गोविन्दराज भट्टराई सानो छँदा

भाइबहिनीका भाग र बान्ता आउन्जेल चिनी खाइयो

प्रा. डा. गोविन्दराज भट्टराई अंग्रेजीका प्राध्यापक हुनुहुन्छ । उहाँ अनुवाद साहित्यमा विद्यावारिधि (पीएचडी) गर्ने पहिलो नेपाली हुनुहुन्छ । उहाँ साहित्यकार तथा ‘कान्तिपुर दैनिक’ का स्तम्भकार पनि हुनुहुन्छ । डा. भट्टराई अहिले त्रिभुवन विश्वविद्यालय (कीर्तिपुर) को शिक्षाशास्त्र संकायमा सहायक डिन हुनुहुन्छ । उहाँको जन्म २०१० चैत ४ गते भएको हो । उहाँले एमए, एमएड र पीएचडी गर्नुभएको हो । डा. भट्टराई हाल कीर्तिपुर नगरपालिका-२ ट्याङ्लाफाँटमा बस्नुहुन्छ । उहाँका एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । उहाँका ती प्रकाशित पुस्तक- ‘मुगलान’ (उपन्यास, २०३१) देखि ‘वियोन्ड द फ्रन्टियर्स : विमिन्स स्टोरिज फ्रम नेपाल’ (२०६३, सम्पादन) हुन् । उहाँले हालै गैरआवासीय नेपाली पुरस्कारसहित करिब आधा दर्जनभन्दा बढी पुरस्कार पाउनुभएको छ । यसपटक उहाँका बाल्यकालका सम्झना :

रामप्रसाद ज्ञवाली सानो छँदा

सानो हुँदाका धेरै सम्झना, कुन भन्ने कुन नभन्ने

रामप्रसाद ज्ञवाली कलेजस्तरमा नेपालीका पढाउनुहुन्छ । उहाँ एक साहित्यकार हुनुहुन्छ । उहाँको जन्म २०२४ साल गुल्मी जिल्लामा भएको हो । उहाँ कुन्तादेवी र दुर्गाप्रसादका छोरा हुनुहुन्छ । संस्कृतमा शास्त्री र नेपालीमा एमए (प्रथम श्रेणीमा प्रथम) गरेका ज्ञवालीले करिब एक दर्जन साहित्यिक कृति लेख्नुभएको छ । ‘विवश आँसु’ (नाटक, २०४४), ‘परिवर्तनको मोडमा’ (उपन्यास, २०५५), ‘जीवनका घुम्तीहरू’ (उपन्यास, २०५३), ‘औँसीका फूलहरू’ (महाकाव्य, २०५३), ‘आख्यानकार पारिजात’ (समालोचनाग्रन्थ, २०५८), ‘पुतली र झुसिल्किरा’ (कवितासंग्रह, २०५९), ‘एकादेशमा’ (खण्डकाव्य, २०६१), ‘सानी परेवी र बाज’ (बालकथा, २०६१), ‘असुरग्याँस’ (कवितासंग्रह, २०६२), ‘सम्पत्ति’ (एकांकीसंग्रह, २०६३) र ‘पाश्चात्य साहित्य सिद्धान्तको सरल व्याख्या’ (सैद्धान्तिक समालोचना, २०६३) उहाँले लेखेका कृति हुन् । उहाँले कक्षा १ देखि १० सम्मका लागि दस प्रकारका व्याकरण, पूर्वप्राथमिकदेखि प्राथमिक तहसम्मका ६ पुस्तक, प्रवीणता प्रमाणपत्र तहका चार, दस जोड दुईका चार र स्नातक तहका चार पुस्तक लेख्नुभएको छ । उहाँ विभिन्न निजी शैक्षिक संस्था तथा विभिन्न साहित्यिक संस्थासँग काम गर्दै आउनुभएको छ । यसपटक ज्ञवालीका बाल्यकालका केही सम्झना :

कल्पना प्रधान सानो छँदा

खोई देउता रिसाएनन् ? कसैको मुख बांगिएन ?

