Five thousands 7 hundreds and 75 Bhutanese resettled in the US on FY 014/15

Bhutanese-Refugees_in-the-US_2015Five thousands 7 hundreds and 75 Bhutanese resettled in the US on fiscal year 2014/15. This is the numbers of resettled from October 1, 2014 to September 30, 2015. The U.S. federal government’s fiscal year begins on 1 October of the previous calendar year and ends on 30 September of the year with which it is numbered. Read More »

अमेरिकामा भूटानी पुनर्स्थापनाका छ वर्ष

America-ma-bhutani-punarsthapana-ko-6-barsha_2014-May-08_Webसन् २००८ मार्चमा अमेरिकालगायत विश्वका ८ मुलुकमा थालिएको नेपाली-भाषी भूटानी शरणार्थीको पुनर्स्थापनाले ६ वर्ष पूरा गरेको छ । यस अवधि (सन् २०१४ मार्च अन्तसम्म) मा अमेरिकामा ७४ हजार ७ सय ६२ जना पुनर्स्थापित हुनुभएको छ । गत मार्च अन्तिमपछि अप्रिल ८ मा नै ७५ हजारौं व्यक्तिका रुपमा तिलकचन्द घिमिरे अमेरिका आउनुभएको छ । अमेरिकामा ७५ हजार पुग्दा विश्वका अरु ७ देशमा समेत ८८ हजार ७ सय ७० पुनर्स्थापित हुनुभएको छ । Read More »

अमेरिकामा नेपाली छात्र-छात्रा

नेपाली विद्यार्थी संख्या १९९५ देखि २०१३ _ चार्टआमनेपालीसँगै छात्र-छात्राको अमेरिका आगमनले ठूलो हिस्सा ओगटेको छ । नेपाली छात्र-छात्राका लागि अमेरिका आकर्षण हो । नेपालबाट अमेरिका आउने छात्र-छात्राको तथ्यांक भने ‘ओपन डुअर्स’ नामक प्रतिवेदनले छर्लङ पार्दै आएको छ । इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन नामक संस्थाले अमेरिकी विदेश मन्त्रालय (सेक्रेटरी अफ स्टेट) को ‘ब्युरो अफ एजुकेसनल एन्ड कल्चरल अफेयर्स’ सहयोगमा वर्षेनि उक्त प्रतिवेदन प्रकाशित गर्दै आएको छ ।
‘ओपन डुअर्स’ मा सन् १९९५/९६ देखि अमेरिका आएका नेपाली छात्र-छात्राको तथ्यांक छ । यो प्रतिवेदनले अमेरिकामा विदेशी र अमेरिकी छात्र-छात्रा विदेशमा रहेकाको तथ्यांक प्रकाशित गर्छ । सन् १९९५/९६ पछि अमेरिका भित्रिएका नेपाली छात्र-छात्राको तथ्यांक (कोष्ठकमा प्रतिशत अन्तर) यस्तो छ : Read More »

नेपाल-अमेरिका सम्बन्ध २०१२

वर्ष सकिन लाग्दा नेपाल-अमेरिका सम्बन्ध कस्तो रह्यो भन्ने प्रश्नको उत्तर खोज्न मन लाग्दो रहेछ । २०१२ सधैंजस्तो अलि भएन । केही उपलब्धीहरू भए, यस वर्ष । केही थप काम, परिवर्तन र केही कीर्तिमानहरू ।
वर्षको सुरुमा निकै उपलब्धीपूर्ण खबर आयो । त्यो खबर, लामो समयको कूटनीतिक प्रयासपछि पिसकोर स्वयंसेवक नेपाल फिर्ने निर्णयको थियो । यसमा पनि वासिंगटनस्थित नेपाली दूतावासको मुख्य भूमिका रह्यो । एकोहोरो लागेको-लाग्यै नेपाली राजदूत शंकरप्रसाद शर्मा (पीएचडी) लाई पिसकोर नेपाल फर्काउनका लागि सफल भएको मान्नुपर्छ । Read More »

