लक्ष्मी उप्रेती सानो छँदा

सख्खरको डल्लो चाट्दा बाटो बिराएँ

लक्ष्मी उप्रेती लामो समयदेखि बालसाहित्यका क्षेत्रमा काम गर्दै आउनुभएको छ । वनिता प्रकाशनका तर्फबाट उहाँले धेरै बालसाहित्यका कृति प्रकाशित गर्नुभएको छ । उहाँको जन्म २०१५ साल साउन २३ गते तेर्‍हथुमको आठराई, हाङपाङमा भएको हो । उहाँ पिता वृहस्पति र माता यज्ञमाया प्रसाईकी छोरी हुनुहुन्छ । उहाँले सातवटा बालसाहित्यका कृति लेख्नुभएको छ । ती पुस्तकहरू ‘कृष्णको पछुतो’ (बालकथासंग्रह), ‘मनेको म्याँ म्याँ’ (कवितासंग्रह), ‘कर्मको फल’ (बालकथासंग्रह), ‘कमिलाको ताँती’ (चित्र कवितासंग्रह), ‘बुद्धिमानी बाँदर’ (बालकथासंग्रह), ‘साहसी आकांक्षा र पवन परी’ (बालउपन्यास) र ’सुनको अन्डा दिने चरी’ (बालकथासंग्रह) लेख्नुभएको छ । यी पुस्तकबाहेक उहाँले अरु चार पुस्तक लेख्नुभएको छ भने दर्जनौं सम्पादन गर्नुभएको छ । उहाँ ‘वनिता’ साहित्यिक पत्रिका निकाल्नुहुन्छ । विभिन्न संस्थासँग आवद्ध उप्रेतीका बाल्यकालका सम्झना प्रस्तुत छन् : Read More »

दधिराज सुवेदी सानो छँदा

दुईपल्ट जात गयो र पाँच वर्षपछि फर्क्यो

दधिराज सुवेदी विराटनगरका क्याम्पसहरूमा धेरै वर्षदेखि पढाउँदै आउनुभएको छ । उहाँ लेखक पनि हुनुहुन्छ । बुबा शिवशंकर र आमा खड्गकुमारीका जेठो छोराका रूपमा उहाँ २००४ साल साउन ४ गते भोजपुरको दिङ्लामा जन्मनुभएको हो । उहाँको पढाइ दिङ्लाकै संस्कृत पाठशालाबाट भयो । भोजपुरबाट विराटनगर आउनुभयो । विराटनगरमा निकै दुःख झेल्दै पढ्नुभयो । धेरै संघ-संस्थामा रहेर काम गर्नुभयो । अहिले पूर्वाञ्चल विश्वविद्यालयको सूचना तथा सम्पर्क विभाग प्रमुख सुवेदी अझैं पढाउँदै हुनुहुन्छ । धेरै पुस्तक लेखेका सुवेदीका बाल्यकालका सम्झना प्रस्तुत छ :

जी.के. सिंह सानो छँदा

बडेमानको अजिंगरले झन्डै निलेको

जी.के. सिंह पुराना कलाकार र शिक्षक हुनुहुन्छ । उहाँको पूरा नाम गिल्बर्ट कालु सिंह हो । उहाँ ८३ वर्षका हुनुभयो । सिंह ललितपुरको जावलाखेलमा बस्नुहुन्छ । उहाँ बुबा दलवीर सिंह र आमा भक्तमाया सेलिनाका साहिला छोराका रूपमा सन् १९२३ मा जन्मनुभएको हो । सिंहको पुख्र्यौली घर बझाङ हो । दार्जिलिङमा स्कुलको पढाइपछि त्यहीँ आई.एस्सी., कोलकातामा बी.ए. पढ्नुभयो । ७३ वर्षको हुँदा उहाँले बी.एड. र ७९ वर्ष पुग्दा बी.एल. पास गर्नुभयो । एक दर्जनजति पुस्तक लेखेक सिंहका बाल्यकालका सम्झना प्रस्तुत छ : Read More »

दक्षिण अफ्रिकामा नेपाली भेडा संकटमा !!

