म मोरङको रमाइलो गाउँमा हुर्के । बयरवन गाउँ विकास समिति ८ रमाइलो गाउँको जनसेवा माध्यमिक विध्यालयको विध्यार्थी भएर स्कुले शिक्षा पूरा गरेको हुँ । सानैदेखि म सामान्यज्ञानमा रुचि राख्ने र यस्ता ज्ञान संकलन गर्न सिपालु हुँ ।
हामी तीन दाजुभाइ र पाँच दिदीबहिनी जन्मेका हौं । ठूलो परिवार र मध्यम वर्गीय आर्थिक अवस्थाले गर्दा अध्ययनको काम सोचेजस्तो कसैले गर्न सकेनौं । बुबाआमाले जति सक्नुभयो, त्यति भयो । Read More »
अमेरिका – जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो
भावीले के लेखिदियो
स्वरसम्राट नारायण गोपालले चलचित्र ‘चिनो’का लागि गाएको यो गीतजस्तै ।
सन् २०१० मा ३० नेपाली बालबालिकाले हुर्काउने अभिभावक सात समुद्र पारीका पाए ।
त्यो पनि अमेरिकाका ।
अमेरिका संसारमा सबभन्दा बढी धर्मसन्तान पाउने देश हो ।
अमेरिका – नाम जुराएको छैन ।
तर जन्मेको छ, विश्वको कान्छो मुलुक- दक्षिण सुडानमा ।
राष्ट्रसंघमा १९२ देश सदस्य भएकाले दक्षिण सुडानमा बन्ने मुलुकलाई १९३ औं भनौं ।
सन् २०११ फेब्रुअरी ७ मा आएको नतिजाअनुसार दक्षिण सुडान अब छुट्टै राष्ट्र बन्ने छ । ९८ प्रतिशत छुट्टै राष्ट्रको पक्षमा मत परेको छ ।
उत्तर र दक्षिण सुडानबीच लामो समयदेखि गृहयुद्ध चलेको थियो। दुई पार्टीले जनमतसंग्रहबाट गृहयुद्ध अन्त्यको सहमति गर्दै बृहत् शान्तिसम्झौतामा हस्ताक्षर गरेका थिए ।
उनीहरूले जनमतसंग्रहको प्रत्यक्ष पर्यवेक्षणका लागि राष्ट्रसंघलाई अनुरोध गरेपछि महासचिव बान कि मुनले टोली बनाएका हुन्।
जनमतसंग्रहमा दक्षिणी सुडानका बासिन्दाले सुडानबाट अलग हुने वा सुडानसँग आबद्ध रहने भन्नेमा गत जनवरीमा मत दिएका थिए ।
सुडान मध्यभाग अवस्थित अबाईका बासिन्दाले भने उत्तरको विशेष प्रशासनिक राज्य रहने वा दक्षिणको भन्ने दुईमध्ये एकमा मत दिएका हुन् ।
प्यारी आमा
अस्ति बिदामा आउँदा मैले घरमा ‘तारे जमीन पर’ हेरेको थिएँ नि । हो, त्यस्तै भएको छ । मलाई पनि अँध्यारोमा डर लाग्छ । हजुरलाई थाहै छ ।
मलाई यहाँ बस्न मन छैन । घर फर्कन पनि मन छैन । म के गरौं आमा ? यो होस्टल हो की तर्साउने घर ? राती मलाई डर लाग्छ । उमेश दाई त रातभर सपनामा बोल्छ । दीपक घुर्छ । आमा मलाई खुब डर लाग्छ ।
गर्मी छ । पंखा चल्दैन । ठूला दाईहरुले पंखाको पातो नै बंगाएका छन् । अझ स्वीच थिच्ने ठाउँ फुटाएका छन् । झुक्किएर छोयो भने करेन्ट लाग्ने डर छ ।
गर्मीमा धेरै लामखुट्टे आउँछन् । झ्यालको जाली च्यात्तिएको छ । अस्ति हजुर र बाबा आउँदा ढोका खोलेर मात्र हेर्नु भयो । झ्याल त हेर्नु भएन नि । निद्राको सुरमा झुलमा पनि लात्तिले हिर्काउँदो रहेछु । आमा मलाई लामखुट्टेले टोकेर मार्ने भए । मेरो सबै रगत खाने भए । म घरको त्यो नरम ओछ्यान सम्झन्छु ।
हजुरलाई थाहा छ, हामी बस्ने कोठा सानो छ । १२ जना राख्ने भनेको त्यहि कोठामा हामी १८ जना बस्छौं । तलातला भएका खाट छन् । हजुरले देख्नुभएकै हो । विपुल भन्ने एउटा भाइ छ । उ सानो भएकाले तल्लो तलामा सुत्छ । उभन्दा माथिल्लो तलामा जयश दाई सुत्छन् । जयश दाई ठूला भएपनि ओछ्यानमा पिसाब गर्दा रहेछन् । अस्ति विपुलको जीउभरी पर्यो । Read More »
अमेरिका- हिउँको डंगुर छ, जताततै ।
बाहिर निस्कन सक्ने अवस्था छैन ।
शिवरात्रीमा पशुपतिनाथतिर जालान् भनेको त, यी जोगीहरु न्युयोर्क पो आए ।
के पो हुन लाग्यो ?
जोगी त आए, तर तस्विरमा । फोटोमा छन्, ती जोगी ।
कुरा अर्कै हो ।
नेपाली र भारतीय साधुका तस्बिरहरुको प्रदर्शनी जनवरी १८, २०११ न्युयोर्कमा सुरु भएको छ ।
अमेरिकामा जन्मेका थोमस केलीका फोटाहरुको उक्त एकल प्रदर्शनी स्थानिय १५० वेस्ट १७ औं स्ट्रिटस्थित रुबिन म्युजियम अफ आर्टमा ‘बडि ल्याङ्वेज : द योगिज अफ इन्डिया एन्ड नेपाल’ भइरहेको छ । तीन दशकका उनका तस्बिर राखिएको उक्त प्रदर्शनी मे ३० मा सकिनेछ । थोमस लामो समयदेखि काठमाडौंलाई आफ्नो कर्मथलो बनाउँदै आएका छन् । केली नेपाली र हिन्दी पनि बोल्छन् ।