उपल्लो उन्नतिका देशमा प्रकृतिसँग मान्छे

Mud Bog 03

यही जुलाईको कुरा हो । मावली भाई प्रवीण गौतमसँगको फोनवार्तामा उसले एउटा यात्राको प्रसंग चलायो र भन्यो, ‘आज उत्तर डकोटाको हिलेजात्रा हेर्न जान लागेको ।’ मलाई रमाइलो लाग्यो । थप कुरा सुनेपछि भनें, ‘लौ न यो त ‘अक्षरिका’ न्युजलेटरलाई सामग्री बन्छ ।’
अक्षरिका प्रकाशन यही महिनाबाट चौथो वर्षमा प्रवेश गरेको छ । यो स्वयंसेवी प्रयास हो । यसको प्रकाशक संस्था ‘ज्ञानज्योति केन्द्र’ का सबैलाई स्वयंसेवी रूपमा काम गर्दै आएका छौं । प्रवीण जस्तै सतन आचार्य, तारा आचार्य, सन्तोष पोखरेल, डगलस हल आदि यसमा निरन्तर स्वयंसेवी सहायता गर्दै आउनुभएको छ । म सम्पादनको काम गर्दै आएको छु ।
प्रवीणले पठाएको सामग्री ‘अक्षरिका’ले अगस्त अंकमा आफ्नो ‘चलन’ नामको स्तम्भमा समेट्यो । मलाई निकै रमाइलो लाग्यो । यहाँ पनि प्रकृतिसँग निकट रहने र रहेका चलनहरू रहेछन्, जो हामीले नेपालका गाउँ-ठाउँमा मात्र देख्छौं । कति त मलाई पनि कहाँ थाहा छ र ? ! म पनि फेला पार्दैछु ।
‘अक्षरिका’का तीन वर्षमा यहाँका हरेक चालचलन मेरा लागि जिज्ञासाका विषय बनेका छन् । मैले यसलाई नियालेर हेर्ने कोशिश गरेको छु । यहाँका दुर्गममा पाइने प्रकृतिसँगको निकट चलनले मलाई नेपाली चलनको झल्को दिन्छ । Read More »

डिभी २०१४ को चिठ्ठा पर्नेमा सबभन्दा धेरै नेपाली

DV website

अमेरिकाको डाइभर्सिटी भिसा २०१४ (डिभी- २०१४) पर्नेमा सबभन्दा धेरै नेपाली भएका छन् । स्टेट डिपार्टमेन्टको सन् २०१३ सेप्टेम्बरको भिसा बुलेटिन अनुसार सन् २०१४ को डिभीबाट ६ हजार ८२ नेपालीलाई भिसा छुट्याइएको छ ।
पहिलोबाट दशौं देश
पहिलो स्थानबाट दशौं स्थानमा यी मुलुक छन्-
पहिलो ……. नेपाल …………………… ६ हजार ८२
दोस्रो ……… नाइजेरिया …………….. ६ हजार ४३
तेस्रो ………. इरान …………………… ६ हजार २७
चौथो ……… प्रजातान्त्रिक कंगो …… ६ हजार २५
पाँचौं ……… युक्रेन …………………… ६ हजार ९
छैटौं ………. इजिप्ट …………………. ५ हजार ७ सय ५७
सातौं ……… इथियोपिया …………… ५ हजार ७ सय १८
आठौं ……… उज्वेकिस्तान ………… ५ हजार १४
नवौं ………. रूस (रसिया) ………….. ४ हजार ५ सय ४४
दशौं ………. क्यामरून ……………… ४ हजार २ सय ६८
कूल १ लाख ४० हजार ६ सय ६० लाई छानिएको छ, यीमध्ये बढीमा ५५ हजारलाई भिसा उपलब्ध हुन्छ । डिभी- २०१४ का लागि दर्ता अवधि सन् २०१२ अक्टोबर २ देखि सन् २०१२ नोभेम्बर ३ सम्म खोलिएको थियो । Read More »