नेपालबाट दक्षिण अफ्रिका ११ हजार ८३३ दशमलव ४ किलोमिटर (७ हजार ३५२ दशमलव ९ माइल) टाढा छ । उड्नुपर्दा ९ हजार २१९ दशमलव ५३ किलोमिटर (५ हजार ७२८ दशमलव ७५ माइल) पुरा गर्नुपर्छ । डिस्टेन्सफ्रमटु डट नेट त्यसै भन्छ । (क्लिक गर्नुस् त !)

सम्झना त्यो ४२ वर्षको*

पिसकोर यहीँ घूसखोर यहीँ
नव-जोर यहीँ दिलचोर यहीँ
जति छन सब धनवानसरी
अलकापुरी कान्तिपुरी नगरी
यो हाँस्यव्यङ्गकार भैरव अर्यालले ‘अलकापुरी कान्तिपुरी नगरी’ निबन्धमा लेखेको तत्कालिन नेपाली परिवेशको गाथा हो ।
0 तेह्रथुमको आठराई, छातेढुङ्गास्थित पोखरी उच्च माध्यमिक विद्यालयले आफ्ना पूर्वशिक्षकको सूचीमा जेम्स जि. मुर्थाको नाम राखेको छ । उनी अमेरिकी हुन् र पिसकोर स्वयंसेवकका रुपमा काम गरेको इतिहास विद्यालयसँग छ ।
0 चित्रकारितामा चिनिएका ‘पाल्पाली भाइ’ पिसकोर स्वयंसेवकका आडम स्वार्टसँग कलाकारिता सिकेको बताउँछन् ।
0 संयुक्त राष्ट्रसंघीय बालकोषका कार्यकारी निर्देशक कुलचन्द्र गौतमले आफूले जीवनमा हासिल गरेको उपलब्धीमा पिसकोर स्वयंसेवकहरु केन मार्टिन र बिल क्लेटनको ठूलो भूमिका रहेको बताउनुभएको छ ।
0 गीतकार/गजलकार प्रकट पगेनीको टाइटल प्रकट पिसकोर स्वयंसेविकाले राखिदिनु भएको हो ।
0 डायना अपेडलद्वारा संकलित तथा लिखित ‘कुकिङ इन नेपाल’ नामक पुस्तक पिसकोरले प्रकाशन गरेको थियो । यो सन् १९६७ तिरको कुरा हो । यो पुस्तक नेपाली परिकारबारे हो ।
0 धुलिखेल नगरपालिकाका पूर्वप्रमुख (मेयर) बेलप्रसाद श्रेष्ठले आफ्नो संस्मरणमा भनेका छन्, ‘अमेरिकी स्वयंसेवी संस्था पिसकोरका स्वयंसेवकहरूलाई पढाउन डेभिस युनिभर्सिटी अफ क्यालिफोर्निया, अमेरिका पुगेको थिएँ । सिभिल वर्क र अन्तरसंस्कृतिबारे पढाउन १ वर्ष अमेरिकामा रहँदा त्यहाँको विकासबाट प्रभावित भएँ ।’
0 आतंकवादी समूहको अपहरणमा परी ०६१ भदौ १५ गते इराकमा १२ नेपाली मारिए । उनीहरुका पक्षमा मुद्दा लडिदिने अमेरिकी वकिल म्याट हेडलीले सन् १९९७ देखि २ वर्षसम्म सुदूरपश्चिमको कञ्चनपुरमा पिसकोर स्वयंसेवक भएर काम गरेका थिए ।
0 सन् २००८ फेब्रुअरीमा अमेरिकाको ग्रेटर वासिंगटनमा आयोजित ल्होसारमा अमेरिकी नागरिक डन ग्याम्बलले ‘नारायण हरि-हरि’ बोलको भजन गाए । दर्शक चकित परे । कुनै बेला ग्याबल पिसकोरका लागि पूर्वी नेपालमा दुई वर्ष काम गरेका थिए ।
0 एउटा अखिलित इतिहास भन्छ- पश्चिमेली नागरिकमा जनकपुरमा सन् १९६४ तिर आउने अमेरिकी पिसकोर स्वयंसेवक अर्नल्ड दम्पती पहिला हुन् । त्यसभन्दा पहिला पश्चिमी मुलुकका कोहि पुगेको थिएन ।

