन् । उहाँ नेपाल ललितकला संस्था (नाफा) मा संस्थापक सदस्य हुनुहुन्छ । नाफाले २०२३ र २०२४ मा गरेका प्रतियोगितामा प्रथम र दोस्रा हुनुभएको थियो । उहाँको पहिलो प्रदर्शनी सन् १९६४ मा म्याक्स ग्यालरीमा भएको थियो । उहाँले २०१७ सालमा जुद्ध कला पाठशालाबाट कला-प्रवीण गर्नुभएको हो । उहाँ कार्यक्रमहरूमा कम जानुहुन्छ । पत्रपत्रिकाले लेखे धेरै नाम चल्छ भन्ने कुरामा त्यति विश्वास गर्नुहुन्छ । लामो समय जनक शिक्षा केन्द्रमा प्रमुख चित्रकारका रूपमा २० वर्ष काम गरेका दिलबहादुरका बाल्यकालका केही सम्झना प्रस्तुत छ : Read More »

जीवन अधिकारी सानो छँदा

पाठशाला जाँदा अढाई घन्टा उकालो

जीवन अधिकारी प्रसिद्ध संगीतकार हुनुहुन्छ । उहाँले भारतको सिलिगुढी, बागडोगरामा बस्नुहुन्छ । उहाँले उद्धव पौडेलले बनाएका दुई चलचित्र ‘तिलहरी’ र ‘परिवार’ मा संगीत दिनुभएको छ । त्यसबाहेक उहाँले सिलिगुढीमा प्रचलित बंगाली र सात्री भाषाका साना पर्दाका चलचित्र, भिडियो चलचित्र आदिमा संगीत दिनुभएको छ । यसपटक नेपाली गजलको क्यासेट निकाल्न काठमाडौं आउनुभएको छ । उक्त गजलको संगीत उहाँको १५ औं कृति हो । मुख्य पेसा कानुनसेवी हो । उहाँ वकालत गर्नुहुन्छ । उहाँको जन्म सन् १९५० जनवरी १ मा दार्जिलिङको तकभर चिया कमानको तेस्रो विभागमा भएको हो । त्यही कमानमा वरिष्ठ साहित्यकार तथा चित्रकार लैनसिंह बाङ्देलको जन्म भएको हो । बुबा भक्तिप्रसाद र आमा मनमायाका छ छोरा र ४ छोरी जन्मे । गजलको रेकर्डिङका लागि आएका संगीतकार अधिकारीको बाल्यकालका केही सम्झना प्रस्तुत छ :

अब ६३ वर्षमा ६३ माइल

सहयोगका लागि नयाँ सोचमा काम गर्ने मान्छे अनेक हुन्छन् । अमेरिकाको ‘फर्स्ट लभ इन्टरनेसनल मिनिस्ट्रीज’ का निर्देशक डा टम क्लिन्टनको तरिका रमाइलो छ । उनी आफ्नो जन्मदिनमा दौडन्छन्, त्यो पनि जतिऔं जन्मदिन हो, त्यति माइल । दौडेर रकम संकलन गर्छन् । त्यो रकम नेपाल, भारत, केन्या र फिलिपिन्समा अनाथको सहयोगार्थ पठाउँछन् ।

होमनाथ उपाध्याय सानो छँदा

काठमाडौं महँगो र वनारस सस्तो

होमनाथ उपाध्याय (निरौला) लामो समयदेखि संगीतका क्षेत्रमा संलग्न हुनुहुन्छ । उहाँ तबलाका गुरु हुनुहुन्छ । तबलाकै विषयमा उहाँले ‘ताल पुष्पाञ्जली’, ‘काशी टु कान्तिपुर’ (अंग्रेजी) शीर्षकका दुई पुस्तक लेख्नुभएको छ । उहाँको जन्म काठमाडौंको ज्ञानेश्वरमा २००० साल असार २० मा भएको हो । पिता तुलसीप्रसाद र माता भागिरथीका पुत्र होमनाथका एक भाइ र दुई बहिनी हुनुहुन्छ । उहाँले ७ वर्षभन्दा बढी अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा तबलाका विषयमा प्राध्यापन गराउनुभयो । भारतमा रहेर संगीतकार आर.डी. बर्मनसँग करिब पाँच सय चलचित्रमा संगीत दिनुभयो । उपाध्याय अहिले राजधानीका विभिन्न संगीत संस्थासँग आबद्ध हुनुहुन्छ । उहाँ र नृत्यका गुरु पं. सुरेशप्रसाद मिश्र मिलेर तबला र नृत्यका लागि कमलपोखरीमा प्रशिक्षण संस्था खोल्नुभएको छ । यसपल्ट उहाँका केही बालसम्झना प्रस्तुत छन् :