मेरो सानो खरायो,
आज कता हरायो !
हिजो सँगै खेलेथ्यौं,
घरभित्र भुलेथ्यौं !
को पहिले पुग्ने हो,
भन्दै हामी कुदेथ्यौं !
खोज्दाखोज्दै बित्यो दिन,
डुब्न लाग्यो घाम ।
कल्ले देला बुबु उल्लाई,
कल्ले देला माम ?
चिथोर्छ कि बिरालोले,
गर्छ म्याउँ-म्याउँ ।
खोजी गर्न लौ न आमा,
हामी सगै जाऔं ।
खाटमुनि लुक्यो कि !
आगनीमा पुग्यो कि !
भालु आई चोरेर
जंगलतिर लग्यो कि !
यो रमाइलो कविता सबैले सुनेको र पढेको कविता हो । यो कविता कल्पना प्रधानले लेख्नुभएको हो । यही कविताको एउटा प्रसंग छ । कुरा २०२६ सालको हो । कल्पना प्रधानले आफ्नो दुईवर्षे छोरोका निम्ति एउटा दम दिएर चल्ने खेलौना खरायो किनिदिनुभयो । खाली ‘चिची’ भनेर मासु खान माग्ने छोराको बानी कम गर्न उहाँले खेलौना खरायो किनिदिनुभएको थियो । छोरो त्यही खरायोसँग खेल्थ्यो । अल्मलिन्थ्यो । एकदिन त्यो खरायो हरायो । खरायो हराएपछि नाबालक छोरा रुन, कराउन थाल्यो । कसले चोर्‍यो ? थाहा भएन । छोरो भने ‘खरायो हरायो’ भनेर कराइरह्यो । राति सुतेन । बल्लबल्ल निदाएको छोरो निद्रामा हुँक्क हुँक्क गरिरह्यो । छोराको चित्त दुखेकोमा उहाँ निकै दुःखी हुनुभयो । छोरो त सुत्यो । उहाँलाई निद्रा लागेन । उठेर एउटा कविता केर्नुभयो । त्यो रात त्यसै बित्यो । बिहान भयो । ‘बालक’ पत्रिकाका सम्पादक वासु रिमाल ‘यात्री’ एकाबिहानै प्रधानका घरमा आउनुभयो । त्यसबेला कल्पना माथिल्लो तलामा केही काम गर्दै हुनुहुन्थ्यो । यात्रीले कल्पनाले लेख्नुभएको कविता पढ्नुभयो । ‘यो कसले लेखेको हो ?’ यात्रीले कल्पनाका पति परशु प्रधानलाई सोध्नुभयो । परशुले भन्नुभयो, ‘श्रीमतीले लेखिन् होला ।’ यात्रीले कविता मनपरेको बताउँदै खल्तीमा हाल्नुभयो । राम्रो छैन जस्तो लाग्दै कल्पनाले लाज मान्नुभयो । उहाँलाई के भनौं के नभनौं ? भयो । कविता ‘बालक’ मा छापियो । त्यही कविता जनकशिक्षा सामग्री केन्द्रले सुरुमा कक्षा ३ को र पछि कक्षा २ को ‘महेन्द्रमाला’ मा समावेश गर्‍यो । कविता छापिएपछि कल्पनालाई लेख्ने जाँगर चल्यो । त्यो जाँगरले धेरै पुस्तकको जन्म भयो । एउटा रमाइलो कुरा के छ भने ‘खरायो हरायो’ भनेर रुने कल्पनाका ती छोरा प्रतीक प्रधान अहिले ‘दी काठमान्डू पोस्ट’ का सम्पादक हुनुहुन्छ ।