शरणार्थीको सूचीमा नेपालीभाषी

Nepali Bhasi Saranarthi_2070 Sawan 20‘अमेरिका जान/आउन पाए, कति भाग्यभानी रहेछन्, यी भूटानी शरणार्थीहरू !?’ धेरैले राख्ने गरेको जिज्ञासा वा आश्चर्य हो। तर जान/आउन पाउनेमध्ये कसैले आफूलाई भाग्यमानी ठान्नुहुन्छ र कसैले ठान्नुहुन्न । यो उहाँहरूकै आ-आफ्नो सोच हो। ‘अमेरिकाले कति धेरै माया गरेको भूटानीहरूलाई?’ अर्को जिज्ञासा ।
पहिलो प्रश्नको उत्तर त्यति सजिलो छैन। आफ्ना बाहुबलले भूटानमा स्थिति बसाएको पुस्ताले अमेरिकी जीवनलाई सहज ठानेको छैन । त्यो पुस्ताका धेरैले अमेरिका बसोबासलाई भाग्य ठानेको पाइँदैन । भाषा र शिक्षाका हिसाबले जो घरबाहिर जान सकेको छ र केही गर्न सकेको छ, माहिलो पुस्ता भनौं न उहाँहरूका लागि सहज छ । अनि सबभन्दा कान्छो पुस्तालाई भने भाग्यमानी ठान्न सकिन्छ, जसका लागि यहाँ धेरै अवसर छन् ।
दोस्रो प्रश्नको उत्तर चाहीँ अलि स्पष्ट छ । अमेरिकाले भूटानी शरणार्थी मात्र बसोबास गराएको छैन । यसले विभिन्न मुलुकबाट बर्सेनि बढीमा ८० हजार शरणार्थीलाई बसोबास गराउँछ । यो सीमा सुरुमा थिएन, कुनै वर्ष २ लाख र कुनै वर्ष १९ हजारमात्र पुनर्स्थापित गरेको पाइन्छ । सन् १९७५ अमेरिकाले औपचारिकरूपमा शरणार्थी पुनर्स्थापना थालेको हो। सन् २०१२ फेब्रुअरीसम्म अमेरिकाले ३० लाख शरणार्थी बसोबास गराइसक्यो । अमेरिकाको जनसंख्या ३१ करोडको हाराहारीमा छ। अमेरिकाले शरणार्थीलाई नयाँ जीवन, नयाँ आवास र नयाँ समुदाय प्रदान गर्दै आएको छ। सन् १९८० को दशकमा भियतानाम, लाओस तथा सोभियत संघ (अहिलेको रूस तथा अन्य विभाजित मुलुक) बाट शरणार्थी अमेरिका ल्याइन्थे । सन् १९९० को दशकमा पूर्व–युगोस्लाभियामा युद्ध भएपछि धेरै बोस्नियाली शरणार्थी अमेरिका आए । २१ शताब्दी सुरू भएपछि बर्मा, भुटान, इरान, इराक र सोमालियाबाट शरणार्थी ल्याएर अमेरिकामा पुनर्स्थापित गरिएको पाइन्छ । Read More »

पचास वर्षअघिको त्यो आरोहण

 

गएको फेब्रुअरी। ‘सेभेन समिट वुमन टिम’ का सात नेपाली महिला अफ्रिकाको उच्च पर्वत किलिमन्जरो आरोहणका लागि जुटिरहेका थिए। यता अमेरिकाको क्यालिफोर्नियामा चार वृद्ध आरोहणको सम्झना गर्न फेब्रुअरी २२ मा भेला भएका थिए, त्यो भने सगरमाथाको। नेपाली महिलाले सफलता हात पारेका थिए, मार्च ५ मा। ती महिला जोशिलो उमेरका शैली बस्नेत, माया गुरूङ, आशाकुमारी सिंह, चुनु श्रेष्ठ, पुजन आचार्य, पेमा डिकी शेर्पा र निमडोमा शेर्पा। यता थिए, जीवनको उत्तरार्द्ध पुगेका नर्मन डिह्रेनफर्थ, जिम ह्विट्कर, टम हर्नबिन र डेभ डिङ्म्यान क्रमशः ९४, ८४, ८२ र ७६ वर्षका। नर्मन डिह्रेनफर्थको नेतृत्वको सगरमाथा आरोहण टोलीका १९ सदस्यमा अहिले यी चारमात्र बाँकी छन्। Read More »