स्नेह पोखरेल सानो छँदा

आरु टिप्दा एउटा हातमा आरु, अर्को हात हाँगामा

स्नेह पोखरेल समाजसेवी हुनुहुन्छ । उहाँ विराटनगरमा बस्नुहुन्छ । त्यहाँका करिब डेढ दर्जन विभिन्न सामाजिक संस्थामा रहेर काम गर्दै आउनुभएको छ । उहाँ वि.सं. १९९८ साउन गुरु पूर्णिमाका दिन ललितपुरको कुपन्डोलमा जन्मनुभएको हो । पिता लोकराज र माता दुर्गादेवीकी छोरी स्नेह सानैमा विवाह भएर विराटनगर जानुभयो । उहाँको परिवारले पढ्न मद्दत गर्‍यो । एस.एल.सी. विवाहपछि पूरा गर्नुभयो । त्यसपछि समाजसेवामा लाग्नुभयो । उहाँले बालसाहित्यमा कलम चलाउन थाल्नुभएको छ । बालबालिकाका लागि लेखेको एउटा पुस्तक (बालकथासंग्रह) चाँडै बजारमा आउँदैछ । यसपटक स्नेह पोखरेलका बाल्यकालका केही सम्झना समेटिएको छः

टेकनाथ रिजाल सानो छँदा

सधैं अधिकारका लागि बहस

टेकनाथ रिजाल नेपाली मूलका भुटानी नेता हुनुहुन्छ । भुटानी राजाले एक लाखभन्दा बढी नेपालीलाई त्यहाँबाट खेदाए । अरु भुटानका नेपालीजस्तै उहाँ नेपालमै बस्दै आउनुभएको छ । उहाँ भुटानबाट धपाइएका नेपाली उतै फर्कन पाउनुपर्छ भनेर आवाज उठाइरहनुभएको छ । उहाँको जन्म २००४ साल फागुन १३ गते दक्षिण भुटानको लामीडाँडामा भएको हो । लामीडाँडा क्षेत्रबाट चुनाव जितेर प्रतिनिधि भई डेढ दशकसम्म भुटानको सेवा गर्नुभयो । उहाँ भुटानका लोकप्रिय नेता हुनुभयो । उहाँले भारतको वनारसबाट संस्कृतमा आचार्य गर्नुभएको छ । उहाँ भुटानी नरेशलाई शिक्षा र भ्रष्टाचार नियन्त्रणमा सल्लाह र सहयोग गर्ने मुख्य व्यक्ति हुनुभयो । भुटानमा भएको जनगणनाले भुटानी नागरिकलाई वंशज, बसाइ सरेर आएका र गैरभुटानी भनी तीन वर्गमा बाँढ्यो । नेपाली मूलका अधिकांश नागरिकलाई गैरभुटानी समूहमा राखिएकोमा उहाँले राजासमक्ष चित्त नबुझेको बताउनुभयो । राजाले मेरो विरोध पो गर्‍यो कि भनेर शंका गरे । संसद्को उपसभामुखमा राजाका मान्छेले जितेनन् । उहाँले समर्थन गरेको मान्छेले जिते । राजामा शंका बढ्यो । राजाका मान्छेले उहाँलाई खेदाए । उहाँलाई मार्न खोजियो । त्यसपछि भारतको आसाम हुँदै २०४५ भदौमा नेपाल आउनुभयो । रिजाललाई त्यसबेलाको पञ्चायती सरकारले मंसिर १ गते झापाबाट पक्राउ गर्‍यो । भुटान सरकारलाई बुझायो । त्यसपछि १० वर्ष थुनियो । जेलमा धेरै दुःख दिइयो । दश वर्षपछि मुक्त हुनुभयो । भुटानी राजासँग भेट्न भनेर उहाँ दुई वर्ष भुटानको राजधानी थिम्पूमा बस्नुभयो । तर भेट्न दिइएन । अनि भारतको सिलिगुढी जानुभयो । सिलिगुढी, कोलकाता र दिल्लीमा उपचार गर्नुभयो । जेलमा दुःख दिएकाले बिरामी हुनुभएको थियो । उहाँ नयाँदिल्ली हुँदै २०६० असोज ३० मा काठमाडौं आउनुभयो ।
उहाँको आत्मकथाको पुस्तक ‘निर्वासन’ प्रकाशित छ । उहाँले प्रकाश काफ्ले अन्तर्राष्ट्रिय ऐक्यबद्धता पुरस्कार पाउनुभएको छ । यसपटक रिजालको बाल्यकालका केही संझना प्रस्तुत छ :

जलेश्वरी श्रेष्ठ सानो छँदा

छोरीले पढ्न पाउनुपर्छ एउटा विद्रोह

जलेश्वरी श्रेष्ठ साहित्यकार हुनुहुन्छ । उहाँले बालसाहित्यका क्षेत्रमा पनि धेरै काम गर्नुभएको छ । उहाँले ‘परीको घर’ (बालकथासंग्रह, २०६०), ‘मेहनती गौरी’ (बालउपन्यास, २०६०) र ‘तीसाको जन्मदिन’ (बालकथासंग्रह, २०६१) जस्ता बालसाहित्यका आधा दर्जन कृतिसमेत प्रकाशित गर्नुभएको छ । उहाँले ‘देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार’, ‘गोमा स्मृति पुरस्कार’ र ‘नवप्रतिभा पुरस्कार’ स्थापना गर्नुभएको छ । उहाँ २००३ फागुनमा काठमाडौंको वटुटोलमा पिता शरणलाल र माता हरिदेवीकी छोरीका रूपमा जन्मनुभएको हो । यसपल्ट उहाँको बालककालका केही सम्झना प्रस्तुत छः