कोमल निरौला सानो छँदा

घरमै बज्थ्यो हार्मोनियम, रेडियो र ग्रामोफोन

कोमल निरौला पुराना गायक, गीतकार र संगीतकार हुनुहुन्छ । इलाममा रहेर बर्सेनि राजधानी आउँदै उहाँले एक दर्जन गीत गाउनुभयो । दसवटा जतिमा संगीत दिनुभयो र पाँचवटाजति गीत रचना गर्नुभयो । उहाँको जन्म २०१० साल कात्तिकमा इलामको नाम्सालिङमा भएको हो । उहाँका पिताको नाम सर्मानन्द र माताको रेणुका हो । उहाँ चार दाजुभाइमध्ये कान्छो हो । उहाँको पहिलो गीत २६ सालमा रेडियो नेपालमा रेकर्डिङ भएको थियो । उहाँले गाएको बालगीत ‘के सानी रहिछौ नानी तिमी, बोलाऊँ बोलाउँ लाग्छ..’ हो । २०४१ सालमा रत्न रेकर्डिङ संस्थानले राष्ट्रिय युवागीत प्रतियोगिता गर्‍यो । भक्तराज आचार्यको संगीतमा उहाँले ‘अखण्ड सत्य हौं युवा यो देशको..’ गीत गाउनुभयो । उक्त गीत दोस्रा भयो । उहाँले गाएका गीतमध्ये ‘चिल होइन बेसारा चल्ला टिपिलाने….’ चर्चित बनेको लोकगीत हो । उक्त गीतमा उहाँलाई सुलोचना कर्माचार्यले महिलास्वरमा साथ दिनुभएको थियो । २०५८ सालमा छोरा डेनीले दिएको संगीतमा गीत गाएपछि उहाँको गायकी रोकिएको छ । उहाँले इलामको महेन्द्ररत्न कलेजबाट बीए र केन्द्रीय क्याम्पस (कीर्तिपुर) बाट बीएड गर्नुभएको छ । अहिले इलामस्थित शैक्षिक तालिम केन्द्रमा प्रशिक्षक निरौलाका बाल्यकालका केही सम्झना :

प्रा. डा. रामावतार यादव सानो छँदा

अंग्रेजको असल बानी मलाई अंग्रेजी पढाउने निर्णय

प्रा. डा. रामावतार यादव पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति हुनुहुन्छ । उहाँ सन् १९४२ सेप्टेम्बर १० मा धनुषाको मुडिबा गाउँमा जन्मनुभएको हो । यादवको नाम पिता प्रभु र माताको नाम जामवतीदेवी हो । उहाँ माता-पिताको एक्लो छोरो हो । यादवका दुई दिदी र एक बहिनी जन्मनुभएको हो । नेपाल र भारतमा स्कुल तथा कलेजस्तरको पढ्नुभयो । त्रिभुवन विश्वविद्यालयबाट एम.ए. गर्नुभयो । उहाँ ब्रिटिस काउन्सिल स्कलर बनेर बेलायत जानुभयो । बेलायतबाट टेफल (टिचिङ इङ्लिस एज अ फरेन ल्याङ्विज) मा पोस्ट-ग्रेजुयट डिप्लोमा गर्नुभयो । दुईपटक फुलब्राइट फेलोसिप (संरा अमेरिका) र तीनपटक हुम्बोल्ड छात्रवृत्ति पाउने पहिलो नेपाली हुनुहुन्छ । उहाँले मैथली ध्वनिशास्त्रमा पी.एचडी. गर्नुभएको छ । उहाँका विभिन्न जर्नलमा लेख तथा पुस्तक जर्मनी, बेलायत, भारत, अमेरिकाबाट प्रकाशित छन् । उहाँले सन् १९६४ मा राजधानीको चेतभवनस्थित कलेज अफ एजुकेसनबाट पढाउन थाल्नुभयो । त्यसपछि पाटन कलेजमा र त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी पढाउनुभयो । उहाँ पाठ्यक्रम विकास केन्द्र (त्रिवि), उच्च माध्यमिक शिक्षा परिषद्को पहिलो सदस्य-सचिव, शैक्षिक जनशक्ति विकास केन्द्रको दुईपटक कार्यकारी निर्देशक, राष्ट्रिय शिक्षा आयोगको दुईपटक सदस्य, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सदस्य-सचिव आदि हुनुभयो । यादवले सन् १९९६ मा पासाङ ल्हामु प्रज्ञा पुरस्कारलगायत विभिन्न पुरस्कार पाउनुभएको छ । मल्ल राजा भूपतिन्द्र मल्लले लेखेको ‘परशुरामोपाख्यान’ नाटकको समीक्षात्मक सम्पादन गर्नुभएको छ । उक्त कृति चाँडै प्रकाशित हुँदैछ । उहाँले पढाएका कैयौं विद्यार्थी मुलुकका उच्च ओहदामा पुगेका छन् । यसपटक उहाँको बाल्यकालका केही सम्झना :