PM presents medals to scouts

Prime Minister Girija Prasad Koirala presented prizes certificates and medals to scouts from different districts in recognition of their outstanding services to the scouting movement at a programme organised Thursday.
Koirala decorated Shankar Prasad Pandey, secretary at the Ministry of Education and Sports as well as national instructor Hari Mohan Jyoti with the “Golden Rhino Award,” the highest adornment of the Nepal Scout. Jyoti received the award for his five decade long affiliation to scouting. Read More »

सामुदायिक पत्रिका ‘अक्षरिका’ सुरु

न्यु ह्याम्सर राज्यको म्यानचेस्टरबाट सामुदायिक नेपाली पाक्षिक पत्रिका ‘अक्षरिका’को प्रकाशन सुरु भएको छ। एस एन्ड टी कम्युनिकेसन्सबाट निकालिएको यो इलेक्ट्रोनिक पत्रिका उक्त संस्थाको स्वयंसेवी प्रयास हो।
‘अक्षरिका’ नामकरण ‘अक्षर’ र ‘अमेरिका’को संयोजनबाट भएको हो। उक्त कम्युनिकेसन्सका प्रबन्ध निर्देशक सतन आचार्य भन्छन्, ‘त्यसैले यसको उद्देश्य अमेरिकामा बस्ने नेपाली समुदायलाई शिक्षा, जानकारी, हौसला दिनु र सक्षम बनाउनु हो।’ Read More »

महासंघ कान्तिपुर शाखा गठन

नेपाल पत्रकार महासंघ कान्तिपुर शाखाको अधिवेशनले चन्द्रशेखर कार्कीको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा जितेन्द्र साह, सचिवमा अश्विनी कोइराला, सहसचिवमा दिनेश यादव र कोषाध्यक्षमा केदार ओझा छन् । त्यस्तै सदस्यमा विष्णु बुढाथोकी, माधव ढुंगेल, राजेश कोइराला र संगीता रिजाल छन् । Read More »

एउटा अनौठो जन्मदिन

उनी १४ वर्षकी । तर उनको जन्मदिनमा १३ वटा मात्र मैनबत्ती बालिए । बेलुन थियो । गुलाफि रंगको केक र सबैका आँखामा आँसु ।
गत आइतबार उनका सबै नातेदार उनको समाधीस्थलमा भेला भएका थिए । हो, उनी आफैं भने थिइनन् । उनी अर्थात् टेक्सास राज्यको ह्युस्टनकी एभिअन्का कोर्टेज ।
उनी भएकी भए त हामी उनको जन्मदिन घरमा मनाउँथ्यौं – दिदी ब्रिटानी हचिन्सनले भनिन् । एभिअन्काकी आमाले भनिन् – हामीलाई दिनहुँ हुने पिडाको के कुरा रु यस्तो दुर्घटना भइ गो र त्यसको घाउ आलै छ । Read More »

अमेरिकामा नेपालीभाषीलाई निःशुल्क डिक्सनरी वितरण

अमेरिकाका विभिन्न राज्यमा बस्ने १ सय ४३ नेपालीभाषी परिवारलाई ‘संक्षिप्त अङ्ग्रेजी-नेपाली–नेपाली-अङ्ग्रेजी शब्दकोश’ (डिक्सनरी) नि:शुल्क वितरण गरिएको छ ।
अमेरिकाको पहिलो नेपाली न्युजलेटर ‘अक्षरिका’ र नेपाली डिक्सनरी प्रोजेक्टको संयुक्त प्रयासमा उक्त डिक्सनरी वितरण गरिएको हो । अमेरिकामा बसोबास गराइएका नेपालीभाषी भूटानीलाई अमेरिकाका विभिन्न विषयको जानकारी दिन गत अगस्तदेखि ‘अक्षरिका’ पाक्षिक प्रकाशित हुँदै आएको छ । न्यु ह्याम्सर राज्यको म्यानचेस्टरस्थित एस एन्ड टी कम्युनिकेसन्सद्वारा स्वयंसेवी प्रयासका रुपमा प्रकाशित उक्त न्युजलेटरका पाहुना सम्पादक राजेश कोइराला हुनुहुन्छ । न्युजलेटर ४ पृष्ठको छ । Read More »