शरणार्थीपछिको नागरिक

तेह्र अंक र शुक्रबारबारे त्यसै पनि अमेरिकी अनेक तर्क-वितर्क गरिरहन्छन् । कतै केही हुँदैन भन्ने मान्छे छन् भने कतै यी दुई कुरा एक साथ लोकप्रिय छैनन् भन्ने पनि छन् ।
सन् २०१२ मा तीन शुक्रबार १३ तारिख थिए, जनवरी १३, अप्रिल १३ र जुलाई १३ । ‘युएसए टुडे’ ले सन् २०१२ का यी शुक्रबार १३ तारिखका विषयमा पहिलो पानाका लागि ‘एंकर न्युज’ नै तयार पारेको थियो । त्यसो त सन् २०१३ मा सेप्टेम्बर १३ र डिसेम्बर १३ शुक्रबार छन् । शुक्रबारका कुरा एकातिर भए, १३ का अर्कातिर । आजको सन्दर्भ १३ तर्फमात्र। नेपाली समाजमा १३ दिनको अन्तिम-कर्मले कता-कता झस्काउँदो हो । तर, अमेरिकामा पुनर्स्थापित नेपाली-भाषी भुटानीका लागि सन् २०१३ निकै सुखानुभूति लिएर आएको छ । करिब दुई दशकअघि शरणार्थी बनेका भुटानी ‘नागरिक’ बन्न सुरु गर्दै छन् ।
‘खुसीको कुरा हो। हामीमध्ये एकथरी अमेरिका आउनुलाई भाग्य भन्छौं भने अर्को थरी परिस्थिति भन्छौं । जे भए पनि आएका छौं र नागरिकता लिँदै छौं,’ युनाइटेड नेसनल फ्रन्ट फर डेमोक्रेसी इन भुटानका परराष्ट्र-प्रमुख रहेका नारद अधिकारीले भने, ‘मानव जाति कसैले पनि कुनै कालमा नागरिकताविहीन भएर बस्नु नपरोस् । त्योभन्दा ठूलो पीडा केही नहुने रहेछ । यो मेरो मात्र निजी अनुभव होइन । सबै शरणार्थीको हो । परिचय दिने बेलामा ‘शरणार्थी’ भन्ने शब्द आउने गर्थ्यो र मान्छे हुनुको गौरव गुमेको अनुभव हुन्थ्यो ।’ शरणार्थीको परिचय दिएर अमेरिका ल्याइने व्यक्तिले अमेरिका भित्रिएको पाँच वर्षमा नागरिकता प्राप्त गर्न सक्छन् । उनीहरूलाई दिइएको ‘आई-९४’ कार्ड एक वर्षका लागि परिचय-पत्र जस्तो रहन्छ । अमेरिका आएको एक वर्षपछि उनीहरूले ग्रीनकार्डका लागि आवेदन दिन पाउँछन् र ग्रीनकार्ड पाउँछन् । Read More »

​’ग्रिनकार्ड’ प्राप्तिको ६० वर्ष

अमेरिका आउने पहिलो नेपाली को थियो होला ? मनमा प्रश्न उब्जेसँगै जवाफका विकल्पहरू आफैं आउँछन् । नेपालको आर्थिक अवस्थाका कारण धेरै राष्ट्रले सुरू-सरूमा नेपालीहरूलाई शिक्षा दिन वा कुनै तालिमका लागि आफ्नो राष्ट्र जाने वा भित्रिने सुविधा दिएको पाइन्छ । त्यसैले अमेरिका आउने पहिलो नेपाली कुनै तालिमे नै हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ । किनभने त्यसबेला नेपालको शिक्षाले कुनै विद्यार्थीलाई अमेरिका ल्याउने गरी शायदै तयार पारेको थियो । त्यसो भए पहिलो नेपाली अमेरिका कहिले आयो ? भन्ने चाहीं अलि नाजवाफकै अवस्थामा नै रहन्छ । तालिमे थियो भने नेपाल फर्कियो की यतै बस्यो ? यतै बसेको भए, त्यो कानुनी तरिकाले बस्यो वा बसेन ? बस्यो भने त्यो यहाँको स्थायी वासिन्दा भएको हुनुपर्छ । उ नबसेको भए अमेरिका बस्ने गरी आएको पहिलो नेपाली को थियो ? भनौं न ‘ग्रिनकार्ड’ वा स्थायी वासिन्दाको प्रमाणपत्र पाउने पहिलो नेपाली को थियो ?
यस्ता प्रश्नको जवाफ खोज्नुअघि यहाँ अलिकति के स्पष्ट गर्न जरूरी छ भने त्यसबेला विश्वसामु नेपालको पहिचान कस्तो थियो ? नेपाल कुनै ‘कोलम्बसअघिको अमेरिका’ जस्तो त थिएन । तर पनि सूचनाको संसारमा ‘दुर्गम’ थियो । भारतको ब्रिटिश राजसँग लडेको र ‘गुर्खा’भनेर फौजमा नाम कमाएकाले नेपालको थोरै नाम थियो । Read More »