बिन्द्रा हाडा सानो छँदा

बुवाको पार्कर कलम हराएको त्यो दिन

बिन्द्रा हाडालाई सरकारी जागिर खाने सबैले माथिल्लो तहमा पुगेकी सफल महिला भनेर चिन्छन् । सरकारी सेवामा परराष्ट्र, हुलाक, प्रशासनजस्ता सेवा हुन्छन् । प्रशासन सेवामा तीन महिला मात्र सहसचिव छन् । ती तीनजनामा बिन्द्रा एक हुनुहुन्छ । बिन्द्रा खुला (योग्यता पुगेका जसले पनि दिन मिल्ने) लिखित परीक्षा उत्तीर्ण गरी सहसचिव हुने पहिलो महिला हुनुहुन्छ । सानै उमेरमा माथिल्लो तहमा पुग्ने उहाँको जन्म २०२२ साल असारमा काठमाडौंको भोटाहिटीमा भएको हो । उहाँका पिताको नाम विष्णुदास र माता चण्डेश्वरी हाडा हो । रसायनशास्त्रमा एमएस्सी, कानुनमा स्नातक र जनप्रशासनमा स्नातकोत्तरसम्म पढेकी बिन्द्राले थुप्रै देशको भ्रमण गर्नुभएको छ । अर्थ मन्त्रालयमा सेवा दिंदै आएकी उहाँको बाल्यसम्झना प्रस्तुत छ :

हरिश्चन्द्र न्यौपाने सानो छँदा

सम्झनाका धेरै वर्ष – झौखेलदेखि काशीसम्म

प्रा. हरिश्चन्द्र न्यौपाने एक सय एक वर्षका हुनुहुन्छ । उहाँ नेपाली र संस्कृत भाषाका भाषाविद् र राजगुरु हुनुहुन्छ । विभिन्न कलेजमा २८ वर्ष र राजपरिवारका विभिन्न सदस्यलाई करिब ४० वर्ष पढाउनुभएको छ । उहाँले पढाएका कलेजमा दरबार कलेज (यो कलेज पछि गएर त्रिचन्द्र कलेजमा गाभिएको थियो), त्रिचन्द्र कलेज, सरस्वती कलेज, न्यासनल कलेज, वाल्मीकि संस्कृत महाविद्यालय हुन् । उहाँ वि. सं. १९६४ भाद्र कृष्णप्रतिपदा (भदौ ८ गते शनिबार) भक्तपुरको झौखेलमा जन्मनुभएको हो । उहाँका पिताको नाम पं. नन्दीकेशर र माता गंगादेवी हुनुहुन्थ्यो । उहाँ भक्तपुरको झौखेल गाविस ४ मा जन्मनुभएको हो । उहाँले भारतको बनारसस्थित गवर्नमेन्ट संस्कृत कलेजबाट साहित्याचार्य गर्नुभएको छ । २००४ सालमा नेपाल सरकारको सेवा थाल्नुभयो र २०३४ सालमा सेवानिवृत्त हुनुभयो । उहाँका विद्यार्थी धेरै छन् । न्यौपानेले विख्यात त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु तृतीय, शुभराज्यभिषेक पदक र गद्दीआरोहण रजतमहोत्सव पदक पाउनुभएको छ । मधुमेह र उच्च रक्तचापबाट बिरामी न्यौपाने विभिन्न चिकित्सकसँग उपचार गराइरहनुभएको थियो । यसपटक काठमाडौंको मालीगाउँका बस्दै आउनुभएका न्यौपानेका बाल्यकालका केही सम्झना : Read More »

बद्रीप्रसाद खतिवडा सानो छँदा

मकवानपुरदेखि काठमाडौंसम्म, संस्कृतदेखि अंग्रेजीसम्म

बद्रीप्रसाद खतिवडा पुराना शिक्षक हुनुहुन्छ । उहाँ लामो समयसम्म शिक्षक रहनुभयो । कयौं वर्ष राजनीतिमा लागेर बिताउनुभयो । शिक्षक आन्दोलनका क्रममा उहाँलाई शिक्षक पेसाबाट निकालिएको हो । उहाँको जन्म विसं १९९१ पुस ८ गते मकवानपुरको मकवानपुरगढीमा भएको हो । उहाँ नीरनाथ र एकमाया खतिवडाका कान्छो छोरो हुनुहुन्छ । मातापिताका चार सन्तान जन्मेका हुन् । त्रिभुवन विश्वविद्यालय स्थापना भएपछिको पहिलो ब्याचमा बीकम गर्नुभएको हो । त्यसपछि बाटोसम्बन्धी कामका लागि जागिर पाउनुभयो । त्यसपछि औलो उन्मूलनका लागि वीरगन्ज बसेर डेढ वर्ष सेवा गर्नुभयो । २०१९ सालमा दुई रुपैयाँ तलब र ९० रुपैयाँ प्रधानाध्यापक भत्ता दिने गरी उहाँ हेटौंडाको भुटनदेवी निमाविको प्रधानाध्यापक हुनुभयो । २०४२ सालसम्म त्यही स्कुलमा कार्यरत रहनुभयो । शिक्षक आन्दोलन पनि त्यही स्कुलबाट सुरु भयो । उक्त आन्दोलन देशभर भयो । आन्दोलन गरेको आरोपमा उहाँलाई रसुवाको धुन्चे सरुवा गरियो । उहाँ जान मान्नु भएन । असहमतिको पत्र बुझाइदिनुभयो । दुई वर्षपछि २०४४ मा त्यही पत्रलाई राजीनामाका रूपमा स्वीकृत गरियो । मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला उहाँलाई गोरखा दक्षिणबाहु तेस्रो दिने भनियो । उहाँले त्यो सम्मान लिन्न भनी सार्वजनिक गर्नुभयो । यसपटक उहाँका बाल्यकालका केही सम्झना :

सुधा त्रिपाठी सानो छँदा

बुवाकै बाटोमा हिँड्दा – जेठा साथीले दिएका दुःख

सुधा त्रिपाठी लामो समयदेखि नेपाली प्राध्यापन गराउँदै आउनुभएको छ । साहित्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उहाँ २०१५ साल जेठ २८ मा दार्जिलिङको मिरिकमा जन्मनुभएको हो । उहाँका पिताको नाम जगन्नाथ शर्मा त्रिपाठी र माताको नाम भवानीदेवी त्रिपाठी हो । अहिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागमा कार्यरत हुनुहुन्छ । २०३१ सालमा कविता लेखेर साहित्यमा लागेकी सुधाले धेरै कविता, कथा, निबन्ध, नाटक, समालोचना, समसामयिक राजनीतिक एवं सांस्कृतिक रचना तयार पार्नुभएको छ । निबन्ध, नाटक, समालोचना आदि गरी उहाँका नौ पुस्तक प्रकाशित छन् । उहाँ अभ्युत्थान महिला साहित्य प्रतिष्ठानको अध्यक्ष, प्रगतिशील लेखक संघ नेपालको उपाध्यक्ष साथै विभिन्न संस्थामा संलग्न हुनुहुन्छ । उहाँ जनआन्दोलन २ मा पक्राउ परी दुई साता थुनिनुभयो । त्यसबाहेक उहाँ पटकपटक पक्राउ पर्नुभएको छ । उहाँले पारिजात सृजन पुरस्कार, युद्धप्रसाद मिश्र पुरस्कार, अन्तर्राष्ट्रिय साहित्य समाज उत्कृष्ट पुरस्कार आदि पाउनुभएको छ । दोलखाको सुनखानीमा पुर्ख्यौली थलो भएकी त्रिपाठीका बाल्यकालका केही सम्झना : Read More »

नन्दकृष्ण जोशी सानो छँदा

भुँडे सिडिओ, भूतले निलेको र छानाबाट घण्टी

नन्दकृष्ण जोशी देउडा गायक हुनुहुन्छ । उहाँ २०१५ साल साउन १५ मा बझाङको तलकोटमा जन्मनुभएको हो । पिता जगदीश र माता गंगमतीका चार छोरा र तीन छोरी जन्मेका थिए । ती चार भाइमा नन्दकृष्ण एक हुनुहुन्छ । तलकोट क्षेत्रमा ६ गाविस छन् । ती गाविसबाट एमए बराबरको पढाइ सक्ने उहाँ पहिलो हुनुहुन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभासद हुने पहिलो सुदूरपश्चिमेली हुनुहुन्छ । जोशी जनआन्दोलन २ लगायतका विभिन्न आन्दोलनमा गरी ३७ पटक थुनिनुभयो । नयाँ राष्ट्रियगानको चयन समितिमा पुगेका जोशीले देउडा गायनलाई राष्ट्रिय स्तरमा चिनाउनुभएको छ । आफूलाई अगाडि बढाउन सधैं हौसला दिने दाजुहरू शुकदेव र देवीचन्द्रलाई सम्झने जोशीका बाल्यकालका केही सम